फुलबारी क्लबको अध्यक्षमा जनार्दन बास्तोला

पोखरा । फुलबारी क्लबको ३४औँ वार्षिक साधारणसभा तथा १७औँ अधिवेशन पोखरा–११, फुलबारीमा सम्पन्न भएको छ। अधिवेशनले जनार्दन बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो। समितिको उपाध्यक्षमा युवराज बास्तोला, सचिवमा सबीना बास्तोला आचार्य, सह–सचिवमा अनन्त राज आचार्य, र कोषाध्यक्षमा रामशरण भट्टराई चयन भएका छन्। सदस्यहरूमा सन्तोष भण्डारी, शिवराज पौडेल, अञ्जु ताम्राकार पौडेल, सुभास बास्तोला, रमेश बास्तोला र सङ्गीता पौडेल आचार्य रहेका छन्  । कार्यक्रममा निवर्तमान सचिव युवराज बास्तोलाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सावित्रीकुमारी पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नवनिर्वाचित अध्यक्ष जनार्दन बास्तोलाले आफ्नो कार्यकालको पहिलो प्राथमिकता मणिपाल अस्पतालसँगको सहुलियत कार्ड सेवा पुनः सञ्चालन गर्ने रहेको बताए । उनका अनुसार, मणिपाल अस्पताल स्थापना हुँदाका बेला फुलबारी क्षेत्रका केही घरधुरीलाई दिइएको सहुलियत कार्ड हाल रद्द भएको छ, त्यसलाई पुनः निरन्तरता दिन आवश्यक छ। उनले समुदायमै उपलब्ध स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न क्लबको भूमिका अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमका प्रमुख अतिथि  वडा नं. ११ का वडा अध्यक्ष प्रेम प्रसाद कर्मचार्यले फुलबारी क्लबले स्थानीय विकास, सामाजिक समावेशीता र सामुदायिक सहकार्यमा खेलेको भूमिकाको प्रशंसा गरे। उनले नयाँ कार्यसमिति अझ प्रतिबद्ध र सक्रिय रहने विश्वास व्यक्त गरे। निवर्तमान अध्यक्ष मनोज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा गार्डेन क्लब फुलबारीका अध्यक्ष विनोद गुरु, जनप्रतिनिधि सुसिल बास्तोला, पूर्व क्लब अध्यक्ष तथा पूर्व वडा अध्यक्ष मोहन प्रसाद बास्तोला, पूर्व अध्यक्ष माधव (मधु) प्रसाद बास्तोला, र क्लब सल्लाहकार सञ्जय किशोर बास्तोला लगायतले मन्तव्य राखेका थिए ।

संघीय निजामती ऐन जारी भएपछि कर्मचारी प्रशासनमा रहेको संक्रमण काल अन्त्य हुने

    पोखरा ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कर्मचारी प्रशासनको संक्रमणकाल चाँडै अन्त्य हुने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा शनिबार जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा ट्रेड युनियनका पदाधिकारीहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले संघीय निजामती ऐन जारी भएपछि कर्मचारी प्रशासनमा रहेको संक्रमण काल अन्त्य हुने बताउनुभयो । कर्मचारी प्रशासनमा देखिएका समस्या हल गर्न आफु लागि परेको भन्दै मन्त्री न्यौपानेले संघीय निजामती ऐन जारी भएपछि कर्मचारी प्रशासनमा देखिएका धेरै समस्या हल हुने बताउनुभयो । निजामती कर्मचारीहरुको न्यायिक व्यवस्थापन गर्ने बारेमा आफु प्रतिबद्ध रहेको उहाँको भनाई थियो । संघीय निजामती ऐन प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा टेवल भएको भन्दै राष्ट्रिय सभामा दफावार छलफल पछि समितिले टुंगो लगाएर पुनः प्रतिनिधि सभामा पठाउने र चालु संसद अधिवेशनबाट संघीय निजामती ऐन जारी हुने मन्त्री न्यौपानेले बताउनुभयो । संघीय निजामती ऐन जारी भएपछि कर्मचारीहरुले उठाएका धेरै विषय सम्बोधन हुने मन्त्री न्यौपानेले दाबी गर्नुभयो । मन्त्री न्यौपानेले भन्नुभयो ‘तिनै तहका कर्मचारीको समस्या समाधान गरि कर्मचारीलाई उत्पाहपुर्वक काममा लाग्ने बातावरण बनाउन लागि परेको छु ।’ कर्मचारीको मात्र नभई अहिले जनताको समस्याको पनि निकै ठुलो रहेको भन्दै कर्मचारीहरुले जनताको कामलाई उच्च प्राथमिकतामा राखेर कार्य सम्पादन गर्नुपर्ने उहाँको भनाई थियो । ‘भनसुनको आधारमा भन्दा कानुनको परिधि र सिष्टममा आधारित भएर सेवा दिनुहोस्’ मन्त्री न्यौपानेले भनिन् ‘जनताको काममा कुनै पनि बाहानामा ढिलासुस्ती र अलमल हुनु हुँदैन ।’ जनातामा दुई चार पैसा खर्च नगरिकन र भनसुन र पावर नलगाइकन मेरो काम बन्दै भन्ने मानसिकता रहेको भन्दै उहाँले त्यो मानसिकतालाई तोड्नुपर्ने बताउनुभयो । जनताको विश्वास जितेर कर्मचारीहरुले कार्यसम्पादन गर्नुपर्ने भन्दै उहाँले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड सजायको व्यवस्था पनि हुने बताउनुभयो । मन्त्री न्यौपानेलाई कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कार्यालयको सेवा प्रवाह र कास्की जिल्लाको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । उक्त अवसरमा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुले संघीय निजामती ऐन जारी नहुँदा कार्यालयका कर्मचारीहरुमा काम गर्ने वातावरण नभएको बताउनु भएको थियो ।

तायाः मचा नृत्य प्रतियोगीता पोखरा – ३० शिशुवामा हुने

पोखराकाे पुरानो टुँडिखेलमा भाद्र ६ गतेदेखि तीज महोत्सव हुने

पोखरा ।  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज २०८२ को अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा तीज महोत्सव हुने भएको छ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आउदो ६ देखि १५ भाद्रसम्म तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ हुने भएको हो । आयोजक केन्द्रले महोत्सवको मिति तय सगै तयारी समेत तिव्र पारेको छ । महोत्सव सम्पन्न गर्न आयोजक केन्द्रमा अध्यक्ष भानुभक्त अधिकारीको संयोजकत्वमा पोखरा १, २ र ३ नम्बर वडामा रहेका सम्पूर्ण संघ संस्था, आमा समूह, क्लब, टोल सुधार समिति, वित्तिय संस्था, विद्यालय लगायत विभिन्न क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रमुख एंव प्रतिनिधिहरुको प्रतिनिधित्व हुने गरि मूल आयोजक समिति, ३९ सदस्य सम्पादन समिति, विभिन्न ३८ वटा उपसमिति, ३१ सदस्य मेला संरक्षक समिति, १३१ सदस्य सल्लाहकार समिति गठन गरिएको आयोजक केन्द्रका सचिव समेत रहेका सचिवालय व्यवस्थापन उपसमितिका संयोजक दृर्गाप्रसाद अधिकारीले जानकारी दिए । महोत्सवको तयारीका क्रममा शनिबार महोत्सव कार्य सम्पादन समिति एंव सरोकारवालाहरुको बैठक सम्पन्न भएको छ । बैठकमा आयोजक संस्थाका अध्यक्ष एंव मूल आयोजक समितिका संयोजक अधिकारीले ऐतिहासिक टँुडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतीको संरक्षण, महिला दिदी–बहिनीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नृत्य र संगीत मार्फत महिला सशक्तिकरणमा टेवा पुर्याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रुपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहित प्रतिभाको लागि स्थान र वातावरण उपलब्ध गराउने उदेश्य महोत्सवको रहेको बताए । सांस्कृतिक, खेलकुद तथा ज्ञानवद्र्धक एवम् मनोरञ्जनात्मक कार्यक्रम संचालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धना टेवा पुर्याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाहरुको समग्र स्तर उन्नति गर्ने, निर्माण सम्पन्न इन्द्रेणी आवाशिय क्रियाकर्म भवनलाईलाई सुविधासम्पन्न बनाउने, शव यात्रा वाहन सञ्चालन गर्ने उदेश्य समेत महोत्सवको रहेको अधिकारीले जानकारी दिए । १० दिने महोत्सवमा मौलिक तीजगीत प्रतियोगिता (आमा समूहगत), खुल्ला एकm नृत्य प्रतियोगिता, परम्परागत सिप ढिँकी जातो प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता समेत संचालन हुनेछन् । यसै गरि मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा, रेष्टुरेन्ट लगायत विभिन्न स्टलहरु सगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सगै वाल उद्यान समेत रहनेछ । आयोजक केन्द्रका उपाध्यक्ष एंव अर्थ संकलन उपसमितिका संयोजक निरज विक्रम राणका अनुसार महोत्सव संचालनका लागि ६९ लाख आम्दानी, ६४ लाख ५० हजार खर्च, चार लाख ५० हजार बचत हुने अनुमान रहेको र बचत रकम विभिन्न सामाजिक काममा खर्च गरिने जानकारी दिए । महोत्सव सम्पन्न गर्न गठित उपसमितिहरु मध्ये निरज विक्रम राणा–अर्थ संकलन, बसन्त बास्तोला–सांस्कृतिक, दुर्गाप्रसाद अधिकारी–सचिवालय व्यवस्थापन, वेद प्रसाद वस्ती–लेखा तथा आर्थिक व्यवस्थापन, दुर्गा दत्त भुगाई–अन्तर्राष्ट्रिय समन्वय, मिन बहादुर घले–युवा परिचालन, निर्देशन कुमार चुल्याजु–सरसफाई व्यवस्थापन, हरि प्रसाद अधिकारी–मञ्च व्यवस्थापन, पार्वती खनाल–स्वागत सत्कार, सरस्वती दाहाल–ज्येष्ठ नागरिक समन्वय, सुगम मणी पराजुली–जलपान व्यवस्थापन, राजेन्द्ररमण पराजुली–सल्लाहकार, राम विक्रम राणा–अनुमगन, प्रेम रमण आचार्य–संयोजक, खगेन्द्रराज पराजुली–अतिथि सत्कार, विश्वगोपाल पराजुली–मौलिक सांस्कृतिक संरक्षण, माननीय सारदा पौडेल–अतिथि व्यवस्थापन, दिल बहादुर गुरुङ–विशेष समन्वय, प्रेम बहादुर गुरुङ–मेला प्रवद्र्धन, तिलक कोइराला–कानूनी परामर्श, रोहितराज पराजुली–प्रचार प्रसार, बाल कृष्ण कोइराला–प्रायोजक समन्वय, राम प्रसाद अधिकारी–सुरक्षा व्यवस्थापन, भद्रराज त्रिपाठी–शिक्षा तथा श्रष्टा सम्मान, रुद्र प्रसाद लुईटेल–बजार व्यवस्थापन, गंगा बहादुर गुरुङ–टोल विकास संस्था समन्वय, चन्द्र बहादुर गुरुङ–स्थानीय संघसंस्था समन्वय, पदम बहादुर गुरुङ–झाँकी व्यवस्थापन, युवराज आचार्य–स्वयम् सेवक परिचालन, डिल्लीराम सुवेदी–प्रतियोगिता व्यवस्थापन, जीवन विक्रम राणा–पार्किङ व्यवस्थापन, चन्द्र बहादुर भण्डारी–यातायात व्यवस्थापन, कृष्ण कार्की–आकस्मिक सेवा, शिवराज अधिकारी–पुरस्कार व्यवस्थापन, प्रकाश रिजाल–छपाई तथा प्रकाशन, अशोक श्रेष्ठ–प्राविधिक व्यवस्थापन, तुलसी पौडेल– आमा समूह समन्वय र प्रकाशचन्द्र सापकोटा–सञ्चार तथा समन्वय उपसमितिका संयोजक रहेका छन् । शनिबार सम्पन्न महोत्सव कार्य सम्पादन समिति एंव सरोकारवालाहरुको बैठकमा संविधान सभा सदस्य सारदा पौडेल, पोखरा १ का वडा अध्यक्ष सहारा प्रधान, गायिक बाबा राणा, आयोजक केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली, केन्द्रका पुर्व अध्यक्ष रामभुषण पराजुली, सामुदायिक सेवा केन्द्र पोखरा १ बगरका अध्यक्ष राम प्रसाद अधिकारी, नेपाल रेडक्रश सोसाईटी पोखरा १ की सभापती जिवन अधिकारी लगायतले महोत्सव मार्फत लोक सस्कृतिको संरक्षण, ऐतिहासिक टँुडिखेलको संरक्षण र यस्को पहिचान झल्काउन, भड्किलो बन्दै गईरहेको तीजलाई रोक्नका लागि सचेतना अभिबृद्धि गर्ने, तीज गित मार्फत समाजमा जनचेतना फैलाउने, परम्परागत र मौलिक कुराहरुको संरक्षण गर्ने गरि महोत्सव संचालन गर्न आयोजकलाई सुझाव दिएका थिए ।