पेट्रोलियम पदार्थको मूल्य घट्यो

१७ मंसिर २०७५, सोमबार

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

नेपाल आयल निगमको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर रु दुई दुई घटाउने निर्णय गरेको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ र डिजेल तथा मट्टितेल रु ९९ खरिद गर्न सकिनेछ । यसअघि पेट्रोल रु ११४ र डिजेल र मट्टितेलप्रतिलिटर रु १०१ थियो । हवाई इन्धन तथा खाना पकाउने (एलपी) ग्यासको मूल्य भने यथावत राखिएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

२०७१ सालदेखि लागू हुँदै आएको स्वतः स्वचालित मूल्य संरचना अनुसार इन्डिनिय आयल कर्पोरेशनबाट प्राप्त मूल्यसूची अनुसार मूल्य घटाइएको निगमले जनाएको छ ।

Leave a Reply