काठमाडौं । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ ।नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ८२ वर्षीय नेता अधिकारीको शनिबार राति निधन भएको हो
अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपा नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।