राष्ट्रिय युवा नीति २०८१ भदौ महिनाभित्रै आउँछ : मन्त्री चौधरी

आदिवासी जनजातिका भाषा संस्कृति, देशको सम्पत्तिः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आदिवासी जनजातिका भाषा र संस्कृति देशको सम्पत्ति रहेको बताउनुभएको छ । उहाँले आदिवासी जनजाति पत्रकारहरूले आफ्नो भाषा, संस्कृति, रहनसहनलाई जीवन्त राखिरहन आफ्नो मातृभाषामासमेत पत्रकारिता गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश समिति र कास्की समितिले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा उहाँले सञ्चार क्षेत्र समावेशी हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । पत्रकारिता पेसामा हरेक समुदायका व्यक्तिको बराबरको सहभागिता गराउनु जरुरी रहेको उहाँले बताउनुभयो । ‘महिला, आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम तथा पछाडि परेका अल्पसंख्यक लोपोन्मुख जाति समुदाय, क्षेत्र, लिंगबाट प्रतिनिधित्व गर्ने पत्रकारहरु राज्यको विभिन्न अंगमा बढी सहभागिताको खाँचो छ ।’ – प्रदेश प्रमुख भट्टले भन्नुभयो । फोनिज सम्बद्ध पत्रकारहरुले आफ्नो क्षमता अभिवृद्धि गर्दै आदिवासी जनजातिका मुद्दा, संस्कार संस्कृति, परम्परा, रैथाने प्रविधि र भाषाका विकास र अधिकारका मुद्दामा निर्भीकतापूर्वक कलम चलाउन सक्ने नेतृत्व निर्माण गर्न सकोस् भन्ने अपेक्षा पनि उहाँले गर्नुभयो । उहाँले पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवसायिक बनाउनुपनमा जोड दिँदै पत्रकारिता क्षेत्रमा लागेर अझै पनि बाँच्न सक्ने स्थिति नहुनु दुःखदायी अवस्था रहेको उल्लेख गर्नुभयो । नेपाली सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक सहकार्य गर्ने वातावरण बनोस् भन्ने शुभेच्छा पनि राख्नुभयो । उहाँले भन्नुभयो – ‘नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको छ । लोकतन्त्र, गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अग्रज पत्रकार तथा पत्रकारिता जगतले खेलेको भूमिका अविस्मरणीय रहेको कुरा म स्मरण गर्दछु।’ आफूपनि पत्रकारिता क्षेत्रमा संलग्न रही नजिकबाट चिन्न पाएको स्मरण गर्दै प्रदेश प्रमुख भट्टले २०३८ सालमा सुदूर पश्चिमको पहिलो पत्रिका भीम सन्देश त्रैमासिकको संस्थापक सम्पादक भएर पत्रकारिताको अनुभव बटुलेको उल्लेख गर्नुभयो । फोनिज स्थापनाको २५ वर्ष पूरा गरी २६ औं वर्ष प्रवेशको अवसरमा वर्षभर विविध कार्यक्रम गरी रजत जयन्ती मनाइरहेकोमा उहाँले शुभकामना पनि व्यक्त गर्नुभयो । उक्त अवसरमा कास्कीका पत्रकार दीपेन्द्र श्रेष्ठ र नवलपुरकी पत्रकार कमला राना मगरलाई कञ्चन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । फोनिज गण्डकीका अध्यक्षत रूद्र श्रीष मगरको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

आस्था साकोसमा कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला

‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ कमला र दीपेन्द्रलाई अर्पण

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ बाट दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) पुरस्कृत भएका छन् । फोनिजको २५ औं स्थापना दिवस (रजत जयन्ती) को अवसरमा आज आइतबार) पत्रकारद्वयलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट तथा पुरस्कारदाता व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले पुरस्कार स्वरुप फेटा, दोसल्ला, सम्मानपत्रसहित जनही नगद रु २५ हजार अर्पण गरे । सो अवसरमा बोल्दै प्रदेश प्रमुख भट्टले पछिल्लो समय पत्रकरिता आफ्नो लयमा नबगेको प्रदेश प्रमुख भट्टले बताए । उनले नेपालको पत्रकारिताको विकासमा आदिवासी जनजाति पत्रकारको पनि भूमिका रहेको उल्लेख गर्दै सञ्चार गृहमा पनि समान अवसरम दिनुपर्ने धारणा राखे । प्रदेश प्रमुख भट्टले आदिवासी जनजातिको भाषा, धर्म, कला, संस्कृति देशकै सम्पत्ति भएकाले पत्रकारितामार्फत संरक्षण गर्न सकिने बताउदै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए । यस्तै पुरस्कृत व्यक्तित्व दीपेन्द्र श्रेष्ठले आवश्यकता महसुस भएर पत्रकारितामा लागेको स्मरण गरे । उनले कञ्चन पत्रकारिता पुरस्कार अर्पण गरेर आफुलाई थप जिम्मेवार बनाएको बताए । ‘यो पुरस्कारले आदिवासी जनजातिको हक अधिकारको पक्षमा झनै आवाज बुलन्द गर्न प्रेरणा मिलेको छ, उनले भने, ‘यसले मलाई थप जिम्मेवार बनाएको छ ।’ अर्का पुरस्कृत व्यक्तित्व कमला रानामगरले प्राप्त गरेको कञ्चन पत्रकारिता पुरस्कार अहिलेसम्मकै महत्वपूर्ण पुरस्कार रहेको बताइन् । ‘आज मलाई दिनुभएको यो पुरस्कार हेभी छ, उनले भनिन्, ‘यसले मलाई पत्रकारितामा थप सत्रिय हुन हौसला दिएको छ । त्यसैले म आजिवन सत्रिय पत्रकारिता गरिरहनेछु ।’ पुरस्कृत श्रेष्ठ एभरेष्ट एफ एमका स्टेसन म्यानेजरका रुप्मा कार्यरत छन् भने, रानामगर नवलपुर टाइम्सका सम्पादक हुन् । यस्तै सम्मानित व्यक्तित्व वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले आफुलाई सम्मान अर्पण गरेकाले फोनिजप्रतिको जिम्मेवारी थप भएको धारणा राखे । उनले पछिल्लो समय पत्रकारिताले आफ्नो बाटो बिराएको बताउदै चिन्ता व्यक्त गरे । उनले आवाजविहीनका आवाज नभई पत्रकारिताले सिंहदबार र आवाज हुनेहरुलाई मात्रै बोकेको टिप्पणी गरे । यस्तै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पत्रकारिता समाजको ऐना भएको बताउदै नागरिकलाई झुक्याउन नहुने बताए । ‘पत्रकारिता समाजको ऐना हो त्यसैले यसले जे हो त्यही देखाउनुपर्छ । झुक्याउनु हुँदैन,’ उनले भने । अक्षयकोषमा यस वर्षपनि थपियो राशी, पुग्यो १० लाख अक्षयकोषमा यसवर्षपनि नगद राशी थपिएको छ । फोनिज गण्डकीका महासचिव धन बहादुर गुरुङका अनुसार पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । ५ लाख रुपैयाँदेखि सुरु गरिएको यस अक्षयकोषमा गुभाजु परिवारले हरेक वर्ष १ लाख थप गर्दै आएका छन् । यस वर्षपनि १ लाख थप गर्ने घोषणा गरेको महासचिव गुरुङले बताए । उनका अनुसार हाल अक्षयकोषमा १० लाख रुपैयाँ रहेको छ । यो पुरस्कार गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष प्रदान गरिँदै आइएको छ । सो पुरस्कारबाट यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना र लमजुङका आश गुरुङ, कास्कीका हुम बहादुर गुरुङ र मुस्ताङका शुन्दरकुमार थकाली पुरस्कृत भइसकेका छन् । सोही कार्यक्रमको अवसरमा तत्कालिन अनिज र हालको फोनिजकोे विकासमा स्थापनाकालदेखि नै योगदान पुर्याएको भन्द्र वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर र बालासिंह काउछामगरलाई सम्मान अर्पण गरिएको थियो । यस्तै मिस मगर नेपाल २०२३ का विजेता विनु थापामगर, फस्र्ट रनरअप दिवा पाइजा मगर, सेकेन्ड रनरअप कविता थापामगर, थर्ड रनरअप दिक्षा थापामगर र म्यूअर्स च्वाइस उमा पुनमगरलाई सम्मान अर्पण गरिएको थियो । सो कार्यक्रममा तमुधिं नेपालका संस्थापक अध्यक्ष कर्मा तमु, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, फोनिजका संस्थापक उपाध्यक्ष बालासिंह काउछा मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा फोनिज कास्कीका अध्यक्ष दिल प्रसाद गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने गण्डकीका महासचिव धन बहादुर गुरुङ (सुमन) ले कार्यक्रम सञ्चालन गरेका थिए ।