गाडी किन्न छुट्याएको रकम अस्पतालमा खर्च गर्ने मेयर बजगाईको घोषणा

९ मंसिर २०७५, आईतवार
कैलाली, लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईले गाडी किन्न छुट्याएको रकम अस्पतालमा खर्च गर्ने घोषणा गरेका छन् । हाल स्थानिय तहका जनप्रतिनिधीहरु सुबिधा भोगी बन्दै गएको आरोप लागीरहेका बेला मेयर बजगांईको यो कार्यको सर्बत्र प्रंशसा भएको छ ।  नगरपालिकाको कार्यपालिकाको आइतबार बसेको बैठकले मेयरका लागि गाडी किन्न छुट्याएको ७५ लाख रुपैयाँ अस्पतालको लागी खर्च गर्ने निर्णय मेयर बजगांईले गरेका हुन्। नगरपालिकाको वडा नं. १० चुहामा निर्माण भइरहेको सामुदायिक अस्पताल निर्माणमा सो रकम खर्च गरिने भएको छ । नगर प्रमुख बजगाईले आफुले हाल चढदै आएको पुरानो गाडी चढने बताएका छन्। जनतालार्इ सुलभ स्वास्थ्य उपचारको लागि सुबिधा सम्पन्न अस्पताल आवश्यक रहेको भन्दै महङ्गो गाडी चढ्नु भन्दा अस्पताल बनाउने काममा लगाउने निर्णय गरिएको मेयर बजगाइले बताए । जनताले आफुलार्इ काम गर्न पठाएकाले अाफ्नाे सुबिधा भन्दापनि जनताकाे हितलाई ध्यानमा राखेर निर्णय गरेकाे बजगांईको भनाइ छ ।

 

Leave a Reply