पाेखरा   -२५  हेमजामा बनेको चौर अम्बोट झोलुंगे पुलको उद्घाटन

    पोखरा  ।   गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले पोखरा महानगरपालिका २५ मा बनेको चौर अम्बोट झोलुंगे पुलको उद्घाटन गरेका छन् । करिब ७५ लाखमा निर्माण भएको उक्त पुलको बुधबार मन्त्री केसीले उद्घाटन गरेका हुन् । उक्त पुल निर्माणका लागि आस्था निर्माण सेवाले गत चैतमा ७४ लाख ९४ हजार ५ सय रुपैयाँ सम्झौता गरेको थियो । पुल सम्झौताको ३ महिना अघि गत असार १९ गते निर्माण सम्पन्न भएको थियो । पुलको लम्बाइ १९८ मिटर र चौडाइ एक मिटर छन् । पुलको उद्घाटन गर्दै मन्त्री केसीले पर्यटकीय र कृषिलाई आधारित मानेको चौर अम्बोट झोलुङ्गे पुल उद्घाटन गर्न पाउँदा निकै हर्षित भएको बताए । उनले सम्झौताअघि नै निर्माण सम्पन्न गर्ने निकाय लगाएत सबैलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि यस्ता विकास निर्माणका कार्यले निरन्तरता पाउने प्रतिवद्दता व्यक्त गरे । योजनाहरुको काम तीव्र गतिमा अगाडि बढाउन मन्त्रालय मातहतका कार्यालयलाई निर्देशन दिएको मन्त्री केसीले सुनाए । ।।।भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशका मातहतमा रहेका सम्पूर्ण कार्यालयलाई सम्पूर्ण योजनाको काम तीव्र गतिमा गुणस्तर कायम गर्दै सुचारु गर्न निर्देशन दिएको छु,’ उनले भने, ।।। आफ्नो क्षेत्रमा परेका योजनाहरू समयमा नै तोकिएको गुणस्तरमा सम्पन्न गर्नको लागि खबरदारी गर्नुहोला ।’ कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुब, पूर्वाधार विकास कार्यालय कास्कीका सिडिई सोभियत खड्का, कार्यवाहक वडाध्यक्ष धनाकुमारी तिमल्सिना पोखरेल तथा वडासदस्य, क्लब, आमासमूह लगाएत सहभागी थिए ।

छोरेपाटन साकोसको सत्रौ वार्षिक साधारण सभा सम्पन्न

पाेखरा  । पोखरा महानगरपालिका वार्ड न. १७ मा अवस्थित छोरेपाटन साकोसको सत्रौ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भयो। पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि तिवारीले प्रत्येक सहकारीहरु  सहकारीको मर्म र भावनाअनुरुप चलाउनु पर्ने  सुझाव दिदै वर्तमान सन्दर्भमा सहकारीप्रति आम जनमानसको दृष्टिकोण नकारात्मक भएको प्रति चिन्ता व्यक्त गर्दै खराब सूचीमा रहेका सहकारीहरुलाई कारबाहीको दायरामा ल्याउने दाबी गरे। त्यसै गरी विशेष अतिथि पोखरा महानगरपालिका वार्ड न.२२ का वडाध्यक्ष हिमलाल बराल , पोखरा भ्यु पोइन्ट साकोसका अध्यक्ष एवम् संस्थाका सल्लाहकार मातृका प्रसाद बराल ,निलगिरी साकोसका सचिव तीर्थराज अधिकारी र शेयर सदस्य भुवानीप्रसाद पौडेलले   शुभकामना मन्तब्य राखेका थिए।कार्यक्रममा माध्यमिक शिक्षा , स्नातक तह र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गरेका सेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो ।जस अन्तर्गत स्नातकोत्तर तहतर्फ प्रदीप ढकाल र रोशन सुवेदी सम्मानित भए भने स्नातक तहतर्फ सन्ध्या पौडेल , अस्मिता बास्तोला र  सुदर्शन पौडेलले सम्मान प्राप्त गरे। त्यसै गरी माध्यमिक शिक्षातर्फ असिम न्यौपाने , सुस्मिता बराल र ससिम खत्री सम्मानित भए ।ज्येष्ठ सदस्यतर्फ लछुमन बास्तोला ,पदमपाणि ढकाल र जगन कुमारी गुरुङ सम्मानित भए । उत्कृष्ट कारोबारकर्ताका रूपमा सुवास पौडेल र उत्कृष्ट वचतकर्ताका रूपमा क्रमशः अन्जुमाया सुनुवार , गङगा प्रसाद रिमाल र शोभा के. सी छेत्री सम्मानित भए। उक्त वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष रविन्द्रराज बरालको अध्यक्षको प्रतिवेदन प्रस्तुत हुनुका साथै कोषाध्यक्ष दिल बहादुर बराल र लेखा संयोजक चिन्तामणि शर्माको प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतबाट पारित गरियो।कार्यक्रममा शिक्षा उप समिति संयोजक ज्ञानेश्वर सुवेदीले सहकारी सम्बन्धी गीत प्रस्तुत गरे भने प्रशिक्षक एवम् सहजकर्ता भक्त रसाइलीले सहकारी सम्बन्धी विषय एवम्  समसामयिक विषयसन्दर्भमा आफ्नो प्रस्तुति राखे । उक्त कार्यक्रममा संस्थाका सचिव राम प्रसाद नेपालले स्वस्ती वाचन गरे भने संस्था प्रवर्द्धन तथा खोज विशेष उपसमितिकि सदस्य विनिता अर्यालले सहकारीका सात सिद्धान्तहरु वाचन गरिन् । संस्थाका लेखा संयोजक चिन्तामणि शर्माले सहकारीसग सम्बन्धित कविता वाचन गरे। संस्थाका अध्यक्ष रविन्द्रराज बरालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षा उप समितिका संयोजक ज्ञानेश्वर सुवेदीले स्वागत मन्तब्य राखे भने कार्यक्रमको संचालन सचिव राम प्रसाद नेपालले गरेका थिए।

माउन्ट अन्नपूर्ण मा वि मा विविध कार्यक्रमका साथ बालदिवस मनाइयाे

खल्तीबाट वर्ल्डलिङ्क इन्टरनेटको बिल गर्दा ‘नामी’ ईभी जित्ने अवसर

काठमाडौं । डिजिटल वालेट खल्तीले ‘खल्ती फुल दशैं’ अफर ल्याएको छ  । यस अन्तर्गत खल्तीबाट वर्ल्डलिङ्कको इन्टरनेट नवीकरण गर्ने तथा नयाँ जडान गर्ने ग्राहकले ‘नामी ०१ ईथ्री’ ईभी जित्न सक्नेछन् ।

अफरमा सहभागी हुन वर्ल्डलिङ्कको सब्स्क्रिप्सन नवीकरण गर्नुपर्नेछ । एक महिना, तीन महिना, एक वर्ष वा २४ महिनाको सब्स्क्रिप्सन नवीकरण गर्ने ग्राहक यस अफरमा स्वतः सहभागी हुनेछन् ।

एक महिनाको सब्स्क्रिप्सन नवीकरण गर्ने ग्राहकले नामी ईभीका लागि एउटा भाउचर कुपन पाउनेछन् । त्यस्तै तीन र छ महिनाको भुक्तानी गर्ने ग्राहकले दुई ओटा र १२ महिना वा २४ महिनाको भुक्तानी गर्ने ग्राहकले ‍पाँच ओटा कुपन भाउचर पाउनेछन् ।

यसरी भुक्तानी गर्ने ग्राहकको कुपन कोड तत्कालै एसएमएसमा आउनेछ । त्यही कुपनमा आधारमा ईभी विजेता घोषणा गरिने कम्पनीले जनाएको छ ।

त्यससँगै ग्राहकले हरेक हप्ता ‘विक्ली लक्की ड्र’मा सामसङका विभिन्न उत्पादनमा ३९ प्रतिशतसम्मको डिस्काउन्ट भाउचर जित्ने मौका पाउनेछन् । यसमा सामसङ फोरके टिभी, वाशिङ मेसिन, स्मार्टफोन, फ्रिज, माइक्रोवेभ लगायत छन् ।

त्यसैगरी यस अफरमा सहभागी ग्राहकले बोट ब्राण्डका विभिन्न प्रडक्टमा ५३ प्रतिशतसम्म छुट पाउने भएका छन् । बोट अफरको डिस्काउन्ट भाउचर पाउने ग्राहकले वायरलेस स्पिकर, एयरडप्स र स्मार्टवाचमा छुट पाउने कम्पनीले जनाएको छ ।