पोखरा । नेपाली कांग्रेसका कास्की सभापति कृष्णबहादुर केसीको मेजर सर्जरी हुने भएको छ । पश्चिमाञ्चल स्वास्थ विज्ञान प्रतिस्ठानको ओपिडी कक्षमा उनको सर्जरी हुने भएको हो ।
बिहान ९ बजे केसीको सर्जरी थालिने छ । केसीलाई डेरमोइडको समस्या देखिएपछि मेजर सर्जरी गरिने भएको हो । केसीको सिघ्र स्वास्थ्री लाभको कामना गर्दै पार्टी कार्यकर्ताहरु अस्पताल पुगेका छन् ।
अप्रेसन अघि बोल्दै केसीले सादा जीवन उच्च विचार व्यवहारले देखाउनु पर्ने बताए । उपचारको लागि विदेश जानु भन्दा पनि सरकारी अस्पतालमै पनि राम्रो उपचार हुने भएकाले यहि सर्जरी गर्न लागेको उनको भनाई छ ।
सभापति केसीको अप्रेशनमा डाक्टर नरेन्द्र विक्रम गुरुङ, सुरेश राज पौडेल सहितको टोलि खटिने छ ।