अबको कांग्रेस कस्तो हुने त ?

0
1584

प्रविनकुमार मल्ल

नेपालको विभिन्न चरणको राजनीतिक परिवर्तनको नेतृत्व गरेको नेपाली कांग्रेस अहिले प्रतिपक्षमा छ । अब कांग्रेस प्रतिपक्षमा बसेर देश, जनता र लोकतन्त्रको लागि कस्तो तरिकाले भूमिका खेल्छ्, यो अहिले समयको मुल सवाल हो । अनि निर्वाचनमा दुबै सदन, सात प्रदेश सभा लगायत अधिकांश स्थानीय तहमा नेपाली कांग्रेसको उपस्थिति कम छ । अर्कातिर कांग्रेसको प्रतिपक्ष नेपाल कम्युनिष्ट पार्टी दुई तिहाई सहित देशको संबिधानलाई समेत आफु अनुकुल प्रयोग गर्न सक्ने अवस्थामा छ । अब यस्तो परिस्थितिमा नेपाली कांग्रेस साथमा अब बाकी के छ ? अब हामी सँग नेपाली जनताको भरोषा मात्र बाकी रहयो । नेपाली जनतालाई आफ्नो पक्षमा पार्न जनताको मन, दिमाग जितेर जनतालाई प्रभाब पारी शक्ति  सन्चय् गर्दै अघि  बढ्नु नै एउटा मुल उपाय हो ।

नेपाली कांग्रेस जनताको आशाको केन्द्र बन्न कांग्रेसलाई आफ्नो राजनितिक आस्थामा, आफ्नो सँस्कार, आफ्नो संकृति  र मुल्य मान्यतामा हिंडाउने काम सबै तहमा हामीले गर्नुपर्छ । नेपाली कांग्रेसको शक्ति  भनेको लोक्तान्त्रिक  संस्कृति  हो । अहिंसाको दर्शन नै कांग्रेसको ठूलो  आधार र मान्यता हो । त्यसैले भौतिक शक्तिका आधारमा  नैतिक  शक्तिलाई अँगाली अघी बढनु जरुरी छ ।

कांग्रेसको सिद्वान्त सर्वउत्कृष्ट हुने तर कांग्रेस चाहीं किन चुनाबमा हार्ने  ?अन्तराष्ट्रिय क्षेत्रमा बिश्वासनियता र यसको ब्यापक जनाधार रहे पनि नेपाली कांग्रेसको सिद्वान्तले बिजयी हासिल गर्न किन सकेन ? जनताले कांग्रेसको सिद्वान्त, आदर्श र ईतिहासलाई भन्दा हामी नेता, कार्यकर्ताको आचारण र ब्यबहारलाई प्रत्यक्ष मुल्याकंन गरेको पाइयो ।

नेता, कार्यकर्तालाई नै हेरेर कांग्रेसको मुल्यानकन गछ्र्न, यसको  अर्थ हामी जो कोही नेता कार्यकर्ता धर्म  छाडा, सँस्कार  , आचारण बिमुख हुनुभएन । जनताको विश्वास हासिल गर्नको लागि सबै नेता कार्यकर्ताहरुमा आफ्नो आचारण्, सँस्कार, सस्कृतीलाई पालन गर्न सक्नुपर्छ । कांग्रेसलाई बिगार्ने खालको आचारण, अन्तर्घात गर्ने, सुध्रीन नसक्नेलाई किनारा लगाएर अघि  बढ्नुको कुनै बिकल्प छैन ।

जुन तरिकाले युवा र आम जनताले कांग्रेस र प्रजातन्त्रप्रति बिश्वास  राखेको छ, त्यो भरोसा भताभुङ्ग हुन नदिन तत्कालिन र दिर्घकालिन रुपमा पार्टीले सम्पन्न गर्ने बिस्तृत कार्ययोजना नबनेसम्म कांग्रेसले प्रगतिको मार्ग कोर्न सक्दैन् ।  मुल दुई कुरामा– एउटा सत्तालाई ठिकसँग चल्न, सदन र सडक दुबै ठाउँबाट  दबाब दिने र अर्को हो आफैं अघिल्ला चुनाबमा भएका गल्ती कमजोरीहरुलाई नियाल्दै सुधार गरेर ठिक बाटोबाट द्ढ्र्तापूर्वक अगाडी बढ्नु हो ।

देश संघीयता गइसको हुँदा अब विकास र समृद्धिको यात्रामा अगाडी बढ्न पार्टीले आफ्नै हैसियत र पहुचको आधारमा आर्थिक, सामाजिक क्षेत्रमा योगदान दिंदै जानुपर्छ । कांग्रेसले जितेको स्थानिय तहमा स्रोत परिचालन कसरी भएको छ ? लक्षित बर्ग कती लाभान्वित भए, योजनाबाट खुद कती भौतिक लक्ष्य पुरा भयो ? कती काम हुन सकेनन ? जस्ता बिषयमा जनतासँग नजिकैबाट अन्तरक्रियात्मक सम्बन्ध राख्ने र सुसुचित गराउने काम गर्नुपर्छ।

केही स्वतन्त्र हैसियतमा हुनुपर्ने बिभिन्न निकायहरु प्रधानमन्त्री मातहत लैजानु दुर्भाग्यपूर्ण छ । यस्तो  केन्द्रियताले स्वतन्त्र निकायलाई कमजोर बनाउँछ । पूर्ण  सत्ताले सम्पूर्ण रुपमै भ्रष्ट बनाउँछ । बर्तमान बाम सत्ताको यो प्रवृतिबाट देशलाई जोगाउन कांग्रेसले आफुलाई सजग राख्नु पर्ने देखिन्छ ।

शक्ति र सत्ता  केन्द्रीकरण बामपन्थी  धर्म र नीति  हो । यसले  अधिनायकबादलाई प्रसय दिन्छ । यो सरकारले संबिधानले प्रदेश र स्थानिय तहलाई दिएका अधिकारहरु समेत केन्द्र मै खिचेर आर्थिक स्रोत र प्रशासनिक शक्तिको स्वच्छाचारी प्रयोग गर्ने छ्नक देखाएको छ । यसका बिरुद्व कांग्रेसले अब स्थानिय निकाय र जनतालाई सु सुचित गरी बैचारिक आन्दोलन उठाउनु पर्छ । यिनले सम्पूर्ण  राज्य सयन्त्र कब्जा गर्ने मात्र हैन्, सामाजिक सयन्त्र नै नियन्त्रणमा राख्ने प्रायस गरिरहेका छ्न यसका निम्ति  राज्यका स्रोत र साधनको दुरुपयोग गर्नेछ्न । त्यसका बिरुद्व हामी सबै सजक भएर सकृयता बढाएर जनताको संघर्षलाई साथ दिनुपर्छ ।

समानाता र राष्ट्रियताका चर्को नारा लगाउँदै आएका तर आफ्नो दलका कार्यकर्ताको मात्र भरपोषण गर्दै राज्यमा बाम सत्ताको हालिमुली देखिएको छ । त्यसको बिरुद्व जनतालाई सचेत गर्ने र जनतालाई सम्झाउने  र साथमा लिने काम कांग्रेसले गर्नुपर्छ ।कांग्रेसका पालामा भ्एका उपलब्धिहरु र राष्ट्रिय चुनौतीहरु पनि गाउँ गाउँमा लैजाने काम कांग्रेसजनले गर्नु पर्नेछ । कांग्रेसले भष्ट्चारको कडा बिरोध गर्ने सामथ्र्य राख्नु पर्छ र शुसासनको निम्ति  जनताको साथ लिएर अघि  बढ्नु पर्छ ।

अब अतिमुखी हैन भबिष्यमुखी कांग्रेस हुनु जरुरी छ । कांग्रेस अब शहरमुखी भन्दा गाउँमुखी भई कृषी क्रान्ति, पर्यटन  बिकास र उर्जा शक्तीलाई प्रोत्साहन दिई हामी जुन क्षेत्रको नेतृत्व त्यही ठाउँमा बसेर त्यहाँको जनतासँग सह्कार्य गरी बाम सत्ताको नराम्रो कामको जनतालाई सुसुचित गर्ने र बिषेश पाठ्यक्रम सहित निरन्तर प्रशिक्षण र  अन्तरक्रिया गर्नु आवस्यक छ ।

भातृ संस्थाहरुलाई कुन उद्देश्यले तयार गरिएको हो त्यही पुनःसरचना राखी  निर्वाचन र कुनै साना कार्यक्रमको काममा सिमित नराखी सिर्जनशिल र रचानात्मक कार्यमा पनि बढवा दिनु पर्ने देखिन्छ । नेपाली राजनीतिलाई सम्मानित तुल्याउन र नेपाली जनतालाई नेपाली कांग्रेसको पक्षमा यी उपायहरु केही सहरानिय हुनेछ्न । (लेखकः प्रभाबशालि तरुण नेता हुन्