माउन्ट अन्नपूर्ण मा वि मा विविध कार्यक्रमका साथ बालदिवस मनाइयाे

खल्तीबाट वर्ल्डलिङ्क इन्टरनेटको बिल गर्दा ‘नामी’ ईभी जित्ने अवसर

काठमाडौं । डिजिटल वालेट खल्तीले ‘खल्ती फुल दशैं’ अफर ल्याएको छ  । यस अन्तर्गत खल्तीबाट वर्ल्डलिङ्कको इन्टरनेट नवीकरण गर्ने तथा नयाँ जडान गर्ने ग्राहकले ‘नामी ०१ ईथ्री’ ईभी जित्न सक्नेछन् ।

अफरमा सहभागी हुन वर्ल्डलिङ्कको सब्स्क्रिप्सन नवीकरण गर्नुपर्नेछ । एक महिना, तीन महिना, एक वर्ष वा २४ महिनाको सब्स्क्रिप्सन नवीकरण गर्ने ग्राहक यस अफरमा स्वतः सहभागी हुनेछन् ।

एक महिनाको सब्स्क्रिप्सन नवीकरण गर्ने ग्राहकले नामी ईभीका लागि एउटा भाउचर कुपन पाउनेछन् । त्यस्तै तीन र छ महिनाको भुक्तानी गर्ने ग्राहकले दुई ओटा र १२ महिना वा २४ महिनाको भुक्तानी गर्ने ग्राहकले ‍पाँच ओटा कुपन भाउचर पाउनेछन् ।

यसरी भुक्तानी गर्ने ग्राहकको कुपन कोड तत्कालै एसएमएसमा आउनेछ । त्यही कुपनमा आधारमा ईभी विजेता घोषणा गरिने कम्पनीले जनाएको छ ।

त्यससँगै ग्राहकले हरेक हप्ता ‘विक्ली लक्की ड्र’मा सामसङका विभिन्न उत्पादनमा ३९ प्रतिशतसम्मको डिस्काउन्ट भाउचर जित्ने मौका पाउनेछन् । यसमा सामसङ फोरके टिभी, वाशिङ मेसिन, स्मार्टफोन, फ्रिज, माइक्रोवेभ लगायत छन् ।

त्यसैगरी यस अफरमा सहभागी ग्राहकले बोट ब्राण्डका विभिन्न प्रडक्टमा ५३ प्रतिशतसम्म छुट पाउने भएका छन् । बोट अफरको डिस्काउन्ट भाउचर पाउने ग्राहकले वायरलेस स्पिकर, एयरडप्स र स्मार्टवाचमा छुट पाउने कम्पनीले जनाएको छ ।

डेमाेक्रयाटिक लयर्स एशाेसियसन कास्कीको  अध्यक्षमा  कमलपति शर्मा

पाेखरा । नेपाल डेमाेक्रयाटिक लयर्स एशाेसियसन कास्कीको  अध्यक्षमा  कमलपति शर्मा  निर्वाचित हुनुभएकाे छ ।  एशाेसियसनकाे शनिबार पाेखरामा सम्पन्न  १५ औं साधारण सभा तथा छैटौं अधिबेशन  अन्तर्गत  भएको निर्वाचनमा प्रतिस्पर्धी शिवराज वाग्लेलाई पछि पार्दै शर्मा निर्वाचित हुनुभएको हाे।शर्माले १सय २८ मत प्राप्त गरेर विजयी हुँदा प्रतिस्पर्धी वाग्लेले १ सय मत प्राप्त गर्नुभयो ।

त्यसैगरी सचिवमा प्रतिस्पर्धी सन्ताेष अधिकारीलाई पछि पार्दै सन्ताेषमणि लामिछाने विजयी हुनुभएको छ।लामिछानेले १सय ३५ मत प्राप्त गर्दा अधिकारीले ९० मत प्राप्त गर्नुभयो ।

सुनास कास्कीको अध्यक्षमा सिरोज कोइराला

पोखरा । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आवद्ध सुशासनका लागि नागरिक समाज (सुनास) कास्की, गण्डकीको अध्यक्षमा सिरोज कोइराला शुक्रबार निर्विरोध चयन भएका छन् । सुनासको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले कोइरालाको नेतृत्वमा निर्विरोध दुई वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, सचिवमा शान्तिकुमारी गुरुङ, सहसचिवमा विष्णुप्रसाद पौडेल र कोषाध्यक्षमा शिवहरि आचार्य निर्विरोध चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मञ्जु गौतम, इन्दिरा भण्डारी, घनश्याम पौडेल र ईन्दिरा दाहाल रहेका छन् । बाँकी दुई सदस्य पछि कार्यसमितिले मनोनयन गर्नेछ ।
पूर्वअध्यक्ष तथा सल्लाहकार पूण्य पौडेलको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले निर्विरोध कार्यसमिति चयन गरेको हो । जसमा सदस्य भानु पराजुली र कुमारीमुना बाँस्तोला रहेका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा सचिव विष्णुप्रसाद अधिकारीले पेश गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शान्ति गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन भेलाले पास गरेको थियो ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वतमान अध्यक्ष रविन्द्र बाँस्तोला, कार्यक्रमका प्रमुख अतिथि सुनासका संस्थापक अध्यक्ष सुरेन्द्र थापा मगर, पूर्वअध्यक्ष चन्द्रकृष्ण कर्माचारी, संस्थाको कार्यकारी अधिकृत भानु पराजुली, पूर्वअध्यक्ष पूण्य पौडेलले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिदैं संस्थाले गरेका कामका बारेमा चर्चा गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष कोइरालाले प्रतिवद्धता मन्तव्य राख्दैं आगामी दिनमा अझै सशक्त ढंगले जनताको प्रत्यक्ष सरोकार राख्ने सरकारी निकायहरुमा हुने ढिलासुस्ती र भ्रष्टाचारका विषयमा संस्थाले काम गर्ने बताए ।