गैरआवासीय नेपाल विज्ञहरुको विश्व सम्मेलन शुक्रबारदेखि
काठमाडौँ, २४ असोज गैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ ।
वैदेशिक रोजगारीमा गएका नेपालीहरुले सिकेको ज्ञान, सीप र पूँजी लगानी गरी समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यसाथ पहिलोपटक विज्ञहरुको विश्व सम्मेलन गर्न लागिएको गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्९एनआरएनए०ले काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
गैर आवासीय नेपाली दिवसको सन्दर्भ पारेर यही असोज २६, २७ र २८ गर्ने सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा विभिन्न देशमा काम गरेर ख्याति कमाएका विज्ञले १६० वटा कार्यपत्र प्रस्तुत गर्ने र ८० जनाले टिप्पणी गर्ने कार्यक्रम रहेको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिनुभयो ।
मुलुकको समृद्धिमा सहयोग गर्ने मुख्य लक्ष्यसाथ सम्मेलन गर्न लागिएको भन्दै भट्टले देशको आर्थिक विकासमा सम्मेलन कोशेढुङ्गा सावित हुने बताउनुभयो । एनआरएनएका उपाध्यक्ष डा हेमराज शर्माले सम्मेलनमा ३५० जना प्रतिनिधि सहभागी हुने जानकारी दिनुभयो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।
“हाम्रो देश आफैं बनाउन सक्षम छौं भनेर राज्यलाई आत्मविश्वास दिलाउने छौं, शर्माले पत्रकारसँग भन्नुभयो, “यो ऐतिहासिक र पहिलो सम्मेलन हो, लगानी भित्र्याउन सहयोगी बन्ने छ ।”
सम्मेलनमा पहिलो पटक विधान संशोधनको विषयलाई समेत प्रवेश गराइने छ । अहिले तीन उपाध्यक्ष रहेकोमा थपेर विषयगत रुपमा पाँच उपाध्यक्ष पु¥याउने र दुई वर्षे कार्यकाललाई तीन वर्षे बनाउने गरी विधान संशोधन प्रस्ताव लगिने छ । सो अवसरमा विधान संशोधनलगायत नीतिगत विषय, कृषि, जलविद्युत्, यातायात, वातावरण प्रदूषण नियन्त्रण, बाहिरबाट सिकेका ज्ञान, सीपको उपयोग र समस्याबारे छलफल तथा विभिन्न अन्वेषणमा सहभागी विज्ञ, लगानीकर्ता र नीति निर्माताबीचमा अन्तक्र्रिया हुनेछ ।
सरकारले शान्ति सुरक्षा दिन नसक्दा हत्या, हिंसा तथा बलात्कारका घटना वृद्धि
विराटनगर, २४ असोज नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले शान्ति सुरक्षा दिन नसक्दा हत्या, हिंसा तथा बलात्कारका घटना वृद्धि भएको आरोप लगाउनुभएको छ ।
विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले जनताको सुरक्षाको अनुभूति प्राप्त गर्ने सुरक्षा नीति ल्याउन माग गर्नुभयो ।
उहाँले निर्मला पन्त हत्या काण्डको दोषी छिटो पक्राउ गर्नुपर्ने माग गर्दै सरकारले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो । नेता सिटौलाले सरकारले जनताको हितमा काम गरेमा प्रतिपक्षको हैसियतले समर्थन गर्ने बताउँदै गलत कार्यको सदैव विरोध गर्ने बताउनुभयो । उहाँले महङ्गी नियन्त्रण गरी बढाइएको कर अविलम्ब घटाउनुपर्छ भन्नुभयो ।
कर्तब्य ज्यान मुद्दामा फरार रहेका युवा पक्राउ
बर्दिया, २४ असोज आठ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक युवकलाई आठ वर्षपछि आज प्रहरीले पक्राउ गरेको छ ।
गुलरिया नगरपालिका–१२ भैसाहीका २० वर्ष कैद सजाय तोकिएका ३९ वर्षीय शङ्खर थारुलाई प्रहरीले घरमै लुकिछिपी रहेको अवस्थामा आजे बिहान पक्राउ गरेको हो । सोही ठाउँका ३० वर्षीय छोतेलाल थारुको २०६७ जेठ १४ गते हत्या गरी फरार रहेका थारुलाई सूचनाको अधारमा पक्राउ गरेको प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिनुभयो । बर्दिया जिल्ला अदालतले २०७२ माघ १३ गते घटनाका आरोपिलाई दोषी ठहर गरी सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो ।
काङ्ग्रेस बैठक स्थगित
काठमाडौँ, २४ असोज प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको निर्धारित बैठक शीर्ष नेताहरुको व्यस्तताका कारण स्थगित गरिएको छ ।
भोलि असोज २५ गतेका लागि निर्धारित बैठक पार्टीका शीर्ष नेताहरुको काठमाडौँ उपत्यका बाहिरका विभिन्न कार्यक्रममा व्यस्त हुनुपरेकाले स्थगित गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म स्थगित गरिएको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशाङ्क कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेता विभिन्न जिल्लाका निर्धारित कार्यक्रममा व्यस्त हुनुहुन्छ । असोज २५ गतेको बैठकमा छलफल हुने भनिएको नेपाल विद्यार्थी सङ्घको विधानका सम्बन्धमा अब पार्टीले गठन गरेको निर्देशक समितिमा छलफल हुने बताइएको छ ।