अन्नपुर्णको बीरेठांटीमा बिपी जयन्ती सम्पन्न

पोखरा । नेपाली कांग्रेसका संस्थापक नेता बिपि कोईरालाको १११ औं जन्मजयन्ती सोमबार  कास्कीकाे अन्नपुर्ण गाउँपालिका     बीरेठांटीमा मनाइएकाे छ ।  कार्यक्रममा बाेल्दै  प्रमुख अतिथी नेपाली कांग्रेसका नेता दुर्गा प्रसाद तिमिल्सिनाले    जनताबाट निर्वाचित  जनप्रतिधीहरुले  बिपिले जस्तै  जनताका पिरमर्कामा साथ दिनुपर्नेमा जाेड दिनुभयाे ।

क्षेत्रिय सभापति मनोज गुरुङले    कास्की कांग्रेसले जिल्लाभरका ७२ वटा ईकाई समितीमा नै जिल्ला प्रतिनिधी खटाई यस्ता  कार्यक्रम भईरहेको जानकारी दिनुभयाे। पाटीमा   ईमान्दार कार्यकर्ता बनेर काम गरे एकदिन पाटीले मुल्याङकन गर्ने उहाकाे भनाइ थियाे ।

 

प्रशिक्षक कांग्रेस प्रचार बिभागका केन्द्रिय सदस्य राज बहादुर गुरुङ, वडाध्यक्ष बिजय गुरुङ, समाजसेवी बिष्णुमाया गुरुङ, लोकतान्त्रिक आदिबासी जनजाती महासंघका प्रदेश अध्यक्ष टेक बहादुर गुरुङ लगायतले बिपिका बिचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएकाे थियाे ।

ईकाई सभापति टेक बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन सानो टेक बहादुर गुरुङ र स्वागत ज्ञान बहादुर कुंवरले गर्नुभएको थियो ।

शरीर र मन शुद्ध एवम् शान्त बनाउन शाकाहारी भाेजन गर्नुपर्नेमा जाेड

लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

पोखरा । पोखरा १९ लामाचौरमा आजदेखी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नव आदर्श विकास समाजको २८ औं वार्षिकोत्सव तथा तीजको अवसरमा इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा महिला राष्ट्रिय भलिबल प्रतियोगिताको ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करण सुरु भएको हो ।
प्रतियोगिताको पहिलो दिन महिलातर्फ एपिएफ र टिपटप न्युु डायमण्डले जित हासिल गर्दा पुरुषतर्फ एपिएफ र पुलिसले जित निकाल्यो ।
महिलातर्फ भएको पहिलो खेलमा विभागिय क्लब एपिएफले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै विजयी सुरुवात गरेको छ । एपिएफले पहिलो सेट २५–१४ र दोस्रो सेटमापनि २५–१४ कै जित निकाल्यो । तेस्रो सेटमा एक समय १३–२० ले पछि परेको एपिएफले लगातार अंक बटुल्दै १९–२० को स्थितिमा खेल पु¥याँदै २४–२४ को बराबरीमा पुु¥याएपनि उक्त सेट गण्डकीले २६–२४ ले आफ्नो पक्षमा पा¥यो । चौथो सेटमा पुनः खेलमा फर्कदै एपिएफले २५– १३ को सेटमा हराउँदै जितको सुरुवात गरेको हो ।
दोस्रो खेलमा न्यु डायमण्डले एभरेष्ट भलिबललाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुवात ग¥यो ।  पहिलो सेटमा २५–१४ को जित निकालेको न्यु डायमण्डले दोस्रो सेट २५–१२ र तेस्रो  २५–१७ को सहज जित निकाल्न सफल भयो ।

पुुरुषतर्फको पहिलो खेलमा एपिएफले ट्राभल इन्क्वाइरी गलकोटलाई ३–१ को सेटमा हराउन सफल भयो । पहिलो सेट २५–१७ ले जितेको एपिएफ दोस्रो सेटमा २५–२७ ले पछि प¥यो । तेस्रो सेटमा खेलमा फर्किएको एपिएफले २५–१६ र चौथो सेटमा २६–२४ ले हराउँदै पहिलो जित दर्ता गराएको हो ।
दिनको अन्तिम खेलमा गण्डकी प्रदेशलाई नेपाल पुलिस क्लबले सोझो सेटमा पाखा लगाएको छ । पहिलो सेट २५–१७ ले जितेको पुलिसले दोस्रो सेटमा २५–२१ को जित निकाल्दै जिततर्फ लम्किएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा पुलिसलाई जित निकाल्न हम्मे हम्मे प¥यो । खेलमा फर्कने प्रयास गरेपनि गण्डकीमाथि पुलिसले ३०–२८ को जित निकाल्न सफल रह्यो ।

राउण्ड रोविनको आधारमा सञ्चालन हुने प्रतियोगिताको महिलातर्फ गण्डकी प्रदेश भलिबल संघ, एभरेष्ट क्लब, टिपटप न्यू डायमण्ड यूथ स्पोर्टस क्लब र एपिएफ क्लब सहभागि छन् । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल टिम, एपिएफ क्लब, ट्राभल इन्क्वाइरी गलकोट र नेपाल पुलिस क्लबको सहभागिता रहेको छ ।
भोलीको पहिलो खेल महिला तर्फ टिपटप न्यु डायमण्ड युथ स्पोर्टस र गण्डकी प्रदेश बिच बिहान ८ बजे हुनेछ भने दोस्रो खेल महिला तर्फ एपिएफ क्लब र एभरेष्ट भलिवल क्लब बिच बिहान १० बजे, तेस्रो खेल पुरुष तर्फ नेपाल पुलिस क्लब र ट्राभल इन्क्वाइरी गलकोट बिच मध्यान्न १२ः१५ बजे र भोलीको अन्तिम एवं प्रतियोगिता उद्घाटन खेल पुरुष तर्फ गण्डकी प्रदेश र एपिएफ क्लब बिच दिउँसो २ः१५ बजे संचालन हुनेछ ।
२१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा हरेक दिन महिलातर्फ २ र पुरुषतर्फ २ गरी चार खेल हुनछन् । प्रतियोगिताको महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतिय हुने टिमले क्रमशः नगद रु १ लाख ५० हजार १ सय ११, १ लाख १ सय ११ र ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट विद्यागततर्फ समेत आकर्षक पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

कास्की काँग्रेसको अभिमुखीकरण कार्यक्रम सम्पन्न