सूर्य बाँस्तोला
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य जयलाल पुनले हिन्दु राष्ट्र र राजसंस्था राप्रपाको मुटु भएको बताउनु भएको छ । राप्रपा वडा नं. १० को वडा इकाई भेलाको उद्घाटन गर्दै नेता पुनले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा सधैं लागिरहने बताउनुभयो ।
राप्रपाले सरकार समक्ष बुझाएका २२ बुँदै मागहरुलाई आलटाल गरिरहेको बताउँदै उक्त मागहरु पूरा नभएसम्म राप्रपा लडिरहने बताउनुभयो । उहाँले राप्रपाले यी मुद्दाहरु पूरा नभएसम्म आन्दोलन पनि नछोड्ने र आम कार्यकर्ताहरुलाई जनलहर बढाई अगाडि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि जिल्ला अध्यक्ष डा.महेन्द्र बहादुर कार्की, अतिथिहरु केन्द्रीय सदस्य सीता खड्का, गौरीमार्ग आमा समूह अध्यक्ष सरिता कार्की लगायतले आ–आफ्नो भनाई राख्नुभएको पार्टीका प्रचार विभाग केन्द्रीय सदस्य सूर्य बास्तोलाले जानकारी दिनुभयो । ।
वडा इकाई अध्यक्ष मनवीर गुरुङ ढासाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव इश्वरी वैरागीले गर्नुभएको थियो ।
भेलाले भरतकाजी ढुङ्गानाको अध्यक्षतामा नयाँ वडा इकाई समिति गठन गरेको छ । जसको उपाध्यक्षमा देउबहादुर पौडेल, सचिव उषा नेपाली, सहसचिव प्रकाश जिसी, कोषाध्यक्षमा भरत ढुङ्गाना, सदस्यहरुमा रुद्रबहादुर कार्की, चोक बहादुर खत्री, कुमार कार्की, डिलमाया परियार, रोमबहादुर थापा, डाइमण्ड हमाल, दुर्गा थापा, निर्मल, चिनमाया गुरुङ, तोविलाल नेपाली रहेका छन् ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.