सांसद रौनियार निलम्बित
काठमाडौँ, १९ असोज प्रतिनिधिसभाका सांसद् हरिनारायण प्रसाद रौनियार स्वतः निलम्बनमा पर्नुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै सांसद रौनियार स्वतः निलम्बनमा पर्नुभएको सङ्घीय संसद् सचिवायलका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । उहाँ सङ्घीय समाजवादी फोरम नेपालका तर्फबाट प्रतिनिधिसभामा पर्सा क्षेत्र नं ३ बाट विजयी हुनुभएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ ले सार्वजनिक पद धारणा गरेका व्यक्तिविरुद्ध भ्रष्टाचारसम्बन्धी दायर भएर मुद्दाको किनारा नलागेसम्म स्वतः निलम्बित हुने व्यवस्था गरेको छ । ऐनअनुसार त्यसरी निलम्बनमा रहेको व्यक्तिले कुनै सरकारी कार्यालय वा सार्वजनिक संस्थामा वा नेपाल सरकारलाई कुनै किसिमले प्राप्त ऋण वा अनुदान रकमा व्ययभार पर्ने पदमा कुनै पनि किसिमले नियुक्त भई काम गर्न पाउने छैन ।
अख्तियारले पप्पु कन्सट्रक्सन कम्पनीका पूर्वअध्यक्ष रौनियारविरुद्ध बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई नदीमाथिको पुल निर्माणमा अनियमिता गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको थियो । रासस
–––
मङ्सिरदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने
काठमाडौँ, २० असोज रासस काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ ।
शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको टोलीसँग बसेको बैठकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा उक्त ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकले सुन्तला र सहचालकले हरियो रङ्गको ज्याकेट लगाउनुपर्ने निर्णय भएको जानकारी दिनुभयो ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन शुरुवात गरिए पनि माइक्रोबसका चालक तथा सहचालकले अटेर गर्दै आएका थिए । महासङ्घका महासचिव सरोज सिटौलाले उक्त ज्याकेटले चालकको पहिचान हुने, रातिको समयमा चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने बताउनुभयो । “ठूला सवारीसाधनमा समेत क्रमश ज्याकेट लगाउने व्यवस्था गर्नेछौँ”, उहाँले भन्नुभयो ।
महाशाखाले यसअघि उपत्यकामा सञ्चालित ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको थियो । सोहीअनुसार हाल उपत्यकाका झण्डै ८० प्रतिशतभन्दा बढी ट्याक्सी चालकले उक्त ज्याकेट लगाउँदै आएका छन् । रासस
यौन तथा नैतिक शिक्षालाइ प्राथामिक तहको पाठ्यक्रममा समाबेश गर्नु पर्नेमा जोड
यौन तथा नैतिक शिक्षालाइ प्राथामिक तहको पाठ्यक्रममा समाबेश गर्नु पर्नेमा जोड
सरिता तिम्सिना पगेनी
समाजमा बढ्दो हत्या हिंसा र बलत्कारका घटनालाई न्युनिकरन गर्न यौन तथा नैतिक शिक्षालाइ प्राथामिक तहको पाठ्यक्रममा समाबेश गरिनु पर्नेमा जोड दिइएको छ ।परिबर्तनका लागि कार्य नेपालले छोरी बचाँउ अभियान अन्र्तगत पोखरामा बढ्दो महिला हत्या,हिंसा र बलत्कार बिरुद्ध सरोकारवाला संग गरिएको अन्तरक्रिया कार्यक्रममा कानुनको अनबिज्ञता,नैतिक शिक्षाको कमी, ,गरिबी,पारिवारिक बिखण्डन, जाँड रक्सी तथा लागुपदार्थ को प्रयोग,नैतिक शिक्षाको अभाब,पुरुष सत्ताले महिला सत्तालाइ अस्विकार गर्ने प्रबृत्ति , बढ्दो नास्तिक प्रबृत्ति ,दण्डहिनता ,अपराधमा राजनितिकरण ,प्रहरी प्रशासनको हेलचक्रयाइ,लगाएतका कारणले समाजमा हत्या हिंसा र बलत्कार जस्ता घटनाहरु बढिरहेको सरोकारवालाहरुले बताए ।
कार्यक्रममा बोल्दै पुर्ब सभासद शारदा पौडेलले समाजमा बालिका देखि जेष्ठ नागरिक महिला सम्म असुरक्षित बन्दै गएको भन्दै बढ्दो हत्या,हिंसा र बलत्कार रोक्न सरोकारवाला बिचको सहकार्य र एकता आबश्यक रहेको बताइन ।उनले टोलटोलमा महिलाहरु संगठित भएर प्रतिकार समुह गठन गर्न समेत सुझाब दिइन । पोखरा महानगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाका महिला बिकास अधिकृत कल्पना साप्कोटा ले महिला हिंसाको सवालमा सबै सरोकारवालाहरु जिम्मेवार भएर लाग्नु पर्ने बताउदै ,प्रहरीको साथ भयो भने पिडितलाइ तुरुन्तै न्याय दिन सकिने बताइन ।
जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरिक्षक जगदिश रेग्मीले पछिल्लो समय स्कुले बालबालिका बढि हिंसामा परेको जानकारी दिदै ,यस बिषयमा अभिभाबक थप सचेत हुन पर्ने बताए। आफ्ना छोराछोरीले गरेका क्रियाकलाप प्रति अभिभाबकले निगरानी राख्नु पर्नेमा जोड दिदै उनले ,हिंसामा परेमा १०० र बालबालिका हराएमा १०४ नम्बरमा तुरुन्त सम्पर्क गर्न समेत आग्रह गरे ।नागरिक समाजका पुर्ब संयोजक राम बहादुर पौडेलले राजनितिको आडमा अपराधिलाइ संरक्षण दिन प्रबृत्ति रहेको भन्दै यसका बिरुद्ध नागरिक समाजले सधै खबरदारी गर्न आबश्यक रहेको बताए।
कार्यक्रममा संस्थाका सल्लाहाकार अधिबत्ता शालिकराम भट्टराइ, सामाजिक अभियान्ताहरु अञ्जु केसी, माया गुरुङ्ग, बिबि बिष्ट, सुस्मा पौडेल,लालीमाया रेग्मी,मीना ढकाल,साबीत्री शर्मा,बिण्णु पौडेल,निशा नाजबुन खाँन लगाएतले बोलेका थिए ।परिबर्तनका लागि कार्य नेपालका अध्यक्ष गीता लामिछाने को अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण छोरी बचाँउ अभियानका प्रबत्ता क्रियाशिल पत्रकार महिला कास्की का अध्यक्ष सरिता तिम्सिना पगेनीले गरेकी थिइन ।

भूकम्पबाट अझै पनि एक हजार वेपत्ता
पालु, इन्डोनेसिया, १९ असोज इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी अझै पनि एक हजारभन्दा बढी व्यक्ति वेपत्ता भएको इन्डोनेसियाका सरकारी अधिकारीहरुले बताएका छन् ।
इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरका एक हजारभन्दा बढी घरहरु सुनामीका कारण डुबानमा परेको खोजी तथा उद्धार निकायका प्रवक्ता युसुफ लतिफले जानकारी दिनुभयो ।
बलारोआ क्षेत्रमा रहेको एक सरकारी भवनमा पुरिएको आशंकामा खोजी र उद्धार कार्य जारी रहेको छ । उक्त भवनमा कति व्यक्ति थिए भन्ने अझै थाहा हुन सकेको छैन । तर, भूकम्पमा फसेका व्यक्तिको जीवितै उद्धार गर्ने सम्भावना अब कम हँुदै गएको मानवीय सहायतामा जुटेको संयुक्त राष्ट्रसङ्घको भनाइ छ ।
इन्डोनेसियाको तटीय शहर पालुमा गत शुक्रबार ७।५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पलगत्तै आएको सुनामीमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ५५८ पुगेको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो नुग्रोहोले शुक्रबार बताउनुभएको छ ।
भूकम्पबाट तटीय शहर पालु सबैभन्दा बढी प्रभावित भएको छ । यस भूकम्पका कारण करिब दुई लाख व्यक्तिलाई मानवीय सहयोग आवश्य परेको र त्यसमा हजारौँ बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
यसैवर्ष लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ५५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९।१ म्याग्नीच्यूडको भूकम्प र सुनामीका कारण इन्डोनेसियामा मात्र एक लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो । रासस एएफपी