साहित्यकार टी.एन. भट्ट ‘विश्वामित्र’ को प्रतिक्षित उपन्यास ‘डेड सुक्रबिर’ विहिबार एक भब्य कार्यक्रम बीच सार्वजनिक गरियो । यसअघि `सूर्यपुत्र ´कविता संग्रह प्रकाशन गरिसकेका विश्वामित्रद्वारा लिखित ‘डेड सुक्रबिर’ को कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक राजेन्द्र सुवेदीले लोकार्पण गर्नुभयो । पुस्तकको प्रकाशक शिखा बुकका कार्यकारी निर्देशक पुष्पराज पौडेलको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा डा नवराज लम्साल,भुवनहरि सिग्देल,डा यज्ञश्वर निरौला,उत्तम पौडेल लगाएतका वक्ताहरुले उपन्यासको बारेमा चर्चा गरेका थिए ।
समाजलाई एउटा सक्षम पात्र चाहिएकाले हरेक पाठकलाई झक्झक्याउनका लागि धेरै सोंचेर यो नाम राखिएको कुरा बताउँदै उपन्यासकार विश्वामित्रले “मेरो उपन्यासमा बन्दुक समाइसकेकी एउटी नारी पनि समाज उत्थानका लागि कसरी तम्तयार हुन्छिन् भन्ने कुरालाई प्रधानताकासाथ देखाएको छु । पुस्तकको माध्यमबाट समाजमा नयाँ जागरण पैदा गर्नु नै मेरो प्रयास हो।”
समग्रमा उपन्यासले समाजमा ज्युँदो शुक्रकीट बाँकी नै रहेको भन्दै आफ्ना पाठकलाई आशावादी हुन आग्रह समेत गर्छ । उपन्यासमा लेखकले निकै चलाखीपूर्वक बिम्बहरुको प्रयोग गरेका छन् जसलु पाठकमा नयाँ उत्सुकता जगाइदिन्छ ।समारोहमा उपस्थित समिक्षक हरुको धारणा अनुसार उपन्यास युवाहरु र बौद्धिक पाठकका लागि समेत प्रेरणादायी छ ।