कास्की काँग्रेसमा ६ जना जिल्ला सदस्य र पाँच जना आमन्त्रित जिल्ला सदस्य मनोनयन

५ मंसिर २०७५, बुधबार

 

 

नेपाली काँगेस कास्कीमा बुधबार ६ जना जिल्ला सदस्य र पाँच जना आमन्त्रित जिल्ला सदस्य मनोनित गरिएको छ ।

 

जिल्ला सदस्य मनोनित हुनेहरुमा युवराज कुँवर, राजेन्द्रमणि लामिछाने, मुकुन्द ज्वाला बास्तोला, ओम बस्नेत, पुण्डरीप्रसाद बराल र यज्ञेश्वर पोखरेल छन् ।

आमन्त्रित जिल्ला सदस्यमा प्रेम तामाङ, पुष्प पराजुली, लक्ष्मण पहारी, आशबहादुर गुरुङ र दिनेश पौडेल मनोनित भएका छन् ।कास्की काँग्रेसका सभापति कृष्ण केसीले पार्टीको विद्यानमा रही  मनोनयन गरिएको जानकारी दिए  ।  बुधबारको जिल्ला कार्य समिति बैठकले अनुमोदन गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

Leave a Reply