कास्की काँग्रेसले पाँच वटै स्थानीय तहमा कार्यशाला गर्ने

५ मंसिर २०७५, बुधबार

कास्की काँग्रेसले पाँच वटै स्थानीय तहमा कार्यशाला गर्ने भएको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको बैठकले मंशिर महिनामा कास्कीका पाँच वटै स्थानीय तहमा कार्यशाला गर्ने निर्णय गरेको हो  ।
कार्यशालाका लागि पोखरा महानगरपालिकामा माधव बास्तोला मधु संयोजक र विजयराज आचार्य सहसंयोजक रहेको उपसमिति गठन गरिएको छ ।
त्यस्तै, मादी गाउँपालिकाका लागि बृजमान गुरुङ, रुपा गाउँपालिकाका लागि देवेन्द्र रानाभाट, अन्नपूर्ण गाउँपालिकाका लागि पोषनाथ शर्मा र माछापूच्छ«े गाउँपालिकाका लागि लक्ष्मी पाण्डेलाई संयोजक तोकिएको जिल्ला सदस्य नबिन सिग्देलले जानकारी दिए।
कार्यशालामा निर्वाचनका उम्मेद्वार, इकाई समिति, भातृ तथा शुभेच्छुक संघ÷संस्थाका पदाधिकारी सहभागि हुने छन् ।
बैठकले नेपाली काँग्रेसका नेता केशव रेग्मी र महिला नेतृ प्रभाश्री गुरुङ अस्वस्थ्य भई राजधानीमा उपचार गराइ रहेकोमा उनीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ  ।

Leave a Reply