शान्ता कमली लमजुङ ।
लमजुङमा उपनिर्वाचनको तयारी गरिएको सुन्दरबजार नगरपालिका– २ का कार्यवाहक वडा अध्यक्ष जगतबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् । शनिबार बेसीशहरमा पत्रकार सम्मेलन गर्दै कार्यवाहक वडाध्यक्षले पदबाट राजीनामा दिएको बताएका हुन् ।
सुन्दरबजार नगरपालिका– २ मा तत्कालीन नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भई वडाध्यक्ष पद रिक्त भएदेखि कार्यवाहक अध्यक्ष पदमा कार्यरत रहेका जगतबहादुर खड्काले शुक्रबार राजीनामा दिएका हुन् । उक्त वडाका निर्वाचित वडा अध्यक्ष लोकराज पाण्डे जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि सो पद रिक्त रहेको थियो । खड्काले २० साउन ०७४ बाट कार्यवाहक अध्यक्षको काम गर्दै आएका थिए ।
नेकपाले उक्त पदको उपनिर्वाचनमा नवीन श्रेष्ठलाई उम्मेदवार बनाउने घोषणा गरे लगत्तै उनले राजीनामा दिएका हुन् । उनले भने, ‘मैले वडाध्यक्षका हैसियतले गरेका काममा कुनै प्रकारको विरोध नभएको अवस्थामा जनमतको विश्वासका आधारमा मैले थालेका काम अधुरा रहेका छन्, त्यो पुरा गर्ने अवसरबाट बञ्चित भएका कारण आफूले पदबाट राजीनामा गरेको हुँ ।’ मतदाताका चाहनालाई आफूले सदैव सम्मान गर्ने उनले बताए । गत स्थानीय निर्वाचनमा उक्त वडामा एक हजार चार सय ९२ मतदान भएको थियो । जसमा एक हजार तीन सय नौ मत सदर र एक सय ८३ मत बदर भएको थियो । खड्काले आठ सय ६४ मत पाई विजयी बनेका थिए ।
यसबारे सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रसँग बुझ्दा खड्काले राजीनामा स्वीकृतिका लागि लेखेको पत्र आफुसमक्ष आएपनि दर्ता नभएको बताए । उनले भने यसबारे नगरपालिकाको बैठकले टुङ्गो लगाउनेछ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.