‘विवाह नामको संस्थामा समाजले महिलाहरुलाई कमजोर बनाएको छ’

0

एजेन्सी । भारतीय अभिनेत्री कल्की कोचलिनको विचारमा समाजले ‘विवाह’ नामको संस्थालाई यसरी बनाएको छ कि यसमा महिलालाई कमजोर रुपमा हेरिन्छ ।

कल्कीले शैली चोपडा तथा मेघना पन्तद्वारा लिखित किताब ‘फेमनिस्ट रानी’को विमोचन समारोहमा बोल्ने क्रममा यी कुरा बताएकी हुन् । उनले विवाहबारे थप बोल्दै एक महिलाको लागि विवाहलाई लिएर रहेको ‘सबैभन्दा ठूलो समस्या’ भनेको योसँग जोडिएर आउने ‘स्वामित्व’को विचार हो भनिन् ।

कल्की र अर्का फिल्मकर्मी अनुराग कश्यपले सन् २०११ मा विवाह गरेका थिए तर, दुई वर्ष पछि दुई अलग भएका थिए र सन् २०१५ मा दुईको सम्बन्धविच्छेद भयो ।

उनका अनुसार विवाहपछि उनलाई तब मात्र कतै आमन्त्रित गरिन्थो जब अनुरागलाई आमन्त्रित गरिन्थ्यो । मानिसहरु उनलाई ‘अनुरागको पत्नी’ भन्थे तर अनुरागलाई कहिल्यै पनि ‘कल्कीको पति’ भन्दैनथे ।

त्यही कारण विवाह नामको संस्थाले महिला कमजोर बनाउने बताइन् । यहाँसम्म कि पतिले चाहँदा पनि ऊ कमजोर नै महिला रहन्छिन् ।

उनले समाजले यो संस्थालाई यही हिसाबमा नै बनाएको जिकिर गरिन् ।

कल्कीले कुनै पनि सम्बन्धलाई सफल बनाउन इमान्दारीता र स्वतन्त्रता आवश्यक हुने बताइन् ।

कल्कीले सम्बोधनको क्रममा सम्बन्धविच्छेद पछि आफू कुन प्रक्रियाबाट गुज्रेको पनि खुलाइन् ।

उनले भनिन्, “मैले आफैलाई लामो समयसम्म एक्ली पाए । मलाई जसरी पनि त्यो खालीपन भर्नु थियो । म आफूभित्रको खालिपनलाई कुनै प्रकारको पागलपनबाट वा रक्सी सेवनबाट वा हरेक समय मानिसहरुबाट घेरिएर भर्न चाहन्न थिएँ । मैले आफैलाई भर्नको लागि अन्तरमुखी बाटो चुने र घरमा रहनुको साथै परिवारका सदस्यहरुसँग बढी समय बिताउन थालेँ । अहिले सम्झिदाँ म त्यो खालको यात्राबाट गुज्रिएकोमा खुसी छु ।’

कार्यक्रमको दौराना कल्कीले आफ्नो फिल्मी करिअर र फेमिनिज्मबारे पनि कुरा गरिन् । उनले सबै मानिसहरु समान भएको र एकअर्कोलाई सम्मान गर्नु पर्ने बताइन् ।

उनले भनिन्, “हामी एक पितृसत्तात्मक समाजमा छौँ । यही कारण ‘फेमिनिज्म’ शब्दलाई पितृसत्ताको विरुद्ध प्रयोग गरिन्छ तर फेमिनिज्मको मतलब बराबर हुनुसँग रहेको छ । मलाई ‘समानतावादी’ शब्द प्रयोग हुनुपर्छ लाग्छ किनकी यस सबै मानिसहरुलाई बराबार भएको र एकअर्कोको लागि सम्मान गर्ने कुरा गर्छ ।”

मार्गरिटा अफ अ स्ट्र, द्याट गर्ल इन यल्लो बुट्स र वेटिंगजस्ता फिल्महरुमा गैर–परम्परिक भूमिका निभाउने यी अभिनेत्रीले आफ्नो गैर–परम्परागत भूमिकाको रोजाईले आफूले सिनेमा र वास्तविक जीवनमा कुनै ठूलो मुल्य चुकाउन नपरेको बताइन् ।

कामना फिल्म अवार्ड : मनोनयन सूची सार्वजनिक

0

काठमाडौं –कामना प्रकाशनले सिजी कामना फिल्म अवार्ड्सको चौथो संस्करणको मनोनयन सूची सार्वजनिक गरिएको छ ।
०७४ साल १ वैशाखेदेखि चैत मसान्तसम्म सार्वजनिक रुपमा प्रदर्शनमा आएका चलचित्रमध्यबाट निर्णायक मण्डलले उत्कृष्ट ५ मनोनयनको सूची सार्वजनिक गरेको हो ।
३१ विधामा प्रदान गरिने चौथो संस्करणको सिजी कामना फिल्म अवार्डस् २०७५ अन्र्तगत सर्वोत्कृष्ट चलचित्र विधामा ब्लाइन्ड रक्स, घामपानी, कृ, लीली बीली र शत्रु गते मनोयनमा परेका छन्, भने निर्देशकमा दीपाश्री निरौला, मिलन चाम्स, नवल नेपाल, प्रदीप भट्टराई र सुरेन्द्र पौडेल मनोनयनमा परेका छन् ।

त्यसैगरी अभिनेता तर्फ दीपकराज गिरी, दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, प्रदीप खड्का र पुष्प खड्का मनोनयमा छन् भने अभिनेत्री तर्पm बेनिषा हमाल, मेनुका प्रधान, नीता ढुंगाना, प्रियंका कार्की, सारा सिरपाली र शिल्पा पोखरेल मनोनयमा परेका छन् ।

मनोयनमा सूचिमा छक्का पञ्जा २ सर्वाधिक धेरै १५ विधाको मनोनयनमा परेको छ । कृ १३ र ए मेरो हजुर २ एघार विधाको मनोयनमा परेका छन् । यसैगरी लिलीबिली १० विधाको मनोनयमा परेको छ ।
अवार्डमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान ९लाइफ टाइम अचिभमेन्ट अवार्ड०,  निर्णायक मण्डलको आधारमा जुरी अवार्ड प्रदान गरिनेछ । संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ । उत्कृष्ट ५ को मनोनयमा परेका ९ लोकप्रिय विधामा एसएमएस भोटिङको व्यबस्था गरिएको छ । ती ९ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाई विजेता चयन आयोजकले जनाएको छ ।

चौथो संस्करणको सिजी कामना फिल्म अवार्डस् २०७५ समग्र फिल्म क्षेत्र र फिल्मकर्मीमा समर्पित हुने अवार्ड आयोजकले जनाएको छ ।

उत्कृष्ट ५ को मनोनयन सूची

विधाः सर्वोत्कृष्ट चलचित्र
ब्लाइन्ड रक्स
घामपानी
कृ
लीली बीली
शत्रु गते

विधाः सर्वोत्कृष्ट निर्देशक
दीपाश्री निरौला – छक्का पञ्जा २
मिलन चाम्स – लीली बीली
नवल नेपाल – मंगलम
प्रदीप भट्टराई – शत्रु गते
सुरेन्द्र पौडेल – कृ

विधा ः सर्वोत्कृष्ट नवनिर्देशक
झरना थापा – ए मेरो हजुर २
नवराज बुढाथोकी – भुइँमान्छे
घामपानी – दिपेन्द्र लामा
पुर्णेन्दु झा – संरक्षण
आर। राजवंशी – शेरबहादुर

विधा ः  सर्वोत्कृष्ट अभिनेता
दीपकराज गिरी – छक्का पञ्जा २
दायाहाङ राई – घामपानी
सौगात मल्ल – झ्यानाकुटी
अनमोल केसी – कृ
प्रदीप खड्का – लीली बीली
पुष्प खड्का – मंगलम

विधाः  सर्वोत्कृष्ट अभिनेतृ
बेनीषा हमाल – ब्लाइन्ड रक्स
मेनुका प्रधान – शेरबहादुर
नीता ढुंगाना – पञ्चायत
प्रियंका कार्की – शत्रु गते
सारा सिरपाली – पिंजडा ब्याक अगेन
शील्पा पोखरेल – मंगलम

विधा ः सर्वोत्कृष्ट नवअभिनेता
सलीनमान बानीया – ए मेरो हजुर २
स्वरुपपुरुष ढकाल – छक्कापञ्जा २
आशीरमान देशराज श्रेष्ठ जोशी – ग्याङस्टर ब्लुज
सुरज पाण्डे – लभ लभ लभ
शारुक ताम्राकार – रानी

विधा ः सर्वोत्कृष्ट नवअभिनेत्री
अदिती बुढाथोकी  – कृ
दिपीका प्रसाईं – ऐश्वर्य
जसिता गुरुङ – लीली बीली
सारा सिरपाली – रुद्र
सीपोरा गुरुङ – भुइँमान्छे

विधाः  सर्वोत्कृष्ट सहअभिनेता
सलोन बस्नेत – ए मेरो हजुर २
जितु नेपाल – छक्का पञ्जा २
प्रमोद अग्रहरी – संरक्षण
शिवहरी पौडेल – शत्रु गते
रविन्द्र झा – शेरबहादुर

विधाः सर्वोत्कृष्ट सहअभिनेतृ
अनु शाह – कान्छी
वर्षा राउत – छक्का पञ्जा २
मिथिला शर्मा – आधा लभ
रोजीषा शाही – ग्याङस्टर ब्लुज
रुपा राना – कृ

विधाः सर्वोत्कृष्ट खलपात्र
अनुपविक्रम – शाही कृ
विपीन कार्की – नाका
प्रशान्त ताम्राकार – ऐश्वर्य
पुकार भट्टराई – पिंजडा ब्याक अगेन
रमेश रञ्जन झा – संरक्षण

विधा ः सर्वोत्कृष्ट हास्य कलाकार
केदार घिमिरे – छक्का पञ्जा २
जयनन्द लामा – छक्का पञ्जा २
बुद्धी तामाङ – दुई रुपैंया
राजाराम पौडेल – म यस्तो गीत गाउँछु
शिवहरी पौडेल – शत्रु गते

विधा ः सर्वोत्कृष्ट बालकलाकार
अनुभव रेग्मी – ए मेरो हजुर २
विनोद मगराती – आधा लभ
पिंजडा ब्याक अगेन – कुशाग्र भट्टराई
सौरभ शाह – कृ
स्वदीता सापकोटा – भुइँमान्छे

विधा ः सर्वोत्कृष्ट  कथा
नवराज बुढाथोकी – भुइँमान्छे
यम थापा – ब्लाइन्ड रक्स
दिपेन्द्र लामा – घामपानी
प्रदीप भारद्वाज – झ्यानाकुटी
शिवम अधिकारी – पञ्चायत

विधा ः सर्वोत्कृष्ट पटकथा
दीपकराज गिरी – छक्कापञ्जा २
दीपकराज गिरी÷प्रदीप भट्टराई – शत्रु गते
नवल नेपाल – मंगलम
नवराज बुढाथोकी – भुइँमान्छे
लीली बीली – प्रदीप भारद्वाज

विधा ः सर्वोत्कृष्ट संवाद
दीपकराज गिरी÷जितु नेपाल÷केदार घिमिरे÷अभिमन्यु निरबी – छक्कापञ्जा २
गोविन्द फुयाँल÷नवल – नेपाल मंगलम
हरिवंश आचार्य÷प्रदीप भट्टराई – शत्रु गते
नवराज बुढाथोकी – भुइँमान्छे
शिवम अधिकारी – पञ्चायत

विधा ः सर्वोत्कृष्ट गीतकार
अर्जुन पोखरेल – तिमी रोएको पल÷ऐश्वर्य
धिरेन्द्र प्रेमर्षी  – सम्झनाको सारंगी÷संरक्षण
डा। कृष्णहरी बराल – ए मेरो हजुर÷ए मेरो हजुर २
कालीप्रसाद बास्कोटा÷सबिन एकतारे –अजम्बरी÷ग्यांग्स्टर ब्लुज
मुक्त उदास – तिमी नी आधा÷पिंजडा ब्याक अगेन

विधाः सर्वोत्कृष्ट संगीतकार
बसन्त सापकोटा – मलाई आँखामा÷ए मेरो हजुर २
अर्जुन पोखरेल – तिमी रोएको पल÷ऐश्वर्य
हरी लम्साल – उड्यो मन÷ब्लाइन्ड रक्स
राजनराज शिवाकोटी – कुटुमा कुटु÷दुई रुपैंया
दीपक शर्मा – पर्ख पर्ख÷मंगलम

विधाः सर्वोत्कृष्ट पाश्र्वगायक
कालीप्रसाद बास्कोटा – ओडौंला पिरतीको÷शत्रुगते
कृष्ण काफ्ले – पर्ख पर्ख÷मंगलम
सुगम पोखरेल – भन्छु आज÷म यस्तो गीत गाउँछु
सुगम पोखरेल – तिमी रोएको पल÷ऐश्वर्य
स्वरुपराज आचार्य – सम्झनाको सारंगी÷संरक्षण

विधाः सर्वोत्कृष्ट पाश्र्वगायिका
अञ्जु पन्त – भन्छु आज÷म यस्तो गीत गाउँछु
बानिका प्रधान –उड्यो मन÷ब्लाइन्ड रक्स
विन्दु परियार – पर्ख पर्ख÷मंगलम
मेलिना राई – कुटुमा कुटु÷दुई रुपैयाँ
मीना निरौला – रुपै मोहनी÷शत्रु गते

विधाः सर्वोत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – आँखैमा÷ ए मेरो हजुर २
कविराज गहतराज – इन्जीन गाडीमा÷लीली बिली
कविराज गहतराज – कुटुमा कुटु÷दुई रुपैयाँ
कविराज गहतराज – पर्ख पर्ख÷मंगलम
मिलन चाम्स – उड्यो मन÷ब्लाइन्ड रक्स

विधाः सर्वोत्कृष्ट द्वन्द निर्देशक
चन्द्र पन्त – कृ
हिमाल केसी – संरक्षण
हिमाल केसी – पिजंडा ब्याक अगेन
रोशन श्रेष्ठ – छक्का पञ्जा २
सम्राट थापा – ग्याङस्टर ब्लुज

विधाः सर्वोत्कृष्ट छायांकन
सञ्जय लामा – ए मेरो हजुर २
दीर्घ गुरुङ – छक्का पञ्जा २
पुरुषोत्तम प्रधान – कृ
सुदीप बराल – लीली बीली
सञ्जय लामा – म यस्तो गीत गाउँछु

विधा ः सम्पादन
अर्जुन जीसी – लीली बीली
बनीष शाह – ए मेरो हजुर २
बिपीन मल्ल – छक्का पञ्जा २
सन्दिप अधिकारी÷बनीष शाह – कान्छी
सुरेन्द्र पौडेल – कृ

विधा ः पाश्र्वसंगीत
शैलेश श्रेष्ठ – ए मेरो हजुर २
सुजिल कर्मचार्य – छक्का पञ्जा २
शैलेश श्रेष्ठ – कृ
एलिष कार्की – लीली बिली
सैलेश श्रेष्ठ – म यस्तो गीत गाउँछु

विधा ः ध्वनी मिश्रण
उत्तम न्यौपाने – ए मेरो हजुर २
सुनयमान श्रेष्ठ – छक्का पञ्जा २
उत्तम न्यौपाने – कृ
मुकेष शाह – लीली बिली
सुनयमान श्रेष्ठ – संरक्षण

विधा – श्रृंगार
अमृत मरहठ्ठा – पञ्चायत
सीजी थापा – भुइँमान्छे
निमा लामा –  कृ
शंकर थापा – घामपानी
श्याम बराल – छक्का पञ्जा २

नेपाल आउँदै बलिउड अभिनेता गोबिन्दा

0

काठमाडौँ — बलिउड अभिनेता गोबिन्दा नेपाल आउने भएका छन् । आइतबार राजधानीमा आयोजना हुने ‘एलजी सिनेमा सर्कल अवार्ड’को लागि उनी नेपाल आउने भएका हुन् ।

अवार्डमा पाहुनको रुपमा उनले सहभागी जनाउने अवार्डका अध्यक्ष दिनेश डिसीले बताए ।

डिसीका अनुसार गोबिन्दा शनिबार नेपाल पाउनेछन् । तीन दिनको भ्रमणका लागि नेपाल आउन लागेका गोबिन्दाले अवार्डमा बरिष्ठ निर्देशक किशोर रानालाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिने कार्यक्रम रहेको छ ।

राना र बलिउड अभिनेता गोविन्दा पुरानै साथी हुन् । १५ वर्ष मुम्बईमा बिताएका किशोरले हिन्दी फिल्मसँगै भोजपुरी फिल्ममा समेत काम गरेका थिए । राना अहिले मृगौला रोगबाट पिडित छन् ।

अवार्डको अलवा गोविन्दाको पशुपतिनाथको पूजा गर्ने कार्यक्रम समेत रहेको बुझिएको छ ।

‘छक्का पञ्जा ३’को यस्तो छ नयाँ गीत ‘उमेर ढल्किन्छ… ’

0

काठमाडौं – दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा ३’को नयाँ गीतसार्वजनिक भएको छ । दिपकराज गिरी, दीपिका प्रसाई, जीतु नेपाल, केदार घिमिरे र बुद्धी तामाङ लगायतको अभिनय देख्न सकिने गीत नवलपरासी स्थित सास्वत धाममा छायाँकन गरिएको छ ।

निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने शब्द पोखरेल र दिपकराज गिरीले लेखेका हुन । गीतमा महाराज थापाले संगीत संयोजन, कबिराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन र बिपिन मल्लको सम्पादन रहेको छ ।

प्रियंका कार्की, स्वस्तिमा खड्का र वर्षा राउतले अतिथी भुमिका निर्बाह गरेको चलचित्रको यस अगाडि सार्वजनिक ‘पहिलो नम्बरमा ’बोलको गीतले छोटो समयमै करोड बढी दर्शक पाइसकेको छ ।

दिपकराज गिरीको कथा र पटकथा रहेको चलचित्रको सम्बाद दिपकका साथै, जीतु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठले लेखेका हुन । दशैमा प्रदर्शन हुने भनिए पनि अहिले सम्म चलचित्रको रिलिज डेट तोकिएको छैन ।

सुमन गिरी, शिबहरी पौडेल, किरण केसी, पुरुषोत्तम प्रधान, दिपेन्द्र खनिया, केदार घिमिरे, जितु नेपालका साथै दिपक राज गिरी र दिपाश्री निरौलाले मिलेर चलचित्र बनाएका हुन् ।