लुम्बिनी क्षेत्रभित्र हत्या, हिंसा, चोरी, व्यभिचार र मदिरापान गर्न नपाइने

६ मंसिर २०७५, बिहीबार

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरेका छन । मन्त्री अधिकारीले बुद्धभूमि शान्त र सुन्दर छ भन्नेसन्देश विश्वभर फैलाउन पञ्चशील क्षेत्र घोषणा गरिएको बताए।
लुम्बिनी शान्ति र अहिंसाको भूमि भएकाले यस क्षेत्रभित्र हत्या, हिंसा, चोरी, व्यभिचार र मदिरापान गर्न नपाइने  गरी पञ्चशील क्षेत्र घोषणा गरिएको मन्त्री अधिकारी ले बताए । कार्यक्रममा मन्त्री अधिकारीले, अबको तीन वर्षमा लुम्बिनी विकास क्षेत्रको गुरुयोजना पुरा हुने दाबी पनि गरे । ६ अर्ब रुपैयाँ भन्दा बढी रकम लाग्ने अनुमान गरिएको गुरुयोजना दाता खोजेर भए पनि पुरा गर्ने प्रतिबद्धता  मन्त्री अधिकारीले गरे।

लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुतले बुद्ध धर्मको पहिलो आधार नै पञ्चशील भएकाले बुद्ध जन्मभूमिलाई पञ्चशील क्षेत्र घोषणा गरिएको बताए।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्रयाउने लक्ष्य लिएको छ ।
महोत्सवको पहिलो दिन नेपाल कला परिषदमा उदघाटन गरिने र १८ देखि २३ गतेसम्म लुम्बिनीमा कार्यशाला गरिनेछ । नेपाल सांस्कृति संस्थान, नेपाल पर्यटन बोर्डलगायत संस्थाको समन्वयमा हुने महोत्सव करीब २५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

Leave a Reply