यो सुन्दर देश कसैको निजी सम्पत्ति हैन सम्माननीय प्रधानमन्त्री ज्यू

९ मंसिर २०७५, आईतवार

उदीप्त शर्मा

यति वेला नेपाल सरकारका प्रधानमन्त्री दुई तिहाई वहुमतले उन्मत्त  भएका छन्। लैङ्गिक विभेद सँग नजोडियोस् `यसै त वुहारी सुन लाएकी´भन्ने उखान जस्तै यसै त कसैलाई नगन्ने वली त्यहि पनि सवैभन्दा ठूलो राजनीतिक दलको अध्यक्ष सहित देशकै सम्माननीय  प्रधानमन्त्री।उनको काम गर्ने शैली र वेला वेलामा दिने अभिमतका कारण  उनी कुनै जनमत पाएको जन प्रतिनिधि भन्दा पनि कुनै तानाशाह राजा हुन् जस्तो लाग्छ।प्रतिपक्ष मात्र हैन अाफ्नै  दलका कार्यकर्ता र मन्त्रीमण्डल समेत उनको कार्यशैली प्रति रुष्ट छन्। यो गति हेर्दा उनको कालखण्डमा  नेपालको प्रजातान्त्रिक इतिहाँसकै गैरजिम्मेवारी प्रधानमन्त्री  नवन्लान् भन्न सकिंदैन  भन्ने कुरा उनका अाफ्नै व्यवहार र अभिव्यक्तिले संकेत गर्दै  गएका छन्।
अव त वामपन्थी सरकार अायो सुशाशन होला,गरिव जनतालाई राहत होला,वाध्यतावश विदेशिएका युवाहरु देशमा फर्कने वातावरण वन्ला,वनमाराले भरिएका वारीहरु फेरि जोतिएलान्,वन्द भएका गाउँका पाठशालाहरु पुन: खुल्लान्,नाती नातिना  पढाउन वजार झरेकी वुहारी फेरि गाउँमै फर्किएलिन्।अरुका बा-अामा सँगसँगै हात समातेर हिडेको देख्दा निराश हुने वालवालिकाहरुका अाफ्नै बाबुको काखमा वस्ने अाशाहरु साकार होलान्,देशमा उधोग धन्धाहरु फस्टाउलान् भन्ने सोचेका जनताको सपनामा तुषारापात भएको छ।प्रधानमन्त्री र यो सरकारको यस्तै पारा हो भने अव अागामी चुनावमा पनि नेकपाका कार्यकर्ताले जनता सँग भोट माग्दा  अाफ्नो गाउँ अाँफै वनाउँ र वृद्धभत्ताकै साहारा लिनुपर्नेहोला।यदि वलीलाई अाफ्नै पार्टीको मात्र पनि चिन्ता छ भने केहि न केहि त सोच्नैपर्ने हो।हैन भने अाँफू मरिन्छ जे होला होला भन्ने सोचे भैगो।नेपाल कम्यूनिष्ट पार्टी र नेपाल सरकारको पछाडि प्रा.लि थपिदिए भैगो नि हुन त  प्रा.लि हरुमा पनि यति धेरै मनोमानी नहोला जति हाम्रा प्रधानमन्त्रीले गरेका छन् तर हरेक ठाउँमा अाफ्नै मनोमानीका साथ अाफ्नै गुट र नातागोता राख्नलाई यो सुन्दर देश  कसैको पनि निजी सम्पत्ति हैन।सम्माननीय प्रधानमन्त्रीज्यू हजुरलाई हामीले देश चलाउने जिम्मा दिएका हौं जलाउने हैन।सुशासन गर्ने  शाशक वनाएका हौं हाकिम हैन।
यति हुदाहुदै शनिवार पनि मन्त्रालयमा आएर आफ्नो नियमित काम गर्नेमा देखिनुभयो, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री रबिन्द अधिकारी ।
अपरान्ह श्रम मन्त्रालय पुग्दा मन्त्री बिष्ट आगामी मंसिर ११ गते घोषणा गर्न लागिएको सामाजिक सुरक्षा कार्यक्रमको बिषयमा झण्डै आधादर्जन टीमसँग कामबारे जानकारी लिइरहनु भएको थियो । कतिसम्म भने त्यसदिन बितरण गर्ने निमन्त्रणा कार्डदेखि टेलिभिजनमा लाइभ गर्ने बिषय अनि कार्यक्रमलाई प्रभावकारी बनाउन तयार गर्नूपर्नै आवश्यक पूर्वाधारको बिषयमा गहन तरिकाले समीक्षा गरिरहनु भएको थियो ।
शुक्रवार राती ११ बजेसम्म मन्त्रालयमै रहेर कामको अनुगमन गर्नुभएका मन्त्री बिष्ट शनिवार बिहानै मन्त्रालय पुग्नुभएकोले शनिवार पनि सो मन्त्रालयका सवैजसो कर्मचारी उपस्थित भएर आफ्नो काम गरिरहेका थिए । श्रमिकका लागि ऐतिहासिक पर्वको रुपमा सामाजिक सुरक्षा कार्यक्रम लागू गरी मनाउने एक दर्जन योजनाका साथ उहाँ काममा लाग्नुभएको थियो ।
उता धैरै काम गरेर पनि वारम्वार विवादमा अाइरहेका पर्यटन मन्त्री रबिन्द्र  अधिकारी पनि मन्त्रालयको काममा ब्यस्त  देखिनुभयो । मन्त्रालयका हरेक महाशाखा, शाखाको कामको अनुमगनदेखि नेपाल बायुसेवा निगमको वाइड बडीबिमानको बिषय खरिदको बिषयमा समेत उहाँ अध्ययन, छानविन र आवश्यक निर्देशन दिइरहनु भएको थियो भने शनिवार मात्रै  आधा दर्जन बैठक राख्नुभएको छ
थियो । सवैजसो बैठकमा उहाँले कामको प्रगति कहाँ पुग्यो भन्दै जानकारी लिइरहनु भएको देखिन्थ्यो ।

Leave a Reply