त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तर सुधार्नुको विकल्प छैन – शिक्षा मन्त्री भट्टराई

पाेखरा ।  शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तर सुधार्नुको विकल्प नरहेको बताउनुभएको छ। मन्त्री भट्टराईले लाखौं विद्यार्थीहरूको शैक्षिक भविष्य बोकेको त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तरको बारेमा बेला बेलामा प्रश्न उठ्ने गरेको तर्फ इङ्गित गर्दै, मन्त्री भट्टराईले कुनै गुनासो न आउने गरि कार्यसम्पादनको स्तरमा सुधार ल्याउने अल्पकालीन र दीर्घकालीन रणनीति तय गरिने बताउनुभयो। भट्टराईले उक्त कुरा त्रिभुवन विश्वविद्यालय एलुम्नाइ एसोसिएसन नेपालको पाँचौं साधारण सभाको उद्घाटन गर्दै बताउनुभयो। राज्यका हरेक नीति र राजनीति नेतृत्व गर्ने हुँदा, हरेक निकायलाई राजनीति मार्फत निर्माण हुने नीति प्रधान बनाउनेतर्फ ध्यान दिन सरोकारवाला निकायलाई क्रियाशील बनाउने उल्लेख गर्नुभयो। हामी शैक्षिक गुणस्तर वृद्धिका लागि स्पष्ट कार्ययोजना सहित अघि बढ्ने छौं भन्दै सरोकारवाला सबै निकायहरूलाई केही समय भित्र गुणस्तरीय शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादनको परिणाम देखिने गरी काम गर्न मन्त्री भट्टराईले आग्रह गर्नुभयो।

अन्तर्राष्ट्रिय युवा दिवस २०२४ काे अवसरमा पत्रकार खेलाडी र व्यवसायीलाई पाेखरामा सम्मान

पाेखरा । अन्तर्राष्ट्रिय युवा दिवस २०२४ काे अवसरमा राष्ट्रिय युवा परिषद्काे आयाेजना र रिटर्नी माइग्रेट नेपालकाे समन्वयमा पत्रकार, खेलाडी र व्यवसायीलाई सम्मान गरिएकाे छ। रिटर्नी माइग्रेट नेपालकाे स्थापना दिवसमा परिषद्काे आयाेजनामा सफल न्युज डटकमका कार्यकारी सम्पादक एंव प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरी, पत्रकार रामजी प्रसाद लम्साल, खेलाडी एंव पाेखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक बहादुर गाेदार, खेलाडी एंव महानगर खेलकुद विकास समितिका सदस्यसचिव सुभाष खड्का, खेलाडीहरु विशाल बस्नेत, सिद्धान्त अधिकारी, कृपा गुरुङ र रचना कुमारी चाैधरी, व्यवसायीहरु ईश्वर केसी, बुद्धि सुवेदी, रमेश भण्डारी, दुर्गा प्रसाद आचार्य, शाेभाखर अधिकारीलाई सम्मान गरेकाे हाे । सम्मानित सबैलाई गण्डकी प्रदेशसभा सदस्य भीम कार्की, रटर्नी माइग्रेट नेपाल कास्कीका अध्यक्ष अमृत प्रसाद बास्ताेला, पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, केन्द्रीय सल्लाहकार चन्दबहादुर राेका, कार्यक्रम संयाेजक तथा गण्डकी प्रदेश सदस्य विष्णुबहादुर केसीले दाेसल्ला, अविर र सम्मानपत्र सहित सम्मान गरे । सम्मान कार्यक्रमपछि बाेल्दै प्रदेशसभा सदस्य भीम कार्कीले देशमा राजनीति अस्थिरता रहेकाे र त्यसले जनतामा निराशा पैदा गरेकाे बताउदै राजनीतिक स्थायित्व, अर्थतन्त्रमा देखिएकाे संकट, भष्टाचार नियन्त्रण र समाजमा भएका विकृति विसंगतिलाई अन्त्य का लागि काँग्रेस एमालेकाे सरकार बनेकाे बताए । उनले अप्ठ्यारोमा परेको अर्थतन्त्र, देशलाई निकास, विकृति विसंगति सुधार, भष्टाचार र अर्थतन्त्रमा आशाकाे संचारका लागि सरकारले काम गर्ने बताए । उनले रिटनीहरुका समस्यालाई समाधान गर्न आफ्नो तर्फबाट भुमिका खेल्ने कार्कीले बताए । राेजगारीका लागि विदेशमा बसेर आएकाहरुकाे सीप र ज्ञानलाई स्वदेशमा उपयाेग गर्ने, उनीहरूका समस्या समाधान गर्ने र सबैलाई समेटेर लैजाने उदेश्यले साझा संस्थाका रुपमा गठन गरिएकाे कास्की अध्यक्ष अमृत प्रसाद बास्तोलाले बताए । कार्यक्रममा रिटर्नी माइग्रेट नेपालका केन्द्रीय सल्लाहकार चन्द बहादुर राेका, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमल्सेना पंगेनि, सम्मानितका तर्फबाट संस्थापक अध्यक्ष बुद्धि प्रसाद सुवेदी, दिपकबहादुर गाेदार,रिटनी फेडेरेसन नेपाल गण्डकी प्रदेश अध्यक्ष प्रमिला बराल,एशिया मानव अधिकार मञ्चका मनबहादुर थापा, रिटनी सेन्टर नेपाल केन्द्रीय सदस्य चुडामणि अधिकारी, उपाध्यक्ष दुर्गा प्रसाद आचार्य लगायतले बाेलेका थिए । कार्यक्रम रिटर्नी माइग्रेट नेपाल कास्कीका अध्यक्ष अमृत प्रसाद बास्ताेलाकाे अध्यक्षतामा र कार्यक्रम संयाेजन रिटर्नी गण्डकी प्रदेश सदस्य विष्णुबहादुर केसीले गरेका थिए ।रिटर्नी माइग्रेट नेपाल कास्कीका सचिव रमेश त्रिपाठीले कार्यक्रम संचालन गरेका थिए।

फोनिज रजत वर्षमा भलिबल र छेलो प्रतियोगिता

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्षका अवसरमा पोखरामा पत्रकारहरु बिच मैत्रीपूर्ण भलिबल र छेलो (महिला÷पुरुष) प्रतियोगिता भएको छ । फोनिज गण्डकीको आयोजना र फोनिज कास्कीको सह–आयोजनामा भएको प्रतियोगितामा भलिबलतर्फ पुरुष टिममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रथम भएको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा मञ्चले आयोजक फोनिज गण्डकीको टिमलाई ३–२ सेटमा हराएको हो । पहिलो र दोस्रो सेट लगातार २५–२१ र २५–१९ ले जितेको फोनिजले त्यसपछिको २५–१४, २५–२१ र १५–१३ ले मञ्चलाई सुम्पेको हो । विजेता बनेको मञ्चको टिमले सिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । भने, फोनिज गण्डकीले मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुप¥यो । महिलातर्फको खेलमा फोनिज गण्डकीको टिमले नेपाल पत्रकार महासंघ कास्कीको टिमलाई २५–२१ र २५–२० को सोझो सेटमा पराजित ग¥यो । भेट्रान्सतर्फको खेलमा पनि आयोजकको टिमले पत्रकार महासंघको टोलीलाई २५–१६ र २५–१४ को सेटले हरायो । दुवै विधामा विजेता बनेको फोनिजको टिमले सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने, उपविजेता भएको पत्रकार महासंघको टिमले मेडल र प्रमाणपत्र पायो । प्रतियोगिता अन्तर्गत भएको छेलो प्रतियोगितामा पुरुषतर्फ अशोक थापा प्रथम बने । विजेता थापाले नगद रु २ हजारसहित फेटा र मेडल प्राप्त गरे । महिलातर्फ प्रियंका गर्बुजा मगर प्रथम बनिन् । उनले पनि नगद रु २ हजारसहित दोसल्ला र मेडल प्राप्त गरिन् । प्रतियोगिताको उद्घाटनपछि प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले खेलकुद र पत्रकारितको माध्यमबाट समाजलाई अनुशासित, मेहनती र लगाशिल बनाउनुपर्ने बताए । ‘खेलकुदको अनुशासन र पत्रकारितको सचेतनालाई सँगै राखेर समाजलाई अनुशासित, मेहनती र लगाशिल बनाउनुपर्छ,’ उनले भने, ‘यदि यसो गर्न सकिएमा राष्ट्र नै अनुशासित हुन्छ अनि कर्तव्यनिष्ट र जवाफदेही बन्छ ।’ प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेश भित्रका खेल क्षेत्रको विकास लागि तल्लिन रहेको उनको बताए । यसका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरेर अगाडि बढिरहेको उनले बताए । खेलकुद संयोजक अर्जुन गाहा ‘सुशान्त’ ले आगामी वर्ष पनि फोनिजले खेल गतिविधिलाई निरन्तरता दिने बताए । फोनिज कास्की अध्यक्ष दिलप्रसाद गुरुङले पत्रकारहरुको भाइचारा प्रगाढ बनाउनका लागि प्रतियोगिता आयोजना गरेको बताए । फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसले फोनिजले यो वर्ष रजत वर्ष मनाईरहेकाले गण्डकी र कास्की शाखाले संयुक्त रुपमा सप्ताहव्यापी कार्यक्रम गरिरहेको बताए । रजत वर्षकै अवसरमा साउन २७ गते मुल कार्यक्रम आयोजना गरी कञ्चन पत्रकारिता पुरस्कार अर्पण गरिने महासचिव धनबहादुर गुरुङले जानकारी दिए । यसका लागि कास्कीका पत्रकार दीपेन्द्र श्रेष्ठ र नलवपुरकी कमला रानामगर छनोट भइसकेको उनले बताए । सोही दिन अनिज स्थापनामा योगदान दिने र फोनिजलाई साथ, सहयोग र सल्लाह गर्ने अग्रज फोनिजकर्मीहरुलाई पनि सम्मान गरिने महासचिव गुरुङले बताए ।  

लामाचौर तिज महोत्सवकाे तयारी सुरू

पाेखरा  ।  पोखराको लामाचौरमा हरेक वर्ष  हुने तिज महोत्सव एवं महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताको मिति घोषणा भएको छ । नव आदर्श सामुदायिक समाज स्थापनाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता यही आउँदो भाद्र १९ गते देखि २१ गते सम्म हुने भएको समाजले जनाएको छ । महिलाहरूको महान् पर्व हरितालिका तिज पर्वको अवसरमा पोखरा लामाचौर स्थित ईन्द्रराज्य लक्ष्मी माविको परिसरमा सञ्चालन हुन राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबले  प्रतियोगितामा पुरुष तथा महिला तर्फ करिब ५÷५ टिमको सहभागिताको लागी पत्राचार गरिएको समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले बताउनु भयो । प्रतियोगितामा पुरुष तर्फ नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र मणिमुकुन्द भलिवल क्लब त्यस्तै महिला तर्फ त्रिभुवन आमी, नेपाल पुलिस क्लब, एपिएफ क्लब,े न्यू डायमण्ड एकेडेमी र एभरेष्ट भलिवल क्लबलाई सहभागीताको लागी आमन्त्रण गरिएको पनि अध्यक्ष भण्डारीले जनाकारी दिनुभयो । लिगकम नकआउटका आधारमा संचालन हुने उक्त प्रतियोगिता भदौ १८ गते देखि सुरु गर्ने तयारी रहेकोे छ । महोत्सवको अवसरमा राष्ट्रिय भलिबल सहित अन्तर महिला समूह तिज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, औद्योगिक तथा विभिन्न व्यापारिक स्टलहरू, विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको प्रस्तुती संगै शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने श्रष्टालाई सम्मान र छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने संस्थाका प्रथम उपाध्यक्ष दिनेश भण्डारीले बताउनु भयो । यसै बिच आइतवार(हिजो) समाजले कार्यसमिति, सल्लाहकार, पुर्व अध्यक्ष लगायत सम्पूर्ण समिति र उपसमिति संयोजक सहितको सयुक्त भेला आयोजना गरी महोत्सबको तयारी सम्बन्धि बृहत छलफल गरेको छ । छलफलमा आफ्नो भनाई राख्दै पोखरामहानगर पालिका वडा नं. १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले अहिलेको प्रतिकुल व्यवसायिक अवस्थामा मेला महोत्सव सम्पन्न गर्न धेरै चुनौती रहेता पनि लामाचौर तिज महोत्सव एउटा ब्राण्ड नै बनिसकेकोले यसलाई सम्पन्न गराउन सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रकमा बाेल्दै समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले महोत्सवको मिति नजिकिदै गइरहेको अवस्थामा सबै समिति, सल्लाहकार र उपसमितिहरुबाट बिगतका वर्षहरुमा झै यस वर्ष पनि सक्रियताका साथ सहयोग प्राप्तहुने विश्वास व्यक्र गर्नुभयो । राष्ट्रको कला र संस्कृतिको संरक्षणार्थ समाजले २०५४ सालदेखि नै “मौलिक संस्कृतिको जगेर्ना गरौ” भन्ने मुल नाराका साथ महिला हरुको महान पर्व हरितालिका तिजको अवसरमा तिज महोत्सव संचालन गर्दै आइरहेको छ। उक्त कार्यक्रममा नव आदर्श सामुदायिक समाजले लामाचौर स्थित गण्डकी आवासिय माध्यामिक विद्यालय तथा गण्डकी कलेज अफ इन्जिनियरिङ साइन्सका नव नियुक्त प्राचार्य डा. विश्व उदिर पौडेल क्षेत्रीलाई स्वागत समेत गरेको थियो ।