नेकपाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै तत्कालीन माओवादी केन्द्रीय सदस्य कांग्रेसमा प्रवेश

0
866

कञ्चनपुर।तत्कालीन नेकपा माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले नेपाली कांग्रेस प्रवेश गरेका छन् ।दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य मनोज बिकले नेकपा पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन् । सोमवार  नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सम्मेलनको उद्घाटन समारोहमा   नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाको हातवाट टिका ग्रहण गरी  बिक कांग्रेसमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै बिकले नेकपाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै कांग्रेस प्रवेश गरेको बताएका छन् । सत्तामा पुगिसकेपछी कम्युनिष्टले जनताको इच्छा आकांक्षाभन्दापनि व्यक्तिगत स्वार्थमा लागेको समेत बिकको आरोप रहेको छ ।