पोखरामा सफल एक्स्पो पोखरा तथा तेस्रो मोवाईल मेला २०७५ हुने

६ मंसिर २०७५, बिहीबार

पोखरामा सफल एक्स्पो पोखरा तथा तेस्रो मोवाईल मेला २०७५ हुने भएको छ । यहि मंसिर १३ गतेदेखि २४ गते सम्म पोखरा उद्योग वाणिज्य संघको आयोजनामा  हुने मेलामा लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता, प्रवेश टिकटमा दैनिक रुपमा पुरस्कारको व्यवस्था, बम्पर पुरस्कार, उत्कृष्ट स्टललाई पुरस्कार, चमेनागृहको व्यवस्था, बालउद्यान तथा साथमा स्थापित हाँस्य कलाकारहरुद्वारा मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिएको बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा  शुरुहुने महोत्सवमा राखिने ३ सय स्टलमध्ये अधिकांश बुकिङ भईसकेको  पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीले  पत्रकार सम्मेलनमा जानकारी दिए । संघले प्रत्येक गेट टिकटबाट एक रुपैयाँ विगतमा झैं बालश्रम न्युनिकरण कार्यक्रमको लागि छुट्टाईने बताइएको छ  ।
महोत्सब सम्पन्न गर्न ६० लाख खर्च लाग्ने  र ९० लाख आम्दानी  गरी ३० लाख रुपैयाँ बचत गर्ने लक्ष्य  संघले राखेको अधिकारीले बताए । बचत रकमबाट प्रदर्शनी केन्द्रको भौतिक निर्माण तथा विभिन्न सामाजिक एवं व्यवसायिक हक हितका क्षेत्रमा खर्च गरिने उनको भनाई छ ।
पोखरा एक्स्पोले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषदसँगको सहकार्यमा होम स्टेलाई प्रवद्र्धन गर्ने जनाइएको छ  । त्यसको लागि स्टललाई छुट्टाएर राखिने छ । विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प प्रदर्शनी, हस्तकलाका सामाग्री, अटो प्रदर्शनी, महिलाहरुका उत्पादनलाई विशेष प्राथमिकतामा राखिएको पोखरा उद्योगा बाणिज्य संघका महासचिब अर्जुन पोख्रेलले जानकारी दिए । मेलामा विभिन्न ब्राण्डका मोवाईल पनि विशेष छुटका साथ उपलब्ध गराइने प्रतिबद्धता समेत  उद्योग बाणिज्य संघले गरेको छ ।

Leave a Reply