घोकेन्ते शिक्षा भन्दा व्यवसायिक शिक्षा अपरिहार्य :मन्त्री थापा
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले घोकन्ते शिक्षा भन्दा व्यवसायिक शिक्षा अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय माध्यमिक विद्यालय पोखराको हीरक महोत्सवमा विहिबार उनले प्राविधिक शिक्षा, नवीनतम पाठ्यक्रम, र सीपमूलक कार्यक्रमहरू जस्ता शिक्षा नै आजको आवश्यकता रहेको उल्लेख गरे ।
राष्ट्रिय माध्यमिक विद्यालयले लामो यात्रा पार गर्दै शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भनाई उनको छ । स्थानीय तथा राष्ट्रिय स्तरमा हजारौँ विद्यार्थीलाई ज्ञान, सीप र नैतिकतामा सक्षम बनाउँदै समाज रूपान्तरणमा ऐतिहासिक भूमिका उक्त विद्यालयले खेलेको उनले बताए । विद्यार्थीहरूले विभिन्न क्षेत्र—शिक्षा, राजनीति, विज्ञान, साहित्य, कला र उद्यमशीलतामा पु¥याएको योगदान प्रशंसनिय रहेको भनाई उनको छ ।
शिक्षा कुनै पनि राष्ट्रको विकासको आधार भएको भन्दै मन्त्री थापाले प्रदेश सरकारले गुणस्तरीय शिक्षा सबैलाई सहज रूपमा उपलब्ध गराउनका लागि विभिन्न योजनाहरू कार्यान्वयन गरिरहेको उल्लेख गरे । ग्रामीण तथा शहरी विद्यालयहरूलाई समान रूपमा प्रविधिमैत्री र स्रोतसाधनयुक्त बनाउन संघीय सरकार र स्थानीय तहसँग मिलेर प्रदेश सरकारले आफ्ना गतिविधिहरुलाई अगाडि बढाइरहेको मन्त्री थापाले बताए ।
राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव केवल उत्सव मनाउने अवसर मात्र होइन यसलाई आगामी दिनमा विद्यालयको स्तरवृद्धि र दिगो विकासका लागि नयाँ योजनाहरू बनाउने अवसरका रूपमा लिनुपर्ने धारणा उनको छ । उनले प्रदेश सरकार पनि विद्यालयको भौतिक पूर्वाधार सुधार, डिजिटल शिक्षा प्रविधिको प्रवर्द्धन र गुणस्तरीय पाठ्यक्रमको विकासमा सधैँ तयार रहेको उनले उल्लेख गरे ।
शिक्षालाई गुणस्तरिय बनाउन प्रदेश सरकारले फ्राइडे फर फ्युुचर, सिक्दै कमाउँदै, अभिभावक शिक्षा लगायतका कार्यक्रमको अवधारणालाई अगाडि बढाएको जानकारी उनले गराएका छन् । प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र भएको अधिकारलाई प्रयोग गर्दै शिक्षामा सुधारन्मुुख काम गर्दै आएको भनाई उनको छ ।
पोखराको हरित यातायात प्रणाली विकास परियोजना सम्बन्धी अध्ययन प्रतिवेदन कोरियन टोलीद्वारा हस्तान्तरण
पोखरा । पोखराको हरित यातायात प्रणाली विकास परियोजना सम्बन्धी अध्ययन प्रतिवेदन कोरियाली टोलीले नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय बिच यस अघि भएको सम्झौता बमोजिम तयार प्रतिवेदन अध्ययन टोलीले नगर प्रमुख आचार्यलाई बुझाएको हो ।
पोखराको विद्यमान सार्वजनिक यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै सहज र सरल बनाउने विषयमा अध्ययन टोलीले गहिरो गरी अध्ययन गरी प्रतिवेदन तयार गरेको छ । यसअघि पनि पोखराको सार्वजनिक यातायात प्रणालीको विषयमा स्थलगत अध्ययन गरेको कोरियाली रेलमार्ग अनुसन्धान संस्थानले पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २८६ स्थानमा बस स्टप निर्माण गर्नुपर्ने ३ स्थानमा बस टर्मिनल आवश्यक रहेको बताएको छ ।
परियोजना अन्तरगत कोरियाले विभिन्न साझेदार संस्थाहरूको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्नेछ । यसको आधा रकम बस स्टप र बसहरूमा मेसिन जडान गर्दा खर्च हुनेछ । पोखराको मुख्य चोक पृथ्वीचोकलाई थप विस्तार गरिनेछ । तिन चरणमा गरी सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ । यस्तै दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास गरिने छ भने, तेस्रो चरणमा दिगो हरित यातायात प्रणालीको विकास गर्ने गरी प्रतिवेदन तयार गरिएको छ ।
विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरामा हुने कोरियन टोलीले विश्वास दिलाएको छ । परियोजनाका दौरानमा हाल नेपालमा रहेका सवारीहरूको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिनेछ । प्रतिवेदन अनुसार परियोजनाको अन्त्यमा पोखराको सार्वजनिक सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुनेछ ।
पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । अहिले जस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नु पर्ने छैन भने, चालकहरूले समेत जथाभाबी यात्रु चढाउन र ओराल्न पाउने छैनन् । क्याम्पीङ्चोक देखी बगर (बस स्टप १९), निर निवास देखी शान्तिनगर चोक (बस स्टप ११) र नुवारचोक देखी महिमा किराना (बस स्टप १८) सम्म गरी तिन वटा मुख्य बस चल्ने रुटहरू हुनेछन् ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजना मार्फत पोखरामा वातावरणमैत्री यातायात प्रणालीको विकासमा टेवा पुग्नुका साथै सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुहरूको सङ्ख्यामा वृद्धि, कार्बन उत्सर्जनमा न्यूनीकरण र सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुहरूलाई सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्नका लागि पनि यो परियोजना प्रभावकारी हुनेछ ।
यस परियोजनाले पोखरामा समावेशी, दिगो र लचिलो, वातावरणमैत्री र प्रभावकारी यातायात प्रणालीको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । परियोजनामा गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय, कोरिया रेलमार्ग अनुसन्धान संस्थान, राष्ट्रिय यातायात विश्वविद्यालय कोरिया र तारकम को. लिमिटेड सहित विभिन्न दातृ निकायहरूले साझेदारी गर्नेछन् ।
यस परियोजनाको पाइलोटिङ यही महिनाको अन्त्यबाट सुरु गरिनेछ । यसका लागि आवश्यक स्थानीय व्यवस्थापनको काम पोखरा महानगरपालिकाले गर्नेछ भने, आवश्यक प्रविधि र उपकरणहरू भने कोरियाली टोलीले गर्नेछ । पहिलो चरणमा पोखराको लामाचौर–छोरेपाटन रुटमा ६ स्थानमा बस स्टपहरू निर्माण गरी परीक्षण गरिनेछ ।
शान्त माध्यमिक बिद्यालयमा लैंगिक हिंसा सम्बन्धी सचेतना कार्यक्रम
पाेखरा। पाेखरा महानगरपालिका वडा नम्बर १८ भकुण्डेमा रहेको शान्त माविमा लैंगिक हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रम मंगलबार सम्पन्न भएको छ। लैंगिक हिंसा बिरुद्धकाे १६ दिने अभियानकाे अवसरमा बिद्यालय सचेतना कार्यक्रम अन्तर्गत विपी काेईराला स्कुल अल पब्लिक पाेलिसि कास्कीले कार्यक्रम आयोजना गरेको विपी काेईराला स्कुल अल पब्लिक पाेलिसि कास्कीका अध्यक्ष अधिबक्ता सरिता तिम्सिना पगेनीले जानकारी दिनुभयाे ।
कार्यक्रमकाे उद्घाटन गर्दै शान्त माविका शिक्षक अभिभावक संघका अध्यक्ष समुन्द्रा थापाले लैंगिक हिंसाका विषयमा बिद्यार्थीहरुले परिवार र समुदाय सम्म सचेतना फैलाउन महत्त्वपूर्ण भुमिका खेल्न सक्ने बताउनुभयाे।बिद्यालयलाई लैंगिक समतामूलक बनाउन सबै सराेकारवालाहरु जिम्मेवार बन्नुपर्नेमा उहाँले जाेड दिनुभयो ।
शान्त माविका प्रधानाध्यापक कृष्ण प्रसाद तिमिल्सिनाले बिद्यालयलाई राम्रो बनाउन शिक्षक,अभिभावक र बिद्यार्थीहरुकाे महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो ।बिद्यालयलाई लैंगिक हिंसा मुक्त बनाउने सवालमा आफू सधैं प्रतिबद्ध रहेको उहाँको भनाइ थियाे।
बिद्यालयका शिक्षक प्रतिनिधि सुर्य प्रसाद तिमिल्सिनाले बिद्यालयमा बाल क्लब ,रेडक्रस जस्ता संस्थामा बिद्यार्थीहरुलाई सहभागी गराई उनिहरुकाे नेतृत्व विकासमा समेत जाेड दिईएकाे जानकारी दिनुभयो ।
ईन्सेकका मधु पन्थीले विद्यालय तहबाट नै हिंसाका विषयमा सचेतना जगाउन सके मात्र समाजलाई लैगिंक समतामूलक बनाउन सकिने बताउनुभयो ।
ईन्सेकका मधु पन्थीले विद्यालय तहबाट नै हिंसाका विषयमा सचेतना जगाउन सके मात्र समाजलाई लैगिंक समतामूलक बनाउन सकिने बताउनुभयो ।
कार्यक्रमलाई विपी काेईराला स्कुल अल पब्लिक पाेलिसि कास्कीका अध्यक्ष नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिबक्ता सरिता तिम्सिना पगेनीले लैंगिक हिंसा ,घरेलुु हिंसा ,करणी सम्बन्धी कसुर,बाल बिबाह ,बहु बिबाह,बाल अधिकार लगायतका बिषयमा सहजिकरण गर्नुभएको थियाे।

विपी काेईराला स्कुल अल पब्लिक पाेलिसि कास्कीले युवाहरुको क्षमता बिकास , नेतृत्व बिकास, मानब अधिकार, लोकतान्त्रीक मुल्य र मान्यता लगायतका बिषयमा बिभिन्न अभियान संचालन गर्दे आएको अध्यक्ष तिम्सिनाले जानकारी दिनुभयाे ।
कार्यक्रममा शान्त माविका शिक्षक अभिभावक र बिद्यार्थीहरुकाे सहभागीता रहेको थियाे।
सभ्य समाज निर्माणका लागि लैंगिक हिंसाको अन्त्य हुनुपर्नेमा जाेड
पाेखरा । पाेखरा महानगरपालिका वडा नम्बर २५ हेमजाका वडा अध्यक्ष तथा पाेखरा महानगरका प्रवक्ता माेतिलाल तिमिल्सिनाले सभ्य समाज निर्माणका लागि लैंगिक हिंसाको अन्त्य हुनुपर्नेमा जाेड दिनुभएको छ।साेमबार पाेखरा महानगरपालिका वडा नम्बर २५ हेमजाकाे आयोजना तथा पाेखरा महानगरपालिकाकाे आर्थिक सहयोगमा आयोजित लैंगिक हिंसा बिरुद्ध महिला पुरुषको ऐक्यबद्धता कार्यक्रममा बाेल्दै उहाँले सभ्य समाज निर्माणका लागि लैंगिक हिंसाको अन्त्य हुनुपर्ने बताउनुभयो ।
जुन समाजमा हिंसा छ त्याे समाज समृद्ध बन्न सक्दैन भन्दै उहाँले वडा कार्यलयले भाैतिक निर्माणका काम संगै मानविय विकासका सवालमा पनि काम गरिरहेकाे जानकारी दिनुभयो ।
कार्यक्रमलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिबक्ता सरिता तिम्सिना पगेनी वडा प्रहरी कार्यलय वगरका प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराई र काेपिला नेपालका विना सिलुवालले लैंगिक हिंसा ,घरेलुु हिंसा ,करणी सम्बन्धी कसुर,बाल बिबाह ,बहु बिबाह,महिला अधिकार लगायतका बिषयमा सहजिकरण गर्नुभएको थियाे। सहजिकरण गर्नुभएको थियाे।
कार्यक्रम संयाेजक पाेखरा महानगरपालिका वडा नम्बर २५ का वडा सदस्य तथा पाेखरा महानगरका कार्यपालिका सदस्य धन कुमारी पाेख्रेल तिमिल्सिनाकाे अध्यक्षतामा भएको कार्यक्रमलाई पाेखरा महानगरपालिका वडा नम्बर २५ का कर्मचारी राम भण्डारीले संचालन गर्नुभएको थियाे।