विश्वास ठूलो कि शंका ?(बैदेशिक रोजगार भित्रको कथा )

0
सरिता तिम्सिना पगेनी एक जोडी आँखा सग्ला छन । नजिक अनि टाढा कहिंको पनि देख्न समस्या छैन । तस्बीर आँखै अघि छ । तर धमिलो देख्छु, आँखाले प्रष्ट देखे पनि मतिष्कले झट्ट ठम्याउन सकेन । तर लामो समय लागेन । पहिले भेट्दा उनी सिधासादा थिइन ‘टिपिकल’ नेपाली पहिरनमा अहिले । अहिले उनको रुपरंग र ढंग बिल्कुल फरक । भद्धा मेकअप, भड्किलो पोशाक । मलाई मात्रै हैन, परिचितहरुलाई पनि गा¥है हुने वाला थियो । झट्ट दिमागको बत्ती बल्यो । कुरा एक दशक अघिको हो, एउटा अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाले नेपालमा सुरक्षा तथा कानुनी शासनको सबलीकरण गर्ने उद्देश्यले सुरक्षा तथा न्याय सम्बन्धी राष्ट्रिय सर्बेक्षणका लागि कास्की जिल्लाका निम्ति सर्बेक्षक तथा अनुसन्धानकर्ताका रुपमा मलाइ नियुक्त गरेको थियो । त्यही बेला म उनको गाँउ पुगेको थिएँ । गाउँ मात्रै हैन, उनको घर नै पुगेको थिएँ । घर मात्रै पनि कहाँ हो र उनको भान्छामै पुगेको थिएँ । हिमालको काखमा रहेको उनको सुन्दर गाउँमा रहेको उनको खाजा घरमा म चिया पिउनका लागि छिरेकी थिए पहिलो पटक । पिठ्युँमा नानी बोक्दै, अंगेनामा ढुग्रीले फुँ गर्दै उनले आगो दन्काँउने प्रयास गरिरहेकी थिइन । नमस्ते दिदी । मैले बोलाएँ । उमेरले के थिइन थाहा छैन । तर उनी दिदी नै देखिन्थिन । सायद उनलाई पनि दिदी सम्बोधन पचेन । पुलुक्क मतिर कुुर्सी तिर इशारा गरिन । मैले बस्नु भनेको बुझें र बसें । चिया खाउँ है ? हस, हुन्छ । कुन चिया दिदी ? उनले अघिको पैंचो तिरिन । मैले पनि दिदी भनें उनले पनि अब बराबर भयो । म दूधको पारखी हुँ । उनले पनि बुझिन मैले दूधचिया भनेको भनेर नै । आगोमा चिया पाक्न समय लाग्यो । यो मेरा लागि राम्रै भयो । मैले उनीसंग गफिने मौका पाएँ । मैले उनको गाँउका बारेमा धेरै कुरा बुझें । त्यो भन्दा ज्यादा उनलाई जान्न पाएँ । उनी पनि खुल्दै गइन । कक्षा ८ मा पढ्दापढ्दै बिहे, बाआमाले बिदेश गएको लाहुरे केटा कुनै पनि हालतामा उम्कन दिनु हुँदैन भनेर कर गर्नुभयो । अल्लारे उमेर, कुरकुरै बैंश मैले पनि मुखले नाईं भने पनि भित्रभित्रै तयार हुँदै थिएँ । मैले पढ्न पाउनु पर्छ भन्ने शर्त राखें सवै तयार । बिबाह भएको छोटो समयमै श्रीमान कतार हानिए । म गाउँमा चिया नास्ता पसल र घर चलाएर बसें । (कुरा चलिरहेको थियो । मलाई पनि केहि दिन त्यो गाँउमा बस्नु थियो । महिला मात्रै भएको घर, बस्न सहज हुने ठानेर म पनि केहि दिन उनको घरमा बस्ने इच्छा प्रकट गरें । यसले मलाई उनीसंग नजिक हुने मौका दियो ।) आज दश बर्ष पछि उनैलाई पोखराको महेन्द्र पुलको ब्यस्त बजारमा शहरीया फेसनमा देख्दा चिन्न गा¥हो भयो । अहो कति धेरै बर्ष पछि भेट भयो है, चिन्नै नसक्ने हुनुभएछ ? आउनुहोस एक छिन चिया खाँदै गफ गरौ ? मैले चियागफको प्रस्ताब राखे । उनी आनाकानी गर्दै थिइन, मैले उनलाई तानेरै एउटा रेष्टुरेन्टमा लिएर गएँ । दुबै जना आमुने सामुने गरि बस्यौ । कुराको शुरुवात मैले नै गरें । सामान्य हाइहेलो र सञ्चो बिसञ्चोको कुरा गरें । ती दिदी भन्दै के भनौं नभनौंको दोसाँधनमा थिइन । खै के भनौं र ? (अनुहार अलिमलिन थियो, मुहारमा पीडाका धर्साहरु देखिएका थिए । उमेरले हो कि दुःखले कञ्चटमा बूढ्यौलीका नसा पनि फुलिसकेका थिए । उनी मौनता साँधिरहेकी थिइन म उनको मौनतासंगै धेरै कुरा पढिरहेको थिएँ ।) अर्डर बमोजिम चिया, नास्ता आयो । चियाको चुस्की लिँदै उनले भरिएका आँखाले मलाई पुलुक्क हेरिन म छक्क परे । उनको पीडा मलाई पनि सर्यो । चिया नुनिलो लाग्यो । किनकी मलाई पनि आँसुको स्वाद थाहा छ । गाउँमा बसेर दुःख गरेकी महिला आज सरसर्ती हेर्दा सुख पाए जस्तो देखिन्छे । शहरीया बनेकी छे, आधुनिक पहिरन छ । तर आँखाभरि आँसुको आहाल ! धेरै कर गरे पछि बल्ल उनको मुख खुल्यो, मुखसंगै बाणी पनि खुल्यो । श्रीमान बैदेशिक रोजगारको सिलसिलामा कतार पुगे । त्यसअघि नै उनलाई गाउँबाट शहर ल्याए । शहरको प्रवेशसंगै धेरै कुराको परिवर्तन ल्यायो । सुविधा ल्यायो । फोन भनेपछि कुरा गर्न मात्रै मिल्ने भन्ने लाग्थ्यो उनलाई । ११०० मोडेलको नोकियाको पनि बढुवा भएर एन्ड्रोइड फोन आयो । फोनसंगै के के आउँछ । त्यो त तपाँईलाई पनि थाहा छ । फोनसंगै फेसबुक आयो, फेसबुकले लोग्नेसंगको कुराकानी आयो । त्यसपछि भिडियो च्याट पनि आयो । दिनहुँ कुरा हुन थाल्यो, लोग्नेसंग । शरीर टाढा भए पनि फोनमै सवै कुरा भयो । श्रीमानसंग कुनै दू्री हुनु पर्ने कारण नै भएन । फेरी यी सवै श्रीमानकै करले भएका हुन । छोरीलाई नाम चलेको बोडिङ्ग स्कुलमा भर्ना गर्नु, श्रीमानले विदेशबाट भने जति खर्च पठाउनु । यहाँ मेरो सवै कुरा ठीकठाकले चलिरहेको थियो । फेसबुकमा लोग्ने मात्रै हैन, ‘लोग्ने मान्छे’हरु पनि जोडिन आए । उनीहरुसंगको सम्बादमा म पनि जोडिए । कुराकानी हुँदै जाँदा एक जना लोग्नेमान्छे लोग्ने जत्तिकै नजिक भए । सवै कुराकानी हुन्थ्यो । पछि भेटघाट पनि भयो । कुराकानी र भेटघाट हुँदैमा सबैकुरा हुन्छ भन्ने थिएन । म त्यो मामलामा सजग थिएँ । कलेज पढ्ने एक जना भाइसंग संगत पर्यो । हरकुरामा उसले सघाउँथ्यो । पछि हामी निकै नजिक भयौं पनि । मोबाइलमा कुराकानी हुन्थ्यो । मैले फेसबुक र मोबाइलमा लेखेको कुराकाहरु कहिल्यै डिलेट गरिन । पछि श्रीमान फर्किए । मेरो फेसबुक लगइन नै थियो । एकएक गरी श्रीमाने सबै कुराकानी हेरे । पुरुष हो, मनमा के के लाग्यो । अनेकौं प्रश्नहरु ममाथि खनिए । मैले सबै प्रश्नहरुको जवाफ दिएँ । मेरा जवाफभन्दा मोबाइल र फेसबुकमा लेखिएका जवाफ श्रीमानलाई विश्वासिलो लाग्यो । ममाथि कुनै विश्वास नरहेको घोषणा गरे । त्यसपछि म जे छु, तपाँईको अघि शशरीर छु । मलाई जे ठान्नुहुन्छ । ठान्नुहोस ।

पाँच लाख रुपैयाँ घुससहित सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ

पोखरा ।जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको कार्यालयबाट खटेको टोलीले पक्राउ गरेको छ ।उनी पाँच लाख रुपैयाँ घुससहित एक पक्राउ परेका हुन । उनले मुद्दा मिलाई दिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। कार्यालयका सुचना अधिकारी रमेश ढकालकाअनुसार बिहान पौने ९ वजेको समयमा उनी कार्यालयबाटै पक्राउ परेका हुन । मुद्दा जितेका एक सेवाग्राहीको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने भन्दै उनले घुस मागेको सेवाग्राहीले उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । थापालाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको ढकालले जानकारी दिए ।

गैरआवासीय नेपाल विज्ञहरुको विश्व सम्मेलन शुक्रबारदेखि

0
काठमाडौँ, २४ असोज गैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुले सिकेको ज्ञान, सीप र पूँजी लगानी गरी समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यसाथ पहिलोपटक विज्ञहरुको विश्व सम्मेलन गर्न लागिएको गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्९एनआरएनए०ले काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । गैर आवासीय नेपाली दिवसको सन्दर्भ पारेर यही असोज २६, २७ र २८ गर्ने सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा विभिन्न देशमा काम गरेर ख्याति कमाएका विज्ञले १६० वटा कार्यपत्र प्रस्तुत गर्ने र ८० जनाले टिप्पणी गर्ने कार्यक्रम रहेको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिनुभयो । मुलुकको समृद्धिमा सहयोग गर्ने मुख्य लक्ष्यसाथ सम्मेलन गर्न लागिएको भन्दै भट्टले देशको आर्थिक विकासमा सम्मेलन कोशेढुङ्गा सावित हुने बताउनुभयो । एनआरएनएका उपाध्यक्ष डा हेमराज शर्माले सम्मेलनमा ३५० जना प्रतिनिधि सहभागी हुने जानकारी दिनुभयो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । “हाम्रो देश आफैं बनाउन सक्षम छौं भनेर राज्यलाई आत्मविश्वास दिलाउने छौं, शर्माले पत्रकारसँग भन्नुभयो, “यो ऐतिहासिक र पहिलो सम्मेलन हो, लगानी भित्र्याउन सहयोगी बन्ने छ ।” सम्मेलनमा पहिलो पटक विधान संशोधनको विषयलाई समेत प्रवेश गराइने छ । अहिले तीन उपाध्यक्ष रहेकोमा थपेर विषयगत रुपमा पाँच उपाध्यक्ष पु¥याउने र दुई वर्षे कार्यकाललाई तीन वर्षे बनाउने गरी विधान संशोधन प्रस्ताव लगिने छ । सो अवसरमा विधान संशोधनलगायत नीतिगत विषय, कृषि, जलविद्युत्, यातायात, वातावरण प्रदूषण नियन्त्रण, बाहिरबाट सिकेका ज्ञान, सीपको उपयोग र समस्याबारे छलफल तथा विभिन्न अन्वेषणमा सहभागी विज्ञ, लगानीकर्ता र नीति निर्माताबीचमा अन्तक्र्रिया हुनेछ ।

सरकारले शान्ति सुरक्षा दिन नसक्दा हत्या, हिंसा तथा बलात्कारका घटना वृद्धि

0
विराटनगर, २४ असोज नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले शान्ति सुरक्षा दिन नसक्दा हत्या, हिंसा तथा बलात्कारका घटना वृद्धि भएको आरोप लगाउनुभएको छ । विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले जनताको सुरक्षाको अनुभूति प्राप्त गर्ने सुरक्षा नीति ल्याउन माग गर्नुभयो । उहाँले निर्मला पन्त हत्या काण्डको दोषी छिटो पक्राउ गर्नुपर्ने माग गर्दै सरकारले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो । नेता सिटौलाले सरकारले जनताको हितमा काम गरेमा प्रतिपक्षको हैसियतले समर्थन गर्ने बताउँदै गलत कार्यको सदैव विरोध गर्ने बताउनुभयो । उहाँले महङ्गी नियन्त्रण गरी बढाइएको कर अविलम्ब घटाउनुपर्छ भन्नुभयो ।