बिपिको बर्को पहिरहनले मात्र सच्चा कांग्रेस होइदैन

0
2098

सिबि क्षेत्री प्रबेग

बिपि कोइरालाका अनुयायी बन्न लाई मापदण्ड पूरा गरौ बिपि को बर्को पहिरहनले मात्र  सच्चा कांग्रेस होइदैन ।
कांग्रेसका जन्म दाता तथा प्रजातान्त्रिक समाजबादमा महा पुरुष बिपि कोइराला एक निष्ठा आर्दश बादी नेता थिए ।
जतिबेला मुलुकमा जरजर निरकुश तानाशाही राणाहरु ले जनतालाइ लगाम लगाएर राजको भोग गरिरहेका थिए त्यति बेला देखी नै महा पुरुष बिपि कोइराला राणा विरुद्ध अभियान चलाउदै थिए ।क्रूर यातनाका साथ जनताहरुलाइ पिचडाको घेरा भित्र बन्धक बनाएका राणाहरुको विरुद्ध क्रान्तिको दियो बाल्ने बिपि कोइराला थिए  त्यही बेला नै बिपि कोइरालाले राणा विरुद्ध आन्दोलन चर्काएर नेपाली जनतालाइ पिजडाको खोर बाट  निकाल्ने प्रत्यन्नका साथ नेपाली जनताको आबस्यताको महशुल गरि २००३ सालमा नेपाली कांग्रेस लाई जन्माएर राणा बिरोधि अभियान सन्चालन गरि निष्ठा सिद्धान्तमा प्रतिबद्धता भएर आन्दोलन गरेर मुलुकमा प्रजातन्त्रको दियो बाल्नु भयो ।धेरै चुनौतीको सामनालाई पार गर्दै प्रजातन्त्र र देशको लागि अनरत यात्राको  लडाइँ कायम राखी रहनु भयो आफ्नो जीवन कालको यात्रा देश जनताको निम्ति अर्पण गर्दै यो सन्सार बाट निभ्नु भयो ।उहाको भौतिक शरीर निभेपनी उहाका सर्घससिल आर्दश र बैचारिक सिद्धान्तनिष्ठ जिबन्त कायम छ्न उहाँकै सैद्धान्तिक बिचार आर्दशलाइ अङ्गाल्दै नेपाली कांग्रेस पार्टीको यात्रा जारी छ ।बिपिको बिचार सैद्धान्तिक एजेन्डा लाई बोकेर राजनीतिक गरिरहदा निजि स्वार्थ बाट टाढा रहेर सम्रग जनता र पार्टी निहित केन्दित हुँदै जनताको धरातल सम्म पुर्याउन आजको दायित्व हो । गुटबन्दी नेताको आसेपासे स्वार्थ निहित भए बिपिका सैद्धान्तिक एजेन्डा धरापमा पर्न्र सक्छ्न ।कांग्रेसमा एकता सद्भाव ल्याउनको लागि बिपिको एजेन्डालाई आत्मासात गर्दै अगाडि जानू कांग्रेस बिकल्प छैन ।लोकतन्त्रको  हिमायती रूपमा रूपमा चिनिने कांग्रेस देश र जनता प्रती सदा समर्पित पार्टी हो ।देशमा हाबी भएको कम्युनिष्ट सङ् प्रतिस्पर्धा गर्न्र कांग्रेस एक्यवद्धता प्रतिबद्धताको हातेमालो गर्ने जरुरत छ ।

हामीले नेपाली काङ्ग्रेस भित्रबाट सत्तामा रहेको नेकपालाई बिरोध गरिरहदा धेरै सच्चा कम्युनिस्टहरुको मन रोएको हुनसक्छ। कहाँ हिजोको कम्युनिस्ट र कहाँ आजको पतनउन्मुख कम्युनिस्ट। हामीले अरुको बिरोध गरिरहेदा आफुतिर पनि फर्केर हेर्न आवश्यक छ नेपाली काङ्ग्रेसले। के हामी हाम्रा गुटगुटमा एक अर्कालाई माया गर्छौ कि घृणा? यो प्रश्न हामी भित्र पनि सोधिनु पर्छ। हो एकताले हामिलाई देश विकास पथमा डोर्‍याउछ। घृणाले पार्टी पनि टुक्राटुक्रा पार्छ। भनिन्छ नि, भाइफुटे गवार लुटे।

किन ढिलो बोल्यो नेपाली काङ्ग्रेस भन्ने धेरैले प्रश्न गरेका छन्। किन मौन रह्यो? जघन्य अपराध हुदैछ, वाइडबडि काण्ड होस या निर्मला पन्त देखि स्वस्थ्य क्षेत्रमा हुने चरम भ्रष्टाचार रोक्न लागेका गोविन्द के सिको माग प्रती मौन छ नेकपा सरकार। अब अति भयो। नेपाली काङ्ग्रेस यसकारण मौन थियो कि दुइतिहाइको सरकार छ, गरिब जनताको जीवनशैली माथि उठाउन केही पहल गर्ला र त्यस्को निम्ति केवल बिरोध गर्नैकै निम्ति बिरोध नगरौ भनेर केही समय चुप भएको थियो काङ्ग्रेस। आम नेपाली जनताको न्यायको पक्षमा उभिन हामी अब सडक र सदन दुबै हाम्रो कब्जामा हुनेछ।

महामानव वी पी कोइरालाले जब आफू भित्र संकट आउँछ माटो छुनु भन्नुभएको छ। देशमा अराजकता फैलाएर प्रजातान्त्रिक मुल्य मान्यतालाई समाप्त पार्न मिल्दैन। आयौ सबै न्यायप्रेमी जनता न्यायको पक्षमा फेरि एकपटक नेपाली काङ्ग्रेस संगै लडौ। नेपाल बचाउने मायाले।जय नेपाल ।