महिला आयोगलाई मन्त्रालय मातहत नराख्न सरकारसँग आग्रह

0

काठमाडौं । सांसदहरुले राष्ट्रिय महिला आयोगलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मातहत राख्ने प्रयास नगर्न सरकारसँग आग्रह गरेका छन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले राष्ट्रिय महिला आयोग संवैधानिक निकाय भएकाले यसलाई सरकारको मातहत ल्याउने प्रयास गर्न नहुनेतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।

बुधबार प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले संवैधानिक निकायलाई स्वतन्त्र संस्थाकै रुपमा रहन दिनुपर्ने स्पष्ट पारे । विधेयकमा राष्ट्रिय महिला आयोगलाई पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मातहतमा राख्ने प्रावधान राखिएको छ ।

समितिका सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले महिलाको ज्यान जाने अवस्था भएमा वा लुला, लंगडो बच्चा जन्माउने अवस्थामा सुरक्षित गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गर्नुपर्ने माग गरे । उनले प्रजनन् अधिकार हनन् हुन नदिन पनि कडा कानुनी व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

समितिकी अर्का सदस्य सरिता न्यौपानेले गर्भवती हुँदा विरामीसँगै अस्पतालमा श्रीमान् आफैं कुरुवा बस्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरिन् । सरकारी अस्पतालमा गर्भवती हुँदा श्रीमान् विरामीसँगै कुरुवा बस्न नपाउने व्यवस्था हटाउन उचित हुने उनको भनाई छ ।

विधेयकमा सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको अधिकारीलाई सुनिश्चित गराउने प्रावधान राखिएको छ ।

नेपाल निर्माण व्यवसायी संघको अध्यक्षमा ४ जनाको उम्मेदवारी घोषणा, कसको एजेण्डा के ?

0

काठमाडौं । नेपाल निर्माण व्यवसायी संघको २० औं अधिवेशनमा अध्यक्षका लागि ४ जनाले आज उम्मेदवारी घोषणा गरेका छन् ।

रवी सिंह : अध्यक्षका प्रत्यासी
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महासंघको १९ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी रवी सिंहले पुनः अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका छन् ।

‘जसको नेतृत्व, उसैको नीति’ भन्ने नारा लिएर अध्यक्षको उम्मेदारी घोषणा गरेका सिंहले ठूला व्यवसायी र साना निर्माण व्यवसायीकोबीचमा भएको खाडललाई पुर्नको लागि आफू पुनः नेतृत्व लिन चाहेको बताए ।

आधारभूत स्वास्थ्य सेवा पु¥याउन सरकार प्रतिवद्धः उपप्रधानमन्त्री यादव

0

भक्तपुर । उपप्रधान एवंम् स्वास्थ्य तथा जनसङ्यामन्त्री उपेन्द्र यादवले गाउँगाउँमा स्वास्थ्य सेवा पु¥याउन सरकारले यस वर्ष मुलुकभर एक हजार दुई सय वटा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्ने बताएका छन् ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आजदेखि सञ्चालनमा ल्याएको अत्याधुनिक सीटी स्क्यान तथा क्याथ ल्याब सेवाको उद्घाटन गर्दै उनले सबै नेपालीलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउनका लागि सरकारले स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको हो भने ।

उपप्रधानमन्त्री यादवले नेपालका ग्रामीण क्षेत्रमा स्वास्थ्य सम्बन्धी धेरै समस्या छन् तर चिकित्सकहरु काठमाडौँमा सरुवाको माग गर्दै मन्त्रालयमा ओइरो लाग्ने गर्छ, यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

सरकारी अस्पतालमा अझै डाक्टर पुग्न सकेका छैनन, राम्रो प्रयोगशाला सेवा सबैमा अझै पुग्न सकेको छैन, भवनहरु जीर्ण छन्, राम्रो नर्स, स्वास्थ्यकर्मी पुग्न सकेका छ्रैनन्, उनले भने, ‘जिल्लामा सरुवा भएर गएका डाक्टर हाजीर भएका दिनदेखि काठमाडौँमा सरुवा हुन माग गर्छन्, राम्रा डाक्टर प्रदेशमा समेत जान मान्दैनन, यस्तो प्रवृत्ति त्याग्नुपर्छ ।’

उपप्रधानमन्त्री यादवले ८५ देखि ९० प्रतिशत जनता गाउँमा बस्ने गरेको तर ८० प्रतिशतभन्दा बढी डाक्टर शहरमा बस्ने गरेको उल्लेख गर्दै गाउँमा जनता धेरै, शहरमा डाक्टर धेरै हुने गरेको छ, यो असमानता हटाउनुपर्ने बताए ।

जनशक्तिको विकास, अत्याधुनिक उपकरण ल्याउन र भौतिक संरचना निर्माण गर्न सरकार लागिपरेको बताउँदै उनले तराई, पहाड, हिमाललगायत सबै क्षेत्रमा स्वास्थ्य केन्द्र सञ्चालन गरी नागरिकको सहज पहुँच पु¥याउनु आवश्यक रहेको धारणा व्यक्त गरे ।

उपप्रधानमन्त्री यादवले अर्बुदरोग, मुटु, मिर्गौलालगायत जटिल खालका रोगको उपचार गर्न अब विदेश जानु नपर्ने उल्लेख गर्दै नेपालमै सबै रोगको उपचार सम्भव भएको बताए ।

केन्द्र प्रमुख डा पुकारचन्द्र श्रेष्ठले अहिलेसम्म केन्द्रले ५०० जनामा मिर्गौला प्रत्यारोपण गरेको बताउँदै भारत, पाकिस्तानलगायत विभिन्न देशबाट उपचारका लागि केन्द्रमा बिरामी आउने गरेको जानकारी दिए ।

केन्द्रबाट ३२ हजार बिरामीले वार्षिक रुपमा ओपीडी सेवा लिइरहेको उल्लेख गर्दै १०० शय्याबाट ३०० शय्यामा क्षमता वृद्धि गर्ने केन्द्रको लक्ष्य रहेको बताउनुभयो । यो केन्द्रलाई सातवटै प्रदेशमा विस्तार गर्न सरकारले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा प्रा डा राकेश शर्मा, डा कल्पना श्रेष्ठ, ईन्दिरा प्रधानलाई सम्मान गरिएको थियो । केन्द्रले अब अत्याधुनिक सीटी स्क्यानबाट बिरामीलाई सेवा दिन सकिने र मुटु रोगका बिरामीका लागि क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएर उपचार गर्ने भएको छ ।

भेट्टाएको दुई लाख चौधरीद्धारा धनीलाई फिर्ता, पुरस्कार पनि लिएनन्

0

परासी । पश्चिम नवलपरासीका लालचन चौधरीले आफूले बाटोमा भेट्टाएको रु दुई लाख धनीलाई नै फिर्ता दिएका छन् । उनले यति धेरै इमान्दारिता प्रदर्शन गरेको भन्दै चौतर्फी प्रशंसा पाएका छन् ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ की पावित्री थारूले सोही ठाउँ सवुनीका ओमप्रकाश सहानीसँग ऋण मागेर रामग्राम–१० लक्ष्मीपुर जाने क्रममा सो रकम हराएको थियो ।

पैसा हराएपछि पावित्रीले प्रहरी तथा स्थानीयवासीलाई खबर गरिन् । तत्कालै रकम भेट्टाउनेलाई पुरस्कारको घोषणासहित खोजतलास शुरु गरिएको स्थानीय कानून व्यवसायी दीपेन्द्र मिश्रले बताए ।

रकम भेट्टाएका रामग्राम–१६ कै लालचन चौधरीले पावित्री थारूको पैसा भएको हल्ला थाहा पाएपछि उनले आफैँ लगेर पावित्रीलाई पैसा फिर्ता दिएका हुन् । पावित्रीले घोषणा गरेको पुरस्कार पनि उनले लिएनन् । लालचनको यो इमान्दारिताप्रति कृतज्ञ हुँदै पीडित परिवारले उनलाई धन्यवाद दिएको छ ।