रोनाल्डोले यौन शोषणको आरोप अस्वीकार गरे
लास भेगास, १८ असोज विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन् । अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छिन् ।
रोनाल्डोका विरुद्धमा लास भेगासको प्रहरीले अनुसन्धान गर्ने यसै साता बताइसकेको छ । पोर्चुगाली यी फुटबल खेलाडीले आफूमाथि लागेको आरोपमा सत्यता नरहेको बताएका छन् ।
“मेरा विरुद्ध प्रहरीले गर्ने भनिएको छानबिनको कुनै आवश्यकता नै छैन,” ३३ वर्षीय रोनाल्डोले भनेका छन् । “बलात्कार घृणित अपराध हो ।” उनी आजभोलि इटालीको युभेन्टस क्लबबाट खेल्ने गर्दछन् ।
प्रहरीले पीडितको नाम सार्वजनिक गरेको छैन । राससएएफपी
भारतमा पेट्रोलियम पदार्थको मुल्य घट्यो
नयाँदिल्ली, १८ असोज , भारत सरकारले बिहीबार पेट्रोलियम पदार्थको मुल्य घटाएको छ ।
पेट्रोल र डिजलमा प्रतिलिटर भारतीय २ रुपैया ५० पैसा घटाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
घटाएको मुल्य तत्कालै कार्यान्वयन हुने पनि उनीहरूले बताएका छन् । मुल्य घटाउन सरकारले तीन बँुदे योजना बनाएको समेत जनाएको थियो ।
देशका वित्तमन्त्री अरुण जेट्लीले डिजल र पेट्रोलमा राज्यको तर्फबाट लाग्ने एक रुपैयाँ ५० पैसा बराबरको कर पनि कटौती गरिएको बताउनुभयो । त्यसमा तेल विक्री वितरण गर्ने कम्पनीहरूले प्रतिलिटरमा थप एक रुपैया घटाउने भएका छन् ।
त्यसैगरी तेलको मुल्य घटाउने तेस्रो उपायको रुपमा वित्तमन्त्री जेट्लीले प्रदेश सरकारहरूलाई पनि कर कटौती गर्न लगाउनु भएको छ ।
उहाँका अनुसार प्रदेशमा त डिजल र पेट्रोलको प्रतिलिटर भारतीय पाँच रुपैया सम्म पनि मुल्य घट्न सक्नेछ ।
भारतको महाराष्ट्र र गुजरात प्रदेशमा सत्तारुढ दल भारतीय जनता पार्टीले प्रतिलिटर भारतीय दुई रुपैया ५० पैसा घटाउने घोषणा गरिसकेको जनाइएको छ । रासस
–––
२० बर्षीया युबती बलात्कृत
कपिलबस्तुको शिबराज नगरपालिका लालपुरमा २० बर्षीया युबती बलात्कृत भएकी छन ।राती करिब ९ बजेको समयमा घर पछाडि खेतमा लगेर बलात्कार गरेको पारिवारिक श्रोतले जनाएको छ ।स्थानिय बर्ष ५१ का जयफ उल्ला गद्यीले युबतीलाइ मुख छोपेर लगेको र बर्ष २१ का रहेमान गद्यीले बलात्कार गरेको इलाका प्रहरी कार्यलय चन्द्रौटामा दर्ता गरेको किटानी जाहेरीमा उल्लेख गरिएको छ ।उनीहरु दुबैको खोजी कार्य तिब्र पारिएको इलाका प्रहरी कार्यलय चन्द्रौटाका निमित्त प्रहरी निरिक्षक ज्ञानेन्द्र सिंह चौधरीले बताए।
माछा मार्न गएका ठाडाको पानीमा डुबेर मृत्यु
पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिकामा नामबहादुर ठाडाको पानीमा डुबेर मृत्यु भएको छ ।
बुधबार माछा मार्न गएका रम्भा गाउँपालिका ५ फुरुङदीका नामबहादुर ठाडाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पूर्वखोलामा माछा मार्ने क्रममा ढुङ्गमा चिप्ली पानीमा डुबेर मृत्यु भएको हो । ठाडा मृर्गी रोगी भएकाले खोलामा लडी निस्कन नसकेपछि उनको मृत्यु भएको स्थानीयले बताएका छन् ।