अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन

पोखरा ।गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संसोधन र शैक्षिक तथ्याङ्क सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षालाई जोड गर्नुपर्ने बताएका हुन् । “मन्त्रालयले राखेको अभिभावकमुखी शिक्षा नयाँ कार्यक्रम हो । यसलाई प्रभावकारी बनाउन आवश्यक छ । शैक्षिक क्षेत्रलाई सुदृढिकरण गर्न यस्ता कार्यक्रमले मदत पुग्छ ।”, उनले भने । मन्त्री थापाले तथ्याङ्कको विश्वसनियतामा शंका नआउने गरी यथार्थपरक तथ्याङ्क उपलब्ध गराउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । उनले तीनै तहको सरकार मिलेर नै शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने उल्लेख गरे । घोकन्ते विद्या भन्दा पनि संस्कारमुखी शिक्षा आजको आवश्यकता रहेको भनाई उनको छ । फलस्वरुप मन्त्रालयले यसपालीको बजेटमा समेत व्यवसायिक र नैतिकवान शिक्षालाई जोड दिएको उनले बताए । फ्राइडे फर फ्युचर, सिक्दै कमाउँदै, अभिभावक शिक्षा लगायतका कार्यक्रम महत्वपूर्ण रहेको र यसको प्रभावकारी कार्यान्वयनका लागि मन्त्री थापाले सम्बन्धित सबैलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रघुराम विष्टले कक्षा १० का विद्यार्थीको सर्टिफिकेटमा नामथर, जन्ममितिका बारेमा ध्यान दिन आवश्यक रहेको बताए । जसका लागि अभिभावकमुखी शिक्षा प्रभावकारी हुने भनाई उनको छ । सही तथ्याङ्कको आवश्यकतालाई उनले जोड दिएका छन् । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव तोयानाथ लम्सालले प्रदेश स्तरमा शैक्षिक तथ्याङ्कको विश्वसनियता बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी गराए । उनले मन्त्रालयले बिग्रदो, हराउँदो संस्कारलाई परिवर्तन गरि समाज र व्यक्तिलाई सुधार गर्न शिक्षाको क्षेत्रमा नयाँ कार्यक्रम ल्याएको उल्लेख गरे । मन्त्रालय अन्तर्गत प्रदेशका ११ वटै जिल्लाका विभिन्न कार्यालयहरुलाई प्रभावकारी बनाउन साझेदारी मोडलमा बजेट विनियोजन गरेको जानकारी उनले गराएका छन् । शिक्षा निर्देशनालय पोखराका प्रमुख अम्बिका आचार्यले मुस्कान सहितको गण्डकी प्रदेश बनाउन शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन विविध कार्यक्रमको आयोजना गर्दै आएको उल्लेख गरे । कार्यक्रम असोज १० र ११ गते दुई दिन सम्म चल्ने उनले बताए । कार्यक्रममा ११ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुुखहरु र ८५ वटै पालिकाका शिक्षा, युुवा तथा खेलकुद शाखाका प्रमुखहरुको सहभागिता रहेको छ ।

कास्कीमा बढ्दो डेंगी संक्रमण नियन्त्रणका लागि  जिल्ला बिपद व्यवस्थापन समितिसंग छलफल

  पाेखरा।कास्कीमा बढ्दो डेंगी संक्रमण नियन्त्रणका लागि  जिल्ला बिपद व्यवस्थापन समितिसंग छलफल गरिएको छ।साेमबार जिल्ला प्रशासन कार्यलय कास्कीमा भएको छलफल कार्यक्रममा बाेल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पान्डेले स्थानीय तहका जनप्रतिनिधि र सामाजिक संघ संस्थाकाे सहकार्यमा डेंगी नियन्त्रण गर्न सकिने बताउनुभयो । पछिल्लो समय  कास्कीमा डेंगीले महामारीको रुप लिदै गएको अबस्थामा यसको नियन्त्रणका लागि साेमबार बसेकाे बैठकले गरेका निर्णय यस्ता छन् :   . जिल्लास्थित स्थानीय तहहरुका सबै वडाध्यक्षहरुको संयोजकत्व तथा समन्वयमा सम्भावित डंगी रोगको संक्रमण नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज नष्ट गर्न स्वास्थ्यकर्मी, आमा समुह, महिला स्वास्थ्य स्वंयसेवीका, क्लब, टोल बिकास सस्था, नागरिक समाज, निजी क्षेत्र, पर्यटन व्यवसायी, जिल्लास्थित सबै सुरक्षा निकायहरु अन्य सरोकारवालाहरुको सहभागितामा संलग्न बिवरण अनुसार बिहान बजेदेखी बजेसम्म सबै टोलहरुमा लामखुट्टेको बासस्थान खोजी तथा नष्ट अभियान संचालन गर्ने सोको अनुगमन जिल्ला विपद् व्यवस्थापन समिति पोखरा महानगरपालिकाले गर्ने . सबै स्थानीय तहहरुले स्थानीय आम संचार माध्यम तथा सामाजिक संजाल मार्फत डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागी सार्वजनिक अपील गर्ने, नियन्त्रणका उपायहरुका बारेमा पत्रकार महासंघ कास्की मार्फत सबै सञ्चार माध्यमहरुलाई परिचालन गरी व्यापक प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने . डेंगी रोग संक्रमणको सम्भावित जोखिम स्थलहरु जस्तै: बिद्यालयहरु, सरकारी तथा सार्वजनिक कार्यालयहरु, संघ संस्थाहरु, ग्यारेज/ वर्कसप, कबाडी व्यवसाय, निर्माणधिन भवनहरु, औधोगिक क्षेत्र भित्रका प्रतिष्ठानहरु, सुकुम्बासी बस्तीहरुमा सम्बन्धित पक्षले सरसफाइ तथा लामखुट्टेको बासस्थान खोजी तथा नष्ट गर्ने अभियान सञ्चालन गर्ने उक्त गतिबिधीहरुको अनुगमन स्थानिय तह तथा जिल्ला प्रशासन कार्यालय, कास्कीले गर्ने। . सबै सरकारी तथा निजी अस्पतालहरु, पोलीक्लिनिक, लगायतका स्वास्थ्य संस्थाहरु मार्फत लक्षण भएका बिरामीको निदान, उपचार गर्ने व्यवस्थापन गरी सोको तत्काल स्वास्थ्य कार्यालय कास्कीमा प्रतिवेदन गर्ने . सबै स्थानीय तहहरुले सबै स्वास्थ्य संस्था / स्वास्थ्यकर्मी मार्फत कक्षा , , १० तथा उच्च मा.बि. हरुमा डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागी बिद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम तथा विद्यालयहरुमा पर्चा पम्पलेट वितरण कार्यक्रम सन्चालन गर्ने उक्त कार्यक्रममा सहजीकरण शिक्षा विकास तथा समन्वय इकाई कास्कीले पर्चा पम्पलेट को व्यवस्थापन प्यावसन (PABSON) हिसान (HISAN) ले मिलाउने . डेगी रोग रोकथाम तथा नियन्त्रण निर्देशक समिति गण्डकी प्रदेशले तोकिएको दररेट रु.६००।०० (अक्षेरुपी सय मात्र) मा परिक्षण गर्ने, तोकिएको रकम भन्दा बढी लिए / नलिएको अनुगमन जनस्वास्थ्य प्रयोगशाला पोखराले गर्ने . राजनैतिक दलहरुले आफ्ना सदस्यहरु भातृ संगठनहरुलाई डेंगी रोग नियन्त्रणका लागि लामखुट्टेकका लार्भा खोज नष्ट अभियानमा परिचालन गर्ने गर्ने .कास्की जिल्लास्थित अस्पतालहरुमा विरामीहरुका लागि आवश्यक पर्ने रगतको अभाव हुन नदिन पर्याप्त भण्डारण नियमित रगत संकलन कार्यलाई नेपाल रेडक्रस सोसाइटी पोखरा शाखाको नेतृत्वमा व्यवस्थित गर्ने एक महिना अघि  कास्कीमा  करिब सात सय जनामा डेंगु संक्रमण देखिएकोमा असोजको पहिलो साता त्यो संख्या बढेर करिब ४ हजार ५ सय ४७ पुगेको छ भने चार जनाको दुखद निधन समेत भैसकेको छ।    

आत्मज्ञान प्रचार संघ कास्की द्वारा शान्ति पदयात्रा सहित विभिन्न कार्यक्रमका साथ पाेखरामा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाईयाे

सरिता तिम्सिना पगेनी   पाेखरा।अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा आत्म ज्ञान प्रचार संघ पाेखरामा विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाईएकाे छ। दिवसका अवसरमा शनिबार  आत्मज्ञान प्रचार संघ रानीपाैवा कास्कीले शान्ति पदयात्रा सम्पन्न गरेको छ। शान्ति पदयात्राका सहभागीहरुले शान्ति हामी भित्र छ,शान्ति अनुभव गर्न जरुरी छ,  परिवर्तनको सुरुवात आफुवाट गराैं जस्ता  सन्देश लेखिएका प्लेकार्ड बाेकेका थिए। पाेखरा रानीपाैवावाट सुरु भएको शान्ति पदयात्रा महेन्द्रपुल,चिप्लेढुङ्गा ,न्युरोड ,नयाँ बजार हुदै आत्मज्ञान प्रचार संघकाे कार्यलय रानीपाैवामा पुगेर औपचारिक कार्यक्रममा परिणत  भएकाे थियाे।   औपचारिक कार्यक्रमकाे उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका भाैतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीले द्वीप प्रज्वलन गरी हरेक मानिसको मन मष्तिकमा शान्ति स्थापना गर्न सके समाज शान्तिपूर्ण हुने र शान्तिपूर्ण समाजले नै सुखी नेपाली र समृद्ध गण्डकी प्रदेश वनाउन सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले  बिश्व शान्ति दुत प्रेम रावत फाउन्डेसनले गरेको मानविय र सामाजिक कार्यकाे उच्च प्रशंसा गर्दै एकपटक पाईने मानिसको जीवनमा सबैले सत्कर्म गर्नुपर्नेमा जाेड दिनुभयो । संयुक्त राष्ट्र संघकाे अन्तर्राष्ट्रिय शान्ति दिवस सेप्टेम्बर २१ का दिन आत्मज्ञान प्रचार संघले व्यक्तिगत र सामाजिक शान्ति स्थापना गर्ने उदेश्यले कार्यक्रमकाे आयोजना गरिएको कार्यक्रम संचालक हातेमालो अभियान नेपालका अध्यक्ष एबम् सामाजिक अभियान्ता डाक्टर लक्ष्मी पन्थीले जानकारी दिनुभयो । सो कार्यक्रममा अन्तराष्ट्रिय शान्ति दूत प्रेम रावत र प्रेम रावत फाउन्डेसन र आत्म ज्ञान प्रचार संघले शान्ति स्थापना गर्न शान्ति शिक्षा, पिस एजुकेशन प्रोग्राम जस्ता क्यौ मानविय कार्यक्रमका विषयको भिडियो देखाइएको थियो। इभेन्ट म्यान्जर डाक्टर साैरभ अधिकारीले २०४१ सालमा नेपालमा विधिवत दर्ता भएको आत्मज्ञान प्रचार संघका देशभर ५ सय भन्दा बढि शाखा रहेको जानकारी दिनुभयो । आत्मज्ञान प्रचार संघ रानीपाैवा कास्कीका केन्द्र सहायक रामकुमारी गुरुङले आगलागी,बाढी पहिराे,शीत लहर जस्ता विपतका समयमा पनि आत्मज्ञान प्रचार संघले सहयोग गर्दै आएकाे जानकारी गराउनुभयाे।नेपालकाे धादिङमा जन भाेजन कार्यक्रम संचालन ,  नेपालका विभिन्न गाउँमा पुगेर त्यहाँका नागरिकलाई  सीप मुलक र आय आर्जनका कार्यक्रम समेत गर्दै आएकाे उहाँले जानकारी दिनुभयो ।   कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिवक्ता सरिता तिम्सिना पगेनी,पाेखरा महानगरपालिका वडा नम्बर १२ का कर्मचारी निर्मला बस्नेत लगायत, कास्की जिल्ला भरिका आत्म ज्ञान प्रचार संघ संग सम्बन्धित व्यक्तित्वहरु, समाजसेवी मिन गुरुङ, विभिन्न क्षेत्रमा कार्यरत धार्मिक एवम् समाजसेवी व्यक्तिहरुकाे सहभागीता रहेको थियाे । त्यस्तै   कार्यक्रममा  बिश्व शान्ति दुत एबम गिनिज बुक अफ वल्र्ड रेकर्ड होल्डर प्रेम रावतकाे  सकरात्मक सन्देश र शान्ति सुरक्षा कार्यक्रम विषेश  भिडियो देखाईएकाे थियाे । उहाले  भिडियाे सन्देशमा  प्रत्येक मानवको हृदयमा प्रेम, आनन्द, शान्ति र सद्भावको बिज रोप्दै मानव जीवनलाई सफल पार्न सहयोग गर्नु आफ्नो जीवनको परम लक्ष्य रहेकाे  उल्लेख गर्दे शान्ति सम्भव छ । शान्ति आफैँभित्र छ । अरुलाई परिवर्तन गर्न असम्भव छ । आफूलाई परिवर्तन गर्न मात्र सम्भव छ । परिवर्तनको सुरुवात आफूबाट गरौँ, विश्वमा शान्ति अवश्य हुन्छ भन्नुभएकाे  छ । कार्यक्रममा  लगभग ३ सय जनाकाे  सहभागिता  रहेकाे थियो।

पोखराको कोलपाटनमा महिला हिंसा विरुद्ध सडक नाटक प्रदर्शन

पोखरा । महिला अधिकारका लागि राष्ट्रिय अभियान कास्की जिल्ला शाखा पोखरा १५ को आयोजनामा शनिबार कोलपाटनमा महिला हिंसा विरुद्धको जनचेतना मूलक सडक नाटक शनिबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरण बहादुर वानियाले  सडक नाटकले महिला हिंसा न्युनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने वताए । कार्यक्रममा महिला अधिकारका लागि राष्ट्रिय सञ्जालकी केन्द्रीयय उपाध्यक्ष दिलमाया गुरुङ, राम वजार प्रहरी चौकी इन्चार्ज वरिष्ठ नायव निरिक्षक राजु थापा, प्रतिभा आमा समुह पोखरा १५ की अध्यक्ष भगवती कार्की खड्काले वोलेका थिए । सो अवसरमा कलाकारहरु सुनिता कडेंल, गिता शर्मा, माया लामिछाने, दुर्गा थापा, विष्णु गिरी, तारा बानिया, पुष्पा गुरुङ, गिता भण्डारी, सुसिला गुरुङ, सीता रानाभाट, सरस्वती अधिकारीले अभिनय गरेका थिए भने सलिना गुरुङले नृत्य प्रस्तुत गरेकी थिइन । अभियानकी अध्यक्ष कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गिता शर्माले र संचालन रमिता पौडेलले गरेकी थिइन ।