दसैं, तिहारको अवसरमा बुद्व बिशाल बजारमा २५ प्रतिशतसम्म छुट पाइने

पोखरा । नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ । बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उध्यश्यका साथ सबै ग्राहकलाई बुद्व विशाल बजारमा हरेक सामान खरिदमा ५ देखी २५ प्रतिशत सम्म छुट दिने ब्यवस्था गरीएको बताए । “उपहार पहिले पहिले नगद ५ देखी २५ प्रतिशत सम्म छुट अहिले” भन्ने नाराका साथ वुद्व विशाल बजारका हरेक पसलहरूमा यो छुटको ब्यवस्था मिलाइनुको साथै बुद्ध बिशाल बजार भित्र सामान खरिद गर्ने ग्राहकहरुलाई निःशुल्क पार्किङको व्यवस्था गरिएको बुद्व बिशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालले बताए । एसोसिएसनका उपाध्यक्ष बुद्धी बहादुर कुवंरले असोज १२ गते बाट शुरु भएको यो छुट योजना मंसिर ३० गतेसम्म सञ्चालन हुने बताउदै कुवंरले छुटको फाइदा लिन ग्राहकलाई आग्रह गरे । बुद्ध विशाल बजारभित्र करिब दुईसय सटरहरुमा फेन्सी, कस्मेटिक, जुत्ता चप्पल,मोवाइल पसल, वित्तीय संस्था, रेष्टुरेन्ट, सारी तथा कुर्तालगायतका पसलहरु सञ्चालनमा रहेको एसोसिएसनका महासचिव राजु केसीले बताए । चाडपर्वको अवसरमा अन्डर ग्राउड पार्किङ सन्चालनमा यसै बिच असोज १३ बाट बुद्व बिशाल बजारमा अन्डर ग्राउड पार्किङ सन्चालनमा ल्याईएको छ । हाल करीब २०० वटा मोटर साईकल राख्न सकिने उक्त पार्किङ आगामी दिनमा अभैm बिस्तार गरिने एसोसिएसनका प्रवक्ता मनोहरि पौडेलले बताए । हाल बुद्व बिशाल बजारमा दुई ठाउमा गरि करीव २५० वटा मोटरसाईकल राख्न मिल्ने पार्किङ रहेकोमा यो पार्किङ सन्चालनमा आए सगै दुई पाङग्रे सवारी साधनको लागी पार्किङ समस्या समाधान हुने बताउदै प्रवक्ता पौडेलले बुद्व बिशाल बजारको तिन ठाँउमा रहेका पार्किङमा अब करीब ४५० वटा दुई पाङग्रे सवारी साधान पार्किङ गर्न मिल्ने बताए ।

मुलुक विकासको बाधक भ्रष्टाचारः प्रदेश प्रमुख भट्ट

पाेखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले आर्थिक वर्ष ०८०÷८१ को ३४ औं वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगका पोखरा कार्यालय प्रमुख अस्मान तामाङले सोमबार ६ परिच्छेद र ५२४ पृष्ठ रहेको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गर्नुभयो । प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण रहेको बताउनुहुँदै मुलुकमा सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन अख्तियार क्रियाशील रहेकोमा खुशी व्यक्त गर्नुभयो । मुलुकको विकासको वाधक नै भ्रष्टाचार भएकाले यसलाई निर्मूल पार्न सामान्य व्यक्तिदेखि राज्यको उपल्लो ओहदामा बसेका पदाधिकारीसम्मले नैतिक आचरण सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यालय प्रमुख तामाङले आयोगले नेपालको संविधानले व्यवस्था गरे बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा प्राप्त उजुरीको प्रारम्भिक छानविन एवं विस्तृत अनुसन्धान गर्ने, भ्रष्टाचार देखिएका उजुरीउपर विशेष अदालतमा आरोपपत्र दायर गर्ने तथा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने कार्य सम्पादन भइरहेको जानकारी गराउनुभयो । आयोग पोखरा प्रमुख तामाङले आर्थिक वर्ष २०८०÷८१ मा आयोगमा २६ हजार ९ सय १८ उजुरीहरु प्राप्त भएको जानकारी गराउँदै अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २ सय ६८ गरी कूल ३६ हजार १ सय ८६ कारबाही गर्नुपर्ने संख्या रहेको जानकारी दिनुभयो । यसमध्ये ७६.५९ प्रतिशत उजुरी स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फछ्र्यौट भएको बताउनुभयो । आयोगको पोखरा कार्यालयबाट गत वर्ष १ हजार ३ सय १५ उजुरी प्राप्त भएकोमध्ये अघिल्लो वर्षको ४ सय ५५ सहित १ हजार ७ सय ७० उजुरी रहेकोमा १ हजार ६ सय १५ अर्थात् ९१.०२ प्रतिशत उजुरी फछ्र्यौट भएको जानकारी दिनुभयो । देशभरको तुलनामा प्रदेशगत हिसाबमा गण्डकीमा उजुरी संख्या सबैभन्दा कम भएपनि स्थानीय तहमध्ये  सबैभन्दा बढी पोखरा महानगरपालिकामै परेको तामाङले बताउनुभयो । आयोगको केन्द्रीय कार्यालय टंगाल काठमाडौं एवं मातहतका आठ वटा कार्यालयहरूबाट आयोगका कार्यहरू सम्पादन हुँदै आइरहेका छन् । ३३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई अनुसन्धानसम्बन्धी अधिकार प्रत्यायोजन गरिएको छ । हाल आयोगमा कुल ९९० कर्मचारीको दरबन्दी रहेको कार्यालयले जनाएको छ ।

बडादशैंको अवसरमा पोखराको विन्ध्यबासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने

पाेखरा ।  नेपालीहरुको महान चाँड बडादशैंको अवसरमा पोखराको विन्ध्यबासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने   भएकाे छ । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यबासिनी मन्दिरमा  विगतका वर्ष झैं यसवर्ष पनि नवदुर्गा महोत्सव हुने भएको हाे  ।  सोमबार  विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिले पाेखरामा  पत्रकार सम्मेलन गरेर   विन्ध्यबासिनी धार्मिक क्षेत्रविकास समितिको आयोजनामा यहि असोज १७ गते घटस्थापनाको दिनदेखि असोज २५ गते महानवमीसम्म नवरात्री विशेष कार्यक्रम हुने  जानकारी दिएको हो । विन्ध्यबासिनी धार्मिक क्षेत्रविकास समितिका सदस्य सचिव  तीर्थ श्रेष्ठका अनुसार  असोज १७ गते घटस्थापनाको दिन नवदुर्गाका नौ रुप सिंगारिुएका नवकन्या, आरुढ नौरथ, विन्ध्यबासिनी मन्दिरको झाँकी तथा विभिन्न जातिका वेशभुषा र सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालेर जातीय, धार्मिक, सांस्कृतिक, सामाजिकलगायतका पक्षहरुको उजागर गरिने छ। घटनास्थापनाको दिन विहान ७ बजे विन्ध्यवासिनी पार्कबाट शुरु हुने शोभायात्रा मोहरियाटोल, भैरवटोल, भीमसेन टोल, नालामुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोलहुँदै पुनः विन्ध्यबासिनी मन्दिर प्राङ्गण पुगेर समापन हुनेछ । मन्दिरमा सोहि दिनदेखि श्रीमददेवी भागवत ज्ञान महायज्ञसमेत प्रारम्भ हुने सदस्य सचिव श्रेष्ठले जानकारी दिए । महायज्ञमा महानवमीसम्म हरेक दिन संगीतमय झाँकीसहित श्रीमददेवी भागवतको कथासमेत प्रस्तुत गरिने समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार श्रीमददेवी भागवतको कथा पूर्वाह्न ९ बजेबाट मध्याह्न १२ बजेसम्म र दिउँसो २ बजेबाट अपराह्न ४ बजेसम्म कथा प्रवचन हुनेछ । मन्दिरमा विजया दशमीको नित्य पुजा विहान ४ बजेबाट प्रारम्भ हुनेछ भने ५ बजेबाट दर्शनार्थीका लागि मन्दिर खुल्ला गरिने समितिले जनाएको छ । साँझ ६ बजे भने आरती हुने अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार विहान ५ बजेबाट पूर्वाह्न ९ बजेसम्म भजनकिर्तनसमेत हुनेछ । मन्दिरबाट प्राप्त आम्दानीमार्फत समितिले विन्ध्यबासिनी मन्दिरको सौन्दर्यकरणका साथै आवश्यक पूर्वाधार निर्माण, विन्ध्यबासिनी गुरुकुल भवन, मन्दिरमा बृद्धबृद्धा तथा असहायःका लागि आवतजावत गर्न विद्युतीय लिफ्ट, विन्ध्यबासिनी गुरुकुल विद्याश्रम सञ्चालन गरी निःशुल्क अध्यापन, ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गर्दै आएको छ ।

काठमाडौँबाट  पोखरा आउँदै  गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२  जना घाइते

पाेखरा  ।  काठमाडौँबाट  पोखरा आउँदै  गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना   भएकाे  छ । छहरे-टोखा सडक खण्ड अन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका-७ मा आज  ग १ ख ४५३५ नंं.माइक्रोबस  दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए। अपराह्न एक बजे अदुवारीमोडमा  बस अनियन्त्रित हुँदा सडकबाट अन्दाजी ५० मिटर तल पुगेको घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए। उनका अनुसार उक्त गाडीमा १८ जना सवारमध्ये गम्भीर दुईसहित १२ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । प्रहरीका अनुसार  धादिङको विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा आउँने क्रममा माइक्रोबस नुवाकोटमा दुर्घटनामा परेको हो ।