खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा कास्की नाैडाँडाका जहरसिंह कुवँर पक्राउ
पाेखरा।खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा कास्की नाैडाँडाका जहरसिंह कुवँरलाइ प्रहरीले पक्राउ गरेकाे छ ।
पाेखरा -८ कुँवर टाेलमा डेरामा बस्ने ४२ बर्षीय कुँवरले बुधबार मध्यान्ह १२:१० बजेको समयमा डेरा काेठामै खुकुरीले श्रीमतीकाे घाँटी र पेटमा प्रहार गरेकाे प्रहरीले जनाएकाे छ।
सामान्य पारिवारिक विवाद हुँदा उनले ४० बर्षीया श्रीमती राधिका कुवँरकाे हत्या गरेको पाईयकाे वडा प्रहरी कार्यलय बैदामका प्रहरी निरीक्षक कमलकान्त पाेखरेलले पाेखरा पाेष्टलाई जानकारी दिए।
घटना पश्चात् पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकी राधालाई चिकित्सकले मृत घाेषणा गरेका हुन।
घटनाको विषयमा थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एस पी माेहन कुमार थापाले जानकारी दिए।
पाेखरा नदीपुरकाे माउन्ट अन्नपूर्ण मा. वि.मा वक्तृत्वकला प्रतियोगिता
पाेखरा । पाेखरा नदीपुरकाे माउन्ट अन्नपूर्ण मा वि मा कक्षा ११ र १२मा अध्ययनरत विद्यार्थीहरुको बिचमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
विद्यालयका साहित्य कला र सङ्गीत क्लबका अध्यक्ष छात्र डेविड दुतराजको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वक्तृत्वकलाको महत्वमाथि प्रकास पार्दै अतिरिक्त क्रियाकलाप विभागीय प्रमुख तेज गुरुङले मानवजीवनमा बिचार सम्प्रेषणको प्रमुख माध्यम बोली भएकोले विद्यार्थीमा प्रतियोगितामा मात्र नभएर सबै ठाउँमा आफ्ना भनाइ प्रभावकारी रुपमा राख्न सक्ने क्षमताको विकास हुन अत्यन्त जरुरी भएको बिचार राख्नुभयो।
अङ्ग्रेजी र नेपाली दुवै भाषामा आयोजना गरिएको कार्यक्रममा अङ्ग्रेजीतर्फ सरिस राना,सुरक्षा सेरपुर्जा,क्यारोल गुरुङले,क्रमश: प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे भने शान्ति गुरुङ र सुप्रिया गुरुङले सान्तवना स्थान हासिल गरेका थिए। नेपालीतर्फ पूर्णिमा गुरुङ,मिलन श्रेष्ठ शुस्मिता छन्त्याल, सरिस रानाले क्रमशः प्रथम, द्वितीय,तृतीय र सान्तवना स्थान हासिल गरेका थिए।
विद्यालयका सामाजिक शिक्षक द्वय हेम सुवेदी र ऋषि खतिवडा साथै नेपाली शिक्षक नारायण बरालले नेपाली तर्फ निर्णायकको भूमिका निभाउनुभएको थियो भने अङ्ग्रेजी तर्फ कक्षा ११,१२का संयोजक कृष्ण लम्साल र अङ्गेजी शिक्षक अनिल पराजुलीले निर्णायक को भूमिका निर्वाह गर्नुभएको थियो।
हिसान कास्कीद्वारा आयोजित नेपाली निबन्ध लेखन प्रतियोगितामा सान्तवना स्थान हासिल गरेकी छात्रा पूर्णिमा गुरुङलाई पनि उक्त कार्यक्रममा विद्यालयका शैक्षिक निर्देशक अशोक शाहीले सम्मान गर्नुभएको थियो।
वक्तृत्वकला प्रतियोगिताका संयोजन सामाजिक विभाग प्रमुख भरत गुरुङले गर्नु भएको थियो भने कार्यक्रममा पुरस्कृत भाइबहिनीलाई बधाई दिँदै कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्नुहुने सम्पूर्णमा विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयो।
कास्कीका कार्यालयहरूबाट सम्पादन भएका कामहरूको बार्षिक समिक्षा कार्यक्रम
पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका कार्यालयहरूबाट आर्थिक बर्ष २०८० -८१ मा सम्पादन भएका कामहरूको दुई दिने बार्षिक समिक्षा कार्यक्रम मंगलबार शुरु भएको छ।
कार्यक्रममा प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले सेवा प्रवाह सहित बिकासका योजना थप प्रभाबकारी बनाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । कार्कीले परम्परागत भन्दा उत्पादनमुखी प्रतिफल दिने कार्यक्रममा जोड दिन आग्रह गर्नुभयो । प्रभाबकारी कार्यान्वयनमा बिधमान कानुनी अप्ठ्यारा निराकरण गर्न सबैको पहल आबश्यक भएको भन्दै कार्कीले उत्कृष्ट प्रयासमा केन्द्रीत हुन आग्रह गर्नुभयो ।
सरकारका तहबिच प्रभाबकारी सहकार्य र समन्वयमा जिल्ला समन्वय समितिले कास्कीमा महत्वपूर्ण भुमिका खेलेको भन्दै कार्कीले आबश्यक थप ऎन कानुन निर्माणका लागि प्रदेश सभाबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश सभा सदस्य गणेशमान गुरुङले आम जनताको आबश्यकतालाई ध्यान दिदै सेवा प्रबाहमा ध्यान दिन आग्रह गर्नुभयो ।
गण्डकी प्रदेश सभा सदस्य राजकुमारी भुजेलले बिनियोजित बजेटमा पुजिगत तथा बित्तिय खर्च विवरण न्यून हुनु गम्भीर समस्या भएको भन्दै त्यसतर्फ बिकासका नीति तथा योजना केन्द्रीत गर्न आग्रह गर्नुभयो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीका हरेक कार्यालयहरू उत्कृष्ट हुनु पर्ने भन्दै चालू आर्थिक बर्षका योजना निति कार्यक्रम प्रभाबकारी रूपले कार्यान्वयन गर्न आग्रह गर्नुभयो । समिक्षामा रूपा गाउँपालिकाका प्रमुख नवराज ओझा , मादी गाउँपालिकाका अध्यक्ष देबिजङ गुरुङ , अन्नपूर्ण गाउँ पालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी , रूपाका उपाध्यक्ष लालसुब्बा गुरुङ , मादीका उपाध्यक्ष कल्पना गुरुङ सहितले कास्कीका कार्यालयहरूको कार्य सम्पादनको स्तर र सेवा प्रबाहको सम्बन्धमा धारणा राख्नुभएको थियो ।
मंगलबार शिक्षा तथा समन्वय इकाइ ,कृषि ज्ञान केन्द्र ,सिचाइ तथा जलस्रोत ब्यबस्थापन आयोजना कार्यालय कास्की,घरेलु तथा पर्यटन कार्यालय ,डिभिजन बन कार्यालय ,स्वास्थ कार्यालय ,बृहत जलाधार ब्यबस्थापन केन्द्र गण्डकी ,डिभिजन बन कार्यालय ,कास्कीका अन्नपूर्ण ,माछापुच्छ्रे ,रूपा मादी गाउँपालिका सहित पोखरा महानगरपालिकाले आफ्नो कार्यालयको समिक्षा प्रतिबेदन प्रस्तुत गरेका थिए। समिक्षामा कार्यालयहरूले बार्षिक स्वीकृत बजेट कार्यक्रम ,बार्षिक लक्ष्य अनुसार भौतिक र बित्तिय प्रगती, कार्यान्वयनका उपलब्धि ,समस्या र चुनौती सहित कामको नतिजामा सुधार सम्बन्धमा छलफल गरिएको थियो।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो ।
पोखरा–मुग्लिन सडक विस्तारको काम छिटो गर्न मुख्यमन्त्री पाण्डेकाे निर्देशन
पोखरा–मुग्लिन सडक विस्तारको कार्यमा भइरहेको विलम्ब प्रति गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सडक विस्तारको काम छिटो गर्न सरोकारवालालाई ताकेता गर्नुभएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका प्रमुख सचिव, शुक्लागण्डकी नगरपालिकाका प्रमुख, कास्की र तनहुँका प्रमुख जिल्ला अधिकारी, सडक योजनाका प्रमुख, विद्युत् प्राधिकरणका इकाई प्रमुखहरू लगायतको उपस्थितिमा बसेको बैठकमा गण्डकी प्रदेशको लाइफलाइन रहेको मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतिको काम सुस्त भएपछि मुख्यमन्त्री पाण्डेले सहज रूपमा सवारी आउजाउ गर्ने गरी छिटो काम गर्न निर्देशन दिनुभएको हो ।
सडक निर्माणका क्रममा पोखरा खण्डमा देखिने स्थानीय अवरोधहरूको समाधान लागि पोखरा महानगरपालिका लागि परेको नगर प्रमुख धनराज आचार्यले विश्वास दिलाउनु भएको छ । हाल पोखरा महानगर क्षेत्रमा सडक निर्माण कार्यमा महानगरको तर्फबाट आवश्यक सहजिकरण गरिएको उहाँको भनाई छ ।
साथै बैठकले स्थानीय उत्पादन तथा निर्माण सामाग्रीको लागि प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी बापतको शुल्क सङ्कलन गर्ने क्रममा सम्बन्धित स्थानीय तहले फरक शीर्षकमा थप शुल्क नलाग्ने गरी एकमुष्ट रूपमा प्रचलित कानुन बमोजिम रोयल्टी बापतको शुल्क सङ्कलन गर्ने व्यवस्था मिलाउने, निर्माण सामाग्री प्रशोधनको लागि निर्माण गरिएको प्लान्टमा सङ्कलन हुने निर्माण सामाग्रीहरूको सम्बन्धमा सम्बन्धित पालिकाले स्रोत बुझ्न चाहेको बखत उक्त सामाग्रीको स्रोत सम्बन्धित पक्षले प्रमाणित गर्नु पर्ने निर्णय गरेको छ ।
यस्तै सडक निर्माणको कार्यमा बाधा उत्पन्न नहुने गरी समयमा कार्य सम्पन्न गर्न सहजीकरण गर्न नेपाल विद्युत् प्राधिकरणको तर्फबाट बिजुली पोलहरू रिलोकेट गर्ने, मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्डमा) बर्सातले बिगारेको सडक क्षेत्रमा खाल्डाखुल्डीहरू पुर्ने तथा प्यापअप गरी सवारी आवागमनमा सहज बनाउन आयोजनाको तर्फबाट आवश्यक प्रबन्ध मिलाउने र बत्ती काट्ने समयको सूचना प्रकाशन गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गेटदेखि सेती नदी पुलसम्म बिजुली तार भूमिगत गर्ने कार्य मिति २०८१ भदौ मसान्तसम्ममा सम्पन्न गर्ने र तत्पश्चात् आयोजनाको तर्फबाट उक्त क्षेत्रमा यथाशीघ्र न्यूनतम दुई लेन सडक निर्माण कार्य सम्पन्न गर्ने गराउने निर्णय पनि गरेको छ ।




