‘गुड मर्निङ’, गाडी चढ्न लाग्दा मैले यात्रीहरूलाई भनेँ । तर एउटा कुकुरलाई ‘गुड मर्निङ टाइम’ भइसकेको रहेनछ । काठमाडौंका कुकुरजस्तै ऊ पनि सडकमा मस्तसँग घोप्टो परेर सुतिरहेको थियो ।
केरुङको होटलमा नेपालकै किचेन ब्वाइहरूले तयार पारेको ब्रेकफास्ट खाएर सागातिर हिँड्नै लाग्दा सुरुमै एउटा नौलो दृश्य देखियो । एकजना ड्राइभर छतविनाको ट्याम्पु लिएर भित्री सडकबाट मुख्य सडकतिर मोडिइरहेको थियो । मङ्गोल अनुहारको त्यो ट्याम्पु ड्राइभरले जुँगा काटेको र दाह्री पालेको थियो । तिब्बत भन्नासाथ बुद्धिस्ट भूमि सम्झन्थेँ म, होइन रहेछ । तिब्बतीहरू मुस्लिम पनि रहेछन् ।
हाम्रो गाडी निरन्तर अघि बढ्दै थियो । बाटोवरिपरि अग्ला झ्याप्प परेका हरिया रूख र घाँस थिए भने आकाशमा बादलका टुक्राटाक्री बालबालिकाझैँ खेलिरहेको थिए । हाम्रा सबै गाडी पेट्रोलपम्प परिसरभित्र पसे । भटाभट तेल हालेर फेरि कुद्न थाले । हामी तिब्बतीयन गीत सुन्दै झन्डै–झन्डै अर्कै भूगोलमा पुग्यौँ । त्यहाँ अघि भर्खर देखेका जस्ता धुपीका बोट थिएनन् । अघिका अग्ला रूख थिएनन् । अघिको जस्तो हरियाली थिएन । हामी जति माथि जाँदै थियौँ, बिस्तारै रूखहरू होचा हुन थालेका थिए । रूख र घाँस पातलिँदै थिए । तर जाडो भने बेस्सरी बाक्लिसकेको थियो । एकाध घन्टामै परिवेश पूरै अर्को भयो ।
हामी हिमालयन डेजर्टमा पुगिसकेका थियौं । मानव वा कृत्रिम प्रयासबाट रोपिएका अपवाद बिरुवाबाहेक त्यहाँ कुनै हरियाली थिएन तर संसारको सिङ्गो छानो मानिसजस्तै जीवन्त थियो । पहाडहरू एकापसमा कुरा गर्दै गरेका त थिएनन्, त्यहाँ ? खैरो रङका पहाडकै पार्टपुर्जाजस्ता लाग्ने स–साना तर मानिस नबसेका इँट्टा आकारका भुइँतले घरहरू छेउमा गाडी रोकेर बाहिर निक्लँदा हावाको आवाज कानैभरि गुञ्जियो । उसको चीसोले छालामा काँडा पनि उमारिहाल्यो ।
हामीले भने शङ्ख फुकेर त्यहाँका माटाका अजङ्गका थुप्राजस्ता पहाडहरूसँग संवाद ग¥यौं । हावाबीच शङ्खको ध्वनि पहाडमा मात्र होइन, आकाशभरि फैलियो । मन चङ्गा भयो । त्यो उडेर मानसरोवर पुग्दै थियो । त्यसभन्दा माथि कैलाश पुग्दै थियो ।
‘ऊँ नम शिवाय’, सबले एक स्वरमा भने । त्यो ध्वनिको भाइब्रेसनमा जाडोले छालामा उमारेका रौंहरू अझ ठाडा भए । अलि अघिसम्म सडककै फेदमा जोडजोडले झर्दै गरेको खोला माथि आइपुग्दा ध्यानमग्न शैलीमा बगिरहेको थियो । पहाडहरू अनेक आकृति र भावनाका देखिन्थे । गीतहरू बदलिँदै जान्थे । पहाडहरू उस्तैउस्तै भए पनि बदलिएका गीतसँगै बदलिँदै थिए ।
तिब्बतको पठार सुरु भइसकेको थियो । पठारैपठार एकै पटक सयौँ पहाडहरू देखिने त्यो उच्चभूमिमा हामी सयौँ किलोमिटर कुदिसकेका थियौँ ।
बाटाका हरेक पोल, पटक पटक आइरहने बडेमानका गेट, बीचबीचमा आउने ससाना बजार र बस्तीका घरहरूमा निसङ्कोच चिनियाँ झन्डा फहराइरहेको देख्दा एक छिनलाई तिब्बत नभएर मेनल्यान्ड चीन नै गएजस्तो लाग्यो । के केही वर्षपछि पनि तिब्बतले आफ्नो पहिचान जोगाइराख्न सक्ला ? आधुनिकताले ‘चीन’मा रूपान्तरित हुँदै गएको ‘तिब्बत’लाई ड्राइभरपछाडिको सिटबाट अगाडिको सिसालाई टाउकाले छुँलाजस्तै गरी म आँखाभरि कैद गर्दै थिएँ ।
छिनछिनमा चेकिङ । चेकिङका चेकिङ । चाइनिज चेकिङ तर चेकिङ झन्झटिलो थिएन । हामीसँगको गाइड चेकिङ प्वाइन्टमा जान्थ्यो । आवश्यक कागजात देखाउँथ्यो र काम भइहाल्थ्यो । चेकिङ प्वाइन्टमा खटिएका कतिपय सेक्युरिटीले यात्रीहरूलाई सलाम ठोकेर बिदाइ गरेको देखेँ । सेक्युरिटी भनेको शासन होइन, सेवा हो भन्ने व्यवहार थियो त्यो ।
थपक्क बसेर ध्यान गरिरहेकाझैँ लाग्ने सविनय पहाडहरूमा सिनित्त परेको सडक लगातार उकालिन थाल्यो । हामी कोङतला पुग्यौं । समुन्द्री सतहबाट ५२३६ मिटर उचाइकोे कोङताला कैलाश यात्राको पहिलो हाइपास थियो । सरदर ३००० मिटरको केरुङबाट एकाध घन्टामै हामीले २२३६ मिटरको उचाइ थपिसकेका थियौं ।
यात्रीहरूमा कैलाश र मानरोवरप्रतिको आस्था थियो तर त्यो आस्थामा उचाइले चुनौती दिइरहेको थियो । उत्साहमा ‘हाइ’ले हान्ने त होइन भन्ने आशङ्का मिसिएको उनीहरूको अनुहारमा प्रस्ट देखिन्थ्यो । काठमाडौंबाट केरुङसम्म आउँदाको हल्ला र होहल्ला निकै सुस्त भइसकेको थियो । उनीहरू ‘ऊँ नम शिवाय’ मन्त्र पटक पटक दोहोर्याइरहेका थिए । तर मन्त्रोच्चारण पनि शिथिल ध्वनिमा परिणत भइसकेको थियो ।
मेरो टाउकोमा पनि कुनै अन्जान किराले कुटुकुटु खाइरहेको थियो । सायद त्यो कुटुकुटु ‘हाइ’ले मसँग जोरी खोजेको सङ्केत थियो । शरीर एकतमासको भइरहेका थियो । त्यसलाई मैले मनदेखि दबाइदिएँ । त्यसपछि बाँकी केही थियो भने, त्यो उचाइको उत्साह थियो । उचाइको बेहिसाब उमङ्ग थियो ।
कोङतालामा एक छिन सबै गाडी रोकिए । त्यहाँ कुहिरोजस्ता हिउँ फिसफिस झरिरहेका थिए । प्रशस्त पानी पिएकाले लघुशङ्काले सताइरहेको थियो । मैले त्यहाँ हतारहतार लघुशङ्कासँगै एक खिल्ली चुरोटको तन्काएँ । त्यसपछि अर्को काम पनि फत्ते गर्नु थियो । त्यसमा पनि किन ढिलाइ गर्नु भनेर कोङतालाको दुई–चार स्न्याप लिइहालेँ । एकाध आफ्नै फोटो खिचिदिन एकजना यात्रीलाई अह्राएँ । उसले मेरो फोटो खिचिदियो । मैले पनि सट्टामा उसको फोटो भटाभट खिचिदिएँ ।
सडकका दुवै किनारका बुद्धिस्ट झन्डाहरूले कोङताला रङ्गीन थियो । पञ्चतत्व मिसिएकोे विशेष रङले कोङताला रङ्गीन हुँदाको रमाइलो मनमा बोकेर हामी सडकसँगै अलि तलतल लाग्यौँ ।
केही तल झरेपछि फाँटैफाँटबीचको फाँटमा गाडीहरू रोकिए । सहयात्री बालाले सडकमा सुतेर हामीहरूको फोटो खिच्न थाल्यो । फोटोमा कोङतालालाई टाँगमुनि पार्ने गरी हामी पनि उफ्रियौं । एउटा खास उचाइ प्राप्त गरेको खुशीको उफ्राइ थियो त्यो । मेरो क्यामरा मैले विमलजीलाई दिएँ । बाला र म हात समातेर फेरि उफ्र्यौँ । हाम्रो ड्राइभर पनि कोङतालालाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्दै थियो । मैले उसले सेल्फी लिइरहेको फोटो खिचेँ । उसलाई त्यो फोटो देखाउँदा जसरी पनि त्यो फोटो उसको विच्याटमा पठाइदिन इसारा ग¥यो । मैले काठमाडौं गएर विच्याट एकाउन्ट खोलेर पठाइदिन्छु भनेँ । काठमाडौं फर्केपछि मैले उसको त्योे मात्र नभएर उसका अनेक फोटा उसको विच्याटमा पठाइदिएँ । उसलाई अङ्ग्रेजी, हिन्दी र नेपाली आउँदैन थियो । मलाई तिब्बतीयन वा चाइनिज आउँदैनथ्यो । हामीले फोटोफोटोमै र सङ्केतमा पछिसम्म कुरा गर्ने गरिह्यौं ।
बाटा छेउछाउ र बाटैमा पनि असङ्ख्य भेडाहरू देखिए । पठारका असङ्ख्य भेडा टाढाबाट ससाना सेता ढुङ्गाजस्ता देखिन्थे । बथानका बथान चौँरी पनि देखिए । ती चाहिँ अलि ठूला ढुङ्गाजस्ता देखिन्थे । नजिक आइपुग्दा ती प्रिय सुधाहरूमा प्रकृतिको अचम्मको सौन्दर्य सामान्य रूपमा समेत अनुभव गर्न सकिन्थ्यो । गाडीको हर्न सुनेपछि उनीहरू दौडेको दृश्यले मन अलौकिक भयो ।
गाडी र गीत गतिमान थिए ।
हामी ४६४० मिटरमा रहेको सागा पुग्यौं । रात त्यहीँ बिताउनु थियो । रूखहरू थिएनन् तर सामान्य उचाइका पहाडहरू थिए । स्थानीय पहाडजस्तै अग्ला लाग्ने एकाध ठुल्ठुला होटल र सरकारी कार्यालय थिए । जताततै टाँगिएको चिनियाँ झन्डाले सागा रातो देखिन्थ्यो ।
होटल पुगेलगत्तै कल्याणी एक्कासि बिरामी भई । उसलाई लहरे खोकी सुरु भयो । खोकेको खोक्यै गर्न थाली । छाती पनि उत्तिकै दुख्न थालेछ । वातावरण अप्रिय भयो तर आत्तिएर मात्र केही हुनेवाला थिएन । हामीले तिब्बतीयन गाइडलाई बोलायौं र गाडीमा कल्याणीलाई हालेर नजिकैको मेडिकल गयौँ । सेतो कोट लगाएकी सेतै अनुहारकी केटीले तत्कालै काली कल्याणीलाई जाँची तर औषधी दिइन । बरु तत्कालै सरकारी अस्पताल जान सल्लाह दिई । त्यसपछि ऊ इयरफोनमा झुन्डिएर ठुल्ठुलो स्वरमा कसैसँग कुरा गर्न थाली ।
हामी झन्डै आधा किलोमिटर परेको सरकारी अस्पताल गयौं । अस्पतालपरिसर शून्य थियो । सफा थिएन । भुइँतलामा चाइँचुइँ केही सुनिएन । त्यहाँ कोही पनि थिएन । पहिलो तलामा भ¥याङछेउको सिसाले बेरिएको कोठामा दुइटी केटी रहेछन् । उनीहरूलाई बिरामीको अवस्था बताएपछि छेउको अर्को कोठाको बेडमा लगे । बेडमा आराम गर्न भने तर उपचारका अरू सुरसार केही गरेनन् । डाक्टर डिनर खान गएको र केही मिनेटमा आइपुग्ने बताउँदै कुर्न भने । बेडमा पल्टेकी कल्याणीलाई दुईजना तिब्बतीयन गाइडलगायत हामी सबैले घेरेर बसेका थियौं । कल्याणी रोइरहेकी थिई ।
‘सरी ! मैले गर्दा तपाईंहरूले दुःख पाउनुभयो’, त्यति भन्दै ऊ अझ बढी रुन थाली ।
‘यस्तो कुरा नगर । साथी चाहिने यस्तै बेलामा त हो’ भन्दै हामीले उसलाई ढाडस दियौं ।
एक छिनमा एउटा केटो सेतो कोट हातमा लिएर आइपुग्यो र कोट लगाउँदै कल्याणीलाई जाँच्यो । उसले चाहेको औषधी अस्पतालमा रहेनछ । स्टाफ केटीलाई किन्न पठायो र उपचारका अरू विधि सुरु ग¥यो ।
एक छिनमा औषधी पनि आयो । झन्डै एक–डेढ घन्टाको उपचारपछि ऊ ठीक भइहाली । उपचार र औषधि दुवै निःशुल्क थियो ।
हामी होटल फक्र्यौं । होटलमा मेरा लागि ८१०२ नम्बरको कोठा तयार थियो । फेरि पनि शुभाङ्क थियो त्यो । त्यसैले पनि होला, कोठामा निकै शानदार फ्ल्याट स्क्रिनवाला टिभी रहेछ । टिभीको महत्व किन थियो भने त्यो दिन फिफा वल्र्डकप २०१८ को फाइनल डे थियो । फाइनलमा दुई युरोपियन मुलुक फ्रान्स र क्रोएसिया भिड्दै थिए । यता नेपालमा बेलुकीको ८:४५ हुँदा चिनियाँ समय अनुसार रातको ११ बजे फाइनल सुरु हुन्थ्यो । सुरु हुनै लाग्दा टिभी खोल्यौं । तर फुटबल आउने च्यानल खोज्दा भेटिएन । रिसेप्सनमा कल ग¥यौं । एकाध मिनेटपछि एउटी केटी कोठामा आई । निकै बेर लगाएर बल्लबल्ल फुटबलवाला च्यानल लगाई ।
संयोग पनि कस्तो भने जब उसले फुटबल च्यानल लगाई, पहिलो नजरमै गोल भयो । त्यो फिफा वल्र्डकप २०१८ फाइनलको पहिलो गोल थियो । फ्रान्सले उपहार पाएको गोल । क्रोएसियाका खेलाडीद्वारा आफ्नै पोस्टमा भएको आत्मघाती गोल । सुरुबाटै भाग्यमानी सावित फ्रान्सले क्रोयएसियालाई ४–२ को गोल अन्तरले हरायो ।
पहिलो पटक तिब्बतमा मैल फिफा वल्र्डकप फाइनल हेरें । त्यो मैले नेपालबाहिर रहेर हेरेको पहिलो फिफा वल्र्डकप फाइनल थियो । त्यसैले म जहिल्यै सागा सम्झन्छु, वल्र्डकप २०१८ पनि सम्झन्छु । वल्र्डकप २०१८ सम्झे, तिब्बतको सागा सम्झन्छु । फ्रान्स सम्झन्छु र क्रोयसिया पनि ।
फुटबल हेरिरहँदा आँखा रसियामा पुगेको थियो भने शरीर र टाउको दुवै एकाएक काठमाडौंमै भएजस्तो नर्मल भएको थियो । फुटबलको शक्ति ! फुटबल त ‘हाइ’को अचुक औषधि पो रहेछ । ‘हाइ’ लाग्नुका धेरै कारणमध्ये मनोविज्ञान पनि एउटा हो ।
साँच्चैको खुट्टा तिब्बतको सागामा भए पनि मनको खुट्टा रसियाको मैदानमा गुडिरहेको फुटबलसँगै दौडिरहेको थियो ।
चिता– रूसले मङ्गलबार अहिलेसम्मकै सबैभन्दा विशाल सैन्य अभ्यास शुरु गरेको छ । लाखौँ सैनिकले एकैसाथ गरिएको उक्त अभ्यासमा तीन लाख सेना, ३६ हजार सैनिक गाडी, ८० पानीजहाज र एक हजार विमान, हेलिकोप्टर तथा मानवरहित युद्धक विमान सहभागी हुनेछन् । अभ्यासमा तीन हजार ५०० चिनियाँ सेनालेसमेत भाग लिएका छन् ।
रूस र चीन सहभागी विशाल सैन्य अभ्यास गरिने सूचनासँगै उत्तर एटलान्टिक सन्धि संगठन ९नेटो०ले सैन्य अभ्यासलाई ‘विशाल द्वन्द्व’ को अभ्यास भन्दै यसको आलोचना गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त विशाल सैन्य अभ्यासलाई प्रत्यक्ष रुपमा अवलोकन गर्ने भएका छन् ।
रूसले सुदूरपूर्वी शहर भ्लादिभोस्टोकमा आयोजना गरेको भोस्टोक–२०१८ नाम दिइएको चिनियाँ राष्ट्रपति लगायतका विश्व नेताहरू सहभागी हुने आर्थिक सम्मेलनमा सहभागिता भएपछि राष्ट्रपति पुटिनले सैनिक अभ्यासको अवलोकन गर्नेछन् ।
रूसी रक्षामन्त्रीले विशाल सैन्य अभ्यास शुरु हुनुपूर्व नै तयारी अवस्थामा राखिएका सैनिक गाडी, जहाज, हेलिकोप्टर र पानी जहाजको भिडियो दृष्यलाई सार्वजनिक गरेका थिए । यसैबीच रूसको चीनसँग बढ्दो निकट सम्बन्धको सम्मेलनका अवसरमा भाग लिन रूस पुगेका चिनियाँ राष्ट्रपतिसँगको भेटमा ाराष्ट्रपति पुटिनले मुक्त कण्ठले प्रशंसा गरेका छन् ।
‘हामीबीच राजनीतिक, सुरक्षा तथा रक्षा क्षेत्रमा विश्वासिलो सम्बन्ध रहेको छ,’ रूसी राष्ट्रपतिले भने । उक्त अवसरमा चीनका राष्ट्रपति सीले दुई मुलुकबीचको मित्रता सबै समय मजबुत रहेको बताएका छन् ।
मङ्गोलियाली सैनिकले पनि सहभागिता जनाउने उक्त सैन्य अभ्यासको नेटोले ‘विशाल द्वन्द्व’को अभ्यास भनी आलोचना गरेको छ ।
सैन्य अभ्यास रूसले पश्चिमी मुलुकका गतिविधिमाथि हस्तक्षेप गरेको भन्ने बिषयमा मस्कोमाथि आरोप लगाइएको र उनीहरूबीच तनाब बढेको बेला आयोजना गरिएको छ । पश्चिमा राष्ट्रहरूले यूक्रेन र सिरिया रूसी हस्तक्षेपको पनि आलोचना गरिरहेका छन् ।
रूसी सेनाले सैन्य अभ्यासलाई सन् १९८१ मा सोभियत सङ्घले गरेको करिब एक लाख ५० हजार सैनिक सहभागी जापड–८१ ९वेस्ट–८१० को विशाल युद्धअभ्याससँग तुलना गरिएको छ । रक्षामन्त्री सेर्गेइ सोइगुले अहिलेको सैन्य अभ्यास त्योभन्दा अझ विशाल भएको बताए । राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले नेटोद्वारा देखाएको चासोप्रति खण्डन गर्दै यो नियमित सैन्य क्षमता विकासका लागि गरिएको बार्षिक अभ्यास भएको मङ्गलबार बताएका छन् ।
यी महत्वपूर्ण अभ्यास पक्कै हुन् तर यी सेना क्षमता विकासका लागि गरिने बार्षिक कार्यक्रम मात्रै हुन्, पेस्कोभले सञ्चारकर्मीसँग बताए । पेस्कोभले यस पहिले रूसले अन्तराष्ट्रिय अवस्थालाई मध्यनजर राख्दै गर्न लागेको विशाल सैन्य अभ्यास जायज भएको दावी गरेका थिए ।–एएफपी
इस्लामावाद– भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले बताएको छ । शरिफकी पत्नी कुलसूम नवाजको मङ्गलबार लन्डनमा अर्बुध रोगका कारण निधन भएको थियो ।
कुलसूमलाई अस्पताल भर्ना गरेर पाकिस्तान फर्किएका नवाज शरिफ र उनकी छोरीलाई पक्राउ गरी भ्रष्टाचारको आरोपमा थुनामा राखिएको छ । पाकिस्तानको संसदीय चुनावमा पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल) पार्टीका लागि चुनावी प्रचारका लागि उनी पाकिस्तान फर्किएका थिए ।
शरिफ र उनकी छोरी मरयामलाई हवाई जहाजमा राखेर लाहोर पुर्याइएको छ । कुलसूमको दाहसंस्कार लाहोरमा गर्ने कार्यक्रम रहेको पीएमएलले जनाएको छ ।
उनीहरु दुबैलाई १२ घण्टाका लागि छाडिएको भए पनि गृहमन्त्रालयले उनीहरुको जमानतको अवधि बढाउन सक्ने रावलपिन्डी केन्द्रीय कारागारका एक अधिकारीले बताए । स्थानीय सञ्चार माध्यमले दाहसंस्कार शुक्रबार मात्र गरिने बताएका छन् ।
राजनीतिमा पनि सक्रिय ६८ वर्षीया कुलसूमले नवाज शरिफको राजनीतिलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनलाई क्यान्सर भएको गत वर्ष अगस्टमा पत्ता लागेको थियो । महिनौंदेखि लन्डनस्थित एक निजी अस्पतालमा उनको उपचार भइरहेको थियो ।
नवाज शरिफ विरुद्ध तीव्र प्रचार गरेर चर्चामा आएका प्रधानमन्त्री इमरान खानले कुलसूमको निधनप्रति दुःख प्रकट गरेका छन् । –एएफपी
जलालाबाद– अफगान प्रदर्शनकारीमाथि लक्षित गरी मङ्गलबार भएको आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ जना पुगेको अफगान अधिकारीहरुले बताएका छन् । संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लोपटक विद्रोहीहरुबाट हिंसात्मक आक्रमणको शृङ्खलामा वृद्धि भएको छ ।
यस वर्षको सर्वाधिक घातक मानिएको नानघहार प्रान्तको पूर्वी क्षेत्रमा भएको त्यस विस्फोटमा अरु १६५ जना घाइते भएको प्रान्तीय सरकारको प्रवक्ता अताउल्लाह खोग्यानीले बताए ।
यो नरसंहारको जिम्मेवारी हालसम्म कसैले लिएको छैन, तर यो प्रान्तमा अतिवादी इस्लामिक स्टेट समूह सक्रिय रहेको छ । इस्लामिक स्टेटले हालै गरिएका सबैजसो बम हमलाको जिम्मेवारी लिइआएको छ ।
नानघहारको स्वास्थ्य सेवा विभागले मारिएका व्यक्तिहरुको विवरण सार्वजनिक गरेको छ ।
उक्त घटना स्थानीयबासीले प्रहरी प्रमुखको नियुक्तिप्रति असन्तुष्टी जनाउँदै जलालाबादमा सडक अबरुद्ध गरी प्रदर्शन गरिरहेको अवस्थामा भएको थियो । हमलाकारीले प्रदर्शनकारीको बीचमा गएर आफैंलाई बमले उडाएको बताइएको छ ।
मृत्यु भएका र घाइतेहरुलाई स्थानीयबासीले ट्रक र एम्बुलेन्समा राखेर नजिकका अस्पतालहरुमा लगेका थिए ।
जनवरीमा भएको यस्तै एक विभत्स घटनामा अफगानिस्तानको राजधानी काबुलमा विस्फोटक पदार्थले भरिएको एम्बुलेन्स विस्फोट गराउँदा १०० भन्दा बढी सर्वसाधारण मारिएका थिए । त्यो बम हमलाको जिम्मेवारी तालिबानले लिएको थियो । –एएफपी