ट्रेसमी फेसन रन–वेमा दलजितको क्रियशन (फोटोफिचर)

0
काठमाडौँ । साँझ ढल्दै थियो । फेसनका पारखीहरु तिल्मिदै थिए । जहाँ छिपिदैँ गरेको रातलाई अन्तर्राष्ट्रियस्तरको ‘फेसन शो’ले स्वागत गर्दैथियो । छिनभरमै म्युजिक, फेसन र सेलिबे्रटीको भीडले माहोल रंगीन बन्यो । प्रसंग हो– शुक्रबार साँझ ताहाचलस्थित पाँचतारे होटल ‘सोल्टी क्राउन प्लाजा’को । जहाँ ‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन शो–२०१८’ आयोजना गरिएको थियो । नेक्स्ट मोडल नेपालको इभेन्ट व्यवस्थापनमा आयोजना भएको अन्तर्राष्ट्रियस्तरको फेसन शोमा एकतिर दुई दर्जन व्यवसायिक मोडल तथा कलाकार रन–वे नाप्ने तयारी गर्दै थिए, भने अर्काे तिरको फेसन पारखीहरु कक्टेलमा रमाउन थालिसकेका थिए । बियर र ह्विस्कीको ‘फेसन कन्ट्रास्ट’ गज्जबको देखिन्थ्यो । साँझको ८ बज्नै लाग्दा ‘इन्स्टुमेन्टल म्युजिक’को तालमा मोडलहरु एक–एक गरी विरालो चालमा ¥याम्पमा देखिए । अहिले सम्मकै लामो १९२ फिटको युसेफ स्टेजमा परम्परागत भन्दा केही भिन्न लाग्थ्यो । त्यसैले मोडलहरुको विरालो हिडाइ हेर्न नजिक रहेकाले सजिलै पाउथे । टाढा भएकाले केही घाँटी तन्काउनु पर्दथ्यो । तन्किएर भनेपनि दर्शकले तालीले मोडलको हौसला बढाइरहेका थिए । एकपछि अर्को गरी मोडलहरुले ३ ‘सिक्वेन्स’मा विभिन्न आकर्षक पहिरन सहित र्याम्पमा प्रस्तुत भए । ‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन २०१८’ को उद्देश्य नेपाली कपडाको प्रवद्र्धन तथा नेपाली पहिरनलाई विश्वसामु पु¥याउन हो । फेसन शो अहिले सम्मकै उत्कृष्ट भएको इभेन्ट व्यवस्थाप गरेको नेक्स्ट मोडल नेपालकी यतना पाण्डेले बताइन् । दलजित सुदान, जो एक अन्तर्राष्ट्रियस्तरमा चिनिएकी फेसन डिजाइनर हुन् । उनै दलजितको एकल क्रियशन सोमा प्रस्तुत गरिएको थियो । डिजाइनर दलजित सुदानले ‘म्याजिक अफ जफ्रान’ थिममा तयार पारेका डिजाइनहरू निकै आर्कषक देखिन्थे । करिब पाँच दर्जन हारारी नयाँ डिजाइनका ड्रेसहरु मोडलले र्याम्पमा प्रस्तुत गरेका थिए । नेपालकै टप तथा ब्यवसायी १८ महिला र ८ पुरुष गरी २४ मोडल र्याम्पमा उत्रिएका थिए । जसमा नग्मा श्रेष्ठ, आस्था पोखरेल, सविता कार्की, सुस्मिता थापा, बिबेक खड्का लगायत मोडलिङ क्षेत्रमा कहलिएका नामहरु थिए ।

कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी

1
काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र त्यसपछि भएको  हत्या प्रकरणमा छानविनका लागि गठित उच्चस्तरीय छानविन टोलीबाट राजीनामा दिएको घोषणा गर्ने एक सदस्यले फेरि काममा फर्केको घोषणा गरेका छन् । गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गत भदौ सात गते गठन गरेको ५ सदस्यीय छानविन समितिका सदस्य तथा प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट छानविन समितिमा प्रतिनिधित्व गरेका विरेन्द्र बहादुर केसीले फेरि काममा फकिएएको घोषणा गरेका हुन् । समितिबाट राजीनामा दिएको तीन दिन नवित्दै उनी पुन काममा फर्केका हुन् ।  उनले बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफु फेरि काममा फर्केको घोषणा गरे । केसीले यसअघि छानविन समितिको म्याद थप तथा छानविनका क्रममा आफूमाथि विभिन्न धम्की आएको भन्दै राजीनामाको घोषणा गरेका थिए । तर, तिनै केसीले बुधबार गृहमन्त्रालय र उच्चस्तरीय छानविन समितिका संयोजकसँगको छलफलपछि मन्त्रालय र आफ्नो समेत बास्तविक दोषी पत्ता लगाई  कारवाहीको दायरामा ल्याउने उद्देश्यमा एकमत भएकाले काममा फर्किएको बताएका छन् । समितिको थप भएको अवधिमा छानविन कार्यमा फेरि संलग्न भई निश्पक्ष छानविन गर्नसके निर्मला पन्तप्रति न्याय हुने ठहर गर्दै काममा फर्केको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा केसीले आफ्नो गृहमन्त्री रामबहादुर थापासँग २ घण्टा लामो छलफल भएको र सो क्रममा  अाफ्नाे सुरक्षाको प्रत्याभूति गर्नुका साथै निर्मला पन्तको हत्यामा संलग्न दोषीमाथि कारबाही गर्ने सवालमा पनि एकमत देखिएकाले काममा फर्किएको बताए । तपाईँलाई कहाँबाट धम्की आएको भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनले  भदौ १५ गते मोटरसाइकलमा आएका एक व्यक्तिले धम्क्याएको दाबी गरे । उनले भने, ‘भदौ १५ गते मोटरसाइकलमा आएका एक मोटो व्यक्तिले एक्लै आउनु भएको रहेछ, यहाँ यसअघि पनि ट्रकले किचेर मान्छेको मृत्यु भएको सुनिएको थियो। त्यहाँ अली खतरै छ भने ।’ त्यसपछि आफ्नो हत्याको योजना बनेको बुझेर समितिबाट अलग भएको उनको प्रष्टिकरण थियो । अनुसन्धानको दायर फराकिलो बनाउनुपर्छ भन्नेमा गृहमन्त्री रहेको भन्दै अब वास्तविक हत्यारा पत्ता लाग्ने पनि विश्वास व्यक्त गरे ।

मिस ई–कलेज काजल तामाङ (मोडल फोटोफिचर)

0
काजल तामाङ सिजन मिडियाले हरेक वर्ष आयोजना गर्ने मिस ई–कलेजको सन् २०१७ को संस्करणको विजेता हुन् । धरानकी स्थायी वासिन्दा रहेकी उनी ब्रिटिस कलेजमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् । हाल उनी बानेश्वरमा बस्दै आएकी छिन् । उनले विधागत तर्फको ‘मिस पर्सनालीटी’को टाइटल अवार्ड पनि आफ्नो पोल्टामा पारेकी थिइन् । उपाधिसँगै उपहार स्वरुप १ लाख ८० हजार पर्ने स्कुटर त्यस्तै ५ दिनको वैङ्कक भ्रमण, लेट्मीइनको तर्फवाट २० हजारको गिफ्ट भौचर,नेपाल एयरहोस्टेस एकाडमीको तर्फबाट ३५ हजारको छात्रावृति प्राप्त गरिन् । उक्त प्रतियोगितामा सोफीया श्रेष्ठ फष्ट रनरअप र विधागततर्फ अर्गनाइजर च्वाइस अवार्ड र वेस्ट क्रियटीभिटी अवार्ड पनि हात पारिन् भने आस्मी गौतम सेकेण्ड रनरअप भइन् ।

तीज पहिरनमा पूर्व मिस नेपाल उषा खड्गी (फोटो)

0
काठमाडौँ । आज हरितालिका तीज । नेपाली महिलाहरुका लागि विशेष पर्व । तीजको ब्रत बसी महिलाहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन् । यस महिला बिहान सबेरै उठी नुहाइधुवाइ गरेर दिनभर जल, अन्न ग्रहण नगरी ब्रत बस्ने र साँझ पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ । यही पर्वको अवसरमा पूर्व मिस नेपाल उषा खड्गीसँग विशेष फोटो सुट गरिएको छ । तस्बिर : प्रदीपराज वन्त मेकअप : शान्ति लिम्वु लोकेशन : लेट मि इन, वानेश्वर