जिल्ला प्रशासन कार्यालय कास्कीमा आप्रवासी सहायता स्रोत केन्द्र सेवा शुभारम्भ 

पोखरा । पोखरा महानगरपालिकाद्धारा निर्मित आप्रवासी सहायता स्रोत केन्द्र (सहायता कक्ष) को नगर प्रमुख धनराज आचार्यले सेवा शुभारम्भ गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय कास्की परिसरमा निर्माण गरिएको उक्त केन्द्रको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको उपस्थितिमा नगर प्रमुख आचार्यले सेवा शुभारम्भ गर्नुभएको हो ।
सो अवसरमा आचार्यले राहदानी बनाउन जाने व्यक्तिहरूलाई विदेश जानु पूर्व दिइने आवश्यक परामर्श सेवाका लागि एक व्यवस्थित सहायता कक्ष निर्माण भएको बताउनुभयो । केन्द्रमार्फत वैदेशिक रोजगारीमा जानेहरूलाई आवश्यक परामर्श र वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको परिवारका लागि वित्तीय साक्षरता समेतका सवालमा परामर्श सेवा दिइने उहाँले बताउनुभयो ।
सहायता कक्ष राहदानी शाखाको नजिकै निर्माण गरिएकाले त्यसको प्रयोजन, आवश्यकता र औचित्यका सन्दर्भमा समेत काउन्सिलिङ गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । सेवाग्राहीहरूको सुविधाका लागि संरचना निर्माणमा पोखरा महानगरपालिकाले गरेको सहयोग प्रति उहाँले आभार समेत व्यक्त गर्नुभयो ।
सेवाग्राहीहरूले विश्राम गर्ने फल्चा सहित सहायता कक्ष निर्माणमा पोखरा महानगरपालिकाले १६ लाख रुपैयाँ खर्च गरेको छ । नागरिकहरूको सेवाका लागि सहज हुने विश्वास गरिएको छ । पोखरा महानगरपालिकाका रोजगार संयोजक विष्णु प्रसाद दाहाल र सुरक्षित आप्रवासन कार्यक्रमका जिल्ला संयोजक आदिमध्वज श्रेष्ठले महानगरपालिकाको तर्फबाट श्रम तथा रोजगारको क्षेत्रमा समन्वय गरिरहनु भएको छ ।

महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम

संकल्प गण्डकीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पोखरा ।    बहुविवाहलाई मान्यता दिने कानुनी मस्यौदा खारेज गर्न माग गर्दै   शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल, सङ्कल्प गण्डकीले बुधबार  कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मामार्फत प्रधानमन्त्रीलाई    ज्ञापनपत्र बुझाएको छ। संघीय सरकारले मुलुकी अपराध संहिताको धारा १७५ संशोधन गरी बहुविवाहलाई निश्चित परिस्थितिमा कानुनी मान्यता दिने प्रस्तावित मस्यौदा सार्वजनिक भएको सन्दर्भमा  त्यस्तो मस्यौदा खारेजीको माग गरिएकाे सङ्कल्प गण्डकीका अध्यक्ष   सरिता तिमिल्सिना  पङ्गेनीले बताउनुभयो । ज्ञापनपत्रमा प्रस्तावित मस्यौदाले विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध विस्तार गर्दा गर्भ रहनु वा बच्चा जन्मिनु जस्ता अवस्थालाई दोस्रो विवाहको वैधानिक आधार बनाउने व्यवस्था गर्न खोजेको भन्दै बहुविवाहलाई छुट दिने प्रस्तावित कानुनलाई तत्काल रोक्न माग गरिएको छ । ‘प्रस्तावित मस्यौदाले नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको समानताको हक र महिलाहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई ठाडै चुनौती दिएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यो मस्यौदाले त्यसलाई उल्टाउँदै समाजलाई पुन प्रतिगमनतर्फ धकेल्नुका साथै थप सामाजिक अपराधहरु निम्त्याउन सक्छ ।’ ज्ञापनपत्रमा बहुविवाहलाई छुट दिने प्रस्तावित कानुनलाई तत्काल रोक्न माग गरिएको छ ।   ज्ञापनपत्रमा बहुविवाहलाई कानुनी मान्यता दिने वा त्यसको प्रवर्धन गर्ने प्रयास नेपालककाे संविधान,  महिला तथा मानव अधिकारकाे  भावना र अन्तर्राष्ट्रिय सन्धि सम्झौता विपरीत रहेको उल्लेख गरिएको छ।