आखिर किन झुट बोल्छन त महिलासंग पुरुषले : सम्भावित केहि कारणहरु

१७ मंसिर २०७५, सोमबार

जुन सम्बन्धलाई तपाइले आखा चिम्लेर बिश्वाश गर्नु हुन्छ त्यहि सम्बन्धमा धेरै पटक तपाइले धोका पनि पाइरहेको हुन सक्छ | माया, प्रेम नै यस्तो चिज हो जसले तपाइलाई जिउनको लागि प्रेरणा दिन्छ | तर हिजो आज एकले अर्कोलाइ आँखा चिम्लेर बिस्वाश गर्न गाह्रो हुँदै गएको छ | यसरि बिश्वाश गरिएको व्यक्तिबाट पनि नमज्जासंग धोका पाइने गरेको छ |

त्यसो त कहिले काही परिस्थिति नै यस्तो बन्छ कि झुट बोल्नु बाध्यता नै हुन्छ , तर अन्य विभिन्न कारणले पनि झुट बोल्ने गरेको पाइन्छ | आफ्नो पार्टनरले झुटो बोलेको थाहा पाउदा निक्कै नै दुख लाग्छ र कतिको त झुट बोल्नुले गर्दा सम्बन्ध नै तोडिन पुगेको पाइन्छ | पुरुषले झुट बोल्नुका केहि कारणहरु निम्न हुन सक्छन…
लण्डनमा गरिएको एक अध्ययनमा पुरुषहरुले दिनमा औसतमा ३-४ पटक सम्म झुट बोल्ने गरेको पाइएको छ र उनीहरुले प्राय निम्न प्रकारको झुट बोल्ने गर्दछन ..
– म बाटोमा छु |
– सरि, मैले तिम्रो फोन उठाउन पाइन |
– मैले जस्तो चाहन्थे तिमि त ठ्याक्कै उस्तै देखिन्छौ |

-कयौ पटक केटाले आफ्नो प्रेमिकाको भावनामा ठेस नपुगोस भनेर झुट बोल्ने गर्दछन तर यसरि झुटो बोल्दा उनीहरुले यो सोचेको हुन्नन् कि त् त्यो झुट थाहा पाउदा पछी झन् ठुलो ठेस पुग्छ भनेर |

-कतिपय व्यक्तिको झुट बोल्ने बानि नै हुन्छ, बानीकै कारणले पनि झुट बोल्ने गरेको पाइन्छ |
-महिला पार्टनर( गर्लफ्रेन्ड) बढी चिन्ता गर्ने खालको छिन भने पनि झगडा बाट बच्नको लागि पुरुषहरुले झुट बोल्ने गर्दछन, यदि तपाइको पनि आफ्नो पुरुष पार्टनरको बढी ( चाहिने भन्दा पनि बढी ,अति )चिन्ता गर्ने बानि छ भने यस्तै कारणले तपाइको पति वा पुरुष पाटनरले झुट बोल्ने गरेको हुन सक्छ  |

-कुनै पनि पुरुषको एक भन्दा बढी महिला संग अफवेर छ भने त्यो कुरा थाहा नहोस भन्ने कारणले पुरुषले झुट बोल्ने गर्दछन, तर ढाटेको कुरा काटे पनि मिल्दैन भनेझै छिट्टै त्यो झुटको बारेमा थाहा हुन्छ र पछि झन् तनाब सिर्जना हुन्छ |

-आफ्नो गर्लफ्रेन्डको नजरमा आफ्नो छबि उच्च राख्नको लागि पनि घटनालाइ बढाएर झुट मिसाएर गफ दिने गर्दछन |

-धेरै जसो पुरुसहरु आफ्नो गर्लफ्रेन्डको खुसीको लागि पनि झुट बोल्ने गर्दछन | गर्लफ्रेन्डको कुरा सहि नभएपनि उनको मन राख्नको लागि पुरुषले झुटको सहारा लिनु पर्ने हुन्छ |

-पुरुषले प्राय:जसो अफिसमा पनि झुट बोल्दछन ( महिलाले चाहि बोल्दैनन भन्न खोजेको होइन,महिलाले पनि बोल्छन )| कहिले ज्यादा ब्यस्त रहनाले झुट बोल्छन तर सधै ब्यस्त बताई रहदा संका गर्ने ठाउ रहन्छ | कहिलें काहि महिला पार्टनर शंका गर्ने, किच किच गर्ने खालकी छिन भने उ संगको कम रुचिको कारणले पनि पुरुषले झुटो बोल्ने गर्दछन |

-सकेसम्म झुट नबोल्नु, विश्वास कायम राख्नु राम्रो हुन्छ |

Leave a Reply