नेपाल विद्यार्थी संघका नेता नेपाली कांग्रेसको विद्यार्थीको संगठन नेपाल विद्यार्थी संघ पार्टीको एक महत्त्वपूर्ण भात्री संगठन भएकाले र नेपाल विद्यार्थी संघले पार्टीलाई हरेक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुराएर पार्टी बलियो बनाउनका निम्ति सहयोग गर्ने भएकाले त्यसैले नेपाल विद्यार्थी संघको नेतृत्व पनि समय र परिस्थितिलाई मध्यनजर गर्दै एक कुशल, असल, सक्षम र संघर्षशील नेतृत्वकर्ताले गर्नुपर्ने कुरा जनाएका थिए ।बर्तमान स्थितिमा नेपाल विद्यार्थी संघ देश भरका सम्पुर्ण लोकतन्त्र प्रेमी विद्यार्थीहरुको मन जित्न सक्ने नेतृत्वको खोजाईमा छ भन्दै ने.बि संघ नेता बिपिन पौडेलले ने.बि संघबारे हामीसंग कुरा गरेका थिए ।
आफ्नो विद्यार्थी कालदेखि बर्तमान समयसम्म नेपाल विद्यार्थी संघको मैदान भित्र बसेर ठुलो योगदान पुराउनु भएको र विभिन्न विद्यार्थी आन्दोलनको नेतृत्व गर्नु भएको आदरणीय विद्यार्थी नेता ,पुर्ब ने.बि संघ केन्द्रिय उपाध्यक्ष ऋषिकेश जंग शाहलाई बर्तमान समयमा देशको परिस्थितिलाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संघको नेतृत्व दिने हो भने नेपाल विद्यार्थी संघले आगामी दिनहरूमा यस अधिनायकवाद भ्रष्ट कम्युनिष्ट सरकारको कार्यहरूप्रती बिरोध गर्दै देशब्यापी रूपमा विद्यार्थी आन्दोलनको आधिबेरी ल्याउने र सरकारद्वारा सेकिएको नेपाली जन्ताको ढाडमा प्रभाव पर्ने गरि मलाम लगाउने छ भन्ने स्पष्टीकरण नेता पौडेलले गरेका हुन।
तसर्थ अब नेपाल विद्यार्थी संघको नेतृत्व आदरणीय नेता ऋषिकेश जंग शाहलाई दिनु पर्ने र अधिनायकवाद
भ्रष्टकम्युनिष्ट सरकारलाई ठेगान लगाउन नेपाल विद्यार्थी संघको नेतृत्वकर्तामा आदरणीय विद्यार्थी नेता ऋषिकेश जंग शाहको आवश्यकता रहेको कुरा विद्यार्थी नेता बिपिन पौडेलले पोखरा पोष्ट संग कुरा गर्दै उल्लेख गरेका हुन ।