साफ च्याम्पियनसीप : सेमिफाइलका खेल आज, इतिहास रच्ने दाउमा

0
काठमाडौँ- बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् । आज दिउँसो पहिलो सेमिफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् । दुवै सेमिफाइनल खेल ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । समूह ‘ए’को विजेता नेपालले समूह बीको उपविजेता भाल्दिभ्ससँग खेल्न लागेको हो भने समूह ‘ए’ को उपविजेता पाकिस्तानले समूह ‘बी’को विजेता भारतसँग खेल्नेछ । समूह चरणमा भुटानविरुद्ध ४–० गोल र बलियो बङ्गलादेशविरुद्ध २–० गोल अन्तरले विजयी भएको नेपाली टोली माल्दिम्भविरुद्ध जित हात पार्दै इतिहास रच्ने दाउमा छ । नेपाली राष्ट्रिय टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोली पछिल्लो समय लयमा रहेकाले फाइनल पुग्ने बताP । नेपालले माल्दिभ्सलाई हराउन सके इतिहास रच्नेछ । यसअघि नेपाल चार पटक सेमिफाइलनसम्म पुगिसकेको छ ।

नेपाल भर्सेस माल्दिभ्स : नेपालले खायो गाेल

0
काठमाडौं– साफ च्याम्पियनशिप अन्तर्गत फाइनल प्रवेशका लागि जारी खेलमा  नेपाल १–० ले पछि परेको छ। माल्दिभ्सका लागि अक्रम आब्दुख घमीले गोल गर्दै टीमलाई अग्रता १–० को अग्रता दिलाएका हुन् । ढाकास्थित बङ्गबन्धु रङ्गशालामा जारी आजको खेलमा नेपालले माल्दिभ्सलाई हराउन सके इतिहास रच्नेछ । यसअघि नेपाल चार पटक सेमिफाइलनसम्म पुगिसकेको छ ।

मेघ गर्जनका कारण नेपाल र माल्दिभ्सबीचको खेल अवरुद्ध

0
काठमाडौं– नेपाल र माल्दिभ्सबीचको खेल मौसममा आएको खराबीका कारण अवरुद्ध भएको छ । खेलस्थल ढाकास्थित बंगबन्धु रंगशालामा ठूलो मेघ गर्जनका साथ वर्षा हुन थालेपछि खेल अवरुद्ध हुन पुगेको हो ।   २७ औं मिनेटका खेल चलिरहँदा खेल अवरुद्ध हुन पुगेकाे हाे । खेल अवरुद्ध हुनअघिसम्म नेपाल १–० गोलले पछाडि परेको छ । माल्दिभ्सका लागि अक्रम आब्दुख घमीले खेलको नऔं मिनेटमा गोल गर्दै टीमलाई १–० को अग्रता दिलाएका हुन् । आजको खेलमा नेपालले माल्दिभ्सलाई हराउन सके इतिहास रच्नेछ । यसअघि नेपाल चार पटक सेमिफाइलनसम्म पुगिसकेको छ ।

अवरुद्ध नेपाल र माल्दिभ्सबीचको फेरि सुरु

0
काठमाडौं– नेपाल र माल्दिभ्सबीचको रोकिएको खेल फेरि सुरु भएको छ । साफ च्याम्पिसनशिप खेलस्थल ढाकास्थित बंगबन्धु रंगशालामा ठूलो मेघ गर्जनका साथ वर्षा हुन थालेपछि खेल अवरुद्ध हुन पुगेको थियो । तर अहिले मेघ गर्जन र वर्षा रोकिएसँगै खेल पुनः सुरु भएको हो । २७ औं मिनेटको खेल चलिरहँदा मेघगर्जनसहित वर्षा हुन थालेको थियो । खेल करीब अाधा घण्टा राेकिन पुगेकाे थियाे वर्षाअघि नेपाल १–० गोलले पछाडि रहेको थियो । माल्दिभ्सका लागि अक्रम आब्दुख घमीले खेलको नऔं मिनेटमा गोल गर्दै टीमलाई १–० को अग्रता दिलाएका हुन् । अहिलेसम्म सेमिफाइनलभन्दा माथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके साफ च्याम्पियनसीपमा नयाँ इतिहास कायम गर्ने सफल हुनेछ । पाँचौ पटक सेमिफाइनल खेल्न लागेको नेपाली टोलीका लागि माल्दिभ्स केही कमजोर प्रतिद्वन्द्वी देखिएको छ । यसअघि सन् १९९३, सन् १९९९, सन् १९९५, सन् २०११ मा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । समूह चरणमा दुई खेल खेलेको माल्दिभ्स एकमा पराजित र एकमा बराबरी गर्दै सेमिफाइनल पुगेको हो । पहिलो सेमिफाइनलमा प्रतिस्पर्धाका लागि मैदान उत्रदै गर्दा दुवै टोलीको लक्ष्य फाइनल पुग्नु रहनेछ । नेपालको भने एक खेलमा पराजित र दुई खेलमा विजयी हुँदै सेमिफाइल पुगेको हो । नेपालले साफ च्याम्पियनसीपमा माल्दिभ्सलाई अहिलेसम्म पराजित भने गर्न सकेको छैन । साफ च्याम्पियनसीपमा नेपाल र माल्दिभ्स अहिलेसम्म छ पटक खेलेका छन् । जसमा चार खेल माल्दिभ्सले जितेको छ भने दुई खेल बराबरीमा सकिएको थियो । नेपालले साफमा माल्दिभ्सविरुद्ध सात गोल गर्दा १४ गोल खाएको छ । साफ च्याम्पियसीपको सन् २००९ र २०११ को संस्करणमा बराबरी गर्न सफल नेपाल त्यसअघि भएका संस्करणमा भने पराजित भएको थियो ।