डा.कोइरालालाई विद्यार्थी नेता प्रताप बानियाँको नेतृत्वमा ने.बि संघले कास्कीमा भब्य स्वागत गर्‍यो

0
2129

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइराला नेपाल ट्रेड युनियन कास्कीको प्रथम जिल्ला परिषदको उदघाटन गर्न र कास्की कांग्रेसद्वारा साउन ५ गते बि.पि स्मृति दिवसको अवसरमा आयोजित वृक्ष रोपन कार्यक्रमका लागि प्रमुख अतिथिका रूपमा कास्की आउनु भएका कोइरालालाई नेपाल विद्यार्थी संघ कास्कीका नेता प्रताप बानियाँले पोखरा एयरपोर्ट्मा भब्य स्वागत गर्नु भयो।

प्रताप बानियाँले बिगत १४ बर्षदेखि आन्तरिक गुटबन्दीका कारण प्रभावित नेपाल विद्यार्थी संघ कास्कीको अधिबेशन सम्पन्न गरेर जानु बाहेक विकल्प नभएको जनाए। तल्लो तहमा ने.बि संघ पुग्न नसकेको हुंदा यसले कास्की कांग्रेस र सिङ्गो पार्टीलाई ठूलो क्षति पुगेको हुंदा पार्टीका स्थानीय नेताहरुलाई नेपाल विद्यार्थी संघ कास्कीको अधिबेशनका निम्ति झक्झकाउन र आन्तरिक समस्या मिलाउन कांग्रेस नेता शेखर कोइरालालाई विद्यार्थी नेता प्रताप बानियाँले आग्रह गरे।

यसै साथमा नेता बानियाँले नेपाल विद्यार्थी संघ निकै बलियो भएता पनि पार्टीको गुटबन्दीका कारण काम गर्न नपाएको र तल्लो तहमा जान नसकेको गुनासो समेत नेता कोइरालालाई पोखें।