पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागतको तयारी, ५०१ सदस्यीय स्वागत समारोह समिति गठन

0
1598

 

सरिता तिम्सिना पगेनी
पोखरा । पूर्वराजा ज्ञानेन्द्र विक्रम शाह  सपरिवार  पौष २ गते पोखरा आउने खबर पाएसँगै पोखरामा  पूर्वराजपरिवारको भव्य स्वागतको तयारी गरिएको छ । पूर्वराजपरिवारको स्वागतका लागि स्थानीय नागरिक समाजका तर्फबाट समासेवी केशव भण्डारीको संयोजकत्वमा ५०१ सदस्यीय  स्वागत समारोह समिति  समेत  गठन गरिएको छ।

समिति को सहसंयोजकमा डा महेन्द्र व कार्की ,चन्द्र  रानाभाट , गीता गरुङ्ग ,शंकर खराल, उप सयोजकमा गणेशलाल श्रेष्ठ ,ठाकुर वराल , वन्टि गरुङ्, कृष्ण प्रसाद चापागाईं,भोलाजङ्ग सुवेदी , सचिव मा भिमराज भण्डारी , वरुण विक्रम राणा , वलराम तिवारी , अशिल कुमार शाही, हरि वराल, गणेश ढकाल,सहसचिव मा नवराज वसौला, रुद्र बहादुर कार्की ,नारायण सुवेदी, परमेश्वर वस्ताकोटि, ज्ञानेन्द्र घिमिरे ,लिलाजङ्ग राणा,कोषाध्यक्ष एबं आर्थिक परिचालनमा रोम बहादुर भण्डारी , युवा परिचालनमा नारायण गुरुङ ,प्रचारप्रसारमा मोहन केसि,महिला परिचालन मा ईन्दिरा शाहि, जनजाति परिचालन मा लेख बहादुर गुरुङ, विद्यार्थी परिचालन समिति संयोजकमा विश्वराज पौडेल,लगायतका उपसमिति हरु गठन गरि जिम्मेवारी दिईएको  समितिका सहसचिब नबराज बसौलाले पोखरा पोष्टलाई जानकारी दिएका छन ।
त्यसैगरि  रमेश वहादुर भट्टराई प्रमुख सल्लाहकार रहनु भएको सलाहाकार समिति समेत चयन गरिएको छ जस अन्र्तगत सल्लाहकार हरु गणेशबहादुर गुरुङ , हेमजङ्ग गुरुङ ,जयलाल पुन, कुलबहादुर गुरुङ कुलु,शिव चालिसे ,वदभद्र नाथ यागी, मनविर गुरुङ , लगायतका  महानुभावहरु रहनु भएको  सचिब भिमराज भण्डारीले जानकारी दिए।
पौष  २ गते सोमबार  विहान ११ वजे पोखरा विमानस्थलमा राष्ट्रिय झन्डा भित्र गोलवन्द रहि उपस्थिति हुनको लागि सम्पूर्ण राष्ट्रवादी , ॐकार परिवारका धर्मानुरागि हरुको सक्रिय सहभागीताका लागि  समेत मुल समिति ले अनुरोध गरेको  संयोजक केशब भण्डारीले जानकारी दिए।
देश भ्रणममा निस्केको समयमा पूर्वराजा ज्ञानेन्द्रसँग भेट सहज हुने भएकाले गण्डकी प्रदेशका विभिन्न भागबाट उनका शुभेच्छुक, राजनीतिज्ञ, कलाकार, समाजसेवी बुद्धिजीविलगायतका केही व्यक्तिहरु पोखरा पुग्ने तयारीमा रहेको बताइएको छ । यसअघि पूर्वराजा ज्ञानेन्द्रको नीजि संवाद सचिवालयले पश्चिमाञ्चलको भ्रमणको उद्देश्य नितान्त धार्मिक रहेको जानकारी दिइएको थियो । सो अवसरमा पूर्वराजपरिवारका सदस्यले पश्चिमाञ्चलमा विभिन्न हिन्दू मठमन्दिर देवी देवालयमा पुगेर पूजाआजा तथा शक्तिपीठहरुको दर्शन गर्ने जानकारी दिइएको थियो । तर, पोखरामा उनको आगमनको विषयलाई लिएर नागरिकस्तरबाट भव्य स्वागतको तयारी हुनुलाई पूर्वराजा ज्ञानेन्द्रले आफ्ना शुभेच्छुकहरुसँग भेट्ने र मुलुकको पछिल्लो अवस्थाका बारेमा जानकारी लिन सक्ने अनुमान गरिएको छ ।
०६२÷६३ को जनआन्दोलनपछि लामो राजतन्त्रको विरासत बोकेको शाहवंश यतिवेला भूमिका बिहिनको अवस्थामा छ । यद्यपि आफ्ना शुभेच्छुक तथा नीजि सहयोगीमार्फत आफूसमक्ष आएका मुलुक र आमजनताका दुःख दर्दका गुनोसाहरु सम्बोधन गराउन पूर्वराजा ज्ञानेन्द्रले विभिन्न समयमा आफ्नो सन्देशमार्फत नेपाल सरकारलाई सचेत गराउँदै आइरहेका छन् ।

पोखरामा रहँदा पूर्वराज परिवारका सबै सदस्यहरु पोखरा एयरपोर्टबाट करिब ८ किलोमिटर टाढा रहेको निर्मल पोखरीस्थित माउन्ट ग्लोरी रिसोर्ट रहनेछन् । उनी एक साता यही रहने जनाइएको छ ।