केरुङमा ‘राष्ट्रपति सी’ सँग सेल्फी

0
नेपाल छाड्ने तरखर गर्दैगर्दा टिमुरेमै बिहानको नौ बजिसकेको थियो । नेपाल–चीन सीमाना नजिकिँदै गर्दा एकजना बुढीआमा काँधमा आफूभन्दा गह्रँुगो झोला बोकेर अग्लो लौरो टेक्दै स्याफ्रुतिर झर्दै थिइन् । बुढाबुढीहरूको फोटो खिच्दा मलाई एउटा सिङ्गो जीवन खिचेजस्तो लाग्छ । बोर्डर पुग्दा नेपाल साइडको चेकिङ प्वाइन्ट खुलिसकेको रहेछ । कुनै तामझाम र व्यवस्थाबिनै म्यानुअल स्टाइलमा केही मिनेटमै यतापट्टिको चेकिङ प्रकृया सकियो । त्यो खासमा नाम मात्रको चेकिङ थियो । उता, चीनपट्टि हामी व्यवस्थित रूपमा लामबद्ध भयौँ । त्यो हाम्रो रहरभन्दा पनि नियम थियो । लाइनमा रहँदाका हाम्रा सारा गतिविधि भिडियोबाट एक्सेरे गरे जसरी त्यहाँका अधिकारीले कम्प्युटरको स्क्रिनमा हेर्दोरहेछ । त्यसपछि पासपोर्टअनुसारको औँठाछाप छ कि छैन भनेर चेक पनि गर्दाेरहेछ । मैले पनि एउटा सानो स्क्रिनमा दुवै हातका औँलाहरूका छाप दिएँ । छाप मिलेपछि अधिकारीले हामीलाई चीनको स्वशासित क्षेत्र तिब्बत प्रवेशको अनुमति दियो । चीनको माटोमा पुग्दा वातावरणसँगै पनि हाम्रो मनोविज्ञान बदलिएको थियो । यताको कच्ची सडक अनि त्यस्तै कच्चा चेकिङ प्वाइन्टहरू हामीले बिर्सिएका थिएनौँ । तर बोर्डर परिसरमै उताको बलिया पिलरसहितका ठुल्ठुला पूर्वाधारले हामीलाई जिस्क्याइरहेको थियो, ‘यो हो तिम्रो र हाम्रोबीचको फरक । हामी चीन हौँ, तिमी नेपाल ।’ हामीलाई तिब्बती ट्राभल कम्पनीका प्रतिनिधिले खादा ओढाएर स्वागत गरे । खादा लाएपछि तिब्बतको विशिष्ट पाहुना भएझैँ मन प्रफुल्लित भएको सहयात्री तीर्थालुहरूका उज्याला अनुहारले प्रमाणित गथ्र्यो । तिब्बत यात्राका लागि काठमाडौंबाट लगिएको खाद्यान्नलगायका सामाग्रीका लागि दुइटा ट्रक र हामी यात्रीका लागि ६ वटा हायस उनीहरूले ल्हासाबाट ल्याएका रहेछन् । त्यसमध्ये एउटा हायसको ड्राइभरछेउको अघिल्लो सिटमा म बसेँ । ड्राइभरले तिब्बतीयन गीत बजायो र गीतकै गतिमा तिब्बतको सडकमा गाडी दौडायो । निकै फुर्तिलो र हँसिलो ड्राइभर गीतजस्तै रोमान्टिक थियो । सुरुमा तिब्बतीयन गीत बजाएको उसले एक छिनपछि भाषाको अर्थ नजाने पनि हिन्दी रिमिक्स फुल भोलुममा बजाउँदै थियो । तर, मलाई भने तिब्बती सङ्गीत सुन्न मजा आइरहेको थियो । मैले इसाराले सुरुकै गीत राम्रो भन्दै तिब्बती गीत नै बजाउन आग्रह गरेँ । त्यसका लागि ऊ तयार भयो । घाँटीको घण्टीदेखि चाँदीको स्वर निकालिएको तिब्बती गीत सुन्दै नदी किनारकोे तिब्बती सडकमा गुड्नुको आनन्द मेरा लागि सुरुमै तिब्बत यात्राको रोमाञ्चकता थियो । ड्राइभरले गाडीमा अघिल्लो भागमा एकजना लामाको तस्बिरसँगै बुद्धिस्ट माला झुन्ड्याएको थियो । सडकका मोडहरूमा गाडी मोडिँदा लामा र माला दुवै हल्लिन्थे । अनेक दृश्यहरू आइरहेका थिए तर माला र लामाचाहिँ अनवरत आँखैमा थिए । त्यसले तिब्बतलाई झनै जीवन्त बनाएको अनुभूति गर्दै हामी केरुङतिर नजिकिँदै थियौं । ससाना पहाडी ढुङ्गाहरू खस्ने सम्भावना भएका सडकका माथिका पहराहरूलाई माकुरेतारले बेरिएको देख्दा विकाससँग सुरक्षालाई कसरी सँगै लैजान सकिँदो रहेछ भनेर बुझेँ । ठूला ढुङ्गा खस्ने सम्भावना भएका स्थानहरूमा भने सडकलाई नै सुरुङमार्ग बनाइएको रहेछ । यात्रा नदीजस्तै सलल बगिरहेको थियो । तर नदी तलतिर झर्दै तर हामी नदीको किनारै किनार मुहानतिर । ड्राइभरले स्पिडमा रङ साइडबाट गाडी चलाइरहेको चाल पाएपछि एक्कासि म आत्तिएँ । अत्यास त्यति बेला झन् बढ्यो जब उसले मोडमा समेत अझ तीव्र गतिमा रङ साइडबाटै गाडी दौडायो । अझ स्थिति यस्तो आयो, विपरीत दिशाबाट स्पिडमा आइरहेको गाडीलाई समेत वास्तै नगरी ऊ रङ साइडबाटै गाडी चलाइरहेको थियो । विपरीत दिशाबाट आइरहेको गाडी पनि रङ साइडबाटै आइरहेको देखेपछि मैले बुझिहालेँ, ‘नेपालमा जुन साइडलाई रङ्ग साइड भनिन्छ, चीनमा त्यो राइट साइड हो । चीनमा जुन साइडलाई रङ साइड भनिन्छ, नेपालमा चाहिँ त्यो राइट साइड हो । अर्थात हामीकहाँ राइट ह्यान्ड ड्राइभ र उनीहरू कहाँ लेफ्ट ह्यान्ड ड्राइभ ।’ त्यति बुझन मलाई झन्डै पन्ध्र मिनेट लाग्यो । किलोमिटरकै कुरा गर्ने हो भने पनि झन्डै पन्ध्रै किलोमिटर लाग्यो होला । म सोच्दै थिएँ, ‘अझ अर्को दिन केरुङ कटेर सागा अनि सागाबाट मानरोवर र मानसरोवरबाट दार्चेन जाँदा उच्च तिब्बती पठारका सर्पका ढाडजस्ता मदमस्त सडकमा एक मिनेटमै दुई किलोमिटर त सामान्य होला !’ तर यता नेपालमा सडकको कस्तो कन्तविजोग छ भन्ने काठमाडौंबाट टिमुरेसम्मको यात्रामा हामीले भोगिसकेका थियौं । केरुङको जो बयान थियो, त्यो त्यस्तो थिएन तर निकै रमाइलो थियो । विमलजीले काठमाडौंमा भनेका थिए, ‘केरुङ एउटा हरियो उपत्यका हो, जो हिमालहरूले घेरिएको छ ।’ तर सिजन फरक परेकाले हिमाल हिउँबिनाका पहाडहरूजस्ता देखिन्थे । पहेंला फूलहरू । चिप्लेकीरा चिप्लने चिप्लो सडक । मन्दिर र मानेहरू । आहा ! केरुङ । केरुङ पुग्दा हाम्रै अगाडि चर्को स्वरमा गीत बजाउँदै आएको गाडीले सहर सफाइ गरिरहेको थियो । त्यो गीत सरसफाइसम्बन्धी थियो वा मायाप्रेमको ? मैले भेउ पाइनँ । हामी बस्ने होटलअ गाडिको सैलुनमा आँखा प¥यो । कपाल काट्ने त्यहाँ अरू कुनै देशको मानिस थिएन । हो, ऊ तिब्बतीयन पनि थिएन । ऊ ‘मेनल्यान्ड’ बाट आएको हान जातिको चाइनिज नै थियो । मेरो कोठा नम्बर ८३०१ थियो । होटलको प्रत्येक कोठाको नम्बर ८ बाटै सुरु थियो । विमलजीले बताएअनुसार चीनमा त्यो शुभाङ्क रहेछ । सन् २००८ मा चीनमा नै ओलम्पिक हुनुको त्यो पनि एउटा कारण थियो रे । अङ्ग्रेजी अङ्क एट आकारमा डमरुजस्तै हुने हुनाले पनि त्यो शुभ भएको होला भन्दै शिवको वासस्थान कैलाश जाँदै गरेको हाम्रो सन्दर्भलाई जोडेर हामीले मजाक ग¥यौं, ‘डमरु शिवको वाद्ययन्त्र हो ।’ कोठमामा व्याग थन्क्याएर हामी केरुङ एक्स्प्लोर गर्न निक्ल्यौँ । नजिकै प्यागोडा शैलीको अवलोकतेश्वरको मन्दिर रहेछ । नेपाली शैलीको त्यो मन्दिरमा स्रङचङगोम्पा, मिलारेप्पा, गुरु रिम्पोछे, हरित तारा, श्वेत तारा आदिका कलात्मक चित्रहरू थिए । मन्दिरलाई चारैतिरबाट मानेहरूले घेरेका थिए । मैले ती प्रत्येक माने घुमाएँ ।  मन्दिर छेउको चौरमा ढुङ्गाको एउटा ठूलो कलात्मक हात्ती थियो । रमाइलो के भने हात्तीको अण्डकोष अस्वभाविक रूपमा निकै ठूलै थियो । त्यसको कारण भने अज्ञात नै रह्यो । मन्दिरलाई पृष्ठभूमि पारेर मैले अण्डकोष देखिने साइडबाट हात्तीको फोटो खिचेँ । अण्डकोष ठूलो कि मन्दिर ? छुट्याउनै गाह्रो । बिजुलीका तारहरू चाहिँ काठमाडौंमै जस्तो सडकभन्दा माथि थिए । तारमुन्तिर सडकको एकछेउ एउटा सिँगारिएको मोटरसाइकल रोकियो । स्पिकरसहितको मोटसाइकलबाट सुमधुर गीत तर चर्को आवाजमा बजिरहेको थियो । छेउमा केही पुरुष र महिला थिए । उनीहरू गीतसँग मस्त थिए । एउटा सानो फुच्चे पनि गीतसँगै जिउ हल्लाइरहेको थियो । हामी पनि त्यहाँ रोकियौं । मैले त्यो स्ट्रिट म्युजिकको सानो भिडियो खिचेँ । भिडियो खिचेको थाहा पाएपछि उनीहरू झन् उत्साही भए । सबैजना हल्का नाचिदिन थाले । पछि हेर्दा त सुन्दर सर्ट म्युजिक भिडियो जस्तो पो बनेछ ! तिब्बती शब्द केरुङको अर्थ रहेछ सिटी अफ ह्यापिनेस । त्यसैले पनि होला, त्यसैत्यसै हामी खुशी थियौं । मन्दिर परिसरकै एउटा कुनाबाट एउटी भिक्षुणीले हामीलाई हेलो भनिन् । नजिक जाँदा उनी भित्र छिरिहालिन् र बाहिर निक्लँदै निक्लिनन् । हामी अचम्ममा प¥यौं । मन्दिरभन्दा अलि अगाडिको एउटा सरकारी कार्यालयको गेटमा मैले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सेल्फी खिचेँ । फोटोमा सी निकै ह्यान्डसम् देखिए, मभन्दा पनि ह्यान्डसम ! खासमा सरकारी कार्यालयको गेटको भित्तामा उनको ठूलो पोस्टर लगाइएको थियो । पोस्टरकै सही, मैले राष्ट्रपतिसँगै फोटो खिचेको थिएँ । राष्ट्रपतिसँग फोटो खिचेको होइन भनेर कसले भन्न सक्छ ? अलि अगाडि बढ्दा नेपाली बोल्ने थुप्रै महिला र पुरुष भेटिए । एउटा पसलमा मैले टाढैबाट वाइवाई चाउचाउ देखेँ । लाग्यो, वाइवाई साँच्चै बहुराष्ट्रिय रहेछ । नेपालमा पपुलर रहेको टुबोर्ग बियर पनि देखेँ । टुबोर्ग त त्यसै पनि बहुराष्ट्रिय हुँदै हो । पसल अगाडि बच्चाहरू निस्फिक्री खलिरहेका थिए । सिङो केरुङ एउटा समुदायजस्तो थियो । सबैले एकले अर्कालाई चिनेजस्ता देखिन्थे । हुन पनि त्यो सानो ठाउँ बादल, हरियाली र पहाडहरूले सुन त छँदै थियो, स्थानीय भेषभूषा, रङ र रहनसहनले त्यसमा सुगन्ध पनि थपिएको थियो । आधुनिक घरहरू समेत परम्परागत शैलीमा बनाइएको केरुङमा माने घुमाउँदै हिँडेका स्थानीयले शोभा थपेका थिए । बजारकै बीचमा एउटा रेस्टुरा देखियो, जसको निधारमा नेपाली, अङ्ग्रेजी र चिनियाँ गरी तीनै भाषामा लेखिएको थियो, ‘केरुङ नेपाली रेस्टुरेन्ट ।’ हामीले त्यहाँ केही पनि खाएनौँ । किनकि नेपाली रेस्टुरा त नेपालमै जति पनि छँदै थिए । मैले त्यहाँ एउटै काम गरेँ । बाहिरैबाट त्यो रेस्टुराँको फोटो खिचेँ । त्यहाँबाट २ मिनेट दूरीको अर्को स्थानीय रेस्टुरा गयौँ । घुम्ने टेबलमा आफूलाई मन लागेको खाना आफूले चाहेजति खान मिल्ने चिनियाँ सर्भिसले मलाई लोभ्यायो । स्टिकको सट्टामा मैले चम्चा–काँटा मागेँ । स्थानीय अनुहारकी उज्याली साहुनीले सुरुमा त बुझिन । जब इसारा गरेँ, त्यसपछि बल्ल बुझी । वरपर र मेरै टेबलका सबैले स्टिकले खाइरहँदा काँटा–चम्चाले खाएर म कागको हुलमा बकुल्ला भएको थिएँ । तर बकुल्ला बने पनि मलाई बालै थिएन । आफ्नै स्टाइलले खानुको मजा त्याग्न नसक्ने म जो थिएँ । रेस्टुराको मेन्यु हेर्दा मूल्यको अङ्क अङ्ग्रेजीमा भए पनि खानाको नाम न नेपाली न त अङ्ग्रेजी अक्षरमा थियो । ‘उता प्रोफेसर यता निरक्षर’ भनेजस्तै भएको भएँ म । कम्तीमा अङ्ग्रेजीमा लेखिएको मेन्यु भेटिएको भए वियरको मूल्य थाहा हुन्थ्यो, म सोच्दै थिएँ । जताततै बाटोका दुवै साइडमा ५ (१ ठुलो र ४ साना) पहेँलो तारा अङ्कित चिनियाँ राता झण्डाहरू । तिब्बतमा चाइनिज फिलिङ्स र इम्प्रेसन दिन यसरी चाइनिज झन्डा राखिएको होला भन्ने ठान्दै हामी फेरि ८३०१ फर्कियौं । सुत्नुअघि हामीले चाउएनलाई, माओ, सी जीन पिङलगायतका  चिनियाँ नेताहरू मात्र होइन, बीपी र चाउएनलाइको सम्बन्धबारे पनि निकै लामो छलफल ग¥यौं । छलफल चलिरहँदा काठमाडौंबाट साथै लगेको ल्यापटप र स्मार्टफोनमार्फत इन्टरनेट छलफल गर्न खोज्दै थिएँ । वाइफाई अन थियो । केही न्युजसाइट खुल्थे तर केही गरे पनि फेसबुक, जिमेल, गुगल, भाइवर, वाट्सअप र एप्स डाउनलोड सफ्टवेर चलिरहेको थिएन । घन्टौँ म त्यसैमा लागिरहेँ । तर सम्भव भएन । विच्याट चल्थ्यो तर मसँग विच्याट आइडी थिएन । भीपीएन टर्बो डाउनलोड गरे फेसबुक, जिमेललगायत सबै चल्छ भन्ने त मलाई पनि थाहा थियो तर त्यो नेपाली भूभागमै गर्नुपर्ने रहेछ । चिनियाँ इन्टरनेट प्रभाव क्षेत्र पुगेपछि त्यो असम्भव नै रहेछ । त्यसैले म फेसबुक, जिमेल र मोबाइल कनेक्सनबिनै केही दिन तिब्बतमा बिताउनेवाला थिएँ । एक मन निकै नरमाइलो भइरहेको थियो । देशविदेशका भर्चुअल साथी मात्र होइन, दैनिक जीवनमा सुखदुखका पर्याय परिवार र साथीभाइसँग पनि म टुट्दै थिएँ । त्यसले मलाई एक प्रकारले कहाली लागेको थियो । बाल्यकालका मेरा दिनहरूजस्तै केही दिन म इन्टरनेट दुनियाँबाट टाढा हुँदै थिएँ । ती दिनहरू म काठमाडौँमै थिएँ तर इन्टरनेट थिएन । दुनियाँमा इन्टरनेट सुरु भइसके पनि त्यो मेरो जीवनमा आइसकेको थिएन । तिब्बतमा इन्टरनेटबिनाका दिनहरूलाई मैले ‘ब्याक टु बाल्यकाल’को रूपमा आत्मसात गरेँ । एउटा अग्र्यानिक अवधि । एक प्रकारको मेडिटेसन नै होला भन्ने सोच्दै मैले आशङ्का गरेँ, ‘काठमाडौंमा केही भइहाले !’ अर्को मनले सोचेँ, ‘म काठमाडौंमै भएर पनि हुनेहुनामी मैले कसरी टार्न सक्छु ? काठमाडौंमै रहँदा पनि कुनै भवितव्य भएल आखिर म एउटा साक्षी मात्र त हुने हुँ ।’

करियर : मिहिनेतीहरूका लागि बैङ्किङ क्षेत्रमा थुप्रै अवसर

0
सपनाको यू टर्न पाउलो कोहेलोका अनुसार मान्छेले देखेको सपना पूरा नहुनुमा एउटा मात्रै चीज हुन्छ, जसले बाधा पुर्याउँछ, त्यो हो डर । त्यही पढेर हो कि हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि पुगेर कविता नै लेखे– मरेपछि पनि सपना देख्न पाऊँ । तर सपना देख्नेहरू कतिको सपना पूरा हुन्छ त कतिको हुँदैन । कोही सपना पूरा नहुँदैमा हार मानेर हतोत्साही भइहाल्छन् । कोही भने एउटा सपना पूरा नभए अर्को सपना देखेरै अगाडि बढ्छन् । त्यसका लागि कोहेलोले भनेजस्तै डर त्याग्ने र आत्मविश्वास जगाउने हिम्मत चाहिन्छ । यस्तै केही मिहिनेती हातहरू पनि छन् हाम्रो समाजमा, जसले एउटा बाटो असफल भए पनि अर्को बाटो समाएर आफ्नो जीवनको लक्ष्य प्राप्तिको दौडमा लागेका छन् । टी स्केलको सपनामा ब्रेक, संन्जित जाेशीलाई बैङ्कले दिलायो पहिचान यस्तै दौडमा रहेका संन्जित  जाेशी पेसाले बैङ्कर हुन् । मेगा बैङ्कका ट्रेड अपरेसन हेड संन्जितले सपना ठूलै देखेका थिए– आर्किटेक इन्जिनियर बन्ने । सायद आज त्यो सपनाको लयले उनलाई साथ दिएको भए उनी अहिले कुनै घर अथवा भवनको आर्किटेक्चर गर्दै हुन्थे होलान् । टी स्केल बोकेर कलेज जाने रहरले कम लखेटेन संन्जितलाई । आईई गर्दा पुल्चोक इन्जिनियरिङ कलेजमै बीई (ब्याचलर अफ इन्जिनियरिङ) त्यो पनि आर्किटेक्चर इन्जिनियरिङ गर्ने सपना थियो उनको । सामान्य परिवारका संन्जितलाई ठूलो रकम खर्चेर प्राइभेट कलेज पढ्ने आँट थिएन । पुल्चोक इन्जिनियरिङ कलेजमा स्कलरसिपमा नाम निकाल्न कस्सिए उनी । युवा जोश थियो, जाँगर थियो, अनि थियो टी स्केल बोक्ने सपना । टी स्केल चलाएर डिजाइन गर्ने सपनामा अचानक ब्रेक लाग्यो, जब बीईको इन्ट्रान्समा उनी फेल भए । सोचेको सबै कहाँ पूरा हुन्छ र ? फ्ल्यासब्याकमा रमाइरहेका उनी अचानक अड्किए । स्केल चलाउन कस्सिएका हात आज साइन गर्ने लयमा आयो । तर पनि खुसी छन् उनी । भन्छन्– भाग्यले यतै लेखेको थियो, त्यसैले यतै डोर्याएर ल्यायो । आर्किटेकको ढोका बन्द भएको अनुभूति गरेका उनी केही निराश पक्कै थिए । तर समय बर्बाद नगरी विषय नै परिवर्तन गरेरै भए पनि पढाइ अगाडि बढाउने सोचेर म्यानेजमेन्ट पढ्ने निर्णय गरे र काठमाडौँ भ्याली कलेज भर्ना भए । पढाइकै सिलसिलामा संन्जितलाई अचानक बैङ्कको जागिरले निम्तो दियो । हिमालयन बैङ्कले कर्मचारीको आह्वान गरेको थाहा पाए । दर्खास्त हालिहाले । जुनियर असिस्टेन्टमा नाम पनि निस्कियो । अब सुरु भयो संन्जितको बैङ्क सपना । अब उनको एउटै लक्ष्य थियो– सफल बैङ्कर बन्ने । बीईको रिजल्ट आएकै दिन आर्किटेक इन्जिनियर बन्ने सपनालाई सेलाइदिएका उनले अब सफल बैङ्करको लक्ष्य हासिल गर्ने अर्को पिलर गाडे । हिमालयन बैङ्कको जागिर सुरु भयो, उनले ब्रान्चमा बसेर काम गर्ने मौका पाए । अहिलेजस्तो पहिले बैङ्कहरूमा केन्द्रीकृत प्रणाली थिएन, सबै सेवा ब्रान्चबाटै हुन्थ्यो । ब्रान्चमा बसेर काम गर्दा संन्जितले बैङ्कका सबै पक्ष (बैङ्किङ पद्धति) बारे सिक्ने राम्रै अवसर पाए । २००३ मा हिमालयन बैङ्कमा प्रवेश गरेका जोशीको २००७ तिर आएर व्यावसायिक जीवनले एउटा लय समात्यो, त्यो थियो ट्रेड बिजनेस । उनले ट्रेड बिजनेसमा काम गर्दा गर्दै यस विषयमा राम्रै ज्ञान आर्जन गरे । सन् २०१० ताका नेपालमा वाणिज्य बैङ्कहरू धमाधम खुल्नेक्रम बढ्न थाल्यो । तत्पश्चात् उनले कमर्स एन्ड ट्रस्ट बैङ्क (सीटीबीएन हाल ग्लोबल आईएमईमा गाभिइसकेकोे छ) मा ट्रेड बिजनेस हेडका रूपमा कार्य गर्ने अवसर पाए । उनी भन्छन्, ‘यदि आफ्नो काम र पेसाप्रति इमानदार हुने र लगनसाथ काम गर्ने हो भने अवसर आउने रहेछ ।’ उनी कामलाई पूजा गर्छन् । काममा यतिसम्म विलीन भए कि उनलाई आफ्नो व्यक्तिगत जीवनको ख्याल नै भएन रे । ईएमबीएसम्मको अध्ययन गरेका संन्जितले कर्जा अनि व्यापार वित्तको क्षेत्रमा विज्ञता नै हासिल गरिसकेका छन् । बैङ्कमा छिरेपछि पछाडि फर्केर हेर्नु नपरे पनि धेरै चुनौतीे सामना गर्नुपर्यो उनले । ती चुनौती सामना गर्न नसकेको भए सायद आज उनी यो स्थानमा पुग्ने थिएनन् । भन्छन्, ‘बैङ्क यस्तो क्षेत्र हो, जहाँ हरेक सेकेन्ड नयाँ–नयाँ चुनौती सामना गर्नुपर्छ । ठूल्ठूला वित्तीय कारोबार हुने भएकाले पनि यसमा ठूलो रिस्क छ । तर आत्मविश्वास, लगन अनि धैर्यका साथ लाग्ने हो भने यो क्षेत्रमा टिक्न असम्भव छैन ।’ धैर्यले नै उनलाई आजको ठाउँ दिएको छ । ललितपुरवासी संन्जित हिमालयन, सीटीबीएन, ग्लोबल आईएमई हुँदै मेगा बैङ्कसम्म आइपुग्दा १६ वर्ष बैङ्कमा बिताइसकेका छन् । उनी भन्छन्, ‘बैङ्किङ प्रणालीमा धेरै नै परिवर्तन भइसकेको छ । नयाँ–नयाँ टेक्नोलोजीको प्रयोगले यो क्षेत्र निकै टफ (कठिन) बनेको छ । बैङ्कमा अवसर पनि छ र चुनौती पनि उत्तिकै छ ।’ नयाँ पुस्ताका लागि एउटा दह्रो उदाहरण बनेका उनी थप्छन्, ‘नयाँ पुस्तामा अलि धैर्य गर्ने बानी कम छ ।’ धैर्यसाथ काम गर्ने हो र यसमै करिअर बनाउने हो भने लगनशील बन्न नयाँ पुस्तालाई सुझाउँछन् । बैङ्क तथा वित्तीय संस्था, इन्स्योरेन्स कम्पनीहरूप्रतिको आकर्षण बढ्दो छ । आकर्षक तलब भत्ता, सहज ऋण, सेयर, बोनसजस्ता सुविधाले यो क्षेत्रप्रतिको आकर्षण बढ्नु स्वाभाविकै पनि हो । अहिले राष्ट्र बैङ्कको नीति नियममा धेरै परिवर्तन भएको छ । राष्ट्र बैङ्कले प्रत्यक्ष निगरानी गर्ने भएकाले हरेक सेकेन्ड सतर्क भएर काम गर्नुपर्ने हुन्छ । बैङ्कमा काम गर्न अब १०–५ को मानसिकता हटाएर आउनुपर्ने उनको तर्क छ । भन्छन्, ‘अहिले बैङ्किङ सर्भिसमा समयको पावन्दी छैन । जतिबेला पनि सर्भिसका लागि तयार हुनुपर्छ ।’ बैङ्किङ क्षेत्र हाइली रेगुलेटेड अनि ट्रान्सप्यारेन्ट हुने भएकाले पनि इमानदार बन्न प्रेरित गरिरहन्छ । साथसाथै सेवा सुविधाले पनि यो क्षेत्रको वैधानिकतामा विश्वास बढी हुने सञ्जित बताउँछन् । आर्किटेक बन्ने संन्जितको सपनामा ब्रेक लागे पनि बैङ्करको छविले सधैं अगाडि बढ्न उनलाई उत्प्रेरित गरेको छ । भन्छन्, ‘बैङ्कले नै नाम, दाम अनि भविष्य पनि दिएको छ ।’ रेडियोमा छिर्न रेडियो सेट फुटाउने शोभा अन्ततः बनिन् बैङ्कर ‘ढाकाटोपी मैलो, धुने बुइनी घर गई, के रमाइलो छ र खै’ यो गीत नसुन्ने कमै होलान् । कमेडी शैलीमा बनेको यो गीतका शब्द, लय अनि भिडियो पनि कमेडियन शैलीमै निर्माण गरिएको थियो । २०६० सालतिरको चर्चित यो गीत अहिले सुन्दा पनि उत्तिकै रमाइलो छ । हरेकको मुखमा झुन्डिएको यो गीतलाई कुमार न्यौपानेले गाएका थिए, जसमा साथ दिएकी थिइन्– शोभा न्यौपानेले । पेसाले बैङ्कर शोभासँगको कुराकानीका क्रममा थाहा भयो उनी त्यो गीतकी गायिका पो रहिछिन् । उनी एकाएक विगत (यही गीतको प्रसङ्ग) मा पुगेर ठोक्किइन् । ग्लोबल आईएमई बैङ्क कीर्तिपुर शाखाकी शाखा प्रबन्धक शोभाले ०५७ सालतिरै रेडियो नेपालबाट स्वर परीक्षासमेत पास गरेकी रहिछन् । त्यो बेला शोभालाई कुमार न्यौपानेले यो गीत गाउने प्रस्ताव ल्याउँदा जीवनको बाटो सुरु भएजस्तै भएको रहेछ । तर, त्यो बाटो अचानक बदलियो, जब उनको विवाह भयो । जीवनको उकाली–ओरालीमा थुप्रै उतारचढाव भोगेकी शोेभाले बारम्बार सपनालाई बदल्नुपर्यो । परिस्थितिले पनि उनको लक्ष्यलाई एकीकृत गर्नबाट वञ्चित गरेको छ । भोजपुरमा जन्मिएकी शोभालाई सानो छँदा रेडियो नेपाल सुन्न खुब मन पथ्र्याे । रेडियोभित्र मानिस कसरी बोल्छन् ? कसरी बस्छन् होला ? यति सानो रोडियोमा मानिस कसरी अटाएका होलान् ? कल्पनाको सागरमा यसरी डुब्थिन् कि उनी आफू त्यही रेडियोभित्र बसेर बोलेको, चुट्किला भनेको अनि गीत गाइरहेकी हुन्थिन् रे । रेडियोमा छिरेर गीत गाउने अनि बोल्ने यति हतारो भएको थियो कि उनले रेडियो नै फोरिदिइन् । रेडियोमा छिर्ने उछालले फोरिएको रेडियोभित्र कोही मानिस थिएनन् मात्र थिए त तार अनि चुम्बक । अचम्ममा परेकी शोभाले हजुरआमाबाट ठूलै सजाय पाइन् । त्यो सजाय उनको जीवनको सबैभन्दा ठूलो आशीर्वाद बनेछ । उनमा एउटा यस्तो भूत सवार भयो कि जसरी पनि रेडियोमा बोल्ने अनि गीत गाएरै छाड्ने । यही सपना पूरा गर्न उनी सामुदायिक वन उपभोक्ता महासङ्घमा आबद्ध भई रेडियो नेपालमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालिन् । यही क्रममा उनले गीत लेख्ने, गाउने कामलाई पनि सँगसँगै अगाडि बढाइन् । ‘जूनतारा’ नामक एल्बम पनि निकालेकी शोभाले सात वर्ष रेडियो नेपालमा बिताइन् । गीत–सङ्गीत अनि पत्रकारिता सँगसँगै गर्दै गरेकी शोभा वास्तवमा राजनीतिज्ञ बन्न चाहन्थिन् रे । भन्छिन्, ‘मेरो नसानसामा राजनीति छ ।’ पत्रकारिताको दौरानमा पनि राजनीतिमा सामेल उनको पारिवारिक पृष्ठभूमि राजनीतिमै थियो । हजुरबुबाले काँग्रेसको राजनीति गर्थे भने पिता हरिप्रसाद न्यौपानेले एमालेको । शोभाको रगतमा पनि राजनीति मिसियो । मीनभवन क्याम्पसमा स्नातकसम्म अध्ययन गर्दा शोभा राजनीतिमा होमिइसकेकी थिइन् । स्ववियु कोषाध्यक्षमा चुनाव लडेकी उनलाई चुनाव जितेको जत्तिको खुसीको क्षण आजसम्म मिलेको छैन रे । भन्छिन्, ‘मेरो नसा–नसामा राजनीति दौडिएको छ । रेडियोमा बोल्ने रहरले गीत–सङ्गीत अनि पत्रकारितासमेत गरेकी शोभा पेसाले बैङ्कर भए पनि राजनीतिले जति केसैले पनि छोएको छैन उनलाई ।’ स्नातकोत्तर गर्न पद्मकन्या क्याम्पस भर्ना हुँदा पनि शोभाको राजनीतिक सक्रियता रोकिएको थिएन । रामकुमारी झाँक्री सहपाठी हुन् उनकी । राजनीतिमै लागिराखेको भए सायद राम्रै स्थान हासिल गरिसक्थिन् होला शोभाले । तर पनि वर्तमान अवस्थालाई लिएर उनलाई कुनै पछुतो छैन । गाँस, बास अनि कपासका लागि पनि जागिरलाई पहिलो प्राथमिकता दिनुपरेकोमा कता–कता नमज्जा त लाग्छ उनलाई तर बैङ्कले आत्मसन्तुष्टि भने दिएको छ । ०६३ सालतिर देशमै सबैभन्दा ठूलो पुँजी लगानीमा स्थापना भएको ग्लोबल बैङ्क (हालको ग्लोबल आईएमई बैङ्क) ले थुप्रै कर्मचारी माग्यो । रेडियो पत्रकारितामा दौडधुप गर्नुपर्ने कहिले कता पुगेको छ, कहिले कता । त्यसमा पनि सामुदायिक वन संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएकाले धेरै समय बाहिरै हिँड्नुपर्ने । राजनीति गर्न पनि सहज थिएन । भर्खरै विवाह भएकाले १०–५ को जागिर गरे हुने भन्ने परिवारको आग्रह । मीनभवन क्याम्पसबाट व्यवस्थापनमै स्नातक गरिसकेकी शोभाले बैङ्कमा जागिर खुलेको थाहा पाएर दर्खास्त दिइन् । काम गर्ने निश्चित समय, आकर्षक तलब–भत्ता, बोनसले यो क्षेत्रमा आकर्षित नहुने कुरै भएन । परिवारकै लागि बैङ्किङ जीवन अँगाल्ने निर्णय गरिन् शोभाले । व्यवस्थापन पढेकाले यसमा उनलाई नाम निकाल्न सहज भयो । नाम त निस्कियो तर ट्रेनी एसिस्टेन्टमा । त्यो जागिर खानु न ओकल्नु भयो उनलाई । बैङ्कमा जागिर खानलाई अन्यत्र काम गर्न नपाउने भएकाले उनले रेडियोको जागिर छाडिसकेकी थिइन् तर बैङ्कमा त्यतिबेला उनको तलब जम्मा तीन हजार मात्र रहेछ । ट्रेनिङको समयमा थोरै तलब हुने भएकाले चित्त बुझाउँदै काम सुरु गरिन् । ६ महिनामै स्थायी भएकी शोभा जुनियर असिस्टेन्टबाट डब्बल प्रमोसन खाएर सिनियर असिस्टेन्ट बनिन् । मार्केटिङ, क्रेडिट एडमिनिस्ट्रेसन हुँदै हाल कीर्तिपुर शाखाकी शाखा प्रबन्धक छिन् शोभा । बैङ्कले जीवनमा आर्थिक रूपमा सबल हुन मद्दत गर्यो उनलाई । नाम पनि दियो । शाखामा रहेर काम गर्दा ग्राहकहरूबाट आउने सकारात्मक प्रतिक्रियाले थप ऊर्जा प्रदान गर्छ उनलाई । दुई पटकसम्म शाखाको नेतृत्व सम्हाल्ने मौका पाएकी शोभाले धेरै ग्राहकको माया कमाएकी छन् । र भन्छिन्, ‘व्यावसायिक जीवनमा सबैभन्दा ठूलो खुसी ग्राहकको सकारात्मक प्रतिक्रिया नै हो । अहिले उनको समयको कुनै रेखा छैन । १०–५ को जागिर गर्न आएकी शोभा कहिलेकाहीँ आठ–नौ बजेसम्म पनि खट्छिन् । भन्छिन्, ‘आफ्नो पेसा र ग्राहकको सेवामा इमानदारीसाथ समर्पित हुनु मेरो धर्म हो ।’ सरकारी अफिसर बन्न हिँडेका गोकुललाई बैङ्किङ ग्ल्यामरले तान्यो  नेपालका सरकारी कार्यालयमा कार्यरत उच्च तहदेखि तल्लो तहसम्मका कर्मचारीको तथ्याङ्क हेर्ने हो भने ९५ प्रतिशतभन्दा बढी गाउँले परिवेशबाट आएकाहरू नै भेटिन्छन् । पहिले गाउँघरतिर एसएलसीसम्मको पढाइ सकेर सहर पढ्न जाने अनि सरकारी जागिर गर्ने ट्रेन्ड उच्च थियो । राजु लामाको एउटा चर्चित गीत नै छ– ‘तिम्रो छ र के भर खोजी आऊ पहिले सरकारी जागिर’ । सरकारी जागिर गर्नेहरू प्रतिष्ठित व्यक्तिमा गनिन्थे । धेरैको सपना सरकारी जागिरे बन्ने हुन्थ्यो । यस्तै सरकारी अफिसर बन्ने सपना बोकेर पोखरा झरेका एक व्यक्ति हुन्– गोकुल लम्साल । स्याङ्जा स्थायी घर भएका गोकुल २०५२ सालतिर एसएलसी सकेर पोखरा पुगेका थिए उच्च शिक्षा हासिल गर्ने अनि सरकारी अफिसर बन्ने भन्दै । सानातिना काम गरेरै भए पनि क्याम्पसको पढाइ खर्च धाने गोकुलले । अफिसरको सपना जुन पूरा गर्नु थियो उनलाई, त्यसैले उनले पढाइलाई पहिलो प्राथमिकता दिए । गोकुल निकै मिहिनेती थिए । कहिले पाँच सय तलबमै स्कुल पढाए त कहिले होटल तथा रेस्टुराँमा काम गरे । पाँच सय तलबबाट जागिर सुरु गरेका गोकुलले आज एउटा बैङ्करको छवि बनाउन सक्छु भन्ने कहिल्यै सोचेका थिएनन् । थुप्रै होटल अनि रेष्टुराँमा क्यासियरको काम गरेका गोकुललाई यो क्षेत्रको टिप्सले नलोभ्याएको पनि होइन । तर, उनको सपना थियो– सरकारी अफिसरको । उनले नेपाल टेलिकम भैरहवामा कर्मचारीको आह्वान भएको थाहा पाएर आवेदन दिन भैरहवा पुगे । अचानक परीक्षा केन्द्रमा आफ्नै दाजु भेटे । दाजु काठमाडौंबाट त उनी पोखराबाट टेलिकमको परीक्षा दिन पुगेका थिए । आश्चर्यमा परेका दाजुले दाजुभाइ सँगै काठमाडौं बसेर काम गर्ने आग्रह गरेपछि नाइँ भन्न नसकी काठमाडौं हानिए गोकुल । परीक्षा केन्द्रमा भएको दाजुसँगको भेटले गोकुलको जीवनको मोड बदलिदियो । सरकारी जागिर गर्ने सपनालाई भैरहवातिरै छाडेर काठमाडौं आए गोकुल । काठमाडौंको बानेश्वर चोकमा स्ट्यान्डर्ड चाटर्ड अनि एभरेस्ट बैङ्कको भवन, टाइसुटमा सजिएका कर्मचारी, भित्र चिल्लो भुइँ अनि १८ महिनाको तलब खाने बैङ्कका कर्मचारी । यस्ता कुराले बैङ्किङ जागिर उनको सपना बन्न थाल्यो । भन्छन्, ‘अहिलेजस्तो अवसर कहाँ थियो र त्यो बेला । अहिले थुप्रै बैङ्क तथा वित्तीय संस्था खुलेका छन् । प्रविधिले बैङ्कलाई हातहातमा ल्याइदिएको छ । कर्मचारीको थुप्रै आवश्यकता पर्छ । मिहिनेत गर्नेका लागि थुप्रै अवसर छ ।’ काठमाडौं आएपछि पनि उनको सङ्घर्ष रोकिएन । एक कार्पेट फ्याक्ट्रीमा सुपरभाइजरको जागिर पाएका गोकुलले १२ वर्ष त्यहीँ बिताए । भन्छन्, ‘बिहेपश्चात् फ्याक्ट्रीको काम गरेर फर्कंदा धुलैधुलो देखेर होला श्रीमतीले जागिर छोडे हुने भन्न थालिन् ।’ श्रीमतीलाई खुसी पार्न गोकुलले कर्पोरेट सेक्टरतिरै काम गर्ने निर्णय गरे र विभिन्न बैङ्क तथा फाइनान्समा आवदेन दिन थाले । गोकुलले सूर्य दर्शन फाइनान्समा फाइनान्स हेडका रूपमा काम पाए । अब उनको कर्पोरेट यात्रा सुरु भयो । सूर्य दर्शन फाइनान्स, जेनिथ फाइनान्स हुँदै प्रभु बैङ्कका सेन्ट्रल वेस्ट रिजनका डेपुटी हेड गोकुलको सपनाले सार्थकता बल्ल पाएको छ । चिल्लो भुइँ, टाइसुट अनि १८ महिनाको तलब, भत्ता, बोनस । फाइनान्समा रहँदा थुप्रै काम सिक्ने अवसर पाएका गोकुललाई बैङ्कमा काम गर्न सजिलो भयो । भन्छन्, ‘बैङ्क एउटा चुनौती हो । मैले पार गर्दै आइरहेको छु ।’ भनिन्छ, “मार्केटमा जाने मान्छे कहिल्यै पनि भोको बस्नुपर्दैन ।” यस्तै भन्छन् गोकुल । बैङ्किङमा मार्केटिङलाई चुनौतीका रूपमा लिएका उनले राम्रै पीआर बटुलेका छन् । र त बैङ्कले भनेजस्तो अफर गर्छ उनलाई । गोकुलको अनुभवले बैङ्क बाहिर देख्दा जति ग्ल्यामरस छ, भित्र उत्ति नै चुनौतीपूर्ण भएको ठानेका छन् । २०१४ मा प्रभु बैङ्कमा जेनिथ फाइनान्स गाभिँदा उनको आत्मविश्वासले शिखर चुमेको थियो रे । डेडिकेसन अनि कन्टिन्युटीले यहाँसम्म ल्याएको उनी बताउँछन् । गोकुल नयाँ पुस्तामा डेडिकेसनको कमी अनि कन्टिन्युटी नदिने प्रवृत्ति बढी देख्छन् । भन्छन्, ‘नयाँ पुस्ताका लागि थुप्रै अवसर छ बैङ्किङमा । ट्रेन म्यानपावरको कमी अनुभूति गरेका गोकुल नयाँ पुस्तालाई टेक्निकल बन्न सुझाउँछन् ।’ भनिन्छ, ‘प्राइभेट सेक्टरमा आउने टाइम निश्चित छ तर फर्कने समय अनिश्चित छ ।’ यो भनाइ बैङ्किङ क्षेत्रमा पनि लागू हुन्छ, त्यसैले अब १०–५ को मानसिकता त्याग्नुपर्ने गोकुलको भनाइ छ । गोकुल भन्छन्, बैङ्क पेपरमा बुझेजस्तो सहज छैन । दृढ इच्छाशक्ति र समर्पण लिएर काम गर्ने हो भने सफलता अगाडि नै छ ।

सागामा कल्याणीलाई हाइले हान्यो

0
‘गुड मर्निङ’, गाडी चढ्न लाग्दा मैले यात्रीहरूलाई भनेँ । तर एउटा कुकुरलाई ‘गुड मर्निङ टाइम’ भइसकेको रहेनछ । काठमाडौंका कुकुरजस्तै ऊ पनि सडकमा मस्तसँग घोप्टो परेर सुतिरहेको थियो । केरुङको होटलमा नेपालकै किचेन ब्वाइहरूले तयार पारेको ब्रेकफास्ट खाएर सागातिर हिँड्नै लाग्दा सुरुमै एउटा नौलो दृश्य देखियो । एकजना ड्राइभर छतविनाको ट्याम्पु लिएर भित्री सडकबाट मुख्य सडकतिर मोडिइरहेको थियो । मङ्गोल अनुहारको त्यो ट्याम्पु ड्राइभरले जुँगा काटेको र दाह्री पालेको थियो । तिब्बत भन्नासाथ बुद्धिस्ट भूमि सम्झन्थेँ म, होइन रहेछ । तिब्बतीहरू मुस्लिम पनि रहेछन् । हाम्रो गाडी निरन्तर अघि बढ्दै थियो । बाटोवरिपरि अग्ला झ्याप्प परेका हरिया रूख र घाँस थिए भने आकाशमा बादलका टुक्राटाक्री बालबालिकाझैँ खेलिरहेको थिए । हाम्रा सबै गाडी पेट्रोलपम्प परिसरभित्र पसे । भटाभट तेल हालेर फेरि कुद्न थाले । हामी तिब्बतीयन गीत सुन्दै झन्डै–झन्डै अर्कै भूगोलमा पुग्यौँ । त्यहाँ अघि भर्खर देखेका जस्ता धुपीका बोट थिएनन् । अघिका अग्ला रूख थिएनन् । अघिको जस्तो हरियाली थिएन । हामी जति माथि जाँदै थियौँ, बिस्तारै रूखहरू होचा हुन थालेका थिए । रूख र घाँस पातलिँदै थिए । तर जाडो भने बेस्सरी बाक्लिसकेको थियो । एकाध घन्टामै परिवेश पूरै अर्को भयो । हामी हिमालयन डेजर्टमा पुगिसकेका थियौं । मानव वा कृत्रिम प्रयासबाट रोपिएका अपवाद बिरुवाबाहेक त्यहाँ कुनै हरियाली थिएन तर संसारको सिङ्गो छानो मानिसजस्तै जीवन्त थियो । पहाडहरू एकापसमा कुरा गर्दै गरेका त थिएनन्, त्यहाँ ? खैरो रङका पहाडकै पार्टपुर्जाजस्ता लाग्ने स–साना तर मानिस नबसेका इँट्टा आकारका भुइँतले घरहरू छेउमा गाडी रोकेर बाहिर निक्लँदा हावाको आवाज कानैभरि गुञ्जियो । उसको चीसोले छालामा काँडा पनि उमारिहाल्यो । हामीले भने शङ्ख फुकेर त्यहाँका माटाका अजङ्गका थुप्राजस्ता पहाडहरूसँग संवाद ग¥यौं । हावाबीच शङ्खको ध्वनि पहाडमा मात्र होइन, आकाशभरि फैलियो । मन चङ्गा भयो । त्यो उडेर मानसरोवर पुग्दै थियो । त्यसभन्दा माथि कैलाश पुग्दै थियो । ‘ऊँ नम शिवाय’, सबले एक स्वरमा भने । त्यो ध्वनिको भाइब्रेसनमा जाडोले छालामा उमारेका रौंहरू अझ ठाडा भए । अलि अघिसम्म सडककै फेदमा जोडजोडले झर्दै गरेको खोला माथि आइपुग्दा ध्यानमग्न शैलीमा बगिरहेको थियो । पहाडहरू अनेक आकृति र भावनाका देखिन्थे । गीतहरू बदलिँदै जान्थे । पहाडहरू उस्तैउस्तै भए पनि बदलिएका गीतसँगै बदलिँदै थिए । तिब्बतको पठार सुरु भइसकेको थियो । पठारैपठार एकै पटक सयौँ पहाडहरू देखिने त्यो उच्चभूमिमा हामी सयौँ किलोमिटर कुदिसकेका थियौँ । बाटाका हरेक पोल, पटक पटक आइरहने बडेमानका गेट, बीचबीचमा आउने ससाना बजार र बस्तीका घरहरूमा निसङ्कोच चिनियाँ झन्डा फहराइरहेको देख्दा एक छिनलाई तिब्बत नभएर मेनल्यान्ड चीन नै गएजस्तो लाग्यो । के केही वर्षपछि पनि तिब्बतले आफ्नो पहिचान जोगाइराख्न सक्ला ? आधुनिकताले ‘चीन’मा रूपान्तरित हुँदै गएको ‘तिब्बत’लाई ड्राइभरपछाडिको सिटबाट अगाडिको सिसालाई टाउकाले छुँलाजस्तै गरी म आँखाभरि कैद गर्दै थिएँ । छिनछिनमा चेकिङ । चेकिङका चेकिङ । चाइनिज चेकिङ तर चेकिङ झन्झटिलो थिएन । हामीसँगको गाइड चेकिङ प्वाइन्टमा जान्थ्यो । आवश्यक कागजात देखाउँथ्यो र काम भइहाल्थ्यो । चेकिङ प्वाइन्टमा खटिएका कतिपय सेक्युरिटीले यात्रीहरूलाई सलाम ठोकेर बिदाइ गरेको देखेँ । सेक्युरिटी भनेको शासन होइन, सेवा हो भन्ने व्यवहार थियो त्यो । थपक्क बसेर ध्यान गरिरहेकाझैँ लाग्ने सविनय पहाडहरूमा सिनित्त परेको सडक लगातार उकालिन थाल्यो । हामी कोङतला पुग्यौं । समुन्द्री सतहबाट ५२३६ मिटर उचाइकोे कोङताला कैलाश यात्राको पहिलो हाइपास थियो । सरदर ३००० मिटरको केरुङबाट एकाध घन्टामै हामीले २२३६ मिटरको उचाइ थपिसकेका थियौं । यात्रीहरूमा कैलाश र मानरोवरप्रतिको आस्था थियो तर त्यो आस्थामा उचाइले चुनौती दिइरहेको थियो । उत्साहमा ‘हाइ’ले हान्ने त होइन भन्ने आशङ्का मिसिएको उनीहरूको अनुहारमा प्रस्ट देखिन्थ्यो । काठमाडौंबाट केरुङसम्म आउँदाको हल्ला र होहल्ला निकै सुस्त भइसकेको थियो । उनीहरू ‘ऊँ नम शिवाय’ मन्त्र पटक पटक दोहोर्याइरहेका थिए । तर मन्त्रोच्चारण पनि शिथिल ध्वनिमा परिणत भइसकेको थियो । मेरो टाउकोमा पनि कुनै अन्जान किराले कुटुकुटु खाइरहेको थियो । सायद त्यो कुटुकुटु ‘हाइ’ले मसँग जोरी खोजेको सङ्केत थियो । शरीर एकतमासको भइरहेका थियो । त्यसलाई मैले मनदेखि दबाइदिएँ । त्यसपछि बाँकी केही थियो भने, त्यो उचाइको उत्साह थियो । उचाइको बेहिसाब उमङ्ग थियो । कोङतालामा एक छिन सबै गाडी रोकिए । त्यहाँ कुहिरोजस्ता हिउँ फिसफिस झरिरहेका थिए । प्रशस्त पानी पिएकाले लघुशङ्काले सताइरहेको थियो । मैले त्यहाँ हतारहतार लघुशङ्कासँगै एक खिल्ली चुरोटको तन्काएँ । त्यसपछि अर्को काम पनि फत्ते गर्नु थियो । त्यसमा पनि किन ढिलाइ गर्नु भनेर कोङतालाको दुई–चार स्न्याप लिइहालेँ । एकाध आफ्नै फोटो खिचिदिन एकजना यात्रीलाई अह्राएँ । उसले मेरो फोटो खिचिदियो । मैले पनि सट्टामा उसको फोटो भटाभट खिचिदिएँ । सडकका दुवै किनारका बुद्धिस्ट झन्डाहरूले कोङताला रङ्गीन थियो । पञ्चतत्व मिसिएकोे विशेष रङले कोङताला रङ्गीन हुँदाको रमाइलो मनमा बोकेर हामी सडकसँगै अलि तलतल लाग्यौँ । केही तल झरेपछि फाँटैफाँटबीचको फाँटमा गाडीहरू रोकिए । सहयात्री बालाले सडकमा सुतेर हामीहरूको फोटो खिच्न थाल्यो । फोटोमा कोङतालालाई टाँगमुनि पार्ने गरी हामी पनि उफ्रियौं । एउटा खास उचाइ प्राप्त गरेको खुशीको उफ्राइ थियो त्यो । मेरो क्यामरा मैले विमलजीलाई दिएँ । बाला र म हात समातेर फेरि उफ्र्यौँ । हाम्रो ड्राइभर पनि कोङतालालाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्दै थियो । मैले उसले सेल्फी लिइरहेको फोटो खिचेँ । उसलाई त्यो फोटो देखाउँदा जसरी पनि त्यो फोटो उसको विच्याटमा पठाइदिन इसारा ग¥यो । मैले काठमाडौं गएर विच्याट एकाउन्ट खोलेर पठाइदिन्छु भनेँ । काठमाडौं फर्केपछि मैले उसको त्योे मात्र नभएर उसका अनेक फोटा उसको विच्याटमा पठाइदिएँ । उसलाई अङ्ग्रेजी, हिन्दी र नेपाली आउँदैन थियो । मलाई तिब्बतीयन वा चाइनिज आउँदैनथ्यो । हामीले फोटोफोटोमै र सङ्केतमा पछिसम्म कुरा गर्ने गरिह्यौं । बाटा छेउछाउ र बाटैमा पनि असङ्ख्य भेडाहरू देखिए । पठारका असङ्ख्य भेडा टाढाबाट ससाना सेता ढुङ्गाजस्ता देखिन्थे । बथानका बथान चौँरी पनि देखिए । ती चाहिँ अलि ठूला ढुङ्गाजस्ता देखिन्थे । नजिक आइपुग्दा ती प्रिय सुधाहरूमा प्रकृतिको अचम्मको सौन्दर्य सामान्य रूपमा समेत अनुभव गर्न सकिन्थ्यो । गाडीको हर्न सुनेपछि उनीहरू दौडेको दृश्यले मन अलौकिक भयो । गाडी र गीत गतिमान थिए । हामी ४६४० मिटरमा रहेको सागा पुग्यौं । रात त्यहीँ बिताउनु थियो । रूखहरू थिएनन् तर सामान्य उचाइका पहाडहरू थिए । स्थानीय पहाडजस्तै अग्ला लाग्ने एकाध ठुल्ठुला होटल र सरकारी कार्यालय थिए । जताततै टाँगिएको चिनियाँ झन्डाले सागा रातो देखिन्थ्यो । होटल पुगेलगत्तै कल्याणी एक्कासि बिरामी भई । उसलाई लहरे खोकी सुरु भयो । खोकेको खोक्यै गर्न थाली । छाती पनि उत्तिकै दुख्न थालेछ । वातावरण अप्रिय भयो तर आत्तिएर मात्र केही हुनेवाला थिएन । हामीले तिब्बतीयन गाइडलाई बोलायौं र गाडीमा कल्याणीलाई हालेर नजिकैको मेडिकल गयौँ । सेतो कोट लगाएकी सेतै अनुहारकी केटीले तत्कालै काली कल्याणीलाई जाँची तर औषधी दिइन । बरु तत्कालै सरकारी अस्पताल जान सल्लाह दिई । त्यसपछि ऊ इयरफोनमा झुन्डिएर ठुल्ठुलो स्वरमा कसैसँग कुरा गर्न थाली । हामी झन्डै आधा किलोमिटर परेको सरकारी अस्पताल गयौं । अस्पतालपरिसर शून्य थियो । सफा थिएन । भुइँतलामा चाइँचुइँ केही सुनिएन । त्यहाँ कोही पनि थिएन । पहिलो तलामा भ¥याङछेउको सिसाले बेरिएको कोठामा दुइटी केटी रहेछन् । उनीहरूलाई बिरामीको अवस्था बताएपछि छेउको अर्को कोठाको बेडमा लगे । बेडमा आराम गर्न भने तर उपचारका अरू सुरसार केही गरेनन् । डाक्टर डिनर खान गएको र केही मिनेटमा आइपुग्ने बताउँदै कुर्न भने । बेडमा पल्टेकी कल्याणीलाई दुईजना तिब्बतीयन गाइडलगायत हामी सबैले घेरेर बसेका थियौं । कल्याणी रोइरहेकी थिई । ‘सरी ! मैले गर्दा तपाईंहरूले दुःख पाउनुभयो’, त्यति भन्दै ऊ अझ बढी रुन थाली । ‘यस्तो कुरा नगर । साथी चाहिने यस्तै बेलामा त हो’ भन्दै हामीले उसलाई ढाडस दियौं । एक छिनमा एउटा केटो सेतो कोट हातमा लिएर आइपुग्यो र कोट लगाउँदै कल्याणीलाई जाँच्यो । उसले चाहेको औषधी अस्पतालमा रहेनछ । स्टाफ केटीलाई किन्न पठायो र उपचारका अरू विधि सुरु ग¥यो । एक छिनमा औषधी पनि आयो । झन्डै एक–डेढ घन्टाको उपचारपछि ऊ ठीक भइहाली । उपचार र औषधि दुवै निःशुल्क थियो । हामी होटल फक्र्यौं । होटलमा मेरा लागि ८१०२ नम्बरको कोठा तयार थियो । फेरि पनि शुभाङ्क थियो त्यो । त्यसैले पनि होला, कोठामा निकै शानदार फ्ल्याट स्क्रिनवाला टिभी रहेछ । टिभीको महत्व किन थियो भने त्यो दिन फिफा वल्र्डकप २०१८ को फाइनल डे थियो । फाइनलमा दुई युरोपियन मुलुक फ्रान्स र क्रोएसिया भिड्दै थिए । यता नेपालमा बेलुकीको ८:४५ हुँदा चिनियाँ समय अनुसार रातको ११ बजे फाइनल सुरु हुन्थ्यो । सुरु हुनै लाग्दा टिभी खोल्यौं । तर फुटबल आउने च्यानल खोज्दा भेटिएन । रिसेप्सनमा कल ग¥यौं । एकाध मिनेटपछि एउटी केटी कोठामा आई । निकै बेर लगाएर बल्लबल्ल फुटबलवाला च्यानल लगाई । संयोग पनि कस्तो भने जब उसले फुटबल च्यानल लगाई, पहिलो नजरमै गोल भयो । त्यो फिफा वल्र्डकप २०१८ फाइनलको पहिलो गोल थियो । फ्रान्सले उपहार पाएको गोल । क्रोएसियाका खेलाडीद्वारा आफ्नै पोस्टमा भएको आत्मघाती गोल । सुरुबाटै भाग्यमानी सावित फ्रान्सले क्रोयएसियालाई ४–२ को गोल अन्तरले हरायो । पहिलो पटक तिब्बतमा मैल फिफा वल्र्डकप फाइनल हेरें । त्यो मैले नेपालबाहिर रहेर हेरेको पहिलो फिफा वल्र्डकप फाइनल थियो । त्यसैले म जहिल्यै सागा सम्झन्छु, वल्र्डकप २०१८ पनि सम्झन्छु । वल्र्डकप २०१८ सम्झे, तिब्बतको सागा सम्झन्छु । फ्रान्स सम्झन्छु र क्रोयसिया पनि । फुटबल हेरिरहँदा आँखा रसियामा पुगेको थियो भने शरीर र टाउको दुवै एकाएक काठमाडौंमै भएजस्तो नर्मल भएको थियो । फुटबलको शक्ति ! फुटबल त ‘हाइ’को अचुक औषधि पो रहेछ । ‘हाइ’ लाग्नुका धेरै कारणमध्ये मनोविज्ञान पनि एउटा हो । साँच्चैको खुट्टा तिब्बतको सागामा भए पनि मनको खुट्टा रसियाको मैदानमा गुडिरहेको फुटबलसँगै दौडिरहेको थियो ।

रूसद्वारा अहिलेसम्मकै विशाल सैन्य अभ्यास सुरु

0
चिता– रूसले मङ्गलबार अहिलेसम्मकै सबैभन्दा विशाल सैन्य अभ्यास शुरु गरेको छ ।  लाखौँ सैनिकले एकैसाथ गरिएको उक्त अभ्यासमा तीन लाख सेना, ३६ हजार सैनिक गाडी, ८० पानीजहाज र एक हजार विमान, हेलिकोप्टर तथा मानवरहित युद्धक विमान सहभागी हुनेछन् ।  अभ्यासमा तीन हजार ५०० चिनियाँ सेनालेसमेत भाग लिएका छन् । रूस र चीन सहभागी विशाल सैन्य अभ्यास गरिने सूचनासँगै उत्तर एटलान्टिक सन्धि संगठन ९नेटो०ले सैन्य अभ्यासलाई ‘विशाल द्वन्द्व’ को अभ्यास भन्दै यसको आलोचना गरेको छ ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त विशाल सैन्य अभ्यासलाई प्रत्यक्ष रुपमा अवलोकन गर्ने भएका छन् । रूसले सुदूरपूर्वी शहर भ्लादिभोस्टोकमा आयोजना गरेको भोस्टोक–२०१८ नाम दिइएको चिनियाँ राष्ट्रपति लगायतका विश्व नेताहरू सहभागी हुने आर्थिक सम्मेलनमा सहभागिता भएपछि राष्ट्रपति पुटिनले सैनिक अभ्यासको अवलोकन गर्नेछन् । रूसी रक्षामन्त्रीले विशाल सैन्य अभ्यास शुरु हुनुपूर्व नै तयारी अवस्थामा राखिएका सैनिक गाडी, जहाज, हेलिकोप्टर र पानी जहाजको भिडियो दृष्यलाई सार्वजनिक गरेका थिए ।  यसैबीच रूसको चीनसँग बढ्दो निकट सम्बन्धको सम्मेलनका अवसरमा भाग लिन रूस पुगेका चिनियाँ राष्ट्रपतिसँगको भेटमा ाराष्ट्रपति पुटिनले मुक्त कण्ठले प्रशंसा गरेका छन् । ‘हामीबीच राजनीतिक, सुरक्षा तथा रक्षा क्षेत्रमा विश्वासिलो सम्बन्ध रहेको छ,’ रूसी राष्ट्रपतिले भने ।  उक्त अवसरमा चीनका राष्ट्रपति सीले दुई मुलुकबीचको मित्रता सबै समय मजबुत रहेको बताएका छन् । मङ्गोलियाली सैनिकले पनि सहभागिता जनाउने उक्त सैन्य अभ्यासको नेटोले ‘विशाल द्वन्द्व’को अभ्यास भनी आलोचना गरेको छ । सैन्य अभ्यास रूसले पश्चिमी मुलुकका गतिविधिमाथि हस्तक्षेप गरेको भन्ने बिषयमा मस्कोमाथि आरोप लगाइएको र उनीहरूबीच तनाब बढेको बेला आयोजना गरिएको छ । पश्चिमा राष्ट्रहरूले यूक्रेन र सिरिया रूसी हस्तक्षेपको पनि आलोचना गरिरहेका छन् । रूसी सेनाले सैन्य अभ्यासलाई सन् १९८१ मा सोभियत सङ्घले गरेको करिब एक लाख ५० हजार सैनिक सहभागी जापड–८१ ९वेस्ट–८१० को विशाल युद्धअभ्याससँग तुलना गरिएको छ ।  रक्षामन्त्री सेर्गेइ सोइगुले अहिलेको सैन्य अभ्यास त्योभन्दा अझ विशाल भएको बताए ।  राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले नेटोद्वारा देखाएको चासोप्रति खण्डन गर्दै यो नियमित सैन्य क्षमता विकासका लागि गरिएको बार्षिक अभ्यास भएको मङ्गलबार बताएका छन् । यी महत्वपूर्ण अभ्यास पक्कै हुन् तर यी सेना क्षमता विकासका लागि गरिने बार्षिक कार्यक्रम मात्रै हुन्, पेस्कोभले सञ्चारकर्मीसँग बताए ।  पेस्कोभले यस पहिले रूसले अन्तराष्ट्रिय अवस्थालाई मध्यनजर राख्दै गर्न लागेको विशाल सैन्य अभ्यास जायज भएको दावी गरेका थिए ।–एएफपी