कांग्रेस महासमिति तयारी पुरा,१ हजार ६ सय प्रतिनिधि सहभागी हुने

0
820

काठमाडौं ,भोलीबाट सुरु हुने नेपाली कांग्रेसको महासमितिको तयारी पुरा भएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहिबार साँझ महासमितिको उद्घाटन स्थल रामशाहपथ स्थित यलम्बर पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरर महासमितिको तयारी पुरा भएको जनाए ।
महासमितिमा स्वदेश तथा विदेशबाट गरेर करिब १६ सय प्रतिनिधि सहभागी हुने प्रवक्ता शर्माले जानकारी दिएका छन ।
प्रतिनिधिहरुलाई विहानको खाना, दिउसोको खाजा र चिया  स्थानीय आयोजकले गरेको र बेलुकीको खाना र वासको व्यवस्था आफैंले गर्नु पर्ने स्थानीय आयोजक समितिका संयोजक समेत रहेका काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँले जानकारी दिए ।
उनका अनुसार महासमितिमा करिब १ करोड खर्च हुने अनुमान छ । खर्चको व्यवस्थापन प्रतिनिधिहरुबाट १ हजारका दरले दर्ता शूल्क र कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको तलबबाट सहयोगबापत केही रकम आउने क्रममा रहेको जनाए ।
महासमिति बैठकका लागि सहभागीहरुको नाम दर्ता भोली र उद्घाटन २९ गते हुने बताइएको छ । महासमिति ३ पुससम्म चल्ने छ ।