सरकारलाई दवाव दिन कञ्चनपुर बन्द

0
कञ्चनपुरकी  निर्मला पन्तका हत्यारा पत्तालगाउन सरकारले ढिलाई गरेको र प्रतिवेदन सार्वजनिक नगरेको भन्दै मंगलवार नेपाल विद्यार्थि संघले कञ्चनपुर जिल्ला वन्द गराएको छ । बलात्कार र हत्याकाण्डको २ महिना भन्दा वढि समय वितिसक्दा समेत निर्मलाका हत्यारा कानुनी कठघरामा नआएको र उच्व स्तरिय छानविन समितिले निर्मला बलात्कार पछि हत्या वारे तयार पारेको प्रतिवेदन समेत सरकारले सार्वजनिक नगरेको भन्दै नेबिसंघ कञ्चनपुरले बन्द गराएको हो । सरकारलाई दवाव सिर्जनाका लागि १ दिने कञ्चनपुर बन्द गरिएको नेपाल विद्यार्थि संघ कञ्चनपुरले जनाएको छ बन्दले  जनजिवन प्रभावित बन्न पुगेको छ  । छानबिन समितिले गृहमन्त्री रामवहादुर थापालाई प्रतिवेदन बुझाएको साता दिन वितिसक्दा समेत सार्वजनीक नगर्दा वास्तविक दोशिलाई वचाउने चलखेल भईरहेको भन्दै नेपाल विद्यार्थि संघले ले आपत्ती जनाएको छ । विहानै देखि जिल्लाका अधिकांश वजार, यातायात, कलकारखाना लगायत शैक्षिक संंस्था समेत बन्द भएका छन्् । नेबिसंघले गराएको बन्दका कारण यातायात सुचारु हुन नसक्दा रोजगारीका लागी भारत गएका र दशैका लागी भारतवाट घर फर्किरहेका हजारौ यात्रुहरु अलपत्र परेका छन् भने उनीहरु महेन्द्रनगर बसपार्कमै बस्न वाध्य भएका छन् । केहि यात्रुहरु भने हिडेरै गन्तव्य जान थालेका छन् । निर्मलाहत्याको विरोधमा कञ्चनपुरमा दैनिकजसो आन्दोलन भईरहेको छ । गएको साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी १३ वर्षीया निर्मला पन्तको साउन ११ गते निम्बुखेडा खोलापारी उखुवारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

पोखराको नदिपुरमा एक युबक मृत फेला

सरिता तिम्सिना पगेनी पोखराको नदिपुरमा एक युबक मृत फेला परेका छन । शरिरभरि चोट लागेको रत्ताम्य अबस्थामा उनको शब भेटिएको छ । हत्या भएको हुन सक्ने प्रहरीले  जनाएको छ ।प्रतिभा माबी को अगाडी राजकुमार भनिने  अन्दाजी ३० बर्षका युबक मृत फेला परेका हुन । उनले कवाडी सामान उठाउने  र बिक्री गर्ने  गरेको उनका साथी पवन सुबेदी ले जानकारी दिए। घटनाबारे थप बिबरण आउन बाँकी छ ।

पोखरामा पानको व्यापार फस्टाउँदै

पोखरा, १५ असोज ।  पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात ंं….!’ गीतको रचयिताले पानको पातसँग प्रेमको तुलना गरेर आफ्नो मायालाई गीतको माध्यमबाट वर्णन गर्न खोजेको छ ।   ‘हो, रहेछ !’  पानको पातसँग जोडेर प्रेमीले जसरी प्रेमीकासमक्ष आफ्ना व्यथा प्रस्तुत गरेका छन् । यसलाई अर्को रुपमा भन्दा जसरी प्रेमको वियोगमा प्रेमी छटपटाइरहन्छन्, त्यसरी नै प्रेममा डुबेका व्यक्ति मुखमा पान चपाउन नपाउँदा मायामा छटपटाइ रहन्छन् । तराईमा पान सहज रुपमा पाइने तर, कतिपय पहाडी जिल्लामा पान नपाउँदा, पानको मायामा छटपटाउनु स्वभाविक हो ।   अन्नपूर्ण र माछापुच्छे« हिमालको काखमा अवस्थित पर्यटकीय नगरी पोखरा पानको पातसँग माया गाँसेर यसको व्यवसायमा आफ्नो पहिचान स्थापित गरेकाले पानका लागि छट्पटाउनुपर्ने अवस्था भने यहाँ छैन् । तराईमा अतिथि र साथीसँग बजारमा वा घरमा भेटघाट हुँदा पान खुवाएर सत्कार गर्ने चलन छ । पानको महत्व पूजापाठदेखि अतिथि सत्कारमा सीमिति नरही र यो रोजगारको दरिलो माध्यम पनि बनेको छ ।   कम पूँजीमा बढी मुनाफा दिने व्यापारको रुपमा पानको व्यवसायलाई लिन सकिन्छ । पसल थाप्न सानो ठाउँ भए पुग्छ । पानका सामग्रीका लागि बढीमा पाँच हजारको लगानीमा यसको व्यापार गर्न सकिन्छ । पोखराको मुख्य बजार र चोक चौराहामा पानको व्यापार फस्टाएको छ । महानगरको पृथ्वीचोक, सिर्जना चोक, महेन्द्रपुल चोक, चिप्लेढुङ्गा, सिद्धार्थ चोक, गैरापाटन, बागलुङ बसपार्कनजिक, विरौटा, रत्नचोक, बसपार्क, राष्ट्रबैंक चोक, शान्तिचोक, लेकसाइड, रामबजार, बगर र अमरसिंह चोक गरी दुई दर्जनभन्दा बढी पान पसल छन् ।   यसका साथै, काठको घर्राजस्तोमा डोरी बाँधेर गर्धनमा झुण्ड्याइ पोखरा बजारका सडकमा घुम्दै पानको ब्यापार गर्ने एक दर्जनको हाराहारीमा छन् । पर्यटकीय नगरी पोखराका स्थायी बासिन्दाबीच पानप्रति त्यति मोह नभए पनि तराईका बासिन्दाका साथै पोखरा घुम्न आउने भारतको उतरप्रदेश र बिहारका मानिस नै बढी पान खाने गरेका छन् । तराईका बजारमा पान पसल खोज्न भौँतारिनुपर्दैन । पोखरामा पान पसलको स्थल थाहा नभएको अवस्थामा भौँतारिनुपर्ने अवस्था छ । सप्तरी घर भई हाल पोखरामा व्यापार गर्दै आउनुभएका सत्यनारायण मण्डल दैनिक रुपमा पान खाने गरेको बताउनुहुन्छ । पोखरामा दैनिक रु एक लाखभन्दा बढीको पान बिक्री हुने अनुमान गरिएको छ । दैनिक रुपमा एउटा पान पसलेले न्यूनतम ५० खिल्ली पान बिक्री गरेको अवस्थामा सो रकम बराबरको पान बिक्री भएको अनुमान गरिएको हो । प्रतिखिल्ली रु १५ देखि रु ६० सम्ममा पान बिक्री हुनेगरेको छ ।   पानका अर्का पारखी ललनकुमार झा पोखरामा पानको व्यवसाय राम्रो रहेको र आपूm दिनमा तीन–चार खिल्ली पान खाने गरेको बताउनुहुन्छ । सिर्जना चोकमा विगत बीस वर्षदेखि पानको व्यापार गर्दै आउनुभएका राकेश कुमार पानको व्यापारबाट सन्तुष्ट हुनुहुन्छ । “सबै दिन एकनासको बिक्री हुँदैन,” उहाँले भन्नुभयो । व्यापारबाट आपूm सन्तुष्ट भएको उहाँ बताउनुहुन्छ । पानको व्यापारबाट राजश्वसमेत प्राप्त हुन्छ । वर्षेनी आन्तरिक राजश्व कार्यालय, नगरपालिकालगायतमा रु १० हजारसम्म कर तिर्ने गरिएको उहाँले बताउनुभयो ।   पोखरामा तीन थरीको पानको पातको व्यापार हुने गर्दछ । बङ्गलापता, मीठापता र पहेँलो रङ्गको पात । भारतको कोलकातालगायत  ठाउँबाट वीरगञ्ज र भैरहवा भएर पानको पात पोखरा भित्रिने गर्दछ । थोक बिक्रेताले अधिकांश पसलमा पान पु¥याउने गर्छन् । पानका अन्य सामग्री कत्था र सुपारी नेपालकै हो । मीठा पानमा प्रयोग हुने सामग्रीका साथै जर्दा, चुना, पिलापतिलगायतका सामग्री भारतबाट आयात गरिन्छ ।

ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा ध्यान दिन राष्ट्रपतिको आग्रह

१५ आश्विन २०७५, सोमबार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकसित रहेका अथाह ज्ञान, सीप र अनुभवलाई देश विकासमा लगाउनुपर्ने आँैल्याउनुभएको छ । राष्ट्रपति कार्यालयद्वारा २८आँै ज्येष्ठ नागरिक दिवसका अवसरमा आज राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकमा रहेका ज्ञानको पुञ्जले नै समुन्नत समाजको निर्माण गर्न सकिन्छ भन्नुभयो । उहाँले मानिसको जीवनचक्रानुसारको भौतिक संरचना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकलाई दया र मायाका पात्रबाट होइन, राष्ट्र निर्माणका धरोहरका रुपमा लिन आग्रह गर्दै सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा विशेष ध्यान जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजका कला, साहित्य, राजनीति, पत्रकारिता, प्रशासन, चिकित्सा, इतिहास, वैदेशिक मामिलालगायत क्षेत्रका अग्रणी ज्येष्ठ नागरिकसित भलाकुसारीसमेत गर्नुभएको थियो । कार्यक्रममा प्रदेश नं ३ का प्रमुख अनुराधा कोइराला, वरिष्ठ साहित्यकार वैरागी काइँला, तारानाथ शर्मालगायतको सहभागिता थियो । सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले संविधान जारी भएपछि तीनै तहको निर्वाचनबाट राजनीतिक स्थिरता आएको हुँदा अब यसलाई अवसरका रुपमा लिई सबै मिलेर देश विकास गर्नुपर्छ भन्नुभयो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सरकारलाई सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालनमा गर्न आग्रह गर्नुभयो । वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले ज्येष्ठ नागरिकले आफ्नो हातखुट्टा चलेसम्म आफ्ना ज्ञान र सीपलाई उपयोगमा ल्याइरहनुपर्छ भन्नुभयो । नागरिक अगुवा डा गौरीशङ्करलाल दास प्रधानले आफ्ना ज्ञान, सीप र अनुभवलाई उपयोगमा ल्याउन सरकारसँग आग्रह गर्नुभयो । महिला मन्त्रालयका सहसचिव वीरबहादुर राईले ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधनका क्रममा रहेको जानकारी दिनुभयो । यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौँ’ भन्ने छ । पछिल्लो तथ्याङ्कानुसार नेपालमा ६० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकको सङ्ख्या करीब २५ लाख छ ।