सरिता तिम्सिना पगेनी
कास्की ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौलाले बर्तमान केपी ओली नेतृत्वको सरकार एकलौटी ढंगले हिंडेको आरोप लगाएकी छन । बिहिबार पोखरामा प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले बर्तमान सरकारले संबिधान मिचेर काम गरेको उल्लेख गर्दे भनिन् संबिधानले प्रदेश र स्थानिय तहलाई दिएको अधिकार समेत केन्द्रमै राखेर यो सरकारले संघियताको उपहास गरेको छ ।स्वतन्त्र हैसियतमा हुन पर्ने बिभिन्न निकायहरु प्रधानमन्त्री मातहतमा लैजानु दुर्भाग्य पुर्ण भएको भन्दै संग्रौलाले भनिन यस्तो पाराले स्वतन्त्र निकायलाई कमजोर बनाउछ । शक्ती र सत्ता केन्द्रीकरण बाम पन्थीको धर्म र नीति हो भन्दै उनले साम्यबादी र अधिनायकबादी शक्तिलाई कमजोर बनाउन काँग्रेस एकजुट भएर लाग्नु पर्ने बताईन । नेपाली काँग्रेस लोकतन्त्रको पाठशाला भएकाले कसैले लोकतन्त्रको पाठ काँग्रेसलाई सिकाउन नर्पने उनको भनाई थियो । सरकारले सिके राउत संग गरेको ११ बुँदे सम्झौताको बुँदा नम्वर २ ले राष्ट्रियताको सवालमा गम्भीर प्रश्न चिन्ह खडा गरेको भन्दै केपी ओलीको नक्कली राष्ट्रबाद प्रष्ट देखिएको बताईन। उनले बिप्लब समुहलाई प्रतिबन्धीत गरेर भन्दा पनि सरकारले बार्ता बाट समाधान खोज्नु पर्नेमा जोड दिईन । नेपाली काँग्रेसको जागरण अभियानका क्रममा पोखरा आएकी उनले सदन, सडक, संगठन ,सत्याग्रह , सहमति र सहकार्य बाट काँग्रेसले शसक्त प्रतिपक्षको भुमिका खेलेको दाबी गरिन । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नबिन सिग्देलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।