फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड

  पोखरा ।   पोखरा    महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिनुभएको छ। महानगरपालिकाको समन्वयमा अनुसन्धानात्मक संस्था इनोभेटिभ भिजन प्रा.लिले आयोजना गरेको ‘फेवाताल र त्यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनाको लागि सरोकारवाालाहरुको कार्यशाला’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
‘अनियन्त्रित मानवीय क्रियाकलापका कारण फेवाताल गेग्रयानहरुले भरिँदै गएको छ, माथिल्लो तटीय क्षेत्र र यसका जलाधार क्षेत्रहरूबाट बगेर आउने गेग्र्यान तालमा थुप्रिएका छन्, नगर प्रमुख आचार्यले भन्नुभयो, यी अनियन्त्रित मानवीय क्रियाकलापका परिणामहरू हुन्, यसलाई समयमा नै रोक्न सकिएन र सबै सरोकारवालाहरू बिच आवश्यक समन्वय हुन सकेन भने भविष्यमा आउन सक्ने गम्भीर वातावरणीय जोखिमको सामना गर्नु पर्ने हुन्छ।’ फेवातालको संरक्षण भविष्यको पुस्ताका लागि पनि महत्त्वपूर्ण हुने भन्दै उहाँले यसमा चनाखो बन्न सबै पक्षलाई आह्वान समेत गर्नुभयो ।
फेवातालको संरक्षणका लागि तल्लो तटीय क्षेत्रले माथिल्लो तटीय क्षेत्रको समग्र वातावरण संरक्षण र जीविकोपार्जन लगायत क्षेत्रमा योगदान गर्नु पर्ने उहाँले बताउनुभयो । ‘फेवाताल देखाएर माथिल्लो जलाधार क्षेत्रमा बसोबास गरिरहेका बासिन्दाहरूलाई विभिन्न किसिमका अङ्कुशहरू लगाउने अनि त्यसको फाइदा सधैभरी तल्लो तटीय क्षेत्रले मात्र लिने कुरा प्राकृतिक न्यायको सिद्धान्तका हिसाबले पनि मिलेको छैन, उहाँले भन्नुभयो, अव यसको व्यवस्थापनका लागि पारिस्थितिकीय सेवा शुल्क भुक्तानीको बलियो संयन्त्र स्थापना गरी सन्तुलन कायम गर्नै पर्दछ।’ यसो गर्न सके मात्र फेवातालको संरक्षण र विकासको दायित्व सवैपक्षमा बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।
फेवातालमा बर्सेनि बगेर आउने ठुलो मात्राको गेग्र्यान रोक्नका लागि तालको माथिल्लो क्षेत्रमा मड ड्याम निर्माण गर्ने योजनामा महानगरपालिका रहेको उहाँले बताउनुभयो । यसअघि फेवातालमा मिसिने विभिन्न खोलाहरूमा निर्माण गरिएका शिल्टेसन तथा चेक ड्यामहरूले समेत फेवातालमा आउने गेग्रयानहरुलाई रोक्न मद्दत गरेको उहाँले बताउनुभयो।
फेवाताल र त्यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनाको औचित्यका विषयमा अध्ययन टोलीका नेता केशव खनाल, फेवातालमा पारिस्थिततिकीय सेवा शुल्क भुक्तानीका क्षेत्रमा यसअघि भएका प्रयासहरूको बारेमा दिल बहादुर भट्टराईले आफ्नो प्रस्तुति राख्नु भएको थियो । कार्यक्रममा रुपातालमा तयार पारिएको पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्रको बारेमा समेत प्रस्तुत गरिएको थियो।
कार्यक्रमका सहभागीहरूले फेवातालको संरक्षणका लागि प्रभावकारी पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनामा जोड दिएका छन्। सरोकारवाला पक्षहरूले यस प्रकार संयन्त्रको स्थापना भए पारिस्थिततिकीय प्रणालीको सन्तुलन कायम गर्न सकिने बताएका छन् । पर्यावरणको संरक्षण र वातावरणीय सन्तुलनले मात्र फेवातालको भविष्यलाई दिगो बनाउन सकिने उनीहरूको तर्क छ ।
वातावरण जोखिम विश्लेषण विना निर्माण गरिएका ग्रामीण सडकहरू, परम्परागत कृषि प्रणाली, अव्यवस्थित विकास निर्माण, बढ्दो प्रदूषण, जलकुम्भी लगायतका मिचाहा प्रजातिको विकास, जलाधार क्षेत्रको संरक्षण अभाव लगायत कारण फेवाताल पुरिँदै गएको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

कास्कीकाे अन्नपुर्ण  – ८ बीरेठांटीमा १११ औं बिपि जन्मजयन्ती मनाइयाे

0
पोखरा । नेपाली कांग्रेसका संस्थापक नेता बिपि कोईरालाको १११ औं जन्मजयन्ती सोमबार  कास्कीकाे अन्नपुर्ण गाउँपालिका -८     बीरेठांटीमा मनाइएकाे छ ।  कार्यक्रममा बाेल्दै  प्रमुख अतिथी नेपाली कांग्रेसका नेता दुर्गा प्रसाद तिमिल्सिनाले    जनताबाट निर्वाचित  जनप्रतिधीहरुले  बिपिले जस्तै  जनताका पिरमर्कामा साथ दिनुपर्नेमा जाेड दिनुभयाे । क्षेत्रिय सभापति मनोज गुरुङले    कास्की कांग्रेसले जिल्लाभरका ७२ वटा ईकाई समितीमा नै जिल्ला प्रतिनिधी खटाई यस्ता  कार्यक्रम भईरहेको जानकारी दिनुभयाे। पाटीमा   ईमान्दार कार्यकर्ता बनेर काम गरे एकदिन पाटीले मुल्याङकन गर्ने उहाकाे भनाइ थियाे ।   प्रशिक्षक कांग्रेस प्रचार बिभागका केन्द्रिय सदस्य राज बहादुर गुरुङ, वडाध्यक्ष बिजय गुरुङ, समाजसेवी बिष्णुमाया गुरुङ, लोकतान्त्रिक आदिबासी जनजाती महासंघका प्रदेश अध्यक्ष टेक बहादुर गुरुङ लगायतले बिपिका बिचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएकाे थियाे । ईकाई सभापति टेक बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन सानो टेक बहादुर गुरुङ र स्वागत ज्ञान बहादुर कुंवरले गर्नुभएको थियो ।

अन्नपुर्णको बीरेठांटीमा बिपी जयन्ती सम्पन्न

पोखरा । नेपाली कांग्रेसका संस्थापक नेता बिपि कोईरालाको १११ औं जन्मजयन्ती सोमबार  कास्कीकाे अन्नपुर्ण गाउँपालिका     बीरेठांटीमा मनाइएकाे छ ।  कार्यक्रममा बाेल्दै  प्रमुख अतिथी नेपाली कांग्रेसका नेता दुर्गा प्रसाद तिमिल्सिनाले    जनताबाट निर्वाचित  जनप्रतिधीहरुले  बिपिले जस्तै  जनताका पिरमर्कामा साथ दिनुपर्नेमा जाेड दिनुभयाे । क्षेत्रिय सभापति मनोज गुरुङले    कास्की कांग्रेसले जिल्लाभरका ७२ वटा ईकाई समितीमा नै जिल्ला प्रतिनिधी खटाई यस्ता  कार्यक्रम भईरहेको जानकारी दिनुभयाे। पाटीमा   ईमान्दार कार्यकर्ता बनेर काम गरे एकदिन पाटीले मुल्याङकन गर्ने उहाकाे भनाइ थियाे ।   प्रशिक्षक कांग्रेस प्रचार बिभागका केन्द्रिय सदस्य राज बहादुर गुरुङ, वडाध्यक्ष बिजय गुरुङ, समाजसेवी बिष्णुमाया गुरुङ, लोकतान्त्रिक आदिबासी जनजाती महासंघका प्रदेश अध्यक्ष टेक बहादुर गुरुङ लगायतले बिपिका बिचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएकाे थियाे । ईकाई सभापति टेक बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन सानो टेक बहादुर गुरुङ र स्वागत ज्ञान बहादुर कुंवरले गर्नुभएको थियो ।

शरीर र मन शुद्ध एवम् शान्त बनाउन शाकाहारी भाेजन गर्नुपर्नेमा जाेड