नेपाली काँग्रेस कास्कीले आज पोखरामा विरोध प्रदर्शन गर्दे छ । पोखराको पृथ्वीचोकबाट शुरु हुने प्रदर्शन न्यूरोड, चिप्लेढुङगाहुदै महेन्द्रपुलमा पुगेर कोणसभामा परिणत हुने कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।। माघ १३ गतेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार सरकारका गतिविधि विरुद्व आज देशभरका ७७ जिल्लामा नै प्रदर्शन गरिदै छ ।
सरकारलाई खबरदारी गर्नका लागि हुन लागेको प्रदर्शनमा सहभागि हुन कास्की काँग्रेसले सबैलाई आग्रह गरेको छ ।