मानव भिडमा हराएको संवेदनशिलता

0
1149

 

बारा र पर्साका विभिन्न गाऊमा आएको हावा र हुरीले निम्त्याएको विपति कल्पना भन्दा धेरै बाहिर रहेको पाईन्छ । हावा हुरीले यति धेरै क्षती पू¥याउने आँकलन गर्न नसकिएको स्वयम् जल तथा मौसम विज्ञान विभागले स्वीकारी सकेको छ । त्यहाँ भएको मानविय र भौतिक क्षतीले फेटा र महागढी गाऊपालिका सामान्य अवस्थामा आउन लामो समय लाग्ने देखिन्छ ।
भिआपिको आगनमनमा हराएका पिडित

हावा हुरीबाट पिडित भएको व्यक्तिका लागि राज्यबाट समयमानै यथोचित सहयोग सहित भिआपिको आगमन हुनेमा पिडित आशावादी भएर बसेका थिए तर अवस्था त्यस्तो भएन ।
भिआपिका गाडिहरु लर्को लागेर आए र उनीहरुको सुरक्षामा ठूलो टिम खटियो । भिआपिहरु सामान्य रुपमा घाईतेलाई अस्पतालमा गएर हेरे, घाइतलाई भिआपि केही बोल्लान, सोध्लान भन्ने थियो तर अवस्था त्यस्तो भएर, उनीहरु अस्पताल छिरे, सामान्य हेरे अनि फर्के जसले घाईते र आफन्तलाई खिन्न मात्र पा¥यो ।
उता भिआपिलाई ल्याउन स्थानीय नेता तथा कार्यकर्ताले गरेको प्रयास, उनीहरुको तामझाम र सुरक्षाकर्मीले व्यवहारले पिडितलाई दुखीमात्र बनाउने काम ग¥यो ।

रमितेको भिड

हावा हुरीबाट भएको क्षतीको यकिन आँकलन खासै भएको पाइएन । हजारौ मानिसहरु घटना स्थलमा ओहोर दोहोर गरेको पाइयो । कसैले केही सहयोग गरेको पाईएन । त्यति ठूलो भिडलाई हिजो मात्र सरसफाइमा खटाउन सएिको भएमो क्षती भएको गाउ केही संहालिन खोजेको आभास हुन्थ्यो । त्यहो नेतृत्व कस्ले लिने । सैयौको संख्यामा सुरक्षाकर्मी परिचालन भएर सुरक्षा र खाद्यान्नमा केही व्यवस्थित गर्ने खोजिएको थियो तर प्रयान्त थिएन । रमिते भिडलाई व्यवस्थापन गर्न र सवारी साधानको व्यवस्था गर्नमानै ठूलो संख्या सुरक्षा कर्मी खटिएका थिए ।
रमितेको भिड न हटाउन सकिने थियो न केही गर्न दिने अवस्थामा थियो । जुन अस्वभाविक रुपमा यत्र तत्र गफमा व्यस्त थियो ।

फेसबुके फेसन

घटना भएको स्थानमा पुग्दा मानिसको भिडले सेल्फी र घटनाको अवस्था प्रत्यक्षरुपमा फेसबुकमा देखाएको भेटियो । सबै गाऊ शोकमा डुबेको अवस्थामा हावा हुरी कसरी आयो < के भयो < तपाइ कहाँ हुनु हुन्थ्यो < तपाई केही भएन< मान्छे मरेको घर कुन हो < अहिले लास कहाँ छ नि < जस्ता प्रश्न गरी लाइभ दिने प्रसस्त भेटिए जसले मानव संवेदनशिलता कहाँ गएको छ भन्ने प्रश्ट देखियो ।

व्यानर आतंक

हावा हुरीबाट पिडित भएकालाई सहयोग आउनेक्रम सुरु भएको छ । सामान्य खाद्य सामाग्री सहित मानिसको उपस्थितिलाई सकारात्मक रुपमा लिनु पर्ने हुन्छ र राहतले यस दुखद घडीमा हामी पनि संगै छौ भन्ने सन्देश जानु पर्दछ तर बास्तवमा त्यस्तो हुन सकेन । व्यानर सहित सानो मात्रामा राहत सामाग्री ल्याएका मानिसले दौडदै पिडित भएको ठाउमा पुगी व्यानर हातमा समाएर फोटो खिकेका दर्जनौ दृष्य अत्यन्त अस्वावाभिक थियो । राहत पुग्नु पर्दछ , राहत पाउनु पर्दछ तर त्यहाँ विज्ञापनमुखि र व्यानरमुखि राहत सामाग्रीले मानव संवेदनशिलतालाई गिजाइरहेको थियो । यति हुदाहुदै पनि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको खटाई साह्रै प्रशंसनिय मान्नु पर्दछ ।

पुरुष हराएको गाउ

घटना भएको ठाउमा घाईत तथा मृतक परिवार र घरवार विहिन परिवाका पुरुष व्यक्तिहरु रोजगार तथा अन्य कामको सिलसिलामा गाऊ भन्दा बारिह भएको हुँदा उक्त घटनाबाट सामान्य रुपमा फर्कन जिम्वेवार परिवारको सदस्यले भूमिका खेल्नु पर्दछ । मुस्लिमा धर्मको बाहुल्यता भएको उक्त क्षेत्रमा निर्णायक भूमिका पुरुषको नै हुने पाइयो तर घर परिवारमा पुरुष सदस्य बाहिर भएको हुँदा महिला तथा बालबालिकाका थप जोखिममा परेको महसुश गर्न सकिन्छ ।

आफन्त भेट्न आउदा अस्पतानमा व्यवस्थापनको चिन्ता

हावा हुरीबाट १ हजार भन्दा बढी व्यक्ति घाईते भएको प्रारम्भिक तथ्यांकले देखिन्छ तर पनि कति घाईते भए भन्ने एकिन तथ्यांक भेटिएन । घाईतेको उपचारमा कार्यरत कलैया अस्पताल, नारायणी अञ्चल अस्पताल र नेशनल मेडिकल कलेजले विरामीका आफन्तले विरामी भेट्न आउदा र अन्य व्यक्तिहरुले पनि विरामी भेट्न खोज्दा अस्पतालमा अस्वभाविक भिड देखिएको छ । उनीहरुले अस्पतालमा कार्यरत कर्मचारीलाई बारम्वार उक्त घटनाको बारेमा सोधखोज भै रहेकाले हैरानी बेहोर्नु परेको र विरामी भेट्ने भिडलाई व्यवस्थापना गर्न अत्यन्त चुनौति रहेको छ ।

मेडिकल टिमलाई स्यालुट

कलैला अस्पतालमा जव १७ गते बेलुका ७.३० वजेबाट हावा हुरीबाट घाईते भएका उपचारका लागि आउन थाले, सानो मेडिकल टिम उपचारमा खटियो । घटना सामान्य होला भन्दा भन्दै अस्पतालमा यति धेरै घाईते आउन थाले जस्ले गर्दा स्टक औषधी केही समयमानै सिद्धियो । घाईतेलाई अवस्था हेरी कालो, रातो, पहेलो निला गरी ४ समूहमा बाँडियो । आएका विरामी हेरी मृत्यु भएकालाई कालोमा छुट्टायो र मतलव गरेन, सिरियस भएका विरामीलाई रातोमा राखि प्रारम्भिक उपचार पछि रेफर ग¥र्यो । निलोलाई बेड तथा भुईमा राखि उपचार ग¥र्यो भने सामान्य घाईतेलाई सामान्य उपचार पछि भर फर्काईयो । राति २ वजे सम्म मेडिकल टिमले अन्त्यन्त संयमता अपनाई उपचारमा व्यस्त भयो त्यस पछि घाईते आउन छाडेपछि केही राहत भएको महसुश ग¥र्यो । कलैया अस्पता उपकरण विहिन भएको अवस्थामा पनि जुन किसिमले धैर्यताका साथा कामका खटिएको थियो त्यो आफैमा स्यालुट गर्नु पर्ने देखिन्छ । अर्कोतर्फ नेशनल मेडिकल कलेज, विरगंजले हावाहुरी बाट घाईते भएका सबै विरामीको निःशुल्क उपचारको व्यवस्थाका साथै कुरुवालाई समेत खानको निःशुल्क व्यवस्था गर्नुले प्राइभेट क्षेत्र पनि प्राकृतिक विपद्को नजिकको सहयोगी हो भन्ने स्पष्ट देखियो ।

बद्री प्रसाद वाग्ले

बाल अधिकार श्रोत व्यक्ति

केन्द्रीय बालकल्याण समिति

हाल सामाजिक विकास मन्त्रालय प्रदेश नं ३