विदेशमा ‘रामकहानी’

0

काठमाडौं – गत शुक्रबारबाट प्रदशर््नमा आएको चलचित्र ‘रामकहानी’ यूरोप, अष्ट्रेलिया र अमेरिका लगायत देशमा रिलिज हुन लागेको निर्देशन सुदर्शन थापाले जानकारी दिएका छन् ।

चलचित्र सेप्टेम्बर १६ मा अमेरिकाको बोष्टनमा हुँदैछ । यसपछि अमेरिकाका विभिन्न राज्यमा यो चलचित्र रिलिज हुनेछ । यस्तै, चलचित्र अष्ट्रेलियाको मेलबर्नमा पनि प्रदर्शन हुने तयारीमा छ ।

यस्तै, चलचित्रको यूरोप प्रदर्शन डेनमार्कबाट सुरु हूँदैछ । डेनमार्कपछि पोल्याण्ड, स्पेन, पोर्चुगल, जर्मन लगायतका १० वटा देशमा हुनेछ । कतार, ओमान, जापान, बहराइन लगायतका देशमा पनि चलचित्र चल्ने निर्देशक सुदर्शन थापाले जानकारी दिए ।

पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र ‘रामकहानी’को कमेडी संवाद, कथावस्तुले भरिएको छ ।

सुधार गर्न खोज्दा गुनासो आउँछः अर्थमन्त्री

काठमाडौं–अर्थमन्त्री डा.युवराज खतिवडाले  कुनै पनि क्षेत्रको सुधार सहज नभएको बताएका छन् । सुधार गर्न खोज्दा गुनासो धेरै आउने उनले बताए । मंगलबार नाडा अटो शोको उद्घाटन गर्दै डा.खतिवडाले मान्छे हेरर आफुलाई कुरा गर्न नआउने बताउँदै भने, ‘जसलाई जे राम्रो लाग्छ त्यही कुरा गर्न आउँदैन मलाइ । म जे हो र जे देख्छु त्यही भन्छु । त्यसकारण पनि मसँग बढी गुनासो गर्छन् ।’

डा.खतिवडाले भने, ‘विकास पनि गर्नुपर्छ भन्छन् अनि कर उठाउन खोज्दा तर्सन्छन । यद्यपि, राजस्वबाटै देश चलाउनुपर्छ भन्ने मेरो मान्यता होइन । तर ऋण लिएर होइन आफैले कमाएर काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

अब बैकिङ क्षेत्रको तरलता समस्या विस्तारै समाधान भएर गाडी खरिदका लागि सहज हुने अवस्था आउने उनले बताए ।  व्यवसायीहरुले भृकुटी मण्डपको प्रर्दशनीस्थल सानो भएकाले सबैलाई समेट्न नसकेको गुनासो गर्दै ठुलो प्रर्दशनी स्थल बनाउन सरकारसँग आग्रह गरे ।

व्यवसायीको आग्रहलाई सम्बोधन गर्दै अर्थमन्त्रीले व्यवसायी आफैंले प्रदर्शनी स्थलको ठाउँ देखाउन र सरकारसँग साझा रुपमा अगाडी बढ्न अनुरोध गरे  ।

भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो (फोटोफिचर)

काठमाडौं–राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि नाडा अटो– शो सुरु भएको छ ।

सवारी साधनहरुको समग्र जानकारी दिने उद्देश्यले नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालले नाडा अटो शो आयोजना गरेको हो । अटो शो को उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ऋण लिएर गाडी खरिद नगर्न व्यवसायीहरुलाई आग्रह गरे । उनले ऋण लिएर गाडी खरिद गर्दा मुलुकको अर्थतन्त्र झनै ओरालो लाग्नेतर्फ व्यवसायीहरुलाई सचेत पनि गराए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएको अटो मोवाइल्स क्षेत्रको प्र्रवद्र्धनमा आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरे ।
उनले उनले मुलुकको व्यापार घाटालाई कम गर्न पनि अटो मोवाईल्स क्षेत्रले योगदान दिनसक्ने पनि स्मरण गराए ।

शो मा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्रान्डका २ पाङग्रे सवारी साधनहरु राखिएको छ ।
अटो शोमा यस वर्ष ७१ वटा कम्पनीहरुको सहभागिता रहेको छ । ६ दिनसम्म चल्ने शोमा १ सय ४ वटा स्टल रहेका छन । अटो मोवाईल्स क्षेत्रले गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा २० प्रतिशत योगदान दिएको छ ।

५ लाखसम्म छुट, ४ करोडसम्म मूल्य : यस्ता छन् नाडा अटो शोमा गाडीहरु

काठमाडौँ । तपाईं गाडी वा मोटरसाइकल खरिद गर्ने सोचमा हुनुहुन्छ ? यदि त्यस्तो हो भने राजधानीको भृकुटीमण्डपमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीको महामेला आजबाट (मंगलबार) शुरु भएको छ ।  १३ औ संस्करणको नाडा अटो शो भदौ ३१ गतेसम्म चल्नेछ । सबै प्रकारका सवारी साधन र अटोसम्बन्धी पार्टपुर्जाहरु एकै छानामुनि पाइने र विशेष छुटसहित बुकिङ गर्न सकिने व्यवस्था मेलामा छ ।

मेलामा हिरो, टाटा, स्कोडा, फोर्ड, ड्याट्सन, स्याङयोङ, हुण्डाइ लगायतका कम्पनीको गाडीको स्टलमा निकै भिड देखिएको छ । उद्घाटनकै समयमा गाडी खरिद गर्न चाहनेहरुको भिड लागेको छ ।

हामीले हरेक स्टलमा गएर कुन कम्पनीको चारपाङ्ग्रे सवारीको मूल्य कतिदेखि कतिसम्म (न्युनतम र अधिकतम) निर्धारण गरिएको छ भनेर बुझ्न खोज्यौ । कतिपय स्टलमा ५ लाखसम्मका छुट दिइएको देखिन्छ कसैले २ लाख त कसैले फाइनान्सिङ सुविधामा सहुलियत दिएको देखियो । ६ दिनसम्म चल्ने यो शो मा ६० हजारले अवलोकन गर्ने आयोजकको दाबी छ । नाडा अटो शोमा सबै ब्राण्डले स्थान भने पाएका छै्रनन् । आयोजक ठाउँ अभावका कारण त्यसो भएको दाबी गर्छ ।

गत आर्थिक वर्षमा सवारीसाधनको आयात १.४९ प्रतिशतले खुम्चिएको थियो । यसबर्ष सरकारले सवारी साधनमा  इन्जिन क्षमता अनुसार करको बृद्धि गरेको छ । यद्यपि, सवारी आयातमा बृद्धि हुने सवारी साधन व्यवसायीहरुको अपेक्षा छ ।