पत्रपत्रिकाबाट चीनमा पैदलयात्रुमाथि कार जोतिँदा ९ को मृत्यु, ४३ घाइते

0
दक्षिणी चीनको निकै व्यस्त इलाका स्क्वायरमा पैदलयात्रुमाथि एक कार जोतिँदा ९ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् । यसबारे स्थानीय सरकारी अधिकारीले जानकारी दिएका छन् । हुनान प्रान्तको हेंगयाङ्ग सिटीस्थित बिन्जियाङ स्क्वायरमा बुधबार स्थानीय समयानुसार बेलुका सात बजेर ४० मिनेटमा रातो एसयुभीले मानिसहरु जोतेको बीबीसीले बताएको छ । स्थानीय मिडियाका अनुसार घाइतेमध्ये केहीलाई चक्कुमार्फत हमला गरिएको थियो । आपराधिक पृष्ठभूमि रहेका ड्राइभरलाई पक्राउ गरिएको पुलिसले जानकारी दिएको छ । यद्यपी, उक्त घटना आतंक फैलाउन गरे नगरेको बारे अझै जानकारी नभएको बताइएको छ । स्थानीय सरकारको बयानमा उक्त घटना नियोजित र मानिसहरुलाई घाइते बनाउने उद्देश्यसहित गरिएको बताइएको छ । ‘घाइतेलाई अस्पताल पुर्याइएको र अनुसन्धान थालिएको छ,’ उक्त बयानले भनेको छ । चीनियाँ मिडियामा सार्वजनिक भएको भिडियो फुटेजमा घटनापछि मानिसहरु तितरबितर भइरहेको देख्न सकिन्छ ।

स्वीट साम्राज्ञी (फोटोफिचर)

0
काठमाडौं – डेब्यु चलचित्रबाट चर्चा र सफलता दुवै हात पार्ने कमै सेलिब्रेटी छन् नेपाली चलचित्र नगरीमा । यो मामिलामा भाग्यमानी अभिनेत्री हुन् साम्राज्ञी राज्य लक्ष्मी शाह । साम्राज्ञीले पहिलो चलचित्र ‘ड्रिम्स’बाटै सफलता र चर्चा दुबै पाउन सफल भइन् । यहीँबाट उनी चलचित्र क्षेत्रमा स्थापित समेत भइन् । डेब्यु चलचित्रले उनलाई सम्भावना बोकेको नायिकाको रुपमा मात्र उभ्याएन, अफरको ओहिरो पनि दिलायो । अलि चुजी स्वभावकी उनले दर्जन चलचित्र अफर मध्ये ‘तिमीसँग’ रोजिन् । जुन चलचित्र आगामी शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ । हुन त साम्राज्ञीको ‘तिमीसँग’को अभिनय हिसाबले दोस्रो चलचित्र हो । यो चलचित्र रिलिजमा केही ढिलाई भएका कारण रिलिजमा आउँदा भने तेस्रो भएको छ । ‘ड्रिम्स’ पछि साम्राज्ञीको परिलिजमा ‘एम मेरो हजुर २’ आएको थियो । यो चलचित्रम मार्फत पनि उनले अभिनयमा राम्रो छाप छोड्न सफल भइन् । यो चलचित्रको काम र स्टारक्रेज देखेर उनलाई अहिले चलचित्रमा लिनको लागि चलचित्रका निर्माता तँछाड मछाड गर्न थालेका छन् । तर दुई चलचित्र ‘कायरा’ र ‘इन्टु मिन्टु लण्डन’ले भने उनलाई लिन सफल भएका छन् । यस चलचित्रको उनले सुटिङ सकाइ सकेकी छन् । राम्रै घरानाबाट चलचित्रमा भित्रिएकी उनको लवज, लवाइखुवाई र अन्य क्रियाकलापले उनी गम्भिर प्रक्रितिको भएको धेरैले अनुमान लगाए । उनी पनि अघिल्ला दुई चलचित्र निर्माण र प्रदर्शनमा समेत मिडियासँग खासै खुलिनन् । तर अहिले भने उनी मिडियासँग खुल्ने मात्र होइन भेटघाट समेत बाक्लो बनाइरहेकी छन् । उनी अहिले मिडियासँग उठबस त्यसै गरेकी होइनन् । उनको अभिनय रहेको चलचित्र ‘मितीसँग’ प्रचारका लागि उनले मिडियासँग उठबस चलाएकी हुन् । चलचत्रिको बिषयमा उनी भन्छिन् ‘व्यक्तिगत रूपमा आफैँलाई असाध्यै मन परेको चलचित्र हो ।  तिमीसँग लाग्छ, यस चलचित्रले पक्कै सफलता हासिल गर्छ ।’ पारिश्रमिक १० लाख नेपाली नायिकाहरु मध्ये सर्वाधिक पारिश्रमिक लिने नायिका हुन् साम्राज्ञी । उनले चलचित्र ‘कायरा’का लागि १० लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा छ । शिशिर राणा निर्देशीत यो चलचित्र प्रचारको क्रममा भेटिएकी साम्रज्ञीलाई रातोपाटीले पनि आफ्नो क्यामरा समेत कैद गर्ने मौका पाएको थियो । सोकी समय खिचिएका साम्राज्ञीका केही तस्बिर यस्ता छन् ।

भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दनमा पुगेकी मिस नेपालका पोज

0
काठमाडौं– शृङखला खतिवडा अहिलेकी मिस नेपाल हुन् । भर्खरै सम्पन्न ‘मिस नेपाल २०१८’मा शिर्ष उपाधी जितेकी शृङ्खलाको अहिले चर्चा चुलिँदो छ । २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी थिइन् । हेटौंडा स्थायी घर भएकी २२ वर्षिया आर्किटेक्चर इन्जिनियर समेत रहेकी शृङखलालाई सार्वजनिक कार्यक्रममा देख्न बिरलै पाइन्छ । मिस नेपाल आयोजक द हिडन ट्रेजरको अनुमति बाहेक उनी अर्काे मिस नेपाल नछानिएसम्म कुनै सार्वजनिक कार्यक्रममा सहभागी हुन पाउँदिनन् । शनिबार भने उनी प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृहमा देखिइन् । काठमाडौं महानगरपालिकाले आयोजना गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन उनी सो स्थानमा पुगेकी हुन् । दुई कलरको स्कटमा सजिएर कार्यक्रममा सहभागी भएकी शृङखलाको सो पहिरनमा सौदर्य खुलेको देख्न सकिन्थ्यो । कार्यक्रममा सहभागी अगाडी उनले केही तस्बिर समेत खिचाएकी थिइन् ।

चलचित्र नगरीमा भाग्य परिक्षण गर्दै अभिनेत्री पूजा

0
बेबी आई लभ यु’ चलचित्रकी अभिनेत्री हुन् पूजा तिवारी। उनले यसै चलचित्रमार्फत अभिनयमा डेब्यु गर्दैछिन् । जनक पाण्डे निर्देशित प्रेमकथामा आधारित चलचित्रमा उनको अभिनेता सन्तोष खड्गीसँग रोमान्स देख्न सकिन्छ । १६ वर्षमुनिका बालबालिकाले अभिभावकको साथमा मात्र हेर्न मिल्ने ‘बेबी आई लभ यु’मा आफूले गरेको अभिनयले दर्शकमा गहिरो छाप छोड्ने उनी बताउँछिन् । चितवन सौराह निवासी उनी दुई वर्ष अगाडि अभिनय रहर बोकेर काठमाडौँ छिरेकी थिइन् । थोरै सङ्घर्षमै उनी चलचित्रकी अभिनेत्री हुन सफल भइन् । यसलाई उनी आफ्नो लक मान्दछिन् । ५ वर्षको डान्स प्रशिक्षकको अनुभवसहित अभिनयमा होमिएकी उनको पहिलो चलचित्र सफल हुन्छ वा हँुदैन त्यो भने प्रदर्शन पछि मात्र भन्न सकिनेछ । तर चलचित्रको रिजल्ट जे भए पनि आफ्नो अभिनय यात्रामा फरक नपर्ने उनी बताउँछिन् । मेनुका प्रधान र राजेश हमालको अभिनय रुचाउने उनको पेन्टिङमा पनि रुचि रहँदै आएको छ । बुबा नेपाल टप आर्टिस भएकाले सानैदेखि यसमा रुचि रहेको उनी सुनाउँछिन् । धेरैको डेटको अफर आउने गरेको सुनाउने उनी अहिलेसम्म कसैको अफर स्वीकार्न नसकेको बताउँछिन् ।