ने.बि संघका नेता भट्टराई रिहा,आन्दोलन थप सशक्त हुन्छ: बिकास थापा

0
1071

पृथ्वीनारायण क्याम्पस गेट अगाडिबाट गिरफ्तार भएका प्रभावशाली विद्यार्थी नेता पशुपति भट्टराई  रिहा भएका छन। सोमबार पृथ्वी नारायण क्याम्पसमा नेपाल विद्यार्थी संघ कास्कीका सभापति बिकास थापाको नेतृत्वमा मसाल जुलुस सहित शान्तिपुर्ण प्रदशन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेर नेपाल विद्यार्थी संघका  नेता पशुपति भट्टराईलाई कुटपिट गरि प्रहरी प्रशासनले  गिरफ्तार गरेको थियो।
पोखरा ईन्जिनेरिङ कलेजबाट प्रहरी प्रशासनले ने.वि संघले आन्दोलन गर्ने क्रममा पो.ई.क. ईकाई सभापती टेनिस श्रेस्ठ लगायत ने.वि संघका नेताहरु विकास रानाभाट, फिरोज सुबेदी राजिब भडारी, नन्दलाल साप्कोटा, निश्चल पाण्डे  लगायत लाई निर्ममता पुर्वक पक्राऊ गरेको थियो।

भट्टराई रिहा भए लगत्तै पोखरा पोष्ट डट कम संग कुरा गर्दै उनले गिरफ्तार भएका अरु विद्यार्थी नेताको बिनासर्त रिहाईको माग गर्दै अब कास्कीमा ने.बि संघले विभिन्न आन्दोलनहरु सशक्त रुपमा गर्ने बताउदै कास्की प्रहरी र के.पि सरकारको दम अब धेरै बेर टिक्न नदिने जनाए।

भट्टराई रिहा भए लगत्तै ने.बि संघका जिल्ला सभापति बिकास थापाले पोखरा पोष्ट संग कुरा गर्दै  भोलिबाट ने.बि संघ कास्कीले तह गरेको आन्दोलनका कार्यक्रमहरु थप सशक्त र कडा हुनेमा जोड दिए।