कांग्रेस सभापति देउवालाई भेटेर ने.बि. संघ कास्कीका नेता बिपिन पौडेलले गरे यस्तो आग्रह

0
1041

नेपाल विद्यार्थी संघ कास्कीका विद्यार्थी नेता बिपिन पौडेलले नेपाली कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवालाई नेपाल विद्यार्थी संघ (ने.बि संघ) को  नयाँ बन्ने समितिमा संगठनका लागि ठुलो योगदान र महत्त्वपूर्ण भुमिका खेलेका नेतालाई नेतृत्व दिनका लागि आग्रह गरेका छन।

शेर बहादुर देउवा जिल्ला भ्रमणका क्रममा २४ गते कास्की आएको बेला सभापति देउवालाई ने.बि संघको बर्तमान स्थितिबारे कुरा राख्दै ने.बि संघको नयाँ नेतृत्वबारे विद्यार्थी नेता पौडेलले कुरा गरेका हुन। नेपाली कांग्रेसको बलियो र महत्त्वपूर्ण मानिने भात्री संगठन नेपाल विद्यार्थी संघको नेतृत्व जो कोहीले सम्हाल्न नसक्ने हुंदा ने.बि संघको नेतृत्व संगठनका लागि ठुलो योगदान पुराएका एबम सम्पुर्ण विद्यार्थीको मन जितेर अघि बढ्न सक्ने नेतृत्वकर्तालाई चुनेर नेतृत्व सम्हाल्ने जिम्मा दिनका लागि सभापति देउवालाई विद्यार्थी नेता बिपिन पौडेलले आग्रह गरेका छन।

उक्त बिषयमा कुरा गर्दै बर्तमान स्थितीमा नेपाल विद्यार्थी संघलाई अझ बलियो बनाउनका निम्ति र अधिनायकवाद कम्युनिष्ट सरकार विरुद्ध अझै केहि बर्ष मैदानमा लड्नका निम्ति नेपाल विद्यार्थी संघको नेतृत्वको जिम्मा पुर्ब केन्द्रीय उपाध्यक्ष एबम ने.बि संघका लोकप्रिय अग्रज नेता ऋषिकेश जंग शाहलाई दिए अझ समय सापेक्ष ढंगले नेपाल विद्यार्थी संघ सशक्त रुपमा अघि बढ्ने र समयमै १२ औं महाधिवेशन सम्पन्न गर्न सकने हुनाले अबको नेतृत्व ऋषिकेश जंग शाहलाई दिनका लागि समेत बिपिन पौडेलले आग्रह गरे।

यसरी नै विद्यार्थी नेता बिपिन पौडेलले यस सर्बसत्तावाद कम्युनिष्ट सरकारको गलत गतिबिधिको बिरोध र जन्ताको ढाड सेक्ने कम्युनिष्टको विरुद्धमा लड्न आफुहरु हरदम तयार रहेको कुरा जानकारी गराउंदै पार्टी, प्रजातन्त्र, देश, जन्ता र विद्यार्थीको लागि आफू जति खेर पनि लड्न तयार रहेको समेत जनाएका छन