काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार २२ गते बस्ने भएको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आषाढ २२ गते आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने जनाइएको छ । केन्द्रीय समितिको बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावलीमाथि छलफल, राष्ट्रिय जागरण अभियान पहिलो चरणको कार्यक्रम समीक्षा लगायतका बिषयमा छलफल हुनेछन् ।
त्यस्तै नेपाली काँग्रेसका भातृ एवं शुभेच्छुक संस्थाको विधान, समसामिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।
पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुलाई बैठकमा उपस्थितिका लागि अनुरोध समेत गरिएको छ ।