पटक पटक दोहोर्याएको ‘ऊँ नम शिवाय’ मन्त्रको कोरसबाट दिन प्रारम्भ भएको थियो । तर ‘सोचेजस्तो हुन्न जीवन’ भनेजस्तै भयो हामीलाई ।
स्याफ्रुबेसीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको व्यापारिक नाका केरुङ पुग्ने योजना थियो ।
प्राय घण्टा–आधा घण्टाको फरकमा सबले एकसाथ ‘ऊँ नम शिवाय’ भन्दा गाडीभित्रको वातावरणमा एउटा विशेष भाइब्रेसन उत्पन्न भइरहेको अनुभूति हुन्थ्यो । उत्साह यति भरिएको थियो, सबका अनुहार चम्किला थिए । गाडीभरि मुस्कान थियो । एकले अर्कोलाई हेर्नेबित्तिकै मुसुक्क हाँस्थे । वार्तामा उस्तै फ्रेसनेस र इनर्जी । कैलाश र मानसरोवरका अनेक किस्सा र किंवदन्ती सुन्दै–सुनाउँदै यात्रा कैलाशतिर नजिकिँदै थियो । तर नेपालको सीमाना काटेका थिएनौं ।
छेउको खोला बर्खे गड्गडाहट निकालेर बगिरहेको थियो । सडकवरपर गाँजाका हरिया बोटहरू प्रशस्त देखिन्थे । ‘शिवजीलाई मनपर्ने भएकाले पनि बाटामा यसरी गाँजाका बोटहरू भेटिएका होलान्’, हाँस्न र हसाउनलाई नारायणजीले भने । हरियोले पहाडहरू छपक्कै ढाकिएका थिए ।
एक घण्टा पनि लागेन, हामी टिमुरे पुग्यौं । एकाध घण्टा बसेर भोक नलाग्दा नलाग्दै पनि लन्च खायौं । स्याफ्रुमै केही समयअगाडि मात्र ब्रेकफास्ट खाएका थियौं । त्यो दिन केरुङसम्म मात्र पुग्नुथियो । तर केरुङ पुगेर लन्च गर्नु व्यावहारिक हुन्थेन । बोर्डरबाट पास हुन कति समय लाग्छ भन्न सक्ने स्थिति थिएन ।
टिमुरेस्थित अध्यागमन कार्यालयले हाम्रो पासपोर्टमा नेपाल छाडेको छाप लगाइदियो । त्यहाँबाट ५ मिनेट हिँडेर पहिलो पटक म नेपाल–चीन बोर्डर पुगेँ । रसुवागढी पुगेँ । रसुवागढीमा चीन साइडको ठूलोे कार्यालय र गेटलाई पृष्ठभूमि पारेर खिचिएका फोटाहरू धेरैले फेसबुकमा राख्ने गरेकोले त्यो ठाउँ मेरो लागि देखिरहेको तर पहिलो पटक पुगेको स्थान बन्यो । मलाई के थाहा त्यहाँ हामीले घण्टौं बिताउनु पर्नेछ ।
दिनको २ बजेर ७ मिनेट गएको थियो । डायरीमा टिप्न थालेँ, ‘नेपाल–चीनको बोर्डर पुलमा छौं । एकातिर चीनको गेट छ । अर्कोतिर नेपालको गेट नै छैन । पहाडको दुवैतिर नदी छन् । दुई नदीको दोभानबाट तिब्बत सुरु हुन्छ । नेपालको पहाड र चीनको पहाडबीचमा एउटा अङ्ग्रेजी ‘भी’ आकारको आकाश छ, जहाँ आकाशको नीलो कम र बादलको सेतो बढी देखिएको छ । भी आकारका नेपाल–चीनको संयुक्त दुई आकाशमुनि नेपाल–चीन पुल छ र हामी ५६ जना घण्टौंदेखि पुलमा छौं । टिमुरेमाथि पनि त्यस्तै आकाश देखिन्छ तर त्यो पूर्णत नेपाली आकाश हो ।’
हाम्रै छेउमा चाइनिज सेक्युरिटी केटी थिई । नो मेन्स ल्यान्डमा खटिएकी सेक्युरिटी केटी । ऊ पद्मिनी प्लस चित्रिणीको योग थिई तर हाँस्थी हल्का पाराले तर गहिरो आँखाले पुलको एक छेउबाट अर्को छेउ हिंड्थी । निकै पातलो शरीरकी, हावाले उडाउलाजस्ती ! उसको अनुहार निकै सफा देखिन्थ्यो ।
केही बेरपछि अर्कै आइसकि छ, उस्तै राम्री । ऊ त झन् हँसिली समेत थिई । निकै सग्ला मसिना औंलाहरू ।
यता नेपाल साइडको चेकिङमा मलाई नेपाली सेक्युरिटी केटीले इन्डो मले भन्ठानिछ ।
‘खोलो अपना ब्याग’, उसले भनेकी थिई ।
‘हुन्छ । भइहाल्छ नि’, मैले नेपालीमै भनेपछि उसले भनी, ‘सरी ! दाइ । म कस्तो झुक्किएँछु ।’
ऊ मात्र झुक्किएकी होइन । मेरो छालाको रङ्ग नै त्यस्तै भएकोले होला ठमेलबाट कलङ्की आइपुग्दा म चढेको गाडीको हेल्परले पनि मैले नेपाली बोलेको सुनेपछि भनेको थियो, ‘दाइ त नेपाली पो हुनुहुँदोरहेछ ।’ हेल्पर भाइ त्यही कुरा सम्झेर दिनभर मसँग आँखा जुध्नेबित्तिकै हाँसेको हाँस्यै गरेको थियो ।
आकाश उस्तै भए पनि अनि पहाड उस्तै भए पनि फरक देश थियो पुलयता र पुलउता । पुलको बीचमा हामी नेपालका थियौं । हामीसँगै नेपालबाट गएका अरू थुप्रै देशका थिए । तर ऊ उताकी थिई ।
सुरुमा बताए अनुसार मेरो र विमलजीको भिसा प्रकृयामा केही अवरोध भएकोले हामी झन्डै दुई घण्टा पुलमै बसिरह्यौं । नदीको ‘उर्मिला’ पानी उस्तै चञ्चल र हल्लाखोर थियो । नेपालपट्टिको चट्टानी पहाड कापकापबाट रसाइरहेको थियो ।
रसुवाढीको पुलमा एउटा मलेले मलाई नेपाल देखाउँदै सोध्यो, ‘के त्यो पनि देश हो ?’
हाम्रो साइडमा ट्वाइलेटसम्म थिएन । पुलको नेपालपट्टिको भाग पूरै धराप थियो । जालीजस्तो थियो पुल । चाइना साइडमा गेट मात्र आधुनिक र ठूलो थिएन, तौरतरिका उन्नत थियो ।
‘एक्जाम्पल अफ ग्रेट कन्ट्रास्ट’, सहयात्री डा. स्वामीले भन्यो । ऊ एकदम सही थियो । त्यति बेला मलाई नेपाल दुख्यो । नेपाली नेतृत्वको अकर्मन्यता दुख्यो ।
एउटा समय थियो रे, जहाँ सीमानमा दुवैतिर स्थिति उस्तै थियो । एकजनाको भिसामा अर्को मान्छे तिब्बत छिर्न सक्थ्यो । कति पटक त्यस्तो भएको पनि थियो रे । तर हाम्रो आँखा अगाडिका दृश्यमा आकाश जमिनको फरक थियो । हामी जहाँको तहीँ । उनीहरू कहाँबाट कहाँ !
पुल नजिकै रसुवागढी छ, जसले विगत नेपाल, तिब्बत र चीनको व्यापार, युद्ध र हारजीतका कहानी आफुमा सुरक्षित गरेको छ । म ऐतिहासिक गढी नियाल्न पुगें । त्यहाँ एउटा शिलालेख रहेछ ।
ऐतिहासिक स्थल रसुवागढी शीर्षक राखेर छेउको बोर्डमा लेखिएको थियो, ‘रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारको प्रमुख मार्गको रुपमा रहिआएको छ । यो मध्यकालको उतराद्र्धसम्म पनि प्रमुख व्यापार मार्ग र केन्द्रको रुपमा कायम रहेको देखिन्छ । उत्तरबाट लिङ्दे र पश्चिमबाट केरुङ खोला मिलेर भोटेकोशी बनेको छ । यी दुई खोलाको संगमनजिक रसुवागढी निर्माण भएको छ । बहादुर शाहको समयमा भएको नेपाल भोट युद्धबाट भोटको सहायताको लागि यही बाटो हुँदै आएका चिनियाँ फौजले नेपालीहरुलाई हराउँदै बेत्रावतीसम्म पुगेको थिए । त्यसैगरी जंगबहादुरको पालामा भएको नेपाल–भोट युद्धमा तिब्बतीलाई हराएपछि नेपाली फौज गढीको बाटो हुँदै केरुङ र दिगर्वसम्म पुगेका थिए । त्यसै युद्धको समय (वि.सं. १९१२) मा यस गढीको निर्माण भएको हो । रसुवागढीको नामबाट नै रसुवा जिल्लाको नाम रहन गएको हो । यो गढी हाल लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्छ ।’
म पुलमा फर्कें । उतापट्टि हामीलाई लिन भनेर तिब्बेतियन गाइड र गाडी आइसकेका थिए । तर उनीहरूलाई भेट्न हामीले चाइनाको चेकिङ पार गर्नुपथ्र्यो । के पुगेन ? के भएन ? हामीलाई पुलको आधाबाट अगाडि बढ्ने अनुमति अझै प्राप्त भइरहेको थिएन ।
कोही गफिइरहेका थिए । कोही पुलमै उँघ्न थाले । बाला त पुलमै निदाएछ । निदाएको उसलाई मैले मेरो मोबाइलमा पनि कैद गरेँ ।
हावा यता र उता गरिरहेका थिए । बादल पनि त्यसरी नै गैरसीमाना उडिरहेको थियो । चराहरू पनि यताबाट उता र उताबाट यता उडिरहेका थिए । चीनतिरबाट यताको नदीमा पानी बगिरहेको थियो । न त भिसा न त परमिट । तर हामी हात–हातमा भिसा भएर पनि त्यो दिन नो मेन्स ल्यान्डभन्दा अगाडि जान सकेनौं ।
अन्त्यमा जानकारी प्राप्त भयो, ‘तिब्बतीयन एजेन्टले आवश्यक कागज उपलब्ध गराउन नसकेकाले आज चीन प्रवेश सम्भव छैन ।’ भोलिपल्ट फस्र्ट आवरमा पक्का हुन्छ भन्ने खबरसहित टिमुर्केको टिमुरझैं हामी पुलबाट नेपाल साइड फक्र्यौं र सीधा टिमुरेको लञ्च गरेकै होटल आयौं ।
उत्साह रोकिएको थियो । यात्रीहरूका अनुहार एकतमासका भएका थिए । तर हामीलाई खासै फरक पर्नेवाला थिएन । यति मात्र हो, दुई रातको सट्टामा केरुङमा एक रात बस्नुपर्ने भयो । उच्च भूगोलमैत्री शरीर निर्माणका लागि आइटेनरीमा दुई रात राखिएको थियो । तर म औधी खुशी थिएँ, नेपाल–चीनको संयुक्त पुलमा हामी घण्टौं बस्यौं । बस्न पायौं । बीचमा बसेर दुई देशका समानता र भिन्नतालाई नियाल्न पायौं । के त्यो अवसर होइन ? अन्यथा त्यहाँ त्यसरी कहाँ बस्न पाइन्थ्यो सामान्यतया ?
अजङ्गका पहाडहरूबीच अवस्थित टिमुरे सीमानाछेउका कारण आफ्नो पुरानो लय भत्काउँदै निकै व्यापारिक बन्न थालिसकेको रहेछ । टिमुरे मात्र किन ? वरपरका अरू ठाउँहरू व्यापारिक अनुहार लिएर ‘आँ’ गरिरहेका जस्ता देखिन्थे । आयातमुखी प्रभाव स्थानीय भूगोलमा मात्र होइन, स्थानीयहरूमा पनि प्रष्टै देखिन्थ्यो । पहिरोमा झुन्डिएका जस्ता देखिने ठाउँहरूमा ठुल्ठुला र फराकिला खालका संरचनाहरू भटाभट बनिरहेको हिजैदेखि देख्न थालिसकेका थियौं । त्यो विकास त थियो तर त्यसभित्र जीवन जोखिममा परेको पनि प्रष्टै देखिन्थ्यो ।
रात पर्दै गएपछि फेरि भोड्का नखाई भएन । अघिल्लो दिनजस्तो क्वाटरले हामीलाई पुगेन । एक प्लेट फ्रेन्च फ्राई, दुई प्लेट ग्रेभी चिकेन, केही लसुनका पोटी र दुइटा अकबरे खुर्सानीसँग दुई भाइ मिलेर एक हाफ नै सिध्यायौं । त्यसपछि बाहिर खाना खाँदै गरेकी किशोरी डोमासँग गफिन थालेँ म । रसुवास्थित राम्चेकी ऊ टिमुरेको होटलमा किचेन गर्ल रहिछ । आमा पोइल गएपछि बाबु पनि अर्कैसँग लाग्यो रे ।
‘म हजुरबुवा र हजुरआमालाई सहारा दिएर बसेको छु । गाउँमा जग्गा पर्याप्त छैन । त्यसैले कामका लागि यहाँ आएकी हुँ । खाइबसी मासिक ८ हजार रुपियाँ कमाउँछु । त्यो पैसाले घरमा नुन तेलको जोहो हुन्छ’, उसको कथा त्यतिमै सकिएन, ‘यहाँ आएको ५ महिना भयो । साहुले ३ महिनापछि तलब बढाइदिन्छु भनेको थियो तर तलब उत्तिको उत्ति नै छ । यो महिना पनि बढाएन भने काठमाडौं जान्छु ।’
काठमाडौंमा उसले पहिले गलैंचा कारखानामा काम गरेकी रहिछ । त्यसपछि केही महिना नयाँ बसपार्क छेऊको होटलमा पनि काम गरी रे ।
‘पैसा त राम्रो कमाइ हुन्थ्यो तर काठमाडौंको धुलो, धुँवा र फोहोरले बस्न मन लागेन । तर, यहाँ तलब बढाइदेन भने काठमाडौं जान्छु’, यथास्थितिको असन्तुष्टिसँगै पोख्दै उसले विकल्प सुनाई ।
भूकम्पलगत्तै राम्चेमा पुनर्निमाणका लागि बालुवा बोकेर उसले राम्रै कमाइ पनि गरेकी थिई रे । भन्दै थिई, ‘त्यसैबाट कमाएको पैसाले गाउँमा एउटा सानो घर पनि बनाएको छु ।’
उसको गफले हो कि रूपले हो, मलाई मोहनी लगाइसकेको थियो ।
‘बिहे गर्छयौँ ?’, फ्याट्ट मैले सोधें ।
‘कोसँग ?’, उत्साहित भएर उसले सोधी ।
‘मसँग’, मैले भनेँ ।
‘लौ, तपाईंको अझै बिहे भएको छैन ?’, उसले आश्चर्य मिसाएर सोधी ।
‘किन नहुनु ?’, मैले ढुक्कको जवाफ फर्काएँ ।
‘त्यसो भए कसरी तपाईंसँग बिहे गर्नु ?’, बिहे नभएको भए बिहे गर्न तयार भइसकेझैं भएर उसले भनी ।
‘के फरक पर्छ र । भइहाल्छ नि !’, मैले त्यसो भन्दा ऊ मज्जाले हाँसी । ऊ हाँसेको हेरेर म झनै मख्ख परें । उता डाइनिङमा यात्रीहरू शिवभजनको कोरसमा मग्न थिए ।
म पनि भजनमण्डलीमा मिसिएँ । स्वर नमिलाए पनि उनीहरूसँग ताली बजाउन थालेँ । हल्का लागेको बेला शिवभजन झन् सुन्दर लाग्दोरहेछ ।
नायिकामात्रै भनियो भने शुभेच्छा थापाको परिचय अधुरो हुन्छ । नायिका थापा चलचित्र निर्माता पनि हुन् । सन्देशमूलक चलचित्र निर्देशन गर्ने उनको उद्देश्य छ । त्यो चाँडै पूरा गर्ने बताउने नायिका शुभेच्छा थापासँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
मेरो खाना
साधारणतया दालभात, तरकारी र गुन्द्रुक असाध्यै मन पर्छ । पछिल्लो समय शाकाहारी भएकाले माछामासु पकाउन नपरे हुन्थ्योजस्तो लाग्छ । खानाको सोखिन छुइनँ । तसर्थ, खानकै लागि रेष्टुरेन्ट कमै जान्छु । त्यसो भन्दैमा रेष्टुरेन्ट जाँदै नजानेचाहिँ होइन । यदाकदा परिवारसँग पुग्छु । रेष्टुरेन्ट पुगिहाल्दा पिज्जा माग्न बिर्सन्न । पाक कलाबारे राम्रै ज्ञान छ ।
मेरो पोसाक
‘कलरफुल’ कपडा लगाउने गर्छु । सुटिङबाहेक साडी, कुर्तासुरुवाल लगाउँछु । कलाकार भएकाले कपडामा वार्षिक दुई लाख रुपैयाँसम्म खर्च हुन्छ । रातो र सेतो रङका कपडा रोजाइमा पर्छन् । रेडिमेडभन्दा कपडा किनेर सिलाउने बढी हुन्छ । कपडा सिलाउन परेवा वुटिक पुग्छु । ‘ब्रान्डेड’ कपडा ‘कलरफुल’ नहुने भएकाले हेर्दा झालाकझिलिक नै रोजाइमा पर्छन् ।
मेरो फिटनेस
बिहान सबेरै उठ्छु । पूजाआजा गर्छु । समय अनुकूल हुँदा मर्निङवाक निस्कन्छु । ट्रेडमिलमा दौडन्छु । डाइटिङ भरपूर छ । तौलेर खाना खान्छु ।
मेरो अध्ययन
हिजोआज भागवत् गीता पढ्दै छु । भागवत् गीताले जीवन जिउने कला सिकाउँदोरहेछ । मैले ढिला पढेँजस्तो लागिरहेको छ । कथा र उपन्यास पढ्न जाँगर चल्छ । प्रदीप ज्ञवालीको लेखनशैली लोभलाग्दो छ । मेरो घरमा संकलित किताब ६ सयजति होलान् ।
मेरो घुमफिर
घुमफिरमा रुचि छ । नेपालका ३५ जिल्ला पुगेकी छु । पाँच देश घुमेकी छु । घरायसी कामले कतिपय अवस्थामा विदेश जाने अवसर त्याग्नुपरेको थियो । घुमेकामध्ये ताप्लेजुङको पाथिभरा, सुर्खेत असाध्यै मनपर्यो । जीवनमा एकपटक पेरिस पुग्ने र सगरमाथा आरोहण गर्ने रहर छ ।
मेरो फुर्सद
फुर्सद निकाल्नुपर्छ । एकप्रकारको दौडधुप छ । दौडधुप भएकाले यसपटक चार महिनाजति सञ्चारमाध्यम र कार्यक्रमबाट टाढा बसें । ‘रेस्ट’ गरें । कतिपय अवस्थामा मोबाइल ‘स्वीचअफ’ गरेकी थिएँ । आफूले आफूलाई ‘रिचार्ज’ गर्न चार महिना सबैसबैबाट टाढा बसें । फुर्सद पाइहालेमा मठमन्दिर पुग्छु । घरपरिवारलाई समय दिन नसकेकाले नै चार महिना आराम गरेकी हुँ । चलचित्र हेर्न नगए पनि घुमफिरमा चाहिँ निस्कन्छौं ।
मेरो खेलकुद
मलाई ब्याडमिन्टन खेल्न रहर लाग्छ । हिजोआज पनि बेलाबखत खेल्छु । फुटबल हेर्न त्यत्तिकै मन पर्छ । रोनाल्डोको ‘फ्यान’ हुँ । तर, क्रिकेटचाहिँ मन पर्दैन ।
मेरो मोबाइल
ओप्पोको मोबाइल सेट प्रयोग गर्दै आएकी छु । मोबाइल सेट ६–६ महिनामा परिवर्तन गर्ने बानी छ । मोबाइलका एप्लिकेसनमध्ये फेसबुक, ट्वीटर, भाइबर, वाटस्यापलगायत प्रयोग गर्दै आएकी छु ।
मेरो टीभी
टेलिभिजनमा समाचार र नेपाली चलचित्रसम्बन्धी कार्यक्रम प्राथमिकतासाथ हेर्ने गरेकी छु । बिहान, बेलुका टेलिभिजन हेर्ने समय जुर्छ । घरमा एलजीको ४२ इन्चको टेलिभिजन छ ।
मेरो चलचित्र
पछिल्लो समय चलचित्र ‘प्रेमगीत’ हेरेकी थिएँ । छुटेका चलचित्र युट्युबमा हेर्ने गरेकी छु । हेरेका चलचित्रमध्ये ‘कबड्डी–कबड्डी’, ‘पशुपतिप्रसाद’ र ‘अ–अ’ असाध्यै मन पर्यो । अनमोल केसी, करिष्मा मानन्धर, सरोज खनाल, आमिर खानको अभिनय जोडदार लाग्छ ।
मेरो रोग
अहिलेसम्म स्वस्थ छु । दीर्घरोगले समातेको छैन । अहिलेसम्म एकपटक ‘होलबडी चेकअप’ गराएकी छु । व्यस्त भइयो भने पनि स्वस्थ रहन सकिन्छ । खानपानमा पनि त्यत्तिकै ध्यान दिनुपर्छ ।
मेरो भाषणशैली
कलाकार भएकाले समय–समयमा भाषण गर्नुपर्छ । आफ्नो भाषणशैली आफैंले मूल्यांकन गर्दा चित्तबुझ्दो नै पाउँछु । भाषण गर्दा ‘साँच्चै भन्नुपर्दा, भनौं न’ लगायतको थेगो प्रयोग गर्दोरहेछु । कलाकार भएकाले आक्रामक भाषण गर्नु पर्दैन । भाषण गरेकै आधारमा एकपटक विवादमा तानिएकी थिएँ ।
नेटवर्किङसम्बन्धी एक संस्थाले प्रमुख अतिथिका रूपमा निम्त्याएको थियो । बोल्नेक्रममा नेटवर्किङ कम्पनी ‘कमाइखाने भाँडो’ बन्न सक्छ भन्ने पुगें । नेटवर्किङ कम्पनी कमाइ खाने माध्यम बन्न सक्छ भन्न खोजेकी थिएँ । बोल्दाबोल्दै ‘टङ स्लीप’ भयो । ‘टङ स्लीप’ भएपछि तुरुन्तै माफी पनि मागेकी थिएँ ।
मेरो मापसे
दसैं–तिहारमा मादक पदार्थ खाने गर्छु । घरपरिवारसँग बसेर वाइन खाने गर्छु । दुई गिलास वाइनले मात लागिहाल्छ ।
मेरो संगीत
गीत–संगीत सुन्ने गर्छु । नारायण गोपाल, तारादेवी र नयाँपुस्ताका सबैको आवाज कर्णप्रिय लाग्छ । म आफैं पनि गुनगुनाउँछु ।
मेरो भूल
मानिस भएपछि जान–अञ्जानमा गल्ती गर्नु अस्वाभाविक होइन । मैले पनि गरेकी छु । खादा प्रसंगले मबाट एक समुदायलाई गहिरो असर परेको थियो । मैले माफी मागिसकेकी छु । त्यसपछि उहाँहरूको माया पनि पाइसकेकी छु ।
मेरो घर
पुरानो घर भत्काएर त्यहीं नयाँ घर बनाएको १४ वर्ष भयो । यो घर ससुराबुवाले बनाउनुभएको हो । त्यतिबेला यो घर बनाउँदा ३५ लाख रुपैयाँ खर्च भएको थियो । ससुराबुवाले तीन छोराका लागि तीन फ्ल्याट बनाइदिनुभएको छ । एउटा फ्ल्याटमा पसेपछि बाहिर निस्कन पर्दैन । सबै सुविधा एउटैमा छ ।
आफ्नै कमाइले किनेको घर नयाँबानेश्वरको मिलनचोकमा छ । १० वर्षअघि बनेकै घर किनेका हौं । आठ आना जग्गामा बनेको दुईतले घर श्रीमान् र मेरो कमाइले किनेका हौं । त्यतिबेला एक करोड ३५ लाखमा किनेको त्यो घर हिजोआज ६–७ करोड पर्छ होला ।
मेरो राशी
मेरो राशी मीन हो । ग्रहदशा बिग्रेको थियो, सुधार हुँदै गएको छ । बेलाबखत ग्रहशान्ति गराउने गरेकी छु । दाहिने हातको कान्छी औंलामा मोतीको औंठी लगाएकी छु । यो लगाउँदा मन चञ्चल कम हुन्छ । दाहिने हातमै मोतीको चुरा लगाएकी छु । देब्रे हातमा ‘ब्ल्याक स्टोन’ लगाएकी छु । घाँटीमा ‘ब्ल्यु स्टोन’को सिक्री लगाएकी छु । कानमा टप र नाकमा नत्थी लगाएकी हुँ ।
मेरो सौन्दर्यचेत
दुई वर्षदेखि ‘ब्ल्याक हेयर’ बनाउने गरेकी छु । फेसियल गर्दिनँ । ‘डे एन्ड नाइट’ क्रिम र फाउन्डेसन प्रयोग गर्छु । पफ्र्युम प्रयोग गर्ने बानी छ । थकाइ लागेको बेला साउना बाथ, स्टीम लिने गरेकी छु ।
मेरो प्रेम
हामीले प्रेमविवाह गरेका थियौं । १४ वर्षमा उहाँसँग भेट भयो । १६ वर्षमै बिहे भयो । त्यसो भएकाले अरूसँग प्रेम गर्ने मौका मिलेन । प्रेमप्रस्ताव पनि उहाँले नै राख्नुभएको हो ।
मेरो परिवार
परिवारमा तीनजना छौं । श्रीमान् अनिल थापा । म शुभेच्छा थापा । र, छोरी अनुषा थापा । १८ वर्षीया थापा अस्ट्रेलियामा ‘हस्पिटालिटी’ पढ्दै छिन् । श्रीमान्को ‘एक्सपोर्ट, इम्पोर्ट बिजनेस’ छ ।
मेरो सपना
वैदेशिक रोजगारीमा जानेलाई रोक्न पाए कति जाती हुन्थ्यो । वैदेशिक रोजगारीमा जानेलाई नेपालमै रोजगारी दिन सक्ने अवस्था सिर्जना गर्नुपर्छ । उनीहरूलाई नेपालमै केही गर्न सकिन्छ भनेर सुझाउन सक्न पाए हुन्थ्यो कि भन्ने लागिरहन्छ । हामीले विदेश पुगेर गर्ने दुःख स्वीकार्यौं तर स्वदेशमा गरिने दुःख स्वीकारेनौ कि भन्ने लाग्छ ।
घन्टाका हिसाबले नेपालमा पनि कमाइ हुन्छ भन्ने बुझाउन हामीले सिकाउन सक्नुपर्छ । नेपालमा कृषिकर्मलाई आत्मसात् गरेर राम्रै आर्जन गर्न सकिन्छ भनेर पढाउन, बुझाउन सक्नुपर्छ । राज्यले मजस्ता कलाकारलाई समेत त्यस्तो काम दिए म पनि आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गर्ने नै छु ।
म नायिकाबाट निर्माता भएँ । निर्माताबाट चलचित्र लेखिका भएकी छु । अब चलचित्र निर्देशकको भूमिकामा अनुहारिँदै छु । मलाई सन्देशमूलक चलचित्र निर्देशन गर्ने लोभ छ ।
मेरो मृत्यु
मानिस जन्मेपछि मर्नुपर्छ । मृत्यु प्रकृतिको नियम हो । मृत्युदेखि डर लाग्दैन । सुन्दरीजल घुम्न जाँदा म चढेको गाडी दुर्घटनामा पर्यो । दुर्घटनामा परेको गाडी रूखको कापमा अड्केकाले बाँचेकी थिएँ । मृत्यु आफूले सोचेजस्तो नहोला तर मेरो मृत्युमा धेरै मलामी आइदिऊन् भन्ने लोभ छ ।
–विष्णु प्रभाकर “हजार साल पुराना है उनका गुस्सा,
हजार साल पुरानी है उनकी नफरत,
मै तो सिर्फ,
उनके बिखरे हुए शब्दों को,
लय और तुकके साथ,
लौटा रहा हूँ,
मगर तुम्हें डर है कि,
आग भडका रहा हूँ । (तुमें डर है)
यो कविता भारतका लोकप्रिय कवि गोरख पाण्डेयको हो ।
यो गोरखको भित्री कविको असली ‘लोकेशन’ हो जहाँबाट कविले वैचारिक पोषण प्राप्त गर्छन् । सत्तासँग पैठाजोरी नखोज्ने कवि के कवि ? जो कवि सत्ताविरोधी हुन्छ उही कवि जनकवि हुन्छ ।
गोरख पाण्डेयले यो संसार छाडेको पनि लामो समय बितिसकेको छ । समयसँगै गोरखको कविताहरु झन् बढी लोकप्रिय हुँदै गएका छन् ।
गोरख आन्दोलनका कवि हुन् ।
आन्दोलनले नै गोरख र उनका कविताहरुलाई लोकप्रिय बनाएको हो । विद्यार्थी र युवा आन्दोलनमा गोरखका कविता जति पढिन्छन्, जति उनका गीतहरु गाइन्छन् । यति अवसर सायदै उनका अन्य समकालिन कविहरुले पाएका होलान् ।
गोरखले यति सरल र सुव्यवस्थित भाषामा कविता र गीतहरु लेखेका छन् कि सुन्ने जो कसैले यीनलाई बुझ्छन् । बुझ्ने मात्र होइन, तिनसँग सजिलै जोडिन्छन् पनि । पाठकलाई गोरखले आफ्नै पीडालाई कविताको रुपमा लिपीबद्ध गरे जस्तो लाग्छ ।
तर हिन्दी समीक्षा जगतको समस्यानै मान्नुपर्छ कि गोरख पाण्डेयको जति मूल्याङ्कन हुनुपथ्र्यो त्यति भएको छैन । इलाहाबाद र दिल्लीमा पछिल्ला दिन साहित्यिक सेमिनार र गोष्ठीहरु भइरहन्छन् । तर, गोरखमा केन्द्रित सेमिनार अन्तिम पटक कहिले भएको थियो म सम्झन्न ।
“कला, कलाको लागि” विषयमा अंग्रेजी र यता पूर्वीय साहित्यमा पनि लामो समयदेखि बहस छ । लेखक फिशरले “कलाकी जरुरत” नामक पुस्तकमा लेखेका छन् ,“मानिसहरु स्वयंभन्दा बढी केही बन्न चाहन्छन् । ऊ सम्पूर्ण मानिस बन्न चाहन्छ । ऊ अलग–अलग व्यक्ति भएर सन्तुष्ट रहँदैन, आफ्नो व्यक्तिगत जीवनको आंशिकताबाट निक्लेर ऊ त्यो परिपूर्णतातर्फ बढ्न कोशिश गर्छ, जसलाई ऊ महसुस गर्न चाहन्छ । ऊ जीवनको यस्तो परिपूर्णतातर्फ अघि बढ्न चाहन्छ जुन आफ्ना तमाम व्यक्तिगत सीमाहरुको कारण ऊ बञ्चित भएको हुन्छ । ऊ एउटा यस्तो संसारतर्फ बढ्न चाहन्छ जो बढी बोधगम्य होस्, जो बढी न्यायसंगत संसार होस् ।”
विश्व प्रसिद्ध कवि बतोल्त ब्रेख्तले भनेका छन्, “हाम्रो रंगमञ्चको लागि अत्यन्त आवश्यक कुरा भनेको ज्ञानबाट श्रृजना हुने खालको रोमाञ्चलाई प्रोत्साहित गर्नु हो । साथै मानिसहरुलाई यथार्थमा परिवर्तन गरेर प्राप्त हुने आनन्दको प्रशिक्षण दिनु हो ।”
कलाका अनुरागी गोरखलाई कलाबाट के अपेक्षाहरु थियो ।
“कला कला के लिए हो,
जीवन को खूबसूरत बनाने के लिए,
न हो,
रोटी रोटी के लिए हो,
खाने के लिए न हो ”
जन सांस्कृतिक मञ्च र सांस्कृतिक संकुलले गोरखको प्रकाशित, अप्रकाशित कविताहरुको संकलन प्रकाशित गरेको छ ।
गोरखको कवितासंग्रहको कुनै पृष्ठ पल्टाउनुस्, तपाईं श्रमजीवि जनताको आवाज सुन्न सक्नुहुन्छ ।
गोरखको काव्यको एउटा खास विशेषता भनेको उनको कावितामा महिलाका अलग अलग रुपमा देखा पर्छन् । यसको लागि ‘कैथर कलाकी औरतें’ कवितालाई लिनुस् । यस कवितामा तपाईं विद्रोही महिला देखिन्छिन् ।
“बन्द खिडकियों से टकराकर,
अपना सिर,
लहूलुहान गिर पडी वह” औरत दिखाई देगी,
गरीब मर्दों के साथ कंधे से कंधे,
मिलाकार,
लडी थी कैथर कलाकी औरतें
कैथर कलाको घटना कुनै सामान्य घटना थिएन । गोरखको दृष्टि त्यस्ता परिघटनासम्म पुगेको छ जसलाई अन्य कविहरुले एक सामान्य घटना मानेर छोडिदिएका छन् ।
“बन्द खिडकियों से टकरा कर’ कवितामा गोरखले सम्पूर्ण सम्वेदनाको साथ महिलाको ऐतिहासिक पीडाहरुलाई जुन प्रकारले चित्रित गरेका छन् त्यस्तो चित्रण हिन्दी कविताहरुमा निक्कै कम पाइन्छ ।
“गिरिती है आधी दुनियाँ,
सारी मनुष्यता गरिती है,
हम जो जिंदा हैं,
हम दण्डित हैं ।”
माथिको कवितामा गोरखले महिलाहरुको पीडाको चित्रण त गरेका छन् नै साथमा पुरा पुरुष समाजलाई कठघरामा उभाइदिएका छन्, सजायको भागी बनाएका छन् ।
“ अंधेरे कमरों और,
बंद दरवाजों से,
बाहर सडक पर,
जुलूस में और,
युद्ध में तुम्हारे होने के,
दिन आ गये हैं(तुम जहाँ कहीँ भी हो)
यही कवितालाई लिनुस् । अक्सर यो कविता आन्दोलनहरुमा कुनै नामबिना देखिन्छ । यसमा गोरखले सडक, जुलुस र युद्धका हरेक मोर्चामा महिलाको आवश्यकताको आह्वान गरेका छन् ।
जति जति कविको कविताहरुको समय बित्दै गएको छ, ति कविको रिस पनि बढ्दै गएको छ । उनको आक्रोश यो कवितामा महसुस गर्न सकिन्छ ।
“ये आँखें हैं तुम्हारी,
तकलीफ का उमडता हुआ समंदर,
इस दुनिया को,
जितनी जल्दी हो,
बदल देना चाहिए ।”युथकी आवाज डटकमबाट श्रवण उप्रेतीद्वारा अनुवाद
टिफिन बक्स ।
बच्चालाई ‘टिफिन बक्स’ मा के पठाउने भनेर अभिभावकले सधैं चिन्ता गर्छन् । चिन्ता गर्नु स्वाभाविकै हो । ‘टिफिन बक्स’ मा स्वस्थकर खानेकुरा पठाउनुपर्छ भनेर कतिलाई थाहा होला । थाहा नहुने पनि उत्तिकै होलान् । कतिपयले थाहा पाएर पनि व्यवहारमा लागू गर्न सकेका छैनन् ।
त्यही भएर संसारभरि कुपोषणको समस्या बढ्दै गएको छ । ‘सूक्ष्म पोषक तत्व र आइरन कमीले रक्तअल्पता (किशोर–किशोरीमा देखापर्छ) पनि बढ्दै गएको छ,’ न्युट्रिसनिस्ट केपी लम्सालले सुनाए, ‘पहिले ख्याउटे, लुते बच्चा धेरै हुन्थे । हिजोआज संसारभरि तौल बढी भएका बच्चा बढ्दै गएका छन् । त्यसको मुख्य समस्या भनेको खानपान र जीवनशैली नै हो ।’
प्रविधिसँग खेल्न थालेपछि बालबालिका घरबाहिर निस्कनै छाडिसकेका छन् । उनीहरूको खानपानसमेत स्वस्थकर हुँदैन । ‘त्यसको सुरुवात स्कुलबाट हुन्छ । बच्चाले धेरै समय स्कुलमै बिताउँछ,’ न्युट्रिसनिस्ट लम्सालले सुझाए, ‘खान त उसले एकपटक टिफिन खाला तर धेरै समय स्कुलमा बिताउँछ । स्कुल भनेको सिक्ने सिकाउने थलो हो । त्यस्तो ठाउँमा पठाइने टिफिन बक्स हेल्दी हुनुपर्छ ।’
‘आफूलाई के पठाउँदा सजिलो हुन्छ,’ उनले थपे, ‘बच्चाले मीठो मानेर जे खान्छ, स्कुलबाट फर्कंदा टिफिन बक्स रित्तो ल्याउँछ, अभिभावक त्यस्तो टिफिन पठाउन रुचाउँछन् । त्यसमध्ये धेरैजसो जंकफुड पर्छन् ।’
‘टिफिन बक्स हेल्दी’ बनाउने दुई उपाय छन् । बच्चाले दुई तरिकाले ‘टिफिन बक्स’ प्रयोग गर्छन् । पहिलो, घरबाट ‘टिफिन बक्स’ लिएर जान्छन् । दोस्रो, ‘डे बोडर्स’ बस्नेले स्कुलकै क्यान्टिनमा खान्छन् ।
‘स्कुलका धेरै क्यान्टिन पुगेको छु,’ उनले वास्तविकता बताए, ‘म पुगेको स्कुलको कुनै पनि क्यान्टिन पोषणका दृष्टिले उपयुक्त थिएनन् । क्यान्टिनमा पनि त्यही चाउमिन र त्यही चाउचाउ नै खुवाइँदोरहेछ । तसर्थ, स्कुलका क्यान्टिन र घरबाट पठाइने टिफिन बक्समा सुधार गर्नुपर्छ ।’
घरबाट कस्तो ‘टिफिन बक्स’ पठाउने ?
बच्चालाई कस्तो टिफिन आवश्यक पर्छ भन्नेबारे तीन–चार पाटोले निर्धारण गर्छ ।
पहिलो– बच्चाको उमेर ।
दोस्रो– तौल ।
तेस्रो– छोरा कि,
चौथो– छोरी ।
यसअनुसार सम्बन्धित बच्चालाई कति पोषक तत्व चाहिन्छ भनेर भन्न सकिन्छ । त्यसअनुसार ‘टिफिन बक्स’ तयार पार्न सकिन्छ ।
युवाभन्दा बच्चालाई बढी प्रोटिन चाहिन्छ । प्रोटिनयुक्त खानेकुरा ‘टिफिन बक्स’ मा प्रयोग गर्नुपर्छ । जस्तै, चना उसिनेर बच्चाले मन पराउने स्वादका परिकार बनाउन सकिन्छ । संसारभरि प्रोटिन र भिटामिनका लागि अण्डालाई उपयुक्त मानिएको छ । टिफिनमा दैनिकजसो उसिनेको एक अण्डा हाल्न सकिन्छ । त्योसँगै घरमै सजिलै बनाउन सकिने हलुवा हुन सक्छ । चामल, मकै, गहुँबाट बनेका परिकारले खासै असर गर्दैन । तर, त्योसँगै अरूसँग मिलाएर खानुपर्छ । त्यही १५ रुपैयाँमा चाउचाउ आउँछ । त्यत्तिमै अण्डा पनि पाइन्छ ।
६ दिनको टिफिन
पहिलो दिन : उसिनेको एक अण्डा, फापर, कोदो वा मकैको रोटी र हरियो सागपातको तरकारी ।
दोस्रो दिन : उसिनेको चनालाई थोरै तेल, नुन, मसला हालेर मिलाउने, चिउरा (सादा वा हल्का भुटेको), झोल तरकारी ।
तेस्रो दिन : अण्डाको अम्लेट, खिचडी र साग ।
चौथो दिन : अण्डा र फापर वा मकैको पीठो मिलाएर बनाइएको अम्लेट, आलु फ्राई ।
पाँचौं दिन : उसिनेको चनामा थोरै तेल, नुन, मसला मिलाउने, झोल तरकारी र फ्राइ राइस ।
छैटौं दिन : पोषिलो खीर, फर्सीको खीर वा जाउलो र उसिनेको आलुको अचार ।
फर्सीको खीर यसरी बनाउने
चामलभन्दा फर्सीमा सोलोबल फाइबर र भिटामिन ‘ए’ प्रशस्त पाइन्छ । पाँच वर्षमुनिका बच्चाका लागि फर्सीलाई भिटामिनको ‘क्याप्सुल’ मानिन्छ । फर्सीको खीर बनाउन त्यत्तिकै सजिलो छ । फर्सीको खीर बनाउन एक अण्डा, चिनी स्वादअनुसार (फर्सी गुलियो छ भने चिनी नहाल्दा हुन्छ), मकैको पीठो चार चिया चम्चा, नुन एक चिम्टी, दूध दुई गिलास, घ्यु दुई चिया चम्चा, पाकेको फर्सीको पेस्ट दुई गिलास (सकेसम्म भित्र पनि गाढा सुन्तला रङको) र ओखर स्वादअनुसार राख्न सकिन्छ । फर्सीको खीर दुईदेखि पाँच वर्षका लागि उपयुक्त मानिए पनि अरूले खाँदा त्यत्तिकै फलदायी हुन्छ ।
पोषिलो जाउलो यसरी बनाउने
जाउलो बनाउन दुई टेबल चम्चा चामल, दुई चिया चम्चा हरियो वा पहेँलो मुङ, चार चिया चम्चा बोडी वा घ्यु सिमी र एक चिया चम्चा तेल वा घ्यु चाहिन्छ । यसैगरी, दुईदेखि तीन गिलास वा आवश्यकताअनुसार पानी, बेसार, जिरा र नुन स्वादअनुसार, मसिनो हुनेगरी टुक्रा पारिएको हरियो सागपात (जस्तै, रायो, लट्टे, सलगम, पालुंगो) गाँजर एकदेखि दुई चिया चम्चा, मसिनो टुक्रा पारिएको मासु वा कलेजोको एकदेखि दुई टुक्रा हालेर जाउलो पकाउन सकिन्छ । अन्न, गेडागुडी, हरियो सागपात तथा मासुसमेत राखे पकाइएको हुँदा जाउलो पोषिलो हुन्छ ।
पोषिलो खीर यसरी बनाउने
पोषिलो खीर बनाउन एक गिलास दूध, दुई टेबल चम्चा चामल, एक चम्चा कोरेसोमा कोरेको फर्सी वा गाँजर, स्वादअनुसारको चिनी चाहिन्छ । साथै सानो एक चम्चा पिँधेको ओखर वा काजु, एक चिया चम्चा फलफूल (जस्तै, केरा, स्याउ वा नासपाती) को स–साना टुक्रा पनि हाल्न सकिन्छ ।
पोषिलो खिचडी यसरी बनाउने
खिचडी बनाउन पनि त्यत्तिकै सजिलो छ । आधा गिलास चामल, पाँच चिया चम्चा मुङ, मास वा अन्य दाल, पाँच चिया चम्चा पिँधेको गाँजर वा पाकेको फर्सी चाहिन्छ । पाँच चिया चम्चा केराउ वा बोडी, एक चिया चम्चा घ्यू वा तेल, बेसार र स्वादअनुसारको नुन, मसिनो हुनेगरी पिँधेको हरियो सागपात (जस्तै, रायो, लट्टे, सलगम, पालुंगो) एकदेखि दुई टेबल चम्चा, भएमा मसिनो पारिएको मासु वा कलेजो एक टेबल चम्चा, पानी तीन गिलास वा आवश्यकताअनुसार ।
बच्चालाई कहिलेकाहीं अन्य टिफिनसँगै तीन–चारवटा सख्खरखण्ड पठाउन सकिन्छ । तरुल पनि पठाउन सकिन्छ । खर्च गर्न सक्ने अभिभावकले ‘टिफिन बक्स’ मा ओखर, काजु, आलमन्ड र फर्सीको बियाँ राखिदिने हो भने झन् प्रभावकारी हुन्छ । जुन बच्चाको मस्तिष्क विकासका लागि उपयुक्त मानिन्छ । दैनिक फरक–फरक गरेर एक ओखरको देवल, तीन–चारवटा काजु, दुई–तीनवटा आलमन्ड, चार–पाँचवटा पिनट पठाउन सकिन्छ । त्यसले प्रोटिन र क्यालोरी दिनुका साथै शरीरले सजिलै सोस्ने गर्छ । फर्सीको बियाँमा सजिलै सोस्न सक्ने प्रोटिन हुन्छ ।
‘दुई पिस ओरियो बिस्कुटमा १०६ क्यालोरी हुन्छ । आठदेखि ११ वर्षका बच्चाका लागि १५ सयदेखि १७ सय क्यालोरी चाहिन्छ । बढीमा दुई हजारदेखि २२ सयसम्म चाहिन्छ,’ न्युट्रिसनिस्ट लम्सालले भने, ‘एक प्याकेट बिस्कुट खाँदैमा बच्चाले सात सय क्यालोरी खाइसक्छ । बिहान बेलुका खाने खाना र टिफिन जोड्दा कति होला ? त्यसले गर्दा बच्चामा मोटोपन बढ्दै जान्छ । तसर्थ, बच्चाको स्वास्थ्यका लागि अभिभावकले दिनमा १० मिनेट टिफिन बक्सका लागि समय छुट्ट्याउन आवश्यक छ ।’
क्यान्टिनमा गर्नुपर्ने सुधार
घरबाट ‘हेल्दी टिफिन बक्स’ लगे पनि साथीले कुरकुरे खाइदियो भने उसले पनि त्यही खान जोडबल गर्छ । विज्ञापनमा पनि त्यही देखेको हुन्छ । खाँदा त्यत्तिकै स्वादिष्ट हुन्छ । तसर्थ, विद्यालयको क्यन्टिनमा समेत पनि सुधार गनुपर्छ ।
क्यान्टिन सुधार्ने कसरी ?
घरबाट जसरी ‘हेल्दी टिफिन बक्स’ पठाइन्छ, क्यान्टिनले समेत त्यस्तै टिफिन खुवाउन सक्छ ।
प्याकेटमा भएका सबै खानेकुरा जंकफुड होइनन् । विश्व स्वास्थ्य संगठनका अनुसार, बढी नुन, चिल्लो, रिफाइन सुगर बढी भएको खानेकुरालाई जंकफुट भनेको छ । चक्लेटमा भएको सुगर पनि रिफाइन सुगर हो । बच्चाले चाउचाउ खान रोइकराइ नै गर्यो भने त्यसमा अण्डा वा सागपात हालेर पकाएर खुवाउँदा केही हदसम्म फाइदा हुन्छ ।