एकीकृत सम्पति कर उठाउन पोखरा महानगरपालिकालाई तत्कालका लागि रोक
सरिता तिम्सिना पगेनी
एकीकृत सम्पति कर उठाउन पोखरा महानगरपालिकालाई उच्च अदालत पोखराले तत्कालका लागि रोकेको छ । गत वर्षको तुलनामा पोखरा महानगरपालिकाले कर को दरमा बृद्धि गरेपछि ज्ञानबहादुर कोइरालाले उच्च अदालत पोखरामा रिट निबेदन दिएका थिए ।
सोहि मुद्धाको सुनुवाई गर्दै मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश वीरबहादुर डाँगीको संयुक्त इजलासले मंगलबार मुद्धाको अन्तिम टुंगो नलागेसम्म स्थानीय सरकार संचालन ऐन , २०७४ को संसोधित दफा ५५ बकोजिम महानगर पालिकाको क्षेत्र भित्रको घर र घरले चर्चेको ,स्पष्टिकरण खण्डमा उल्लेखित अबसथा समेत जग्गामा सम्पक्ति कर र सो हद भन्दा बढी को जगामा उक्त ऐनको दफा ५५ मा उल्लेख भए बमोजिम को भुमिकर भन्दा बढी सम्पक्ति कर नलगाउनु,लगाउन नदिनु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरेको हो ।पक्षमा बरिष्ठ अधिबक्ता तिलक पराजुली,,अधिबत्ताहरु गेबिन्द पौडेल र सुरेन्दै थापामगर ले बहस गरेका थिए । प्रत्यार्थीका तर्फबाट अधिबक्ता नारायण प्रसाद शर्माले बहस गरेका थिए ।
नेपाल मजदूर संघ ट्याक्सी इकाई वसपार्क उपसमिति गठन
पोखरा १६, असोज नेपाल मजदूर संघ ट्याक्सी इकाई वसपार्क उपसमितिको मंगलवार सम्पन्न भेलाले श्रीप्रसाद गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति गठन गरेको छ । नेपाल यातायात मजदुर संघ जिल्ला कार्यसमिति कास्कीको आयोजनामा मंगलवार पोखरामा भएको भेलाले सो समिति गठन गरेको हो । समितिको सहसंयोजकमा हीरावहादुर गुरुङ, सचिवमा रमेश मगराती, सहसचिवमा अशोक मगर, कोषाध्यक्षमा शम्शेर तामाङ चयन भएका छन् । समितिको सदस्यहरुमा रामवहादुर नेपाली, खेमवहादुर गुरुङ, बुद्धिवहादुर नेपाली, मीनवहादुर नेपाली, टंक गुरुङ र सञ्जय नेपाली चयन भएका छन् । यसअघि भेलालाई सम्वोधन गर्दै नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश संयोजक मुरारी शर्माले लोकतन्त्रवादी मजदुरहरु एक हुने वेला आएको वताए । उनले मजदुर एक भएमात्र आफ्ना अधिकारको लागि लड्न सकिने धारणा व्यक्त गरे । नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष विजयराज भण्डारीले देशको वर्तमान अवस्थामा मजदुरहरु गोलवन्ध हुनुको विकल्प नभएको वताए । नेपाल यातायात मजदुर संघ कास्कीका अध्यक्ष दामोदर पण्डीतको अध्यक्षतामा भएको कार्यक्रममा मजदूर संघ प्रदेश संयोजक किरणवावु पन्त, नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य कमल पौडेल अथक, शुबवहादुर थापा र शिव गिरीले आ आफ्ना भनाई राखेका थिए । सो अवसरमा संस्थाले घाइते मजदुर सहचालक हुकुम सुनारलाई पाँच हजारको चेक सहयोग स्वरुप हस्तान्तरण गरिएको थियो ।
जनताले काँग्रेस नै ठिक भन्न थाले, नेता सिंह
काठमाडौं , नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले काँग्रेस नै ठिक भन्न थालेको बताएका छन । कम्युनिष्टलाई सरकार चलाउने जनमत दिएका जनताले पश्चाताप मानिरहेको दाबी पनि उनले गरे । क्षेत्र नम्बर १ काठमाडौंको १० नम्बर इकाईद्वारा मंगलबार आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै नेता सिहंले महंगी धेरै बढेको र सरकारले शान्ति सुरक्षा पनि दिन नसकेकाले जनताहरु छटपटाइरहेको बताए । अरु पार्टीले गफ धेरै गर्ला तर आखिरमा गर्नुपर्ने बेलामा त कांग्रेसले नै गर्छ, नेता सिंहले भने, कांग्रेस यस्तै हो, एकपटक त कम्युनिष्टलाई सत्ता दिएर हेरौं भनेको, सत्ता त दिएर हेरियो, तर हाल कस्तो भइरहेको छ सबै जनताले अनुभुति गरिरहेका छन उनले भने ।
दुई तिहाइ बहुमतको सरकारले हत्या, हिंसा, बलात्कारका घटना रोक्न नसकेको भन्दै उनले सरकारको कडा आलोचना गरे । अहिलेको अवस्थालाई उनले माओवादी जनयुद्धको त्राससँग तुलना गर्दे नेता सिंहले भने, जनयुद्धको बेला जस्तै अहिले रेडियो, टिभी, पत्रिका हेर्दा र सुन्दा नराम्रा समाचारहरु आइरहेका छन् ।
नेपाली कांग्रेसलाई सक्षम र प्रभावकारी पार्टी बनाउन आन्तरिक तयारी सुरु गरिसकेको समेत उनले जानकारी दिए ।
उनले भने, ुअब यो पार्टीलाई समृद्धिको अभियानमा, आर्थिक क्रान्तिमा फिट गर्नका लागि हामीले आन्तरिकरुपमा अभ्यास सुरु गरेका छौं । आउँदा चुनौतीहरुलाई सामना गर्न सक्ने सक्षम, प्रभावकारी पार्टीको रुपमा कांग्रेसलाई तपाईंहरुले चाँडै पाउनु हुनेछ ।ु
अर्घाखाँचीमा जीप दुर्घटना, १३ घाइते, ६ गम्भीर
अर्घाखाँची को सितगंगा नगरपालिका वडा नं २ सितापुरको फलाचौरको घुम्तीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा १३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
देउरालीयातायात व्यबसायी समितीको लु १ ज २३६९ नम्बरको जिप मंगलबार बिहान ४ बजे दुर्घटनामा परेको हो । घाईते मध्ये ६ जनाको अबस्था गम्भीर रहेको बताईएको छ । यसरी घाईते हुनेहरुमा बर्ष ३६ बिकाश केसी ,बर्ष २८ बालकृष्ण शाह ,बर्ष २७ का सुरज पुन बर्ष ४८ का उदय पुन ,बर्ष ४५ का शिव बहादुर घर्तिमगर र बर्ष ४८ का बोम बहादुर पुन रहेको ईलाका प्रहरी कार्यालयका ठाडाका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए । घाईते यज्ञ बहादुर पुन ,टिकाराम पुन ,नर बहादुर पुन ,भोबिश पुन ,अर्जुन पुन ,ज्ञान बहादुर पुन र नारायण अधिकारी को अबस्था सामान्य रहेको छ।
जिल्लाको मालारानी ६ हंशपुर काफलठुँटा सिदुरेबाट नवलपरासीको त्रिबेणिमा दाहसंस्कार गरि फर्कने क्रममा उक्त दुर्घटना भएको हो ।
घाईतेहरुको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथामिक उपचार पछि लुम्बिनी अञ्चल अस्पताल बुटवल रिफर गरिएको छ ।